Inside

All Time Top 50 News

विश्व साईकल यात्री फुर्तेम्बा शेर्पा १०० देशको यात्रापछि न्यू योर्कमा, ५ बर्षपछि नेपाल फर्किदै, सन् २०२० मा १५१ देश पुरा गरी स्थगन गर्ने PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 20 December 2013 21:00

Special: 27 photos: न्यू योर्क- साइकल चढेर १ लाख १ हजार ४१३ किलोमिटर यात्रा गरी १०० वटा देशहरुको साइकल यात्रा पुरा गरेर पुन: न्यू योर्क आईपुगेका विश्व साइकल यात्री फुर्तेम्ब शेर्पा ५ बर्षको अन्तरालपछि आगामी फेब्रुवरीमा नेपाल फर्किदै गरेको र श्रीमती र दुई छोरीहरुलाई भेट्न आतुर रहेको जानकारी गराएकाछन्।


Nepalese World Tour Cyclist Furtemba Sherpa speaking in New York after completing 100 countries on December 14, 2013. Photo: eEyecam.com

नेपाललाई सगरमाथा र बुद्धको देशकोरुपमा चिनाउन र शान्ती र वातावरण संरक्षणको सन्देश विश्वभर फैलाउने उद्धेश्य लिएर सन् २००३ बाट विश्व साइकल यात्रा शुरु गरेका शेर्पाले सन् २०११ को अगस्टदेखि ३० महिनाको अबधीमा अफ्रिका महादेशका २९ वटा देशहरुको साइकल यात्रा भर्खरै मात्र पुरा गरेको बताए।


Furtemba drinking water from water storage made of goat's skin which is used as water reserve. People in North Sudan store water inside this to keep it cool, 2011. Photo: eEyecam.com

विश्व साईकल यात्री शेर्पाले हालसम्म अमेरिकाका २३ देश, एसियाका २६ देश, युरोपका १६ देश, अफ्रिकाका २९ देश, अस्ट्रेलिया-ओसियानाका ६ देशको गरी १०० देशको साइकल यात्रा पुरा गरेकाछन्।

विश्व साईकल यात्री शेर्पाले सन् २०२० मा १५१ मुलुकहरुको साइकल यात्रापछि आफ्नो विश्व साइकल यात्रालाई स्थगन गर्ने योजना बनाएकाछन्।


Furtemba Sherpa cooking food on the road side in Zambia, 2012. Photos courtesy: Furtemba.org

शेर्पाले यात्राकै क्रममा बिभिन्न देशका राष्ट्र प्रमुख, प्रधानमन्त्री, मेयर र कुटनैतीक प्रमुखहरुलाई भेट्ने अबसर पाएको जानकारी गराए। उनले नेपालका राष्ट्रपति डा. रामवरण यादब, विश्वको सर्बोच्च सिखर सगरमाथाको पहिलो सफल आरोही सर एडमन्ड हिलारी, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड, लाइबेरियाका उपराश्ट्रपति जोसेफ एन बोकाई, संरासंकोलागि नेपाल अनमिन प्रमुख क्यारिन ल्यान्डग्रिनलगायतलाई भेट्न पाएको जानकारी गराए।

World Tour Cyclist Furtemba Sherpa with Karin Landgren, United Nations Secretary-General's Special Representative for Liberia and former head of the UN Mission in Nepal (UNMIN) in Liberia, 2013. Photos courtesy: Furtemba.org

दोश्रो विश्व युद्ध अबधिमा सन् १९४२ मा मारिएका ४ गोर्खाली सैनिकहरुको नाम इजिप्टको एल अलामोन वार सिमिट्रीमा अन्य ७ हजार २४० सैनिकहरुको लहरमा देख्दाको क्ष्यणलाई सबैभन्दा मार्मिक भएको बताएका विश्व साईकल यात्री शेर्पाले अफ्रिकाको यात्रामा आफू लुटाईमा परेको, मलेरिया र पिलो रोगबाट सिकिस्त भई अस्पताल भर्ना हुनु परेको, सयौं किलोमिटरको जंगल र मरुभूमीको यात्रा गर्दाको दु:खद र संघर्शपूर्ण कहानी सुनाए।


World Tour Cyclist Furtemba Sherpa pedaling in impoverish village town in Democratic Congo, 2013. Photos courtesy: Furtemba.org

शेर्पाले अफ्रिका महादेशका २९ देशहरुमा उनले आफ्नो अभियान र नेपालबारे १० हजार ८२६ पर्चा बाँडेको युएस नेपाल अनलाइनलाई जानकारी दिए।

मलेरिया रोगबाट ग्रसित शेर्पालाई गत अक्टोबर २०-२६ बीच नेपाल शसस्त्र प्रहरीको संरासं क्याम्प लाइबेरिया अस्पतालमा ६ दिनसम्म राखेर उपचार गर्नु परेको थियो।


World Tour Cyclist Furtemba Sherpa at the Namibia's Nama Desert, oldest desert of the world, February, 2013. Photos courtesy: Furtemba.org

आफ्नो ३० महिने अफ्रिका यात्राको क्रममा शेर्पाले सयौं नेपाली र बिदेशीहरुबाट सहयोग पाएका थिए। उनले बिशेष रुपमा सम्झे- साउथ अफ्रिकाका नेपालीहरु, हिक्मत थापा (नाईजेरिया), भरत रिजाल (तान्जानिया), भुपेन्द्र भण्डारी (बुरुन्डी), एक नाथ खटिवडा (जाम्बिया), राजेश अर्याल, मनिता अर्याल, एस्पी गोपाल गुरुङ (लाइबेरिया), डा. हरी बास्कोटा (घाना), रबिन्द्र पौडेल (केन्या), लिसा सिंह (क्यामेरुन), नेपाल राजादूताबास इजिप्ट र साउथ अफ्रिका।

World Tour Cyclist Furtemba Sherpa being welcome by Nepalese Peace Keeping Force in Haiti in 2009. Photos: Laxman Karki

सन् २०१२ मा फुर्तेम्बा शेर्पा फाउन्डेसनको स्थापनासंगै उक्त फाउन्डेसनमार्फत उनले सन् २०११ मा फरक क्षमता भएका बालबालिकाहरुकालागि काम गर्ने आशा बाल बिकास केन्द्र, काठमाडौंलाई १० वटा ह्विल चेयर र सन् २०१२ मा कुस्ठ रोगीको सहयोग गर्ने आनन्दबन अस्पताल, टिकाभैरब, ललितपुरलाई २० वटा ह्विल चेयर प्रदान गरिसकेकाछन्।

Nepalese Peace Keeping Force (Nepal Arm Police FU 1 Camp) named its one of the camp side as Furtemba Chowk in honor of World Tour Cyclist Furtemba Sherpa in Manrovia, Liberia, 2013. Photos courtesy: Furtemba.org

विश्व साईकल यात्री फुर्तेम्बा शेर्पालाई सहयोग गर्ने अमेरिकि नेपालहरुमा मिङ्मार शेर्पा (यती रेस्टुरेन्ट, न्यू योर्क), कामी शेर्पा (शेर्पा मुभर्स, न्यू योर्क), छ्योङ लामा शेर्पा (न्यू योर्क), कर्मा ग्याल्जेन शेर्पा (न्यू योर्क), सोनाम टि बरुवाल (न्यू योर्क लाइफ), मणी राना मगर (मिन्नेसोटा), पासाङ्ग शेर्पा (टेक्सास), छिरिङ्ग लामा (टेक्सास), नाम्गेल लामा (लामा एकाउन्टिङ, न्यू योर्क), नवाङ शेर्पा (कोलोराडो), तेन्जिङ लामा शेर्पा (रेकी गुरु), ल्हाक्पा शेर्पा (शेर्पा हाउस, कोलोराडो) छन्।


Bicycle in Boat, Liberia, 2013. Photos courtesy: Furtemba.org

विश्व साईकल यात्री शेर्पाले आफ्नो बाँकी विश्व साइकल यात्राको बेलिबिस्तार लगाउँदै भने- "म सन् २०१४ को फेब्रुवरीमा नेपाल जान्छु, ६, ७ महिनाको बसाईपछि बाँकी अफ्रिकाको २० वटा देशहरुको साइकल यात्रा पुन: शुरु गर्नेछु।" उनले सन् २०२० मा आफ्नो अन्तिम साइकल यात्रा रसिया, मंगोलिया, चिन र तिब्बत हुँदै नेपाल छिरेर १५१ देशको यात्रा पुरा गर्ने लक्ष लिएको युएस नेपाल अनलाइनलाई सुनाए।


World Tour Cyclist Furtemba Sherpa's family: wife: Binu Gurung (29), daughters Sweta (12), grade-7, Ayusha (10), grade-4. Photos courtesy: Furtemba.org

विश्व साईकल यात्री फुर्तेम्बा शेर्पाको जन्म बिसं २०३८ साल असारमा संखुवासभाको नाम्लिङ गाबिस, मुढे सनिसरे शेर्पा गाउँमा भएको हो। उनका आमा दाडिकी शेर्पा (६५) र बुवा स्व. गेन्जु शेर्पा हुन्। उनका ३ भाई र २ दिदी छन् भने उनकी श्रीमती बिनु गुरुङ (२९), दुई छोरीहरु श्वेता (१२) र आयुशा (१०) छिन्।

सन् २००३ मा विश्व साइकल यात्रा शुरु गरेका शेर्पा ५ बर्षको अन्तरालपछि सन् २००८ को डिसेम्बरमा नेपाल फर्केका थिए। सन् २००९ मा पुन: विश्व साइकल यात्रा शुरु गरेका उनी दोश्रो पटक आगामी फेब्रुवरीमा आफूले लालाबाला छोडेका दुई छोरीहरुलाई हलक्क हुर्केको देख्न पुग्ने छन्।

उनले आफ्नी कान्छी छोरी आयुशालाई जन्म दिनको शुभकामना दिदै गत अप्रिलमा आफ्नो फेसबुक प्रोफाइल पेजमा भनेका थिए-

"From Very far away- Daddy Wishes you a very HAPPY BIRTHDAY AYESHA
Love you a lot.
I hope to see you in December. Miss You a Lot
April 1, 2013"


Furtemba's youngest daughter Ayusha (10), grade-4. Photos courtesy: Furtemba.org

शेर्पाले डिसेम्बर महिनामा भेट्ने बाचा पुरा गर्न नसकेपनि अन्तत: फेब्रुवरी महिनामा चाँही अबश्य भेट्नेछन्। पाँच बर्षपछिको त्यो पर्खाइ अनि त्यो मिलन कस्तो होला हगी?

विश्व साईकल यात्री फुर्तेम्बा शेर्पाको नेपाल यात्रा सुमधुर रहोस् अनि पुन: सन् २०२० सम्मको विश्व साइकल यात्रा बिना बेरोकतोक जारी रहोस्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/furtembasherpa/

-विश्व साइकल यात्री फूर्तेम्बा शेर्पा ८२ औं राष्ट्र मलावी प्रस्थान

-विश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको तान्जानियामा भब्य स्वागत, ८१ मुलुकको यात्रा पुरा

-न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं

-विश्व साइकल यात्री नेपाली फुर्तेम्बा शेर्पा ७१ औं राष्ट्र मेक्सिकोमा ५ सय साइकल यात्रीसंग रमाउँदै

-बिश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको दक्षिण अमेरिकि मुलुक हेटिमा नेपाली शान्ती सेनाद्वारा भब्य स्वागत

-न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पाद्वारा सहयोगीहरुप्रति आभार ब्यक्त

-न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पालाई ५ हजार १ डलर सहयोग प्रदान

-न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान

-शान्ती र प्रदुशण मुक्त विश्वकालागी नेपाली युबा फुर्तेम्बा शेर्पाको विश्व साइकल यात्रा


Pedaling in Loveland Colorado, USA, 2011. Photos courtesy: Furtemba.org



2011: with children, Uganda





2008: In front of the Colosseum, Italy. Photos courtesy: Furtemba.org




2012: Victoria Falls, Gambia and Zimbabwe. Photos courtesy: Furtemba.org


2011: Sleeping on the roadside, Sudan

2011: at Giza Pyramid, Egypt. Photos courtesy: Furtemba.org


2011: with children, Uganda





2012: camping, Gambia. Photos courtesy: Furtemba.org





2012: Bread eating: Zimbabwe. Photos courtesy: Furtemba.org





2013: Rotten shoes, Cameroon. Photos courtesy: Furtemba.org

Sweat is sweet after pedaling. Photos courtesy: Furtemba.org

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.