Inside

All Time Top 50 News

अमेरिकि नेपाली संचार माध्यमको साख गिराउने काम किन भईरहेछ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 21 April 2014 15:01

Exclusive: 7 documents: न्यू योर्क- संयुक्त राज्य अमेरिका (युएसए) मा नेपाली समुदायलाई लक्षित गरी पत्रकारिताका बिभिन्न माध्ययमहरु प्रिन्ट, अनलाइन, टेलिभिजन, अनलाइन रेडियो आदी सन्चालन / प्रकाशन गरेर नेपाल, नेपाली र नेपाली संस्क्रितीको साख बढाउने काम गरेका नेपाली-अमेरिकी संचार माध्यम र संचारकर्मीहरुप्रति पत्रकारकै नाममा कलम चलाऊनेहरुले घाँटी रेट्ने र नेपाली संचार मध्ययमले नेपाली-अमेरिकी समाजमा पुर्‍याएको योगदानलाई नजरअन्दाज (undermine) गर्ने पीत पत्रकारिता (yellow journalism) गर्ने काम भएको छ। यसको ज्वलन्त उदाहरण पत्रकारिताको रुप धारण गरेर अमेरिका छिरेका तर बिगत ५ / ७ बर्षदेखि पत्रकारिताको 'प' समेत नगरी बसेका चन्द्र खतिवडा नामका न्यू योर्क निवासी एक नेपालीले न्यू योर्कका सहधर्मी नेपाली पत्रिकाहरु 'एभरेस्ट टाइम्स' पाक्षिक, 'विश्व सन्देश' साप्ताहिक र 'खसोखास' साप्ताहिकबारे लेखमा नाम उल्लेख नगरिकिनै यि मिडियाको अनलाइन लोगो आफ्नो आत्मरतीपरक उक्त बदनियत पूर्ण लेखसंगै छाप्न लगाएर कान्तिपुर पब्लिकेशन जस्तो सम्मानित प्रकाशनको 'नेपाल' म्यागेजिन पत्रिका र यसका प्रकाशक र सम्पादकलाई समेत बदनाम गराउन पुगेकाछन् ।

NEAJA & NMA USA logos.

यि खतिवडा महोदय अमेरिकामा भूतपूर्व भईसकेका पत्रकार हुन्। उनको असली नियत भनेको नेपाली पत्रकारहरुबीच भाँजो हाल्ने र आफ्नो हुँडार (हाईना) प्रब्रिती स्वार्थ सिद्ध गर्ने काम हो भन्ने कुरा अमेरिकामा कृयाशील नेपाली पत्रकारहरुलाई राम्ररी थाहा छ। यि खतिवडा नेपाल-अमेरिका पत्रकार संघ (नेजा) का संस्थापक सचिब पनि हुन्। उनलाई माथि आरोपित तीन पत्रिकाका प्रधान सम्पादकहरु क्रमश: आङछिरिङ्ग शेर्पा, बिजय पौडेल र किशोर पन्थीले संयुक्त बिज्ञप्ती निकालेर बिरोध गरेर मात्र पुग्दैन। अब उनलाई नेजाको बिधानअनुसार अमेरिकामा नेपाली पत्रकारिता र नेजाको मर्म र भावना बिरुद्ध संस्था, संचार र सहकर्मी द्रोही काम गरेको कारण कडा कार्यबाही गर्न नेजाको बर्तमान कार्य समितिले कुनै ढिलाई गर्नु हुँदैन।

पत्रकार शेर्पा नेजाका बर्तमान अध्यक्ष हुन् भने पत्रकार पन्थी नेजाका बर्तमान महासचिब अनि पत्रकार पौडेल नेजाका पूर्व उपाध्यक्ष र नेपाली संचार सन्जाल युएसए (एनमा) का बर्तमान कार्यकारी प्रेसिडेन्ट हुन्। एन्मामा यो पन्क्तिकार अध्यक्ष छ। अब पनि हामी जिम्मेवार पदमा बसेका पत्रकारहरुले यस्ता पत्रकारिताको खोलमा हुँडार (हाईना) प्रब्रिती बोकेका पत्रकार र लेखकलाई संस्थाको बिधान सम्मत कार्यबाही नगर्ने हो भने अमेरिकि नेपाली संचार र संचारकर्मीहरुको बद्ख्वाई र बदनामी रोकिनेछैन।

यि खतिवडाले जुन स्तरको भाषा प्रयोग गरेर उक्त लेख लेखेकाछन् (तल पढनुहोस् उनको लेख) त्यो रिपोर्टिङ हुन सक्दैन, त्यो नितान्त बिशबमन गरिएको निजी लेख हो। यस्तै लेखको आधारमा उनी अझै पनि नेजाको सदस्य बनिरहन पाउँछन् भने नेजाले पक्ष पोशण गर्ने धेय के हो भन्ने प्रश्न सकृय पत्रकारीता गरेका संचारकर्मीहरुले उठाए भने जिम्मेवार पदमा बसेका हाम्रो जवाफ के हुने हो झट्ट सोच्नु जरुरी छ। कृयाशिल पत्रकारहरुको पक्ष पोशण गर्न नसक्ने हो भने नेजाको औचित्य रहनेछैन।

पढ्नुहोस् बिशबमन गरिएको उक्त लेख:

from ekantipur.com................................................................................

नेपालीज-अमेरिकन ब्याबसायलाई नेपालको भट्टी पसलसंग तुलना किन ?

अर्को पक्ष, उनको धमिलो आँखाले अमेरिकि भूमिमा नेपाली रुपैयाँअनुसार करोडौं रुपैयाँ बराबरको लगानी गरेर ब्यावसाय सन्चालन गरेर नेपालीपन र पहिचानलाई विश्वका सामू परिचित गराई रहेका नेपालका यि सद्भावनादूत (goodwill ambassador) नेपाली ब्याबसायीहरुलाई नेपालको भट्टी पसलसंग दाँज्दै "नेपाली भट्टीको धङधङी धानिरहेका छन्" जस्ता नीच शब्द प्रयोग गरी तुलना गर्ने दुस्साहस गरेकाछन्। यस्ता नेपाल र नेपालीको बिरुद्ध बिशबमन गर्ने हाम्रै समाजमा दुध खुवाएर पालिएका गोमन साँपहरुलाई अब नेपाली अमेरिकि समाजले पनि बहिस्कार गर्नु पर्ने देखिन्छ। नेपाल र नेपालीत्वको प्रबर्धन गर्ने उद्धेश्य राखेर खोलिएका न्यू योर्क शहरमा कृयाशील ७८ वटा नेपाली संघ संस्थाहरु र दर्जनौंको संख्यामा रहेका नेपाली ब्याबसायीहरुले अब केही बोल्नु पर्ने बेला आएको छ।

अमेरिकामा इथनिक मिडिया र तिनको पहुँच

न्यू अमेरिका मिडियाकाअनुसार अमेरिकामा मुलधारका मिडियाबाहेक नेपालीज-अमेरिकन, इन्डियन-अमेरिकन, स्पानिस-अमेरिकन, जापानिज-अमेरिकन, अरबिक-अमेरिकन, कोरियन-अमेरिकन, चाइनिज-अमेरिकन मिडिया जस्ता ३ हजारभन्दा बढी अमेरिकि इथनिक मिडियाहरु ५७ मिलियन अर्थात ५ करोड ७० लाख जनसंख्याबीच पुग्ने गरेको जनाईएको छ। उक्त संस्थाले इथनिक मिडिया अमेरिकि पत्रकारितामा सबैभन्दा बढी मौलाएको (fastest growing sector of American journalism) भनेको छ। (श्रोत: www.newamericamedia.org)

इथनिक मिडियाकै सन्दर्भमा सन् २००५ मा न्यू क्यालिफोर्निया मिडियाकोलागि बेन्दिक्सेन एन्ड एशोसिएट्सले गरेको एक सर्बेक्ष्यण यहाँ उल्लेख गर्नु मुनाशिव देखिन्छ। उक्त सर्बेक्षण केही पुरानो भएपनि उक्त सर्बेशणबाट तयार पारिएको तथ्याङ्क तालिका अझै पनि सान्दर्भिक छ। हेर्नुहोस्:

श्रोत: www.npr.org/documents/2005/jul/ncmfreport.pdf

उक्त सर्बेशणअनुसार इथ्निक पत्रिकाहरुको पाठकसम्मको पहुचमा एशियन अमेरिकानबीच १२ प्रतिसत रहेको देखाईएको छ भने इन्थ्निक अनलाइन वेबसाइटहरुको पहुच एशियन अमेरिकनमा ३५ प्रतिसत रहेको देखाईएको छ। त्यसैगरी, उमेरको हिसाबबाट एसियन अमेरिकन अमेरिकामा जन्मेका मध्ये ४ प्रतिसत र बिदेशमा जन्मिएका मध्ये ३२ प्रतिसतमा इथनिक मिडियाको पहुच भएको जनाईएको छ।


Data source: www.npr.org/documents/2005/jul/ncmfreport.pdf

अबश्य पनि सन् २००५ पछि शुरु भएका युएस नेपाल अनलाइन, प्रेस चौतारी, नेपाली पोस्टलगायत अनलाइन मिडिया र विश्व परिक्रमा, विश्व सन्देश, एभरेस्ट टाइम्स, खसोखास पत्रिकाहरु, ह्वाइट हिमाल, अमेरिका नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजनहरुको कारण नेपालीज-अमेरिकन समुदायमा इथनिक मिडियाको पहुच ह्वात्तै बढेकोमा कुनै सन्देह छैन।

अमेरिकाका नेपाली समुदायको प्रगति, उनीहरुको नेपालीत्व बचाउने सत्कर्मलाई नेपालीज-अमेरिकन समुदायबीच पुर्‍याउने मात्र नभै, अमेरिकि समाज, विश्वभर र नेपालसम्म खबर पुर्‍याउने, सुचूचित गर्ने नेपाली-अमेरिकन संचार माध्यमको भूमिकालाई कम आँक्ने काम जस्ले गर्छ त्यस्तो निक्रिस्ट प्रब्रित्तीको बिरोध र भण्डाफोर गर्नु हामी नेपाली-अमेरिकन संचारकर्मी, संचार संस्था र सिंगो नेपाली-अमेरिकन समाजको अपरिहार्य दायित्व हो। अब किन्चित ढीला नगरौं।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कबाट प्रकाशित तीनवटा पत्रिकाको संयुक्त प्रेस वक्तब्य

कान्तिपुर पब्लिकेशनबाट प्रकाशित हुने नेपाल साप्ताहिकमा अमेरिकाको न्यू योर्कबाट प्रकाशित हुने साप्ताहिक र पाक्षिक पत्रिकालाई लक्ष्यित गरी प्रकाशित सामाग्रीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अमेरिकाबाट संचालित नेपाली संचारमाध्यमहरुको बारेमा बद्नियतपूर्वक प्रकाशित उक्त सामाग्री र त्यसमा प्रयोग गरिएका न्युयोर्कबाट प्रकाशित हुने नेपाली पत्रिकाहरु खसोखास साप्ताहिक, विश्वसन्देश साप्ताहिक र एभरेष्ट टाइम्स पाक्षिकका तस्विरप्रति हाम्रो घोर आपत्ति छ । प्रवासमा विभिन्न कठिनायी झेल्दै संचालित संचारमाध्यमको बदनाम गर्ने नियतका साथ प्रकाशित उक्त सामाग्री र सामाग्रीमा प्रकाशित तस्विरले अमेरिकामा सकृय नेपाली पत्रकार र नेपाली संचार जगतकै मानहानी भएको हाम्रो ठहर छ । अमेरिकामा प्रवासी नेपाली समुदायसँग आत्मियता राख्दै संचालित संचारमाध्यमहरुमाथि यस्तो आरोप लगाइनु निन्दनीय छ । वास्तविक बस्तुस्थीति अध्ययन नगरी प्रकाशित यस समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै नितान्त पूर्वाग्रही ढंगले गरिएको यस कार्यको हामी घोर भत्र्सना गर्दछौं ।

अमेरिकामा नेपालीका गतिविधिहरु सम्प्रेषण गर्ने र अमेरिकामा रहेका नेपालीहरुमाझ विभिन्न सुचनाहरु पु¥याउने पवित्र लक्ष्यका साथ निशुल्क रुपमा नै वितरण गरिदै आएका पत्रिकाहरुमा अमेरिकामा रहेका नेपालीहरुका विभिन्न गतिविधिहरुले प्राथमिकता पाउदै आएका छन् । तर त्यसको नजरअन्दाज गर्दै अमेरिकामा संचालित नेपाली संचारमाध्यमहरुको बारेमा हुँदै नभएका र कपोलकल्पित आरोपसहितको सामाग्री  नेपाल साप्ताहिक जस्तो संचारमाध्यमले प्रमाणित नगरी प्रकाशित गरेकोमा हामी आश्चर्यचकित भएका छौं । नेपाल साप्ताहिकमा प्रकाशित उक्त सामाग्रीबाट खसोखास साप्ताहिक, विश्व सन्देश साप्ताहिक र एभरेष्ट टाइम्स पाक्षिक तथा यसमा कृयाशिल सम्पूर्ण टिमकै मानमर्दन भएकाले मानहानी गर्ने लेखक र संचारमाध्यम दुबैमाथि कारवाहीका लागि सहयोग गर्न हामी सम्बन्धित सबैमा अपिल गर्दछौं । साथै कुन नियतले यस्तो सामाग्री प्रकाशित गरिएको हो, त्यसको जवाफ दिन हामी नेपाल साप्ताहिक र त्यस सामाग्रीका लेखकलाई आग्रह गर्दछौं ।

२० अप्रिल २०१४

आङछिरिङ शेर्पा
प्रधानसम्पादक, एभरेष्ट टाइम्स पाक्षिक, न्युयोर्क

विजय पौडेल
प्रधानसम्पादक, विश्व सन्देश साप्ताहिक, न्युयोर्क

किशोर पन्थी
प्रधानसम्पादक, खसोखास साप्ताहिक न्युयोर्क

from Nepal Magazine

Read related news:

-http://www.usnepalonline.com/neajanma/

-अमेरिकि नेपाली संचार माध्यमको साख गिराउने काम किन भईरहेछ?

-न्यू योर्कमा नेजाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको संस्था 'नेजा' र 'एन्मा' बीच सहकार्य गर्ने सम्झौता सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको रमाइलो बनभोज सम्पन्न

- न्यू योर्कमा "नेपाली संचार सन्जाल" (Nepali Media Alliance), USA को २१ सदस्यीय तदर्थ कार्यसमिति गठन

- न्यू योर्कमा नेपाल अमेरिका पत्रकार संघ 'नेजा' को तेश्रो महाधिबेसन सम्पन्न, बिभाजनको रेखा अझ चर्किदो

-कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना

-अमेरिकि नेपाली पत्रकारहरुको संस्था "नेजा" का अध्यक्ष पौडेलद्वारा राजिनामा

-अमेरिकि नेपाली पत्रकार संघको अध्यक्ष पौडेललाई तीन दिने अल्टिमेटम

-कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो

-'कान्तिपुर' मा अमेरिकि नेपाली पत्रकारहरुको अन्तर्घातको पिडाको ब्रितान्त

-अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी
न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब

-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.