Inside

All Time Top 50 News

युद्ध र शासकका कुरा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 12 January 2018 11:00

न्यू योर्क- राज्य र शासकहरूद्वारा लडाईने युद्धमा हजारौं हैन, लाखौं करोडौं सैन्य बल र निर्दोष जनताको अनाहकमा ज्यान जान्छ। कल्पनाभन्दा कहालीलाग्दो बिभत्सता, बर्बरता र जनधनको क्षति हुन्छ। दोस्रो विश्व युद्धमा मेरा बाबा स्व. जीतबहादुर थापा मगरले तत्कालिन बर्मा (हाल म्यानमार) मा ब्रिटिश गोर्खाली सेनाको रूपमा जापानिज सेनाको बिरूद्ध लड्दाको आंगनै जिरिंग हुने कहानी सुनेरै म हुर्केको हूँ। बाबाको युद्धका बेलाको बर्मा स्टार, आईडिएसएम लगायत र युद्धपछि सिंगापुर पुलिस गोर्खा कन्टिन्जेन स्थापना गर्न सिंगापुर खटिएपछि थपिएका गरी ७/८ वटा बहादुरी र सर्भिस तक्मा (मेडल) हरूको महत्ता र ति प्राप्तिका पछाडि सिंचित रगत, पसिना र बलिदानीको मूल्य मैले बाबा स्वर्गवास भईसकेपछि बुझ्ने प्रयास गरें।दोस्रो विश्व युद्ध (१९३९-४५) मा ३० मुलुकहरूका ५ करोडदेखि ८ करोड सेना र जनधनको क्षति भएको तथ्यांक छ भने नेपाली सेना १ लाख १० हजार र ब्रिटिश सेनामा भर्ना भएका २ लाख ५० हजार गोर्खालीहरू गरी ३ लाख ६० हजार नेपालीहरू दोस्रो विश्व युद्धमा लडेका थिए जसमध्ये ७ हजार ५४४ जना मारिएको र २४ हजार अंगभंग भई घाईते भएको ईतिहास छ। त्यसैगरी, प्रथम विश्व युद्ध (१९१४-१८) मा २ लाख गोर्खालीहरू ब्रिटिश साम्राज्यको पक्षमा युरोपका जर्मन, फ़्रान्स, जर्मन, ईटलीमा पुगेर लडेका थिए र उक्त युद्धमा यि नेपाली ५ हजार मारिएका र १५ हजार घाईते भएका थिए।



यता दुई विश्व युद्धहरूमा अमेरिकी सेनाका ६ लाख २६ हजार मारिएका थिए। अमेरिकन सिभिल वार १८६१-६५ (गृह युद्ध) मा ६ लाख २५ हजार अमेरिकीहरू एकआपसमा काटाकाट गरेर मरेका, मारिएका थिए भने अमेरिकी रिभोलुसनरी वार १७७५-८३ (स्वाधिनताको युद्ध) मा २५ हजार अमेरिकी सेनाले बलिदानी दिएका थिए जसको फलस्वरूप संयुक्त राज्य अमेरिकाको अवधारणाले मूर्तरूप लिन सक्यो।

नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहको पाला, त्यस अघिका राजारजौटाहरूको हजारौं भुरेटाकुरे लडाईं, त्यसपछिका पूर्वमा टिष्टा र पश्चिममा किल्ला कांगडासम्मको लडाई, भोटको युद्ध, १०४ वर्षीय जहानियाँ राणा शासन बिरूद्धको आन्दोलन, ३० सालको झापा काण्ड, ४६ सालको जनआन्दोलन, दश वर्षे माओवादी जनयुद्ध, ६२/६३ को जनआन्दोलन, यि सबै सबै युद्ध, आन्दोलन र क्रान्तिमा मानव जनधनको ठूलो क्षति भएकोछ। जनधनको क्षति बिना कुनै पनि राज्य र परिपाटीले अर्को रूप लिएको या फेरबदलाव आएको ईतिहास बिरलै भेट्न सकिन्छ। विश्व सभ्यताको ईतिहासलाई युद्धको ईतिहास भन्दा फरक पर्दैन।

अर्को रोचक कुरा, न्यू योर्क टाईम्सको २००३ को क्रिस हेड्जको एक लेख अनुसार, २० औं शताव्दीमा १० करोड ८० लाख मान्छे मारिएका थिए भने पुरै मानव ईतिहासमा १५० मिलियनदेखि १ बिलियन जनधनको क्षति भएको उल्लेख छ। अझ उनले भनेकाछन् कि मानव ईतिहासको दस्तावेज़ भएको ३ हजार ४०० वर्षहरूमा हामी मानवहरू जम्मा २ सय ६८ वर्षहरू मात्र युद्ध नलडी बस्यौं रे। अर्थात जम्मा ८ प्रतिशत समय शान्तिपूर्वक र ९२ प्रतिशत समय हामी र हाम्रा पूर्खा कहीं न कहीं युद्ध लडेरै बिताएछौं।

यसरी युद्धमा होमिएर बहादुरी कमाएको बाउको छोरा, जन्मजात लडाईको कहानी सुनेर र युद्धमा गोलीका पर्राले डामेको बाउको पाखुरा मुसारेर ‘म पनि युद्ध लड्छु र बाउ जस्तै सत्रुको गर्धन छप्काउँछु’ भन्दै बाल मनोविज्ञान पालेर लाहुरे हुन तम्सिएको यो युवा (अब त युवा पनि रहिएन) बर्षौंदेखि ट्रेयाक चेन्ज गरेर दशकौंदेखि निरन्तर शान्तिको वकालत गर्दै बुद्ध, गान्धी, मण्डेला र मार्टिन लुथरको पथमा नडग्मगाई हिड्नुलाई एक प्रकारको ईन्लाईटनमेण्ट भन्दा पनि हुन्छ। जताततै लडाईको बबण्डर र विश्व राजनेताहरूबाट युद्धको साईरन मडारिदा लाग्छ कतै हामी बाई नेचर नै पो शान्तिकामी जनावर हौईनौं कि के हो? बुद्ध, जैन, जिसस र गान्धीहरूले शान्तिको बिगुल फुक्नु फगत दिवास्वप्न मात्रै हो त? हामी जन्मजात बर्बर युगिनकै युद्धभोगी (वारमोंगर) हौं त?

-प्रदीप परियार थापा

Read related news:

-"ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन": सन्दर्भ: नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष

-बाबु-बाजेको वीरताको बिरासतमा रमाउँदा

-गोर्खाली सैनिक दीपप्रशाद पुन मगरलाई ब्रिटिश सेनाको दोश्रो उच्च युद्ध पदक प्रदान

-ब्रिटिश सेनाको सर्बोच्च युद्ध पदक भिक्टोरिया क्रस बिजेता तुलबहादुर पुन मगरको निधन

-आस्थाको सगरमाथा एकाएक ढले पछि !

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.