Inside

All Time Top 50 News

"विश्व परिक्रमा" पत्रिकाको १०० औं अंक प्रकाशनको अबसरमा दुई समाजसेवी ब्यक्तित्व बिष्णुमाया परियार र अर्जुनप्रशाद मैनाली सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 18 June 2012 21:33

Updated: Special: 1 video; 17 photos: सिल्भर स्प्रिङ्ग, म्यारिल्यान्ड- अमेरिकाको भर्जिनिया राज्यबाट गोबिन्द गिरी 'प्रेरणा' को सम्पादकत्वमा बिगत ५ बर्ष अघि अर्थात सन् २००७ को जनवरीदेखि प्रकाशन आरम्भ गरिएको "विश्व परिक्रमा" पाक्षिक पत्रिकाको १०० औं अंक प्रकाशनको अबसरमा दुई समाजसेवी ब्यक्तित्वहरु बिष्णुमाया परियार र अर्जुनप्रशाद मैनालीलाई सम्मान गरिएको छ।

 

H.E. Ambassador Dr. Shankar P. Sharma (2nd from left) jointly releasing Vishwa Parikrama fortnightly newspaper's 100th issue along with honorees Arjun P. Mainali (1st from left), Bishnu Maya Pariyar in Silver Spring in Maryland, USA on June 17, 2012. Editor-in-Chief of the newspaper Govinda Giri 'Prerana' looks on. Photos: eEyeCam.com

आईतवार जुन १७ तारिख म्यारिल्यान्ड राज्यस्थित सिल्भर स्प्रिङ्ग शहरको घर-ए-कबाफ नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको एक बिशेष समारोहमा अमेरिकाकालागि नेपाली राजदूत महामहिम डा. शंकरप्रशाद शर्माले इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक बिष्णुमाया परियार र १०४ पटक रक्तदान गरिसकेका ब्लड डोनर्स अफ अमेरिकाका संस्थापक अध्यक्ष अर्जुनप्रशाद मैनालीलाई परम्परागत खादा र "विश्व परिक्रमा" पाक्षिक पत्रिकाद्वारा प्रदान गरिएको कदरपत्रद्वारा सम्मान गरेका थिए। कदरपत्र उक्त पत्रिकाका प्रधान सम्पादक गोबिन्द गिरी 'प्रेरणा' ले पढेर सुनाएका थिए।

H.E. Ambassador Dr. Shankar P. Sharma (2nd from left)honored on behalf of Vishwa Parikrama fortnightly newspaper to Blood Donors of America president Arjun P. Mainali (1st from left) and Empower Dalit Women  of Nepal (EDWON) founder Bishnu Maya Pariyar in Silver Spring in Maryland, USA on June 17, 2012. Editor-in-Chief of the newspaper Govinda Giri 'Prerana' is on the right. Photos: eEyeCam.com

उता "विश्व परिक्रमा" पाक्षिक पत्रिकाको १०० औं अङ्कको बिमोचन कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत डा. शर्मा र दुई सम्मानित ब्यक्तित्वहरु परियार र मैनालीले संयुक्तरुपमा गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

Vishwa Parikrama 100th Issue publication & reception, Maryland, June 17, 2012




प्रमुख अतिथी महामहिम राजदूत डा. शर्माले सम्मानित ब्यक्तित्वद्वय परियार र मैनालीलाई उनिहरुद्वारा समाजमा पुर्याइएको योगदानको प्रसंशा गर्दै उनिहरुले गरेको महत्वपूर्ण कामकोलागि हामी सबैले सहयोग गर्नु पर्ने आग्रह गरे।

डा. शर्माले "विश्व परिक्रमा" पत्रिकाको सयौं अङ्क प्रकाशन हुनु आफैमा एउटा ठुलो प्रसंसनीय कार्य भएको बताउँदै यसले नेपालको भाषालाई यहाँ उजागर, प्रबर्धन र बिकास गर्न मात्र नभै अमेरिकाका नेपालीहरुकोबिचमा नेट्वोर्कको बिकास गर्न पनि ठुलो योगदान दिएको उल्लेख गरे।

H.E. Ambassador Dr. Shankar P. Sharma (2nd from left) flashing Vishwa Parikrama fortnightly newspaper's 1st issue. Photos: eEyeCam.com

कार्यक्रममा दुई सम्मानित ब्यक्तित्वहरु बिष्णुमाया परियार र अर्जुनप्रशाद मैनालीले सम्बोधन गर्दै आ-आफ्नो क्षेत्रमा गरेको कामकोबारेमा प्रकाश पार्दै "विश्व परिक्रमा" पत्रिकालाई सम्मानकोलागि धन्यवाद ज्ञापन गरेका थिए।

प्रधान सम्पादक गिरीले "विश्व परिक्रमा" पत्रिका प्रकाशनको क्रममा झेलेको संघर्शको कहानी सुनाउँदै पत्रिकालाई निरन्तर प्रकाशन गरिराख्न टिमको आवश्यकता भएकोले वार्षिक ग्राहक र आजीवन सदस्यताका अलावा अब संरक्षक सदस्यताको ब्यबस्था गरेको घोषणा गरे। उक्त पत्रिकाको संरक्षक सदस्य बन्न ५ सय अमेरिकि डलर शुल्क लाग्ने कुरा पनि उनले बताए।

Editor-in-Chief of Vishwa Parikrama fortnightly newspaper Govinda Giri 'Prerana' at the event. Photos: eEyeCam.com

उनले पत्रिकाको आजीवन सदस्य १७० भन्दाबेशी बनी सकेको र अमेरिकाको ४० राज्यमा बितरण गरिने जानकारी दिए।

उनले पत्रिका सयौं अङ्क प्रकाशनको अबसरमा "विश्व परिक्रमा" पत्रिकाको नाममा नेपालमा प्रत्येक बर्ष एउटा बच्चालाई पढाउन छात्रब्रित्ती कोश स्थापना गरेको घोषणा गरे।

कार्यक्रममा भर्जिनियाबाट सन्चालित सगरमाथा टेलिभिजनका संचालक तथा गैर आवासिय नेपाली संघ उत्तर अमेरिकि क्षेत्रिय उपसंयोजक राम खरेलले आफ्नो शुभकामना मन्तब्य राख्दै आफू "विश्व परिक्रमा" पत्रिकाको संरक्षक बन्ने घोषणा गरे।

कार्यक्रममा पत्रकार रबि लामिछाने र पहिलो आजीवन सदस्य बिदुर गुरुङले पनि मन्तब्य राखेका थिए।

The guests at the Vishwa Parikrama fortnightly newspaper's 100th issue releasing event in Silver Spring in Maryland, USA on June 17, 2012. Photos: eEyeCam.com

कार्यक्रममा एसोसिसन अफ नेपालीज इन अमेरिकाज (ANA) का पूर्व अध्यक्ष सिमोन ढुङ्गाना, ANA महासचिब बिजय थापा, नेपाली साहित्य एकेडेमी उत्तर अमेरिकाका अध्यक्ष बसन्त श्रेष्ठ, बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (BANA) का प्रेसिडेन्ट बिजय श्रेष्ठ, नेपाल-भारत दलित मैत्री संघकि उपाध्यक्ष बिष्णुमाया परियार, अमेरिका नेपाल टेलिभिजन (ANTV) का अध्यक्ष हेमन्त श्रेष्ठ, ANTV कि कार्यकारी निर्द्देशक रमा सिंह, खस खल डट कमका सम्पादक बासु श्रेष्ठ, कान्तिपुर दैनिकका आर्थिक ब्युरो प्रमुख सञ्जय न्यौपाने, Strayer University Associate. Campus Dean/Adjunct Professor माधवी बस्नेत कार्कीलगायत अतिथीहरु उपस्थित थिए।

"विश्व परिक्रमा" पत्रिकाका सम्पादकसमेत रहेका अनुभव गिरीले कार्यक्रमको सन्चालन गर्दै आफू पनि पत्रिकाको संरक्षक सदस्यता लिने घोषणा गरे। उनी प्रधान सम्पादक गिरिका सुपुत्र हुन्।

को हुन् गोबिन्द गिरी 'प्रेरणा'?

नेपालमा मकवानपुर जिल्लाको टेक्कर सिस्नेरीमा जन्मेका पत्रकार प्रेरणा अमेरिका आएर आफ्नो लेखकत्व जिबित राख्न र नेपाली भाषा साहित्यलाई सम्बर्धन गर्न पत्रकार बनेका नेपाली साहित्याकाशका एक स्थापित लेखक हुन्।

Editor-in-Chief of Vishwa Parikrama fortnightly newspaper Govinda Giri 'Prerana'. Photos: eEyeCam.com

उनका हालसम्म ५ वटा कविता संग्रह, ४ वटा उपन्यास, ३ वटा कथा संग्रह, ३ वटा यात्रा संस्मरण, १ वटा निबन्ध संग्रह, १ वटा हाँस्य संग्रह, १ वटा समालोचना संग्रह र ९ वटा सम्पादन-अनुवाद गरी २७ वटा कृतिहरु प्रकासित भईसकेकाछन्।

को हुन् बिष्णुमाया परियार?

समाजसेवामा अगुवा नारी बिष्णुमाया परियार बोस्टनस्थित इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक हुन् भने नेपालमा उनी नेपाल दलित महिला उत्थान संघ (एड्वान) कि अध्यक्ष हुन् ।

उनले दुई यि संस्थाहरुको माध्यमबाट हालसम्म १२ हजार भन्दाबेशी नेपालका दलित, गरीब र सिमान्तक्रित बालबालिकाहरुलाई बिभिन्न कार्यक्रम र छात्रब्रित्तीमार्फत शिक्षा दिलाउन सफल भएकिछिन् भने २३ सय महिलाहरुलाई महिला शशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक (Agent of Change) बनाउन सफल भएकिछिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष र अप्रतक्ष लाभान्बित हुन पुगेकाछन्। (हेर्नुहोस् एड्वानको ब्रोसर)

Empower Dalit Women  of Nepal (EDWON) founder Bishnu Maya Pariyar speaking at the Vishwa Parikrama fortnightly newspaper's issue releasing and reception in Silver Spring in Maryland, USA on June 17, 2012. Photos: eEyeCam.com

एड्वानले बिगत १० बर्षको दौरान झन्डै ५ लाख अमेरिकि डलर अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरको अनुदान सङ्कल्न गरी नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला, बालबालिका र अन्य बिपन्न समुदायका महिला बालबालिका उत्थानकालागि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ। सन् २०१० मा संस्थाले ७७ हजार ५ सय ६२ अमेरिकि डलर अनुदान संकलन गरेको थियो जसमध्ये ५७ हजार ९८९ अमेरिकि डलर सिधै नेपालमा लगानी गरिएको थियो। सन् २०११ मा एड्वानको बजेट ८१ हजार ३१५ डलर थियो जस मध्ये ६२ हजार ०५६ डलर नेपालको कार्यक्रममा लगानी गरियो भने ३ हजार ५७१ डलर मात्र फण्डरेजिङ र पब्लिसिटीमा खर्च गरियो। बाँकी सन् २०१२ को बजेटमा गाभिनेछ। (हेर्नुहोस् एड्वानको न्यूजलेटर)

अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तरराश्ट्रिय बिकासमा एमए गरेकी समाजवेसी परियार गोर्खा ताक्लुङ कि हुन्। उनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप विश्व बैंक फ्यामिली नेटवोर्कको 'मार्गरेट माक्नमारा मेमोरियल' पुरस्कार (२००७), संयुक्त राष्ट्र संघ एसोसिसनको 'पर्दिता हस्टन मानब अधिकार' पुरस्कार (२००७), सगरमाथा प्रतिस्थानको 'नेपाल सम्मान' पुरस्कार (२०११), अन्तरराश्ट्रिय दलित संघ (क्यानाडा) को 'डा. अंबेडकर' पुरस्कार (२००३), एसोसिसन अफ नेपालीज इन अमेरिकाज (एएनए) को 'स्यालुट टु हिरो' पुरस्कार (२०१०) लगायत डेढ दर्जनभन्दा बेशी राष्ट्रिय र अन्तरराश्ट्रिय पुरस्कारद्वारा सम्मानित ब्यक्तित्व हुन्। (पढ्नुहोस् उनीबारे सन् २०१० मा प्रकासित युएस नेपाल अनलाइनको बिशेष फिचर स्टोरी)

को हुन् अर्जुनप्रशाद मैनाली?

रक्तदान जीवनदान भन्दै सम्भवत: सबैभन्दा धेरै १०४ पटक रक्तदान गरिसकेका नेपाली छोरो हुन्- अर्जुनप्रशाद मैनाली।

उनले अमेरिकामा नेपाली संघ संस्थाहरुलाई रक्तदान गर्न उत्प्रेरणा दिने थालेदेखि हालसम्म २५ वटा नेपाली संस्थाहरुद्वारा झन्डै ३ हजार नेपालीहरुलाई रक्तदान दिलाउन सफल भएकाछन् जसबाट ९ हजारभन्दा बढी मनिसहरुको ज्यान जोगाउन सकिन्छ।

उनले रक्तदान जागरणका अलावा सन् २००० को नोबेम्बरमा अमेरिका आएदेखि मात्र झन्डै १५ लाख नेपाली रुपैयाँ चन्दासमेत दिइसकेकाछन्। उनले नेपाल, अमेरिका र जापान सरकार, नेपाल र अमेरिकामा कृयाशील बिभिन्न नेपाली र अमेरिकि संस्थाहरु र ब्यक्तिगत आपत बिपदमा परेका मान्छेहरुलाई उक्त सहयोग गरेका हुन्।

Blood Donors of America president Arjun P. Mainali speaking at the Vishwa Parikrama fortnightly newspaper's issue releasing and reception in Silver Spring in Maryland, USA on June 17, 2012. Photos: eEyeCam.com

सन् २००९ को सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्र संघको महासभा बैठकमा आउँदा एक लाख रुपैयाँ बराबर अमेरिकि डलर र पछि ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोशकोलागि बुझाएका उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अमेरिका भ्रमणका बेला सन् २०११ सेप्टेम्बर २३ तारिख प्रधानमन्त्री राहत कोशकोलागि थप १ लाख रुपैयाँ अनुदान दिएका थिए।

उनले सन् २०११ को मार्च ११ तारिख जापानमा गएको भूँईचालोपछि आएको सामुद्रिक हुरी सुनामीबाट पीडितहरुकालागि आफ्नो पुरै एक हप्ताको तलब $ ३४१ उक्त दु:खद घटनाको भोली पल्टै जापानका प्रधानमन्त्री नाओटो कानको कार्यालयको ठेगानामा अमेरिकि डलर नै खामबन्द गरी पठाएका थिए।

उसो त उनले सन् १९८५ मा एसएलसि पास गरेपछि हुलाकमा खाएको आफ्नो जिन्दगीको पहिलो मुखियाको जागिरको पहिलो महिनाको तलब शिर्फ ६ सय ४५ रुपैयाँबाट ५ सय रुपैयाँ नेपाल रेडक्रसलाई चन्दा दिएर अनुदानको श्री गणेश गरेका थिए।

समाजसेवाकोलागि अमेरिकि प्रेसिडेन्टद्वारा स्वयमसेवा गरेको आधारमा प्रदान गरिने सन् २००७ को President's Volunteer Service Award प्राप्त गर्न सफल भएका मैनालीलाई न्यू योर्क शहरका कंग्रेस सदस्यहरु टिमोथी बिसप र पिटर किङ, एसेम्बली सदस्य माइकल मुन्टेसेनो, नसाउ काउन्टी लेजिस्लेटर र उनी बसोबास गर्ने शहर ओइस्टर बे टाउन बोर्डले कदरपत्रद्वारा सम्मान गरेको छ। त्यसैगरी, अमेरिकन रेडक्रस, अमेरिकन एसोसियसन अफ ब्लड बैंक, मगर एसोसिएसन अमेरिका, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टर, नेपालीज एसोसियसन अफ साउथ इस्ट अमेरिका (NASeA), युएस नेपाल अनलाइन र एभरेस्ट टाइम्स पत्रिकाले सम्मान गरेको छ। (पढ्नुहोस् उनीबारे सन् २०१ मा प्रकासित युएस नेपाल अनलाइनको बिशेष फिचर स्टोरी)

-Pradeep Thapa Magar in Maryland. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

H.E. Ambassador Dr. Shankar P. Sharma (2nd from left) speaking at the Vishwa Parikrama fortnightly newspaper's 100th issue releasing event in Silver Spring in Maryland, USA on June 17, 2012. Photos: eEyeCam.com


Vishwa Parikrama Editor Anubhav Giri. Photos: eEyeCam.com


First Life Member of Vishwa Parikrama Bidur Gurung. Photos: eEyeCam.com




Journalist Rabi Lamichhane.

Sagarmatha TV Producer and NRNA North America DRC Ram Kharel. Photos: eEyeCam.com



Bishnu Maya Pariyar and Govinda Giri Prerana.



The two honorees Blood Donors of America president Arjun P. Mainali (1st from left) and Empower Dalit Women  of Nepal (EDWON) founder Bishnu Maya Pariyar.


Strayer University Associate Campus Dean/Adjunct Professor Madhavi Basnet Karki, Bishnu Maya Pariyar, Arjun P. Mainali and ANA General Secretary Bijay Thapa. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.