Inside

All Time Top 50 News

न्यू योर्कमा युएस नेपाल अनलाइनको ७ औं वार्षिकोत्सब सम्पन्न, वरिस्ठ नायिका कृश्टी मैनालीसहित ११ नेपाली ब्यक्तित्वहरु र १ नेपाली संस्था सम्मानित, ३ कृतिको लोकार्पण PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Sunday, 07 December 2014 15:59
Article Index
न्यू योर्कमा युएस नेपाल अनलाइनको ७ औं वार्षिकोत्सब सम्पन्न, वरिस्ठ नायिका कृश्टी मैनालीसहित ११ नेपाली ब्यक्तित्वहरु र १ नेपाली संस्था सम्मानित, ३ कृतिको लोकार्पण
Opening & Closing Ceremony photos 2014
Award Ceremony photos 2014
Life Members Photos 2014
Guest Speakers photos 2014
Cultural Program photos 2014
All Pages

"नेपालको छवि स्वच्छ राखी मुलुकको प्रतिष्ठा अभिबृद्धि गराउने कार्यमा देश बाहिर रहेका समस्त नेपालीलाई उत्प्रेरित गर्ने कार्यमा यसले आफूलाई केन्द्रित गर्ने मैले विश्वास लिएको छु ।" -प्रधानमन्त्री सुशिल कोईराला
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एनआरएन आईसिसि अध्यक्ष शेष घलेबाट शुभकामना सन्देश प्राप्त
Updated; Exclusive: 216 photos: न्यू योर्क- युएस नेपाल अनलाइन डट कमले आफ्नो ७ औं वार्षिकोत्सब न्यू योर्कमा भब्यतापूर्वक मनाएको छ । उक्त अवसरमा Guest of Honor (गेस्ट अफ अनर) सम्मानद्वारा वरिस्ठ नायिका कृश्टी मैनालीसहित ११ नेपाली ब्यक्तित्वहरु र १ नेपाली संस्थालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा नायिका मैनालीका अलावा नेपाली कला जगतका मुधन्य ब्यक्तित्व चित्रकार उत्तम नेपाली, संगीतकार त्रय शिशिर श्रेष्ठ, न्हुछेनारायण डङ्गोल र एलजि खम्बाचे शेर्पा, एनआरएन अमेरिकालाई सफलतापूर्वक चुनावी प्रकृयामा लैजान सफल भएका न्यू योर्कका वकिल द्वय बिनोद रोका र दुर्गाप्रशाद भूर्तेल, बहुप्रतिभाकि धनी गायिका, नृत्याङ्गना यशोदा खालिङ राई र सिन्धु-युएसए वेलफेयार सोसाईटी रहेकाछन् । त्यसैगरी, युथ रिकागनिसन पुरस्कार (Youth recognition Award 2014) द्वारा सम्मानित हुनेहरुमा न्यू जर्सी राज्यको रटगर्स बिश्वबिद्यालयमा अध्यायनरत शैक्षिक जागरण र लिडरशिपमा अगुवा युवा एश्वर्या शर्मा, रिभर्स स्पेलिङमा गिनिज बूक अफ वर्ल्ड रेकर्ड कायम गरेका कृष्ण पान्डे र नर्मल एकेडेमी म्यूजिक ब्याण्डका संस्थापक गायक एबं संगितकार युगेस लिम्बु रहेकाछन् । सोही अवसरमा ३ कृतिहरु: युएस नेपाल अनलाइन डट कमका प्रधान सम्पादक प्रदीप थापा मगरद्वारा सम्पादित 'नेपाली बर्श पुस्तक २०१४-१५' (Nepali Year Book), वरिस्ठ अभिनेता रामराज छेत्रीद्वारा लिखित 'कल्प तृश्णा' कथा संग्रह र समाजसेवी डा. बिष्णुमाया परियारद्वारा घरेलु हिंशाबाट पीडित नेपाली नारीहरुको सत्य घटनामा आधारित कृति 'सम्बन्ध' को लोकार्पण गरिएको छ ।


USNepalOnline.com celebrated its 7th Anniversary in New York, USA on December 6, 2014. USNepalOnline honored 11 Nepalese personalities and 1 Nepalese org during the celebration. Photos by Man B Rana Magar for USNepalOnline

डिसेम्बर ६ तारिख शनिबार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स ४१-०१, ७५ स्ट्रिटस्थित शेर्पा किदुग युएसएको आफ्नै भवनको सभा कक्षमा मनाईएको उक्त वार्षिकोत्सबमा उपस्थित पाहुनाहरुलाई आजीवन सदस्य रेणु शर्मा सापकोटाले हार्दिक स्वागत गरेकी गरेकी थिईन् ।

USNepalOnline's Guest of Honor 2014 and Youth Recognition Award 2014 winners. Photos courtesy: fb profiles

प्रमुख अतिथीकोरुपमा उपस्थित संयुक्त राश्ट्र संघकालागि नेपाली स्थाई नायब प्रतिनिधि सेवा लम्साल अधिकारीले सम्मानित ब्यक्तिवहरुलाई बिशेष कदर पत्रद्वारा सम्मान गरेकी थिईन् भने युएस नेपाल मिडिया सेन्टरका अध्यक्ष दावा शेर्पा ह्योल्मोले परम्परागत खादाद्वारा स्वागत गरेका थिए । युएस नेपाल अनलाइन डट कमका प्रधान सम्पादक प्रदीप थापा मगरले सम्मानित ब्यक्तित्वहरु र संस्थाको परिचय गराएका थिए ।

Members of Sindhu-USA Welfare Society receiving Guest of Honor 2014 award from the Chief Guest DPR Nepal Mission Sewa Lamsal Adhikari at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

सम्मान ग्रहणपछि वरिस्ठ चित्रकार उत्तम नेपाली, नायिका कृश्टी मैनाली, संगितकार एलजि खम्बबाचे, वकिल बिनोद रोका, सिन्धु-युएसए वेलफेयार सोसाईटीका अध्यक्ष बंशलाल तामाङ, एश्वर्या शर्मा र गायक युगेस लिम्बुले सम्बोधन गरेका थिए ।

Prominent Nepalese actress Kristie Mainali speaking after receiving Guest of Honor 2014 award at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

The honorees of USNepalOnline's 'Guest of Honor' and 'Youth Recognition Award' winners 2009-2014. Photos archive: USNepalOnline

सोही अवसरमा प्रमुख अतिथी संयुक्त राश्ट्र संघकालागि नेपाली स्थाई नायब प्रतिनिधि सेवा लम्साल अधिकारीलाई 'मायाको चीनो' Token of Love कदर पत्रद्वारा युएस नेपाल अनलाईनकोतर्फबाट नायिका कृस्टी मैनालीले प्रदान गरिन् ।

नयाँ आजीवन सदस्यहरुको स्वागत

सोही अवसरमा युएस नेपाल अनलाईनका २७ जना नयाँ आजीवन सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको छ । हालसम्म ८७ जना आजीवन सदस्यहरु छन् । नयाँ आजीवन सदस्यहरुलाई संयुक्तरुपमा प्रमुख अतिथी अधिकारीले प्रमाण पत्र प्रदान गरेकी थिईन् भने युएस नेपाल मिडिया सेन्टरका अध्यक्ष दावा शेर्पा ह्योल्मोले परम्परागत खादाद्वारा स्वागत गरेका थिए ।



बर्थ डे केक

यो बर्ष युएस नेपाल अनलाईनले आफ्नो ७ औं वार्षिकोत्सबको अवसरमा बिशेशरुपमा तयार पारिएको पहिलो बर्थ डे केक सरप्राईज गिफ्टको रुपमा पाएको थियो । उक्त गित्फ्ट ब्यूटिसियन मुना राई गुरुङले प्रायोजन गरेकी थिईन् । उनी गुरुङ (तमु) सोसाइटी अफ अमेरिका अध्यक्ष मेख गुरुङकि अर्धाङ्गिनी हुन् । उक्त केक संयुक्तरुपमा प्रमुख अतिथी संयुक्त राश्ट्र संघकालागि नेपाली स्थाई नायब प्रतिनिधि सेवा लम्साल अधिकारी, युएस नेपाल मिडिया सेन्टरका अध्यक्ष दावा शेर्पा ह्योल्मो र सम्पादक प्रदीप थापा मगरले काटेर पाहुनाहरुलाई खुवाईएको थियो ।

Seventh Anniversary Birthday Cake is cut jointly by Chief Guest DPR Nepal Mission Sewa Lamsal Adhikari, US Nepal Media Center President Dawa Sherpa Hyolmo and Editor Pradeep Thapa Magar at its 7th Anniversary celebration in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

शुभकामना सन्देश

उक्त अवसरमा नेपालका प्रधानमन्त्री सुशिल कोईराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एनआरएन आईसिसी अध्यक्ष शेष घलेबाट प्राप्त शुभकामना सन्देशहरु पढेर सुनाइएको थियो ।

प्रधानमन्त्री सुशिल कोईरालाले आफ्नो शुभकामना सन्देशमा यूएस नेपाल अनलाइन डट कम' ले आफ्नो नियमित प्रकाशनको सातौं वर्ष पूरा गरी आठौं बर्ष प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै जारी शुभकामना सन्देशमा भनिएको छ: "खास गरी अमेरिकामा बस्ने नेपालीहरुको लागि लक्षित गरी सञ्चालन गरिएको हुनाले यस प्रकाशनले अमेरिकी भूमिमा प्राप्त हुने अवसरहरुबाट नेपाली समुदायलाई लाभान्वित गराउने पक्षमा काम गर्नु पर्दछ । अहिले नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्वको वातावरण बन्दै गएकोले अमेरिकामा रहेका नेपाली ब्यावसायी र तिनको सम्पर्कमा वा सामिप्यतामा रहेका अमेरिकी वा बहुराष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि पनि आकर्षित गर्नु पर्दछ । जति नेपाली अमेरिकामा रहनुभएको छ, सबैले एक जना आफ्नो अमेरिकन साथीलाई नेपाल पठाउने हो भने नेपालमा पर्यटनको विकासमा ठूलो टेवा पुग्ने छ ।"

Message from Prime Minister of Nepal Sushil Koirala on the occasion of 7th Anniversary of USNepalOnline

प्रधानमन्त्री कोईरालाले अगाडि उल्लेख गरेका छन्- यूएसनेपालअनलाइन डट कमले "देशमा लोकतान्त्रिक संविधान जारी गरी लोकतन्त्रलाई संस्थागत गरेर दिगो शान्ति र राजनीतिक स्थायित्वका आधारमा देशको विकासलाई गति दिएर नेपाल र नेपालीलाई समृद्ध बनाउने महान कार्यमा यस प्रकाशनले महत्वपूर्ण योगदान गर्न सक्ने मैले विश्वास लिएको छु ।"

त्यसैगरी, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो शुभकामना सन्देशमा वार्षिकोत्सबका अवसरमा खुशी ब्यक्त गर्दै "युएसनेपालअनलाईनले नेपालको राजनीतिक्, आर्थीक र सांस्कृतिक क्षेत्र र अमेरिकामा बस्ने नेपाली मात्र होईन, संसारै भरी छरिएर रहेका नेपालीहरुका गतिबिधीहरु र उनीहरुका दुख-दर्दहरुको बारेमा सुसुचित गर्ने साथै उनीहरुका भावना एक अर्कामा आदान प्रदान गर्ने गराउने सवालमा महत्वपूर्ण भूमिकाअ निर्वाह गर्ने गरेको" उल्लेख गर्दै नेपाल अहिले संक्रमण कालबाट गुजृरहेको र शान्ती प्रकृयालाई तार्किक निश्कर्शमा पुर्‍याउन अनलाईन खबरमार्फत सबै पक्षलाई सचेत गर्दै खबरदारी गर्ने बिश्वास लिएको जनाएकाछन् ।

Messages from UML Chairman KP Sharma Oli and NRNA ICC Preisdent Shesh Ghale on the occasion of 7th Anniversary of USNepalOnline

उता एनआरएन आईसिसी अध्यक्ष शेष घलेले आफ्नो शुभकामना सन्देशमा युएसनेपालअनलाईनले प्रवासमा रहेका नेपाली समुदायलाई एककृत गर्न गरेको प्रयासको सराहना गर्दै प्रवासमा बस्ने नेपालीहरुको आवाजलाई उजागर गर्ने र सम्पूर्ण नेपालको हितकोलागि योगदान पुर्‍याउने आशा ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री कोईरालाद्वारा प्रेशित शुभकामना सन्देश आजीवन सदस्य रेणु सुबेदीले वाचन गरेकी थिईन् भने एमाले अध्यक्ष ओलीको शुभकामना सन्देश सम्पादक थापाले प्रस्तुत गरेका थिए । त्यसैगरि, एनआरएन आईसिसी अध्यक्ष घलेको शुभकामना एनआरएन आईसिसिसी महिला शशक्तिकारण टास्फोर्सकि अध्यक्ष डा. बिष्णुमाया परियारले पढेर सुनाएकी थिईन् । प्रधानमन्त्री कोईराला, नेकपा एमाले अध्यक्ष ओली र एनआरएन आईसिसी अध्यक्ष घलेबाट प्राप्त शुभकामना सन्देशहरु यसै समाचारको तल प्रकासित गरिएको छ ।

त्यसैगरी, अन्तरराश्टृय नेपाली साहित्य समाज (अनेसास) कि निबर्तमान अध्यक्ष गिता खत्री र नेपालिज युथ डेमोक्रेटिक काउन्सिल अमेरिका अध्यक्ष प्रमोद सिटौलाबाट शुभकामना सन्देश प्राप्त भएको छ ।

उक्त अवसरमा नेपाली समाजका बिभिन्न अगुवाहरुले मन्तब्य ब्यक्त गर्दै युएसनेपालअनलाईनलाई सातौं बर्ष पुरा गरी आठौं बर्शमा प्रबेश गर्ने सफल भएकोमा बधाई ज्ञापन गरेका थिए ।

The guests and members of USNepalOnline at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Pratha Magar for USNepalOnline

यसरी बधाई ज्ञापन गर्ने अतिथी वक्ताहरुमा प्रमुख अतिथी संयुक्त राश्ट्र संघकालागि नेपाली स्थाई नायब प्रतिनिधि सेवा लम्साल अधिकारी, एनआरएन आईसिसी उत्तर अमेरिका उपसंयोजक सोनाम लामा, एनआरएन अमेरिका अध्यक्ष खगेन्द्र जिसि, प्रबासी नेपाली मन्च अध्यक्ष सन्जय थापा, लिम्बुवान समाज अमेरिका संयोजक दिपेश लिम्बु, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) उपाध्यक्ष समिर महर्जन, सोसाइटी अफ हस्पिटल मेडिसिनका प्रेसिडेन्ट डा. केशब पौडेल र खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी थिए ।

३ कृतिहरुको लोकार्पण

सोही अवसरमा ३ कृतिहरु: युएस नेपाल अनलाइन डट कमका प्रधान सम्पादक प्रदीप थापा मगरद्वारा सम्पादित 'नेपाली बर्श पुस्तक २०१४-१५' (Nepali Year Book), वरिस्ठ अभिनेता रामराज छेत्रीद्वारा लिखित 'कल्प तृश्णा' कथा संग्रह र समाजसेवी डा. बिष्णुमाया परियारद्वारा घरेलु हिंशाबाट पीडित नेपाली नारीहरुको सत्य घटनामा आधारित कृति 'सम्बन्ध' को लोकार्पण गरिएको छ ।

'Nepali Year Book' (2014-15) is released jointly by Chief Guest DPR Nepal Mission Sewa Lamsal Adhikari, President Dawa Sherpa Hyolmo and Editor Pradeep Thapa Magar at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

'नेपाली बर्श पुस्तक २०१४-१५' को लोकार्पण प्रमुख अतिथी संयुक्त राश्ट्र संघकालागि नेपाली स्थाई नायब प्रतिनिधि सेवा लम्साल अधिकारी, युएस नेपाल मिडिया सेन्टरका अध्यक्ष दावा शेर्पा ह्योल्मो र बर्श पुस्तकका सम्पादक प्रदीप थापा मगरले संयुक्तरुपमा गरेका थिए ।

'कल्प तृश्णा' कथा संग्रह को लोकार्पण प्रमुख अतिथी सेवा लम्साल अधिकारी, अध्यक्ष दावा शेर्पा ह्योल्मो, डा. राजेन्द्र प्रधान र कृतिका लेखक रामराज छेत्रीले संयुक्तरुपमा गरेका थिए ।

'Kalpa Trishna' story book is released jointly by Chief Guest DPR Nepal Mission Sewa Lamsal Adhikari, President Dawa Sherpa Hyolmo, Dr. Rajendra Pradhan and author of the book Ramraj Chhetri at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

'सम्बन्ध' को लोकार्पण प्रमुख अतिथी सेवा लम्साल अधिकारी, एनआरएन आईसिसी उत्तर अमेरिका उपसंयोजक सोनाम लामा, अधिकारकि नर्बदा छेत्री, वरिस्ठ नायिका कृस्टी मैनाली, तुलसीदेबि पन्थी, युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, लेखिका डा. बिष्णुमाया परियार, लेखिका कि दिदी सिता परियारले संयुक्तरुपमा गरेका थिए ।

Sambandha book is released jointly by Chief Guest DPR Nepal Mission Sewa Lamsal Adhikari, President Dawa Sherpa Hyolmo, NRN DRC Sonam Lama, Tulsi Devi Panthi, Social activist Narbada Chhetri, Actress Kristi Mainali, Sita Devi Pariyar, Pradeep Thapa Magar and author of the book Dr. Bishnu Maya Pariyar at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

उक्त अवसरमा किशोरी प्रतिभा शलिना श्रेष्ठले आफ्नो बर्थडे गिफ्टकोरुपमा संकलित रकम डा. बिष्णुमाया परियारको संस्था 'इम्पावोर दलित वूमन अफ नेपाल' मार्फत नेपालका बालबालिकाहरुको शिक्षाकोलागि अनुदान प्रदान गरिन् ।

USNepalOnline's Life Member Shalina Shrestha donating her birthday cash gift to Empower Dalit Women of Nepal (EDWON) founder Dr. Bishnu Maya Pariyar for supporting children's education in Nepal at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

'कल्प तृश्णा' कथा संग्रह उपर डा. तारा निरौला र कवि बिनोद रोकाले मन्तब्य ब्यक्त गरेका थिए भने 'सम्बन्ध' कृतिबारे लेखिका डा. बिष्णुमाया परियार र 'नेपाली बर्श पुस्तक २०१४-१५' बारे पुस्तकका सम्पादक प्रदीप थापा मगरले प्रकाश पारेका थिए ।

"Talk of the Town USA Reloaded" जनवरीदेखि शुरु गरिने

खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थीले अगामी नयाँ बर्स सन् २०१५ को जनवरीदेखि 'Talk of the Town USA Reloaded' टेलिभिजन कार्यक्रम न्यू योर्कमा निर्माण गरि नेपालको एबिसी टेलिभिजनमार्फत प्रसारण गरिने जानकारी गराए । सम्पादक पन्थी उक्त टेलिभिजनका पनि सम्पादक हुन् ।

उद्घाटन कार्यक्रमको सन्चालन टेलिभिजन कार्यक्रम 'सम्प्रेशण' SampreshanUSA.com का प्रस्तोता शैलेश श्रेष्ठले गरेका थिए ।

साँस्कृतिक प्रस्तुति

सो अवसरमा न्यू योर्कमा रहेका नेपाली कलाकारहरुले बिभिन्न गित र नृत्यहरु पस्केर मनोरन्जन दिलाएका थिए ।

Passang Sherpa and Basanti Devi Rai performing at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

गायनतर्फ गायिका सपना श्री, गायक जगदिश समाल मगर, नरबहादुर दाहाल, सुबर्णकुमार शाक्य र प्रेम सेन्चुरीको प्रस्तुती रहेको थियो भने नृत्यतर्फ शलिना श्रेष्ठ, बिनु हिराचन, बसन्तीदेबी राई, पासाङ शेर्पा, रोहित तिमील्सिना, र अन्जली लामा सेवाको प्रस्तुती रहेको थियो । नृत्यको कोरियोग्राफी बसन्त डान्स सेन्टरका नृत्य निर्देशक बिजयमान नकर्मीले गरेका थिए । साँस्कृतिक कार्यक्रमको सन्चालन पूर्व नेपाली मोडल डेजी शेर्पाले गरेकी थिईन् ।



नि:शुल्क ३० वटा राफल पुरस्कारहरु बितरण

उक्त अवसरमा नि:शुल्क ३० वटा राफल पुरस्कारहरु बितरण गरिएको थियो । प्रथम पुरस्कार 'ज्ञालेक्सी नोट ८' ट्याक्सराजा एकाउन्टिङका बिराज रिजालले प्रायोजन गरेका थिए भने अन्य पुरस्कारहरुमा मुस्ताङ थकाली किचन रेस्टुरेन्टको दुईवटा ५१ डलरको गिफ्ट कुपन, हिमालयन याक रेस्टुरेन्टको दुईवटा ५० डलरको गिफ्ट कुपन, हिमालय कनेक्सनको दुईवटा ५० डलरको गिफ्ट कुपन, मालिङ्गो रेस्टुरेन्टको एकवटा ३० डलरको गिफ्ट कुपन, VillageCrafts.Org को गिफट प्याकेज थियो ।

Life Members Mani Bangdel along with Ayusha Shrestha, Simran Adhikari and Zara Prasai announcing 30-free raffle prizes at 7th Anniversary of USNepalOnline in New York on December 6, 2014. Photos by Man B Rana Magar for USNepalOnline

त्यसैगरी, आ-आफ्नो पुस्तक कृतिहारु, गिती एल्बमहरुको प्याकेज प्रायोजन गर्नेहरुमा गायक यम बाराल, यशोदा खालिङ राई, गिता खत्री, ज्योती पौडेल, बिनोद रोका, शान्ता घिमिरे, शलिना श्रेष्ठ, अनेसास, मणी बाङ्देल, दीपा राई पुन मगर, ममता कर्माचार्य, पद्मा लिङ्खा मगर, मनु लोहोरुङ राई, गम्बु शेर्पा, निलम कार्की निहारिका, बिकास बिस्ट, डा. बिष्णुमाया परियार, नगेन्द्र ईङ्नाम, शेखर ढुङ्गेल आदी थिए ।

'होम मेड' नेपाली परिकार

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई युएस नेपाल अनलाइनका आजीवन सदस्य दिदि-बहिनीहरुले आ-आफ्नो घरमा तयार पारेको 'होम मेड' नेपाली परिकारहरु सेलरोटी, लत्ते, चना, अचारलगायत खुवाईएको थियो । कमला हिराचन, शान्ता घिमिरे, मनु लोहोरुङ राई, सिता परियार, मनिता गुरुङ, बिजेता लिम्बु, सपना केसि, नेदेन दोङ्लाले खाजा र लेफ्टिनेन्ट महेन्द्र थापा मगरले पानीको प्रायोजन गरेका थिए ।

यसरी शुरु भयो युएसनेपालअनलाइन

डिसेम्बर ३ तारिख सन् २००७ मा शुरु भएको युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर हुन् । साहित्य सम्पादक नगेन्द्र ईङ्नाम हुन् भने अतिथी सम्पादक बिजय थापा रहेका छन् । 'युएस नेपाल मिडिया सेन्टर' का कार्यकारी प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मो हुन् भने अध्यक्ष पासाङ दोर्ची शेर्पा हुन् । युएसनेपालअनलाइनका ८४ जना आजीवन सदस्यहरु छन् भने २९ हजारभन्दा बेशी रजिस्टर्ड सदस्यहरु छन् ।

युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्), सन् २०११ मा चौंथो (पढ्नुहोस्), सन् २०१२ मा पाँचौं (पढ्नुहोस्) सन् २०१३ मा छैठौं(पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।

निश्पक्ष, निडर र स्वतन्त्र प्रकारिता र समाचारकोलागि युएस नेपाल अनलाइन र यसका प्रधान सम्पादक थापाले बिभिन्न पुरस्कार प्राप्त गरेकाछन्। ति मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा 'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार' (२०१३), न्यू योर्क कला मन्चद्वारा 'डिस्टिङ्गुइस्ड सर्भिस अवार्ड' पुरस्कार' (२०१२), रिज्वूड नेपालीज सोसाइटीद्वारा 'प्रेसिडेन्सियल अवार्ड' (२०१०), अधिकारद्वारा 'कम्युनिटी लिडर्शिप अवार्ड' पुरस्कार (२०१०) आदि छन्।

युएस नेपाल अनलाइन दैनिक झन्डै डेढ लाख पटक हेरिन्छ भने हालसम्म ४० लाख पाठकहरुमा माझ पुगिसकेको छ। यो अमेरिकामा एक मात्र मुनाफारहित 501(c)3 नेपाली मिडिया संस्था 'युएस नेपाल मिडिया सेन्टर' द्वारा सन्चालित अनलाइन न्यूज पोर्टल हो। सन् २००७ देखि हालसम्म युएस नेपाल अनलाइन ३० करोड पटक हेरिसकिएको छ। Read our anniversary news: http://www.usnepalonline.com/anniversary/

नेपालका प्रधानमन्त्री सुशिल कोईरालाबाट प्राप्त शुभकामना सन्देश

शुभकामना

यूएस नेपाल मिडिया सेन्टरद्वारा सञ्चालित यूएस नेपाल अनलाइन डट कम' ले आफ्नो नियमित प्रकाशनको सातौं वर्ष पूरा गरी आठौं बर्ष प्रवेश गरेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । म यस अवसरमा यस अनलाईनका संस्थापक, सञ्चालक र यसमा कार्यरत समस्त सञ्चारकर्मी मित्रहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।

सूचना र सञ्चार प्रविधिमा भएको अकल्पनीय विकासले मानव जीवन शैलीमा निकै ठूलो परिवर्तन ल्याइदिएको छ । यसले परम्परागत सञ्चार प्रणालीलाई चुनौति दिइरहेको छ । मोवाइल प्रविधिमा भएको विकासले छापा माध्यमलाई पछाडि पारेको छ । अहिले संसारको जुनसुकै कुनामा पलपलमा भएका घटनाहरु समाचार बनेर क्षणभरमै हात हातको मोबाइलमा आउने गरेका छन् । यसैले न्यू मिडियाका रुपमा चिनिने डिजिटल वा अनलाइन मिडियाको प्रभाव संसारभर बढिरहेको छ । प्रख्यात मिडिया हाउसहरुले समेत आफ्ना छापा संस्करणहरु बन्द गरेर डिजिटल संस्करणमा आफूलाई रुपान्तरित गरेका छन् । यस पहिले यसरी सूचनाको पहुँचमा नरहेका धैरे व्यक्तिको पहुँचमा सूचना पुग्न थालेपछि आम नागरिकमा सूचनाको भोक जागेको छ । यसले सञ्चारकर्मीको व्यक्तित्व विकास र आमसञ्चारका माध्यमको व्यवसायिक दायरा बृहत् बनाउदै लगेको छ ।

सन् २००७ देखि आरम्भ भएको यस डिजिटल प्रकाशनले नेपाल र अमेरिकामा भएका नेपाली समुदाय केन्द्रित समाचार, सामयिक अन्तर्वार्ता, विचार, संयुक्त राष्ट्र संघ र महिला सम्बन्धित विषय, अर्थतन्त्र, वातावरण, विज्ञान-प्रविधि पर्यटन, स्वास्थ्य, खेल, साहित्य र धर्म जस्ता विविध विषयमा अद्यावधिक जानकारी दिने गरेको छ । यसले आवश्यकताअनुसार अन्य स्तम्भहरु पनि थपेर सूचनाका भोका ग्राहकहरुलाई सन्तुष्ट पार्ने मैले विश्वास लिएको छु । सूचना प्राप्त हुनासाथ प्रकाशनमा लैजान सकिने र क्षणभरमै सेवाग्राहीको हातमा जानकारी पुर्‍याउन सकिने भएकोले यसको दायरा अझ व्यापक बनाउन निश्चय नै कठिनाइ पर्ने छैन ।

खास गरी अमेरिकामा बस्ने नेपालीहरुको लागि लक्षित गरी सञ्चालन गरिएको हुनाले यस प्रकाशनले अमेरिकी भूमिमा प्राप्त हुने अवसरहरुबाट नेपाली समुदायलाई लाभान्वित गराउने पक्षमा काम गर्नु पर्दछ । अहिले नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्वको वातावरण बन्दै गएकोले अमेरिकामा रहेका नेपाली ब्यावसायी र तिनको सम्पर्कमा वा सामिप्यतामा रहेका अमेरिकी वा बहुराष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि पनि आकर्षित गर्नु पर्दछ । जति नेपाली अमेरिकामा रहनुभएको छ, सबैले एक जना आफ्नो अमेरिकन साथीलाई नेपाल पठाउने हो भने नेपालमा पर्यटनको विकासमा ठूलो टेवा पुग्ने छ । यसको अंग्रेजी संस्करणले नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक पुरातात्विक र राष्ट्रिय महत्वका सम्पदाहरुको बारेमा विदेशीहरुलाई जानकारी दिन सकोस् । नेपालको छवि स्वच्छ राखी मुलुकको प्रतिष्ठा अभिबृद्धि गराउने कार्यमा देश बाहिर रहेका समस्त नेपालीलाई उत्प्रेरित गर्ने कार्यमा यसले आफूलाई केन्द्रित गर्ने मैले विश्वास लिएको छु ।

नेपाल अहिले जन निर्वाचित संविधानसभाबाट संविधान निर्माण गरी नेपाली नागरिकहरुले १९९७ सालदेखि प्रजातन्त्र प्राप्तिका लागि गरेका आन्दोलन र संघर्षहरुबाट प्राप्त भएका संघीयता, गणतन्त्र, समावेशिता सहितको लोकतान्त्रिक शासन पद्धतिलाई संस्थागत गर्ने ऐतिहासिक चरणमा रहेको छ । देशमा लोकतान्त्रिक संविधान जारी गरी लोकतन्त्रलाई संस्थागत गरेर दिगो शान्ति र राजनीतिक स्थायित्वका आधारमा देशको विकासलाई गति दिएर नेपाल र नेपालीलाई समृद्ध बनाउने महान कार्यमा यस प्रकाशनले महत्वपूर्ण योगदान गर्न सक्ने मैले विश्वास लिएको छु ।

'यू.एस. नेपाल अनलाइन डट कम' को सातौ बार्षिकोत्सवको अवसरमा यसको निरन्तरता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२० मंसिर २०७१

(सुशील कोइराला)

प्रधानमन्त्री
नेपाल सरकार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्राप्त शुभकामना सन्देश

Greetings for 7th Anniversary of the USNepalOnline.com

I am delighted on the news that USNepalOnline.com, operated by US Nepal Media Center, is celebrating its 7th anniversary. I would like to congratulate the team of USNepalOnline.com for completing 7 years of conveying the news concerned with Nepalese in the US as well as those back home in Nepal. As we all know, media is an integral part of our lives that keep us alert on what is going around us and its scope is widened by the online news. As the accessibility of the internet increases, more and more people around the globe are being able to access the news and it has become an international phenomenon.

Congratulations again and best regards to the US Nepal Media Center and the USNepalOnline.com crew who have been tenacious in bringing news to Nepalese all around the globe. I hope that it continues to flourish with its dedication to impartial and honest presentation of Nepalese news.

Thank you.

28th November, 2014

K. P. Sharma Oli
Chairman
Central Committee
Communist Party of Nepal (UML)
Leader - Constituent Assembly Parliamentary Party
Email: umIcpmogmail.com, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , www.cpnuml.org

एनआरएन आईसिसि अध्यक्ष शेष घलेबाट प्राप्त शुभकामना सन्देश

Mr. Dawa Sherpa Hyolmo,
Executive President,

US Nepal Media Center, New York, USA

Sub: Message of Felicitation.

Dear Mr. Sherpa, First of all, I would like to congratulate you and US Nepal Media Center for completing seven years of dedication and service to the Nepalese Community. I really appreciate the efforts of USNepalOnline.Com in uniting the Nepalese community living abroad and their contribution in pursuit of harmony amongst different communities, cultural exchange and integration.

I hope that, in the coming days, the media will contribute more in uniting and connecting the Nepalese community and voicing the Nepali Diaspora's interest for their as well as for the benefit of Nepal as a whole.

I wish all the success to USNepalOnline.Com not only in safe guarding and promoting the interest of the Nepalese community in USA but, all over the world too!

I wish the very best for the celebration of the 7th Anniversary and all your endeavors.

25th November, 2014

Wishing the very best,

Shesh Ghale,
President

International Coordination Council,
Non-Resident Nepali Association (NRNA)

Email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , www.nrn.org.np

अनेसास निर्वतमान केन्द्रीय अध्यक्ष गीता खत्रीबाट प्राप्त शुभकामना सन्देश

शुभकामना

युएसनेपालअनलाईन न्यू योर्कमा जन्मिएर आज ७ बर्ष पुरागरि ८ बर्षमा प्रवेश गर्दैछ । यस सुखद अवसरमा यसका प्रमुख सम्पादक श्री प्रदीप थापामगरलगायत टीमका सबै सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

पत्रपत्रिका र पत्रकारहरु राज्यको चौथो अंगका रुपमा सर्बत्र मानिन्छन् । यसरी मानसम्मान पाउनुमा उनिहरुले समाजप्रति देखाउने उनिहरुको जिम्मेवारी र दायित्यले गर्दा हो । त्यो जिम्मेवारी र दायित्व भनेको सत्य र तथ्यमा आधारित समाचारहरु समयमै जनताको आँखा र कानसम्म पुर्‍याउनु हो । कसैको बहकाउ र कपोलकल्पित कल्पनाका आधारमा लेखिएका समाचारलाई आफ्नो पत्रपत्रिका तथा टेलिभिजन रेडियो आदिमा स्थान नदिनु नै हो । युएसनेपालअनलाईनले आजसम्म ती जिम्मेवारी र दायित्व निर्वाह गर्न सफल भएको मैले पाएको छु ।

झण्डै एकसय जनाको हाराहारिमा आजीवन सदस्यहरु बनाउन सक्नु भनेको समाचार माध्यम सफल हुनु हो । युएसनेपालअनलाईनमाथि जनताको विश्वास बढनु भनेको यसको प्रगति र विकासको सिढीहरु माथिमाथि चढीरहनु हो ।

आउने दिनहरुमा युएसनेपालअनलाईन अझ परिमार्जित, परिष्किृत र उच्चकोटीको हुँदै हाम्रा सामु आउने छ भन्दै यसको उत्तरोत्तर प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सादर,

गीता खत्री,
निर्वतमान अनेसास केन्द्रीय अध्यक्ष,
अनेसास ट्रष्टी

नेपालिज युथ डेमोक्रेटिक काउन्सिल अमेरिका अध्यक्ष प्रमोद सिटौलाबाट प्राप्त शुभकामना सन्देश

श्री प्रदीप थापा मगर ज्यू
प्रधान सम्पादक
युएसनेपालअनलाईन

शुभकामना

सर्व प्रथम युएसनेपालअनलाईनको यो बर्षगाँठको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ।

आगामी दिनहरुमा पनि निस्पक्ष पत्रकारिता पक्षमा अगाडी बड्नु हुनेछ भन्ने अपेक्षा तथा पुन: शुभकामना व्यक्त गर्दछु ।

प्रमोद सिटौला

अध्यक्ष
नेपालिज युथ डेमोक्रेटिक काउन्सिल अमेरिका

Article Index
न्यू योर्कमा युएस नेपाल अनलाइनको ७ औं वार्षिकोत्सब सम्पन्न, वरिस्ठ नायिका कृश्टी मैनालीसहित ११ नेपाली ब्यक्तित्वहरु र १ नेपाली संस्था सम्मानित, ३ कृतिको लोकार्पण
Opening & Closing Ceremony photos 2014
Award Ceremony photos 2014
Life Members Photos 2014
Guest Speakers photos 2014
Cultural Program photos 2014
All Pages
Page 1 of 6


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.