Inside

All Time Top 50 News

न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब सम्पन्न, ८ ब्यक्तित्वहरु र 'एनआरएन युएसए' संस्था सम्मानित, प्रधानमन्त्री ओलीद्वारा शुभकामना ब्यक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 06 December 2015 16:30

प्रधानमन्त्री ओली र एनआरएनए आईसिसी अध्यक्ष घलेद्वारा शुभकामना ब्यक्त
साहित्यकार शान्ता अधिकारी घिमिरेको गिती एल्बम "सपनाको देशबाट" बिमोचित

Updated: Exclusive: 110 photos: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न भएको छ । आठौं वार्षिकोत्सबका अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एनआरएनए आईसिसी अध्यक्ष शेष घलेद्वारा शुभकामना सन्देश प्राप्त भएको छ । वार्षिकोत्सब समारोहमा यसपटक संस्थागत रुपमा मानवीय सहयोग र नेपाली बीच एकता कायम गर्न सफल भएकोमा 'गैरआवासीय नेपाली संघ अमेरिका' (एनआरएन युएसए ) लाई सम्मान गरिएकोछ । संघले नेपालमा गएको भूकम्प पछि मानबीय सहयता स्वरुप तत्काल २ करोड रुपैयाँ संकलन गरेर नेपाल पठाएको थियो भने काठ्माण्डौंमा एनआरएन भवन निर्माणका लागि  ३ करोड ७३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यसैगरी, समारोहमा नेपाली अमेरिकि समाजका ८ ब्यक्तित्वहरुलाई सम्मानित गरिएकोछ । यस वर्षको 'अतिथी सम्मान' (Guest of Honor) द्वारा अमेरिकामा एनआरएन संघलाई ग्रासरूटमा लैजान अहम भूमिका खेलेका संघका पूर्व अध्यक्ष सुमन राज तिम्सिना (वशिङ्टन डिसि), समाजिक नेत्री एबं ब्याबसायी उमा कार्की थापा (क्यालिफोर्निया), वरिश्ठ गायक जगदिश समाल मगर  (न्यू योर्क), ईण्टर्नेशनल ब्यूटी थेरापिस्ट एबं ब्याबसायी मुना राई गुरुङ (न्यू योर्क), जनताका सच्चा सेवक उपवाणिज्यदूत प्रविण भट्टराई (न्यू योर्क) र ब्याबसायी एबं नेपालमा गत अप्रिल २५ तारिख गएको महाभूकम्पमा परी आफ्नो परिवारका १७ जनाको निधन पछि कत्ति पनि बिचलित नभै शोकलाई शक्तिमा बदल्न सफल बिष्णुमान प्रधान (न्यू योर्क) लाई सम्मान गरिएकोछ । त्यसैगरी, युवा प्रतिभाहरुलाई प्रदान गरिने 'युथ रिकगनिसन अवार्ड' (Youth Recognition Award) द्वारा नेपाली झण्डा र राश्ट्र गानलाई गत वर्ष सन् २०१४ को अप्रिल ३० तारिख अन्तरिक्षको छेउ ८० हजार फिट माथी फहराउन र बजाउन सफल युवा क्षितिज राज लोहनी  (बोस्टन/न्यू योर्क) र युवा फेसन डिजाइनर एबं प्रथम मिस लिम्बु नेपाल २०१२ चुनिएकी निलिमा मादेन लिम्बु  (न्यू योर्क) लाई सम्मान गरिएकोछ । त्यसैगरी, समारोहमा न्यू जर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको पहिलो गिती एल्बम "सपनाको देशबाट" बिमोचित गरिएकोछ ।

Guest of Honor and Youth Recognition Award 2015 honorees with previous year's honorees and organizers at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Sita Pariyar for USNepalOnline

The guests at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Pradeep Thapa for USNepalOnline

Guest of Honor and Youth Recognition Award 2015 honorees at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Manoj Khanal for USNepalOnline

डिसेम्बर ६ तारिख न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाईट्सस्थित शेर्पा किदूग हलमा सम्पन्न उक्त समारोहका प्रमुख अथिती नेपाली महाबाणिज्य दूतावास न्यू योर्कका वाणिज्यदूत कृसु छेत्री (कृष्णकुमार सुबेदी छेत्री) ले सम्मानित ब्य्यक्तित्वहरुलाई परम्परागत खादा र कदर पत्रद्वारा सम्मान गरेका थिए । युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले सम्मानित ब्यक्तिवहरु र एनआरएन संघबारे परिचय गराएका थिए ।

सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै आफूहरुलाई समाजका लागि केहि गरिरहने यो सम्मानबाट थप प्रेरणा मिलेको उल्लेख गरेका थिए ।

USNepalOnline.com's Editor-in-Chief Pradeep Thapa introducing Guest of Honor and Youth Recognition Award 2015 honorees at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Manoj Khanal

मंगलोच्चारणबाट समारोहको शुभारम्भ

नेपालबाट अमेरिका भ्रमणमा रहेका वरिश्ठ नागरिक कमलबहादुर खड्का, ८०, द्वारा मंगलोच्चारणबाट समारोहको शुभारम्भ गरिएको थियो । उता युएसनेपालअनलाईनको बर्थडे केक प्रमुख अतिथी छेत्री, प्रधान सम्पादक थापा र आजीवन सदस्यहरुद्वारा संयुक्तरुपमा काटेर वार्षिकोत्सब मनाईएको थियो ।

The birthday cake is being cut at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Man Rana Magar

Kamal Bahadur Khadka is reciting mangalochcharan at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Manoj Khanal

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एनआरएन आईसिसी अध्यक्ष शेष घलेद्वारा शुभकामना सन्देश प्रेशित

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एनआरएन आईसिसी अध्यक्ष शेष घलेद्वारा पठाईएको शुभकामना सन्देश क्रमश: आनन्दु श्रेष्ठ र डा. बिष्णुमाया परियारले पढेर सुनाएका थिए ।

Greetings message from Prime Minister of Nepal, KP Sharma Oli for the 8th Anniversary of USNepalOnline.com

प्रम ओलीले आफ्नो शुभकामना सन्देशमा युएसनेपालअनलाइनले आठौं वार्षिकोत्सब मनाउन गैइरहेकोमा खुशी ब्यक्त गर्दै एक्काईसौं सताब्दी प्रबिधिको सताब्दी बन्न पुगेको र प्रबिधिले बिश्वलाई जोड्न सफल भएको बताए । प्रम ओलीले डिजिटल पत्रकारिता बिश्वमा अति लोकप्रिय रहेको उल्लेख गर्दै युएसनेपालअनलाइनले गर्बिलो नेपालको हितलाई बिश्व सामू प्रस्तुत गर्न सफल भएकोमा प्रसंशा ब्यक्त गरे । प्रम ओलीले वार्षिकोत्सबको अवसरमा अमेरिकावासी सम्पूर्ण नेपालीहरुलाई शुभकामना ब्यक्त गरे ।

Greetings message from NRNA ICC President Shesh Ghale for the 8th Anniversary of USNepalOnline.com

त्यसैगरी, एनआरएन आईसिसी अध्यक्ष शेष घलेले आफ्नो शुभकामना सन्देशमा युएसनेपालअनलाइनले आठौं वार्षिकोत्सब मनाउन गैइरहेकोमा बधाई ब्यक्त गर्दै युएसनेपालअनलाइनले प्रवासमा नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्न र नेपाली भावनालाई प्रोत्साहित गर्न सफल भएकोमा स्यावासी दिएकाछन् ।

 

युएसनेपालअनलाइनको बिगतका वर्षहरुको वार्षिकोत्सब समारोह र सम्मानित ब्यक्तित्वहरु र संस्थाहरुकोको समाचार यो लिङ्कमा गएर पढ्नुहोस्: युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्), सन् २०११ मा चौंथो (पढ्नुहोस्), सन् २०१२ मा पाँचौं(पढ्नुहोस्) सन् २०१३ मा छैठौं (पढ्नुहोस्)सन् २०१४ मा सातौं (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।

Group photo after the closing ceremony of 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Ram Khatri for USNepalOnline

आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्र र खादाद्वारा सम्मान

प्रमुख अथिती छेत्रीले युएसनेपालअनलाइनका सन् २०१५ मा सदस्यता लिएका आजीवन सदस्यहरु अनिल रोका मगर (न्यू योर्क), बिश्व शाह (न्यू योर्क), गोपाल बिक (मेरिल्याण्ड), कमल बाबु परियार (गोर्खा), कृति थापा रोका मगर (न्यू योर्क), मुना राई गुरुङ (न्यू योर्क), रोशन अधिकारी (कतार), उमा (गिता) खनाल (न्यू जर्सी) र याम अधिकारी (न्यू जर्सी) लाई सदस्यता प्रमाण पत्र र खादाद्वारा सम्मान गरेका थिए । समारोहमा बर्षभर आजीवन सदस्यहरुले उपलब्धी हाँसिल गरेका सफलताबारे प्रधान सम्पादक थापाले जानकारी गराएका थिए ।

साहित्यकार शान्ता अधिकारी घिमिरेको गिती एल्बम "सपनाको देशबाट" बिमोचित

त्यसैगरी, समारोहमा न्यू जर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको पहिलो गिती एल्बम "सपनाको देशबाट" बिमोचित गरिएकोछ । साहित्यकार घिमिरेको कृति प्रमुख अतिथी छेत्री, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय अध्यक्ष एबं अनेसास बोर्ड अफ ट्रस्टी उपाध्यक्ष गिता खत्री , एड्वान अध्यक्ष डा. बिष्णुमाया परियार, कमलबहादुर खड्का, शारदा छेत्री र गीतकार घिमिरेले संयुक्त रुपमा गरेका थिए । कृतिबारे साहित्यकार घिमिरेले प्रकाश पार्दै सहयोगी सबैलाई आभार ब्यक्त गरिन् । साहित्यकार घिमिरेका यस अघि "समुन्द्र पारिको माया" र "प्रवासी मन" कविता, गीत संग्रह प्रकाशित छन् ।

Santa Adhikari Ghimire's music album "Sapanako Deshbata" being release at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Manoj Khanal

बिभिन्न अतिथि वक्ताहरुद्वारा आठौं वार्षिकोत्सब समारोहमा सम्बोधन

समारोहमा समारोहमा बिभिन्न अतिथि वक्ताहरुले सम्बोधन गर्दै युएसनेपालअनलाइनको सफलताको कामना गरेका थिए । शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अथिती एबं नेपाली महाबाणिज्य दूतावास न्यू योर्कका वाणिज्यदूत कृसु छेत्री, एनआरएन आईसिसी उत्तर अमेरिकि क्षेत्रीय संयोजक सोनाम लामा, एड्वान एबं वूमन फर कज अध्यक्ष सामाजिक अधिकारकर्मी डा. बिष्णुमाया परियार, प्रवासी नेपाली मन्च अध्यक्ष सन्जय थापा, एनआरएन युएसए वरिश्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, सिन्धु- युएस वेल्फेयर सोसाईटी अध्यक्ष बंशलाल तामाङ, नेपालिज अमेरिकन सोसाइटी अफ अप्रेस्ड्-नासो कम्यूनिटी अध्यक्ष गोपाल बिक, नेपाल अमेरिका कलाकार संघ अध्यक्ष गायक सुमन बुढा मगर, वर्ल्ड बैंक कार्बोन फाईनान्स स्पेसियलिस्ट राजेश कोईराला, खसोखास साप्ताहिक प्रधान सम्पादक किशोर पन्थी, नेपाली जनसम्पर्क समिति, मेरिल्याण्ड अध्यक्ष राज सेन्चुरी र फोक्सोको सफल प्रत्यारोपण पछि स्वास्थ्य गर्दै गरेकी कलाकार एबं आजीवन सदस्य बिनिता पौडेल थिए ।

Chief Guest and Consul Krisu Chhetri speaking at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Manoj Khanal

बैबाहिक जीवनमा प्रवेश गरेका प्रधान सम्पादक थापा र डा. परियारलाई बधाई

सोही समारोहमा आजीवन सदस्यहरुले नवबिवाहित दम्पत्तिलाई थाहै नदिई यसै वर्ष बैबाहिक जीवनमा प्रवेश गरेका प्रधान सम्पादक थापा र डा. बिश्णुमाया परियारलाई पुष्प गुच्छा र परम्परागत खादाद्वारा बधाई ज्ञापन गरेका थिए ।

Pradeep Thapa and Dr. Bishnu Maya Pariyar greeted by USNepalOnline Life Members. Photo courtesy: Manoj Khanal

समारोहको सभापतित्व आजीवन सदस्य शारदा छेत्री (न्यू योर्क) ले गरेकी थिईन् भने स्वागत मन्तब्य आजीवन सदस्य एबं साहित्यकार दीपा राई पुन मगर (बोस्टन) ले गरेकी थिईन् । त्यसैगरी, समारोहको सन्चालन आजीवन सदस्य सरिता शर्मा पराजुली (न्यू जर्सी) र सम्प्रेषण युएसए टेलिभिजन कार्यक्रम होस्ट एबं संन्चारकर्मी शैलेश श्रेष्ठ (न्यू जर्सी) ले संयुक्त रुपमा गरेका थिए ।

प्रधान सम्पादक थापालाई 'भानुभक्त स्वर्ण पदक' प्रदान

यसैबिच, गत वर्ष घोशित अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका नौ जना व्यक्तिहरुलाई नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिकालागि समर्पित भएर कार्य गरेबापत प्रदान गरेको "भानुभक्त स्वर्ण पदक" युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापालाई प्रमुख अतिथि कृसु छेत्री र ले संयुक्त रुपमा प्रदान गरे । 'भानुभक्त स्वर्ण पदक'बाट अलङ्कृत हुने अन्य नेपालीहरुमा गीता खत्री, होमनाथ सुवेदी, गोवर्धन पूजा, दीपा पुन राई, विकास विष्ट, कुन्ति थापा, राम खत्री र टेलिभिजन संचारकर्मी रमा सिंह छन् ।

Nepalese Adikabi Bhanubhakta Gold Medal. Photos courtesy: INLS

The 8th Anniversary of USNepalOnline chair and Life Member Sharada Kshetry at the 8th Anniversary of USNepalOnline.com in New York on  December 5, 2015. Photo courtesy: Manoj Khanal

यसपालीको वार्षिकोत्सबमा प्रतिभाशाली बालिका कलाकारहरु शृताश्मा ढुङेल, सिम्रन अधिकारी, एन्जिला राई र नेपाली गायक गायिकाहरु जगदिश समाल मगर, एन बि दाहाल, अभय ढुङ्गेल, राजेन्द्र राई, बसन्ती राई र कमलबहादुर खड्काले आ-आफ्नो गीत प्रस्तुत गरेकाथिए । कविहरु रामराज छेत्री, शकुन्तला ज्ञवाली, बिनोद रोका, दीपा राई पुन मगर, ममता कर्माचार्य र अनु शाहले आ-आफ्नो कविता वाचन गरेका थिए ।

 

समारोहमा पाहुनाहरुलाई युएसनेपाल अनलाइनका आजीवन सदस्य दिदि-बहिनीहरुले आ-आफ्नो घरमा तयार पारेको 'होम मेड' नेपाली परिकार खुवाएका थिए।

xxxxxxxxxxxx

 

यसरी शुरु भयो युएसनेपालअनलाइन

युएसनेपालअनलाइन डट कम सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन शुरु भएको हो । युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर हुन् । साहित्य सम्पादक नगेन्द्र ईङ्नाम हुन् भने अतिथी सम्पादक बिजय थापा रहेका छन् । युएसनेपालअनलाइन डट कमका अध्यक्ष पासाङ दोर्ची शेर्पा हुन् । युएसनेपालअनलाइनका ४५ हजार रजिस्टर्ड सदस्यहरु र ९७ जना अनरेरी आजिवन सदस्यहरु छन् ।

 

नि:शुल्क आईफोन र एन्ड्रोईड एप्स


गत अक्टुबर महिनादेखि युएसनेपालअनलाइनले आफ्नो एप्स जारी गरी "USNepalOnline" एप्स मार्फत पनि लाईभ रिपोर्टिङ गर्दै आएको छ । एप्पल आईट्यून्स र गुगल प्ले स्टोरबाट "USNepalOnline" एप्स नि:शुल्क डाउन्लोड गरी समाचार अप्डेट पढ्न सकिन्छ ।

 

युएसनेपालअनलाइन र यसका प्रधान सम्पादक प्रदीप थापा मगरले निश्पक्ष, निडर र स्वतन्त्र प्रकारिता र समाचारकोलागि बिभिन्न पुरस्कार प्राप्त गरेकाछन्। ति मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा 'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार' (२०१३), न्यू योर्क कला मन्चद्वारा 'डिस्टिङ्गुईस्ड सर्भिस अवार्ड' पुरस्कार' (२०१२), रिज्वूड नेपालीज सोसाइटीद्वारा 'प्रेसिडेन्सियल अवार्ड' (२०१०) र 'अधिकार' द्वारा 'कम्युनिटी लिडर्शिप अवार्ड' पुरस्कार (२०१०) आदि छन्।

 

Read our last year's anniversary celebration news:

-'अतिथी सम्मान' (Guest of Honor) र 'युथ रिकगनिसन अवार्ड' द्वारा यो वर्ष सन् २०१५ मा सम्मानित हुने ब्यक्तित्वहरु न्यू योर्क ओर्लने क्रम जारी, को को होलान् ?

-न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब डिसेम्बर ६ तारिख मनाइदै

न्यू योर्कमा युएस नेपाल अनलाइनको ७ औं वार्षिकोत्सब सम्पन्न, वरिस्ठ नायिका कृश्टी मैनालीसहित ११ नेपाली ब्यक्तित्वहरु र १ नेपाली संस्था सम्मानित, ३ कृतिको लोकार्पण
Opening & Closing Ceremony photos 2014
Award Ceremony photos 2014
Life Members Photos 2014
Guest Speakers photos 2014
Cultural Program photos 2014
All Pages

Read news on all previous anniversaries:

http://www.usnepalonline.com/anniversary/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.