Inside

All Time Top 50 News

न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न, १२ नेपाली ब्यक्तित्वहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 04 December 2016 00:13

पूर्व प्रधानमन्त्री ओली र एनआरएनए आईसिसी अध्यक्ष घलेद्वारा शुभकामना ब्यक्त
Updated: Exclusive: 158 photos:
न्यू योर्क- युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब डिसेम्बर ३ तारिख, शनिवार  न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा भब्यता पूर्वक मनाईएको छ । युएसनेपालअनलाइनको प्रकाशन शुरु सन् २००७ डिसेम्बर ३ तारिख भएको थियो। यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई 'अतिथी सम्मान' (Guest of Honor) द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मान गरिएको छ । 'अतिथी सम्मान' द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिश्ठ नृत्य निर्देशक एबं कोरियोग्राफर बसन्त श्रेष्ठ, वरिश्ठ गायक प्रकाश श्रेष्ठ, वरिश्ठ नाट्य निर्देशक सुनिल पोखरेल, वरिश्ठ रंगकर्मी नायिका निशा शर्मा, वरिश्ठ संगितकार शरदमणि गुरुङ, अमेरिकामा पहिलो पटक स्थाई बसोबास गर्ने वरिस्ठठ कलाकार ध्रुब वन्त, न्यू योर्कका भिडियोग्राफर शम्भु मोक्तान तामाङ, युवा लोक गायक एबं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढा मगर, न्यू योर्ककि ब्याबसयी कला खरेल र स्वाभिमानी नेपाली न्यू योर्क निवासी फुर्बा शेर्पा छन् । त्यसैगरी, 'युवा प्रतिभा पहिचान पुरस्कार' बाट यो साल न्यू योर्ककि युवा समाजसेवी झरना शेर्पा र सारेगमपा मौरिसस २०११ बिजेता युवा गायक आदित्य लामालाई सम्मान गरिएकोछ । गिता खत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका कन्सुलर कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्रद्वारा सम्मान गरेका थिए भने सभापती खत्रीले परम्परागत खादा प्रदान गरेकि थिईन् । सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य साहित्यकार मनु लोहोरुङ राईले ब्यक्त गरेकी थिईन् । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै आफूहरुलाई समाजका लागि थप योगदान पुर्‍याउने दायित्व महशुस भएको उल्लेख गरेका थिए ।

 

Guest of Honor and Youth Recognition Award 2016 honorees with previous year's honorees and organizers at the 9th Anniversary of USNepalOnline.com in New York on  December 3, 2016. Photo courtesy: USNepalOnline

युएसनेपालअनलाईनको बर्थडे केक प्रमुख अतिथी छेत्री, प्रधान सम्पादक थापा, उपस्थित अतिथिहरु र आजीवन सदस्यहरुद्वारा संयुक्तरुपमा काटेर वार्षिकोत्सब मनाईएको थियो ।



पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र एनआरएन आईसिसी अध्यक्ष शेष घलेद्वारा शुभकामना सन्देश प्रेशित

समारोहमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र एनआरएन आईसिसी अध्यक्ष शेष घलेद्वारा पठाईएको शुभकामना सन्देश क्रमश: प्रधान सम्पादक थापा र मेनका पराजुलीले पढेर सुनाएका थिए ।

युएसनेपालअनलाइनको बिगतका बर्षहरु सन् २००८-२०१५ को वार्षिकोत्सब समारोह र सम्मानित ब्यक्तित्वहरु एवं संस्थाहरुको समाचार यो लिङ्कमा गएर पढ्नुहोस्: युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम(पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्), सन् २०११ मा चौंथो (पढ्नुहोस्), सन् २०१२ मा पाँचौं(पढ्नुहोस्) सन् २०१३ मा छैठौं (पढ्नुहोस्)सन् २०१४ मा सातौं (पढ्नुहोस्) र सन् २०१५ मा आठौं (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।

समारोहमा पाहुनाहरुलाई युएसनेपाल अनलाइनका आजीवन सदस्य दिदि-बहिनीहरुले आ-आफ्नो घरमा तयार पारेको 'होम मेड' नेपाली परिकारको लन्च खुवाएका थिए ।

बिभिन्न अतिथि वक्ताहरुद्वारा वार्षिकोत्सब समारोहलाई सम्बोधन

समारोहमा बिभिन्न अतिथि वक्ताहरुले सम्बोधन गर्दै युएसनेपालअनलाइनको सफलताको कामना गरेका थिए । शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अथिती एबं नेपाली महाबाणिज्य दूतावास न्यू योर्कका वाणिज्यदूत कृसु छेत्री, एनआरएन युएसए वरिश्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, अधिकार संस्थाकि डाईरेक्टर अफ अर्गनाईजिङ एण्ड एड्भोकेसी नर्बदा छेत्री, एड्वान अध्यक्ष सामाजिक अधिकारकर्मी डा. बिष्णुमाया परियार, प्रवासी नेपाली मन्च अध्यक्ष सन्जय थापा, कारणका लागि महिलाकि अध्यक्ष रेणु शर्मा सापकोटा, नेपाली जनसम्पर्क समिति, केन्द्रिय संगठन बिभाग प्रमुख बेद खरेल, नेपालिज अमेरिकन सोसाइटी अफ अप्रेस्ड्-नासो कम्यूनिटी सचिवालय सदस्य दीपक परियार र विश्व परिक्रमा पाक्षिकका प्रधान सम्पादक गोबिन्द गिरी प्रेरणा  थिए ।


सांगितिक प्रस्तुति

यसपालीको वार्षिकोत्सब समारोहमा बाल कलाकार सिम्रन अधिकारी र नायिका बिनिता पौडेलले मनमोहक नृत्य प्रस्तुत गरेका थिए भने अर्की बाल कलाकार जारा प्रसाईले आफ्नै कम्पोजमा पियानोमा "फूलको आँखामा फूलै संसार" गीत प्रस्तुत गरेर पाहुनाहरुलाई मन्त्रमुग्ध पारिन् । कवि संतोष थपलियाले देशको बिसंगतिलाई प्रहार गर्दै कविता वाचन गरेका थिए भने युवा गायकहरु प्रेम गुरुङ, आदित्य लामा र आयुश अधिकारीले आ-आफ्नो सुमधुर गीत प्रस्तुत गरे ।

उद्घाटन सत्रको सन्चालन शैलेश श्रेष्ठले गरेका थिए भने साँगितिक सत्र बिक्की पुलामी मगरले संचालन गरेका थिए ।

यसरी शुरु भयो युएसनेपालअनलाइन

युएसनेपालअनलाइन डट कम सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन शुरु भएको हो । युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर हुन् । साहित्य सम्पादक नगेन्द्र ईङ्नाम हुन् भने अतिथी सम्पादक बिजय थापा रहेका छन् । युएसनेपालअनलाइन डट कमका अध्यक्ष पासाङ दोर्ची शेर्पा हुन् । युएसनेपालअनलाइनका ४८ हजार रजिस्टर्ड सदस्यहरु र १० जना अनरेरी आजिवन सदस्यहरु छन् ।



युएसनेपालअनलाइन डट कम हालसम्म ९५ लाखभन्दा बेशी पाठकहरु माझ पुग्न सफल भएको छ भने दैनिक डेढ लाखभन्दा बेशी पटक युएसनेपालअनलाइनका समाचारका पृश्ठहरु पढिन्छ । सन् २००७ देखि हालसम्म ४५ करोड पटक यसको साइट हेरिसकिएको छ ।

Read related news:

http://www.usnepalonline.com/anniversary/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.