Inside

All Time Top 50 News

अमेरिकी रिपब्लिकन प्रेसिडेन्सियल डिबेट: कसले जित्ला प्राईमरी निर्वाचन ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 17 September 2015 00:59

Special: 15 photos: न्यू योर्क- अमेरिकि टेलिभिजन सिएनएन र प्रेसिडेण्ट रेगान लाईइब्रेरीले आयोजना गरेको रिपब्लिकन प्रेसिडेन्सियल डिबेटमा १५ जना रिपब्लिकन प्रेसिडेन्सियल उम्मेद्वारहरुले आफूलाई आगामी राश्ट्रपतिकोलागि उपयुक्त ब्यक्ती साबित गर्ने भरपूर प्रयास गरे । आफूलाई कन्सर्भेटिभ र देश र जनताको भलाई सोच्ने सच्चा नेताकोरुपमा उभ्याउन उनीहरुले गरेको कसरत व्यक्तिगत आरोप प्रत्यारोपसम्म लगाउन भ्याए ।

U.S. Republican Party Presidential candidates (L to R): Donald Trump, Ben Carson, Jeb Bush, Ted Cruz, Marco Rubio, Mike Huckabee, Scott Walker, John Kasich, Carly Fiorina, Rand Paul, Chris Christie, Rick Santorum, Bobby Jindal, Lindsey Graham and George Pataki. Photos courtesy: US Senate, State Gov and media

ओपिनियन पोलहरुमा अग्रपंक्तिमा रहेका डोनाल्ड ट्रमले आफ्ना प्रतिद्वन्दीहरुको बिरुद्ध ब्यक्त गरेको अभिब्यक्ती र बिना बैध्यता रहेका आप्रबासीहरुलाई आ-आफ्नो स्वदेश फर्काउने बिरोधाभास बिशयमा प्रतिद्वन्दीहरुले निक्कै समय खर्चिए ।

डेमोक्रेयाट प्रेसिडेण्ट बाराक ओबामाले प्रस्तुत गरेको ईरान न्यूक्लियर सम्झौताको खारेजी, ओबामा युनिभर्सल हेल्थकेयर प्लानलाई उल्ट्याउने र महिला प्रजनन नियन्त्रण सुबिधा प्रदान गर्ने प्लान प्यारेण्टहूड क्लिनिक प्रोग्रामलाई डिफण्डिङ गर्ने कुरामा भने सबै उम्मेद्वारहरुले एक मत जाहेर गरे ।

उनीहरुले डेमोक्रेटिक प्रेसिडेण्ट ओबामा र उनको सरकारले अमेरिकि मिडिल क्लास जनताको पक्षमा केहि गर्न नसकेको जिकिर मात्र गरेनन बल्कि अमेरिकि सेनालाई सही ठाउँ र समयमा प्रयोग गर्न नसक्दा अमेरिकि जनता र देशसमेत असुरक्षित बन्न पुगेको आरोप लगाए ।

उता डेमोक्रेटिक प्रेसिडेन्सियल उम्मेद्वार फ्रण्ट रनर हिलारी क्लिण्टनको बर्खिलापमा पनि रिपब्लिकन प्रेसिडेन्सियल उम्मेद्वारहरुले तीखो प्रहार गरे ।

यो बहसबाट सबैभन्दा फाईदा मार्को रुबियो र कार्ली फियोनालाई भएको देखिन्छ । उनीहरुले मौका पाउनासाथ आफ्ना कुराहरु स्पस्ट र फटाफट राख्न सके । तर यि दुई उम्मेद्वारहरु ओपिनियन पोलमा निक्कै पछाडी रहेकाछन् ।

पछिल्लो सिबिएस / न्यू योर्क टाईम्स पोलका अनुसार डोनाल्ड ट्रम्पलाई २७ प्रतिशत रिपब्लिकन प्राईमरी मतदाताहरुको समर्थन प्राप्त छ भने डा. बेन कार्सनलाई २३ प्रतिशतको समर्थन छ । उता जेब बुश, माईक हुकबी र मार्को रुबियोलाई ६ / ६ प्रतिशत मतदाताको समर्थन छ भने टेड क्रुजलाई ५ प्रतिसत र कार्ली फियोरिनालाई ४ प्रतिशत मतदाताको समर्थन छ । अन्य उम्मेद्वारहरुलाई ३ प्रतिसत भन्दा कम मतदाताहरुको समर्थन रहेको उक्त पोलले देखाएको छ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-US Presidential Election

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.