Inside

All Time Top 50 News

अमेरिकि राष्ट्रपति ट्रम्पको ट्राभल ब्यान फेडेरल कोर्टद्वारा अस्वीकार, ट्रम्प भन्छन्- "कोर्टमा भेटौंला" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 09 February 2017 19:59

Exclusive: न्यू योर्क- अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुसंख्या भएका ७ मुलुकहरुका नागरिकहरुलाई अमेरिका प्रवेशबाट प्रतिबन्ध गर्दै जारी गरिएको एक्जिक्यूओटिभ अडर अमेरिकि संघीय सरकारको नाईन्थ सर्किट फेडेरल अपिल कोर्टद्वारा अस्वीकार गरिएको छ । न्यायालयमा हारेपछि राष्ट्रपति ट्रम्पले आफ्नो ट्विट मार्फत भनेकाछन्- "SEE YOU IN COURT, THE SECURITY OF OUR NATION IS AT STAKE!" (कोर्टमा भेटौंला । हाम्रो राश्ट्रको सुरक्षा धरापमा परेकोछ ।)


 

U.S. President Donald J. Trump's twitter post February 9, 2017

अर्थात, राष्ट्रपति ट्रम्पले आफ्नो ट्राभल ब्यानलाई लागु गर्न उनको सरकारले सर्वोच्च अदालतको ढोका ढक्ढ्क्याउने संकेत दिएकाछन् ।

राष्ट्रपति ट्रम्पले इम्मिग्रेसन ब्यान ट्रम्पको सबैभन्दा लोकप्रिय अर्डरहरु मध्य भएको एक अनलाईन पोललाई आफ्नो ट्विटर पोस्टमा सेयर गरेकाअछन् जसमा ५५ प्रतिसतले समर्थन गरेको देखाईएकोछ ।

बिडम्बनाको कुरा, राष्ट्रपति ट्रम्पको भेरीफाईड ट्विटर एकाउन्ट @realdonaldtrump मा उनले गरेको ट्विटहरु पढ्दा लाग्छ उनी अमेरिकाको ४५ औं राष्ट्रपति बनेपछि पनि आप्रवासीहरुको बिरुद्धमा टसकामस भएर उभिएकाछन् ।

U.S. President Donald J. Trump's twitter post February 8, 2017

राष्ट्रपति ट्रम्प 'अमेरिकन ड्रिम' अर्थात 'अमेरिकि सपना' को मूल्य र मान्यताको बिरुद्ध निर्वाचनताका देखि नै उभिएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो संकुचित पुरुषवादी सोंच र मानसिकतालाई उदांगो पार्दै महिलाहरु बिरुद्ध पनि बिना हिच्किचाहट बिश बमन गर्दै आएकाछन् । उनले निसंकोच महिलालाई मोटो सुंगुर (फ्याट पिग), कुकुर्नी (डग) असभ्य (स्लोब) र घिनलाग्दो जनावर (डिस्गटिङ एनिमाल) को रुपमा प्रस्तुत गरेका थिए । दुर्भाग्यको कुरा, ट्रम्पले अमेरिका छिरेर बसोबास गरेका बैधानिक कागजपत्र नभएका आप्रवासी (इमिग्रेण्ट) हरुलाई आ-आफ्नो देश फर्काईनु पर्ने जिकिर गर्दै आएकाछन् भने मेक्सिकन आप्रवासीहरुलाई 'बलात्कारी' र लागू औशधी ओसारपसार र अपराध गर्ने मान्छेहरुको रुपमा उल्लेख गर्दै चुनावका बेला घोशणा गरेको मेक्सिको र अमेरिकाको सीमानाबिच पर्खाल खडा गर्न एक्जिक्यूओटिभ अडर जारी गरिसकेकाछन् ।

 

राष्ट्रपति ट्रम्पले यो कुरो भुसुक्कै बिर्सिएकाछन् कि उनका पूर्खा पनि जर्मनी र स्कटल्याण्डबाट आप्रवासीको रुपमा अमेरिका आएका थिए । अझ, उनकी बर्तमान श्रीमति मेलानिया काउस ट्रम्प स्लोभेनिया देशकी आप्रवासी हुन् ।

सन् १४९२ मा कृस्टोफर कोलम्बसले न्यू वोर्ल्ड (नयाँ विश्व) को रुपमा अमेरिकि महादेशलाई पत्ता लगाएपछि युरोपका गोरा जातिका मानिसहरु अमेरिकामा आफ्नो 'अमेरिकन ड्रिम' पुरा गर्न यानेकी सुखजिलो जिवन जिउन अमेरिका ओईरिएका थिए । त्यतिखेर अर्थात ५२४ वर्श अघी नेटिभ अमेरिकन मात्र हालको उत्तर र दक्षिण अमेरिकामा बसोबास गर्दथे । अमेरिकालाई 'मेल्टिङ पट अफ इम्मिग्रेण्ट' तेसै भनिएको होईन । यहाँ संसार भरका मानिसहरुको बेरोकतोक बसोबास रहिआएको छ । यहाँ बिबिधतामा एकता छ । 'डाईभर्सिटी ईज यूनिटी' तेसै भनिएको होईन ।

...अपडेट जारी छ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.