Inside

All Time Top 50 News

न्यू योर्कमा फेरी भिड्दै छन् विश्व महाम्याराथन बिजेता कुमार लिम्बु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 19 April 2013 00:10

Exclusive: 5 photos: न्यू योर्क- सन् २००२ मा नेपालमा अन्नपूर्ण बेस क्याम्प वरीपरी भएको १ हजार ५० किलिमोटर दुरीको "हिमाल दौड २००२" (Himal Race 2002) प्रतियोगितामा दोश्रो र सन् २००४ मा युकेमा भएको Double Highland Race मा ४३ माइल दौडमा प्रथम स्थान हाँसिल गरेका लामो दुरीका धावक कुमार लिम्बु यहि अप्रिल २१ देखि २७ सम्म न्यू योर्क शहरमा हुने ७ दिने लामो म्याराथन प्रतियोगितामा भाग लिदैछन्।


Ultra marathon runner Kumar Limbu at the press meet which was organized by Kirat Yakthung Chumlung (KYC) USA in New York on April 17, 2013. Photo courtesy: KYC USA

अप्रिल १७ तारिख बुधवार किराँत याक्थुङ्ग चुम्लुङ्ग, अमेरिकाले म्याराथन धावक कुमार लिम्बुको उक्त लामो म्याराथन प्रतियोगिताबारे जानकारी गराउन प्रेस सम्मेलन गरी जानकारी गराएको हो।

Sri Chinmoy, Flusing New York को आयोजनामा हुन गैरहेको ७ दिने म्याराथन प्रतियोगितामा कुमार लिम्बुले नेपालको झण्डा बोकी नेपालीहरुको प्रतिनिधित्व गर्ने छन्। किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा कुमार लिम्बु लगातार ७ दिन ६ रात दौडिने छन्।

L to R: William (2nd placed) and Kumar (1st placed) at the finish of the Devil O' The Highlands Race 2004. Photo courtesy: www.dionnetworks.com

उनको यस महान कार्यमा होस्टेमा हैसे गर्न शुभकामना प्रदान गर्न पत्रकार सम्मेलन गरिएको जानकारी चुम्लुङ्ग अध्यक्ष देबेन्द्र सम्बाहाम्फेले दिए।

चुम्लुङ्ग सचिव बुद्ध चेम्जोङ्गद्वरा संचालित कार्यक्रममा उपाध्यक्ष इन्दिरा चेम्जोङ्गले उपस्थित महानुभावहरुलाई स्वागत गरेकी थिइन्।

म्याराथान धावक कुमार लिम्बुले आफ्नो खेल जीवन र प्रमाण-पत्र देखाउँदै आफ्नो धारणा स्पस्ट पारेका थिए। लामो दुरीको दौड कठिन कार्य भएपनि नेपाल र नेपालीको नाम राख्न आफूले पुन: म्याराथन दौडमा भाग लिन लागेको उनले जानकारी गराए।

The 6th time Chhelo (Short-foot) winner Kumar Limbu (center) receiving his trophy from Debendra Sambahamphe Limbu, president KYC USA at the 8th Tamphungcha in New York. He is flanked by his daughter Om Shanti and 1st runner up Yogesh Linden (left). Photos: eEyeCam.com

न्यू योर्कमा कुमारले सन् २००७ देखि लगातार ६ बर्षसम्म चुम्लुङद्वारा आयोजित वार्षिक बनभोज (ताम्फुङ्चा) मा आयोजना गरिएको छेलो हान्ने (short-foot) प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेकाछन्। उसो त उनी छेलो हान्ने खेलमा नेपालमा सन् २००४ मा राष्ट्रमै तेश्रो भएका खेलाडी हुन्।

यि प्रतिभावान खेलाडी नेपाली छोरोको सफलताको कामना गरौं।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

About Kumar Limbu from the web page of www.dionnetworks.com

Nepalese with ultra marathon runner Kumar Limbu in New York on April 17, 2013. Photo courtesy: KYC USA

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.