Inside

All Time Top 50 News

न्यू योर्कमा ६ दिने महाम्याराथनमा यसरी भिड्दैछन् नेपाली धावक कुमार लिम्बु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 22 April 2013 19:45

Exclusive: 14 photos: न्यू योर्क- ६ दिनसम्म लगातार (प्रति दिन औसत ३ घण्टा मात्र आराम गरेर) यहि अप्रिल २१ देखि २७ सम्म न्यू योर्क शहरमा पोहर सालको ६४३ माईल दूरीको महाम्याराथन रेकर्डलाई च्यालेन्ज दिन नेपाली धावक कुमार लिम्बु कस्सिएकाछन्। उनी यस अघि सन् २००२ मा नेपालमा अन्नपूर्ण बेस क्याम्प वरीपरी भएको १ हजार ५० किलिमोटर दुरीको "हिमाल दौड २००२" (Himal Race 2002) प्रतियोगितामा दोश्रो र सन् २००४ मा युकेमा भएको Double Highland Race मा ४३ माइल दौडमा प्रथम स्थान हाँसिल गरेका लामो दुरीका धावक हुन्।



Ultra (long) marathon runner Kumar Limbu moment before the launch of the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 21 2013. Photos: eEyeCam.com

अप्रिल २१ तारिख अपरान्ह १२ बजे न्यू योर्कको कुइन्सस्थित फ्लसिङ मिडोज कोरोना पार्कमा शुरु भएको  "१६ औं वार्षिक ६ दिने स्वसमुच्चता दौड" (Sixteenth Annual Self-Transcendence Six Day Race) प्रतियोगितामा १ माईलको चक्कर लगाउन शुरु गरेका लिम्बुले २८ जना धावकहरुसंग प्रतिस्पर्धा गर्दैछन्। र, ६ दिनमा जसले धेरै चक्कर मार्न सक्छ उही बिजेता हुनेछ। तर पोहर सालको रेकर्ड ब्रेक गर्न चाँही ४८२ माईल अर्थात ४८२ चककर लगाउनु पर्नेछ। सन् २०१२ मा उक्रेनका Galya Balatskyy ले ४८१ माईल दूरी तय गरेका थिए।

उता सबैभन्दा लामो दूरीको रेकर्ड कायम गर्न भने सन् १९८८ मा ग्रिसका Yiannis Kouros ले ६३९ माईल दूरी पार गरेको रेकर्डलाई उछिन्नु पर्ने छ।

 


Ultra (long) marathon runner Kumar Limbu moment before the launch of the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 21 2013. Photos: eEyeCam.com

नेपाली धावक कुमारले आफूले ६४० माईल दूरी कायम गर्ने लक्ष्य लिएको तर त्यो निक्कै कठिन काम भएको बताए। उनले प्रति दिन ३ घण्टा आराम गरेर बाँकी समय दौडेर बढीभन्दा बढी माईल दूरी चक्कर मार्न प्रयास गर्ने बताए। अझ उनले यदी विश्व रेकर्ड कायम गरेर मर्नु पर्छ भने पनि आफू तयार रहेको बताउँदै नेपाल र नेपालीको नाम चम्काउन तम्सिएको उल्लेख गरे।

Kumar Limbu attempting to win the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 21 2013. Photos: eEyeCam.com



उक्त पार्कमा उनको ६ दिने महाम्याराथन शुरु हुनु अघि किरात याक्थुङ चुम्लुङ अमेरिका र संघीय लिम्बुवान समाज अमेरिकाले संयुक्तरुपमा कुमारलाई बधाई दिदै हौस्याउने काम गरेको थियो।


Kumar Limbu with members of Kirat Yakthung Chumlung USA and Federal Limbuwan Society, USA moment before the launch of the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 21 2013. Photos: eEyeCam.com

श्री चिन्मोए म्याराथन टिम (Sri Chinmoy Marathon Team) को मुख्य आयोजना र न्यू योर्क शहरको पार्क एन्ड रिक्रिएसन बिभागको सहयोगमा हुने ६ दिने म्याराथन प्रतियोगितामा कुमार लिम्बुले नेपालको झण्डा बोकी नेपालीहरुको प्रतिनिधित्व गर्दैछन्।

उक्त प्रतियोगितासंगै १८ औं वार्षिक १० दिने स्वसमुच्चता दौड" (Sixteenth Annual Self-Transcendence Ten Day Race)  पनि अप्रिल १७ देखी २७ बिच आयोजना गरिदैछ।



L to R: William (2nd placed) and Kumar (1st placed) at the finish of the Devil O' The Highlands Race 2004. Photo courtesy: www.dionnetworks.com

The 6th time Chhelo (Short-foot) winner Kumar Limbu (center) receiving his trophy from Debendra Sambahamphe Limbu, president KYC USA at the 8th Tamphungcha in New York. He is flanked by his daughter Om Shanti and 1st runner up Yogesh Linden (left). Photos: eEyeCam.com

न्यू योर्कमा कुमारले सन् २००७ देखि लगातार ६ बर्षसम्म चुम्लुङद्वारा आयोजित वार्षिक बनभोज (ताम्फुङ्चा) मा आयोजना गरिएको छेलो हान्ने (short-foot) प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेकाछन्। उसो त उनी छेलो हान्ने खेलमा नेपालमा सन् २००४ मा राष्ट्रमै तेश्रो भएका खेलाडी हुन्।

यि प्रतिभावान खेलाडी नेपाली छोरोको सफलताको कामना गरौं।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Related news:

-न्यू योर्कमा फेरी भिड्दै छन् विश्व महाम्याराथन बिजेता कुमार लिम्बु

















Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.