Inside

All Time Top 50 News

न्यू योर्कको ६ दिने महाम्याराथनमा नेपाली धावक कुमार लिम्बुले २८६ माईल पुरा गरी १९ औं स्थान प्राप्त गर्न सफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 28 April 2013 04:36

Exclusive: 8 photos: न्यू योर्क- अप्रिल २१ देखि २७ बिच ६ दिनसम्म लगातार प्रति दिन औसत ३ घण्टा मात्र आराम गरेर दौडेका नेपाली धावक कुमार लिम्बु २८६ माईल पुरा गरी १९ औं स्थान प्राप्त गर्न सफल भएकाछन्। उनी यस अघि सन् २००२ मा नेपालमा अन्नपूर्ण बेस क्याम्प वरीपरी भएको १ हजार ५० किलिमोटर दुरीको "हिमाल दौड २००२" (Himal Race 2002) प्रतियोगितामा दोश्रो र सन् २००४ मा युकेमा भएको Double Highland Race मा ४३ माइल दौडमा प्रथम स्थान हाँसिल गरेका लामो दुरीका धावक हुन्।

 


Ultra (long) marathon runner Kumar Limbu infront of the score board on his 5th day run at the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 26 2013. Photos: eEyeCam.com

श्री चिन्मोए म्याराथन टिम (Sri Chinmoy Marathon Team) को मुख्य आयोजना र न्यू योर्क शहरको पार्क एन्ड रिक्रिएसन बिभागको सहयोगमा अप्रिल २१ तारिख अपरान्ह १२ बजे न्यू योर्कको कुइन्सस्थित फ्लसिङ मिडोज कोरोना पार्कमा शुरु भएको  "१६ औं वार्षिक ६ दिने स्वसमुच्चता दौड" (Sixteenth Annual Self-Transcendence Six Day Race) प्रतियोगितामा १ माईलको चक्कर लगाउन शुरु गरेका लिम्बुले २८ जना धावकहरुबिच भएको प्रतिस्पर्धामा १९ औं स्थान प्राप्त गर्न सफल भएका हुन्।


Ultra (long) marathon runner Kumar Limbu running at the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 27 2013. Photo courtesy: us.srichinmoyraces.org

नेपाली धावक कुमार लिम्बुको देब्रे कुर्कुच्चा मर्किन पुगेको कारण उनले चाहे जति दौडिन नसकेको उनले युएस नेपाल अनलाइनलाई बताए।

Ultra (long) marathon runner Kumar Limbu with wife and kids at the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 27, 2013. Photos: Dipesh Limbu

यसपालीको ६ दिने महादौड प्रतियोगितामा पुरुषतर्फको दौडमा न्यू योर्कका फिलिप माकार्थी (Philip McCarthy) ले ४६२ माईल पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएकाछन् भने महिलातर्फको दौडमा अस्ट्रेलियाकि दिपाली कनिङ्घामले ४५० माईल दुरी पार गरी प्रथम स्थान हासिल गरिन्। ५४ बर्शिय कनिङ्घामको यो अपराजित १६ औं बिजय हो।

६ दिने महादौड प्रतियोगितामा पुरुषतर्फको सबैभन्दा पाको उमेरमा अमेरिकाको टेक्सास राज्यका ७५ बर्सिय डोन विङ्क्लेले २५१ दुरी पार गरी २३ औं स्थान प्राप्त गर्न सफल भएकाछन्।

६ दिने महादौड प्रतियोगितामा सन् २०१२ मा उक्रेनका Galya Balatskyy ले ४८१ माईल दूरी तय गरेका थिए भने सबैभन्दा लामो दूरीको रेकर्ड कायमभने सन् १९८८ मा ग्रिसका Yiannis Kouros ले ६३९ माईल दूरी पार गरेका थिए जुन रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेकोछैन।

Ultra (long) marathon runner Kumar Limbu with members of Kirat Yakthung Chumlung USA at the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 27, 2013. Photo courtesy: Dipesh Limbu

उक्त पार्कमा उनको ६ दिने महाम्याराथन शुरु हुनु अघि किरात याक्थुङ चुम्लुङ अमेरिका र संघीय लिम्बुवान समाज अमेरिकाले संयुक्तरुपमा कुमारलाई बधाई दिदै हौस्याउने काम गरेको थियो।

उक्त पार्कमा ६ दिने महाम्याराथनसंगै १८ औं वार्षिक १० दिने स्वसमुच्चता दौड" (Sixteenth Annual Self-Transcendence Ten Day Race)  पनि अप्रिल १७ देखी २७ बिच आयोजना गरिएको थियो। उक्त १० दिने महादौडमा अस्ट्रेलियाका मर्टिन फ्रायरले ७२० माईल दुरी पार गरी प्रथम स्थान हासिल गरे।


L to R: William (2nd placed) and Kumar (1st placed) at the finish of the Devil O' The Highlands Race 2004. Photo courtesy: www.dionnetworks.com

न्यू योर्कमा कुमारले सन् २००७ देखि लगातार ६ बर्षसम्म चुम्लुङद्वारा आयोजित वार्षिक बनभोज (ताम्फुङ्चा) मा आयोजना गरिएको छेलो हान्ने (short-foot) प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेकाछन्। उसो त उनी छेलो हान्ने खेलमा नेपालमा सन् २००४ मा राष्ट्रमै तेश्रो भएका खेलाडी हुन्।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा ६ दिने महाम्याराथनमा यसरी भिड्दैछन् नेपाली धावक कुमार लिम्बु

-न्यू योर्कमा फेरी भिड्दै छन् विश्व महाम्याराथन बिजेता कुमार लिम्बु



The sixteenth time winner Dipali Cunningham of Australia who ran 450 miles in 6-day race to be the winner. Photo courtesy: us.srichinmoyraces.org


Ultra (long) marathon runner Kumar Limbu running at the Sixteenth Annual Self-Transcendence Six Day Race at Flushing Meadows Corona Park, Flushing, New York on April 27 2013. Photo courtesy: us.srichinmoyraces.org


Photo courtesy: Dipesh Limbu

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.