Inside

All Time Top 50 News

अन्तत: टिपिएस (TPS) स्टाटस पाउने भए अमेरिकि नेपालीले, नेपालमा गएको महाभूकम्पले दिएको नयाँ जीवन, को कसले यो सुबिधा पाउन सक्छन् ? PDF Print E-mail
Share
User Rating: / 32
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 16 June 2015 17:48

अमेरिकामा ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध
Exclusive: 4 photos:
न्यू योर्क- अमेरिकामा भिसा एक्स्पायर भएर लामो समयदेखि बिना कानूनी कागजात बसोबास गरिरहेका दशौं हजार नेपालीहरुले अन्तत: अमेरिकि सरकारको आप्रबासी तथा राश्टृयता एक्टको सेक्सन २४४ (बि) अन्तर्गतको Temporary Protected Status (TPS) अस्थाई सुरक्षा ब्यबस्था (टिपिएस) पाउने भएकाछन् । यो स्टाटस ठूल्ठूला प्राकृतिक संहार र गृहयुद्द भएका मुलुकका अमेरिकामा बिना बैधानिक कागजपत्र रहेका नागरिकलाई दिईने बिशेश सुबिधा हो । टिपिएस ब्याबस्थाले नेपालमा गत अप्रिल २५ तारिख गएको महाभूकम्पपछि प्राकृतिक महाबिपत्ती ब्यहोरी रहेको नेपालमा अमेरिकाबाट बिना बैधानिक कागजपत्र बसोबास गरिरहेका नेपालीहरुलाई जबर्स्जस्ती डिपोर्टेशन (फर्काउने) प्रकृया स्थगित गर्न, वोर्क परमित पाउन र नेपाल फर्किन ट्राभल डकुमेण्ट प्राप्त गर्ने सुबिधा मिल्दछ ।


Adhikaar's jubilant team after TPS was granted by U.S. Government on June 16, 2015. Photo courtesy: Narbada Chhetri's facebook status

अमेरिकि सिनेटर चाल्स सुमरको पहलमा यो टिपिएस स्टाटस डिपाट्मेण्ट अफ होमल्याण्ड सेकुरिटीले प्रदान गरेको हो । सिनेटर सुमरले आफ्नो प्रेस बक्तब्यमा उल्लेख गरिएको छ:

"U.S. Senator Charles E. Schumer today announced that, after his push, the Department of Homeland Security (DHS) has officially granted Temporary Protected Status (TPS) for Nepalese nationals currently residing in the United States. After the devastating earthquake in Nepal, Schumer urged the Department of Homeland Security (DHS) to grant TPS, a temporary benefit aimed at providing relief to foreign nationals in the United States whose country has been devastated by natural disaster or civil strife. This designation allows Nepalese nationals, already in the country, to stay in the U.S. for a set period of time while their home country recovers.  In response to past natural disasters, the U.S. has extended TPS to Honduras, Nicaragua and Haiti. Schumer is Ranking Member of the Subcommittee on Immigration and the National Interest and explained how important it is for eligible Nepalese nationals be granted TPS to prevent possible deportation to a ravaged country.

U.S. Senator Charles “Chuck” Ellis Schumer who is from New York, helped granted TPS to Nepalese living in the USA. Photo courtesy: schumer.senate.gov

“This is a temporary, compassionate and commonsense action that removes a burden of worry from Nepalese nationals already residing here in the U.S., who could have been required to return home to a devastated country,” said Schumer. “Granting Temporary Protected Status to eligible Nepalese nationals residing here in the U.S. provides a reprieve to those in danger of being deported or in violation of law for overstaying their visa, through no fault of their own.  This was the right thing for the Department of Homeland Security to do and it is a reflection of our country’s commitment to helping Nepal on its path to recovery.” Read here his full press release>>

अमेरिकामा नेपालीहरु अढाई लाखदेखि ३ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ । अमेरिकि सरकारको सेन्सस ब्यूरोले सन् २०१० मा लिएको जनगणनाअनुसार अमेरिकामा नेपालीहरुको जनसंख्या कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्क छ ।

टिपिएस स्टाटस लागू गराउन अमेरिकिमा रहेको नेपाली समुदायले भरपूर लबी गरेको थियो । यो अभियानमा न्यू योर्कस्थित 'अधिकार' र उक्त संस्थाकी कार्यकारी निर्देशक लुना रन्जित, नर्बदा छेत्री, 'कारणका लागि महिला' (Women for Cause) र उक्त संस्थाकी अध्यक्ष डा. बिष्णुमाया परियार, नेपाल सरकारकोतर्फबाट अमेरिकाकालागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, गैर आवासीय नेपाली संघ (एनआरएन अमेरिका) का निबर्तमान अध्यक्ष एबं कानूनविद खगेन्द्र जिसी, संघका नवनिर्बाचित अध्यक्ष डा. केशब पौडेललगायत दर्जनौं संघसंस्था र ब्यक्तित्वहरुले अहोरात्र लबी गरेका थिए । लिस्ट अप्डेट गरिदैछ...

टिपिएस रिजुलुसन पारित गर्ने जर्सी सिटी पहिलो अमेरिकि शहर

On behalf of Jersey City Nepalese residents, Women for Cause (WFC) members witnessing the historic moment of passing of TPS Resolution for Nepalese-American from City of Jersey City Municipal Council at City Hall, Jersey City, NJ, USA on May 27, 2015. Photo by Margaret DeVico for USNepalOnline.com

यसैबिच, 'कारणका लागि महिला' (Women for Cause) को पहलमा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर सिटी काउन्सिलले बुधवार, मे २७ तारिख अमेरिकामा बैधानिक कागजपत्र बिना रहेका नेपालीहरुकोलागि 'अस्थाई सुरक्षा ब्यबस्था' (TPS) दिलाउन अमेरिकि स्टेट डिपर्ट्मेण्ट अन्तरगतको डिपर्ट्मेण्ट अफ होमल्याण्ड सेकुरिटीलाई आग्रह गर्दै एक बिशेश रिजुलुसन पारित गरेको छ । यसरी रिजुलुसन पारित गर्ने जर्सी सिटी पहिलो अमेरिकि शहर बनेको छ ।

उक्त रिजोलुसनमा नेपालमा गएको महाभूकम्पमा परी ८ हजार २१९ जनाको मृत्यू भएको, १७ हजार ९ सय घाईते भएको र २ लाख ८० हजार घरहरु ध्वस्त भएको नेपाल सरकारको पछिल्लो तथ्याङ्का उल्लेख गर्दै अमेरिकि सरकारले टिपिएस (TPS) सुबिधा उपलब्ध गराएमा बैधानिक कागजातको अभावमा नेपाल जान नसक्नेहरुले ट्राभल डकुमेण्ट पाउने, डिपोर्टेशन रोकिने र बैधानिकरुपमा अमेरिकामा काम गर्ने सुबिधा प्राप्त हुने लेखिएको छ । बिदेशमा अबैधानिकरुपमा रहेकाहरुलाई नेपाल फर्काईएमा नेपाल सरकारले उनीहरुलाई पुनर्बासको ब्यबस्था गर्न यस्तो बिपदको बेला असमर्थ हुने उल्लेख गर्दै उक्त टिपिएस (TPS) सुबिधा उपलब्ध गराएमा यि नेपालीहरुले नेपालमा रहेका आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न सक्ष्यम हुने उल्लेख गरिएको छ ।

अमेरिकामा ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध

अमेरिकि सरकारले हालसम्म ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध गराएको छ । माइग्रेसन पोलिसी इन्स्टिचूड (MPI) काअनुसार अमेरिकि सरकारले यस अघि सिरियालीकोलागि सन् २०१२ देखि हालसम्म, हाइटियनकोलागि सन् २०१० देखि हालसम्म, एल साल्भाडोरियनकोलागि सन् १९९१-९२ र सन् २००१ देखि हालसम्म, सोमालीहरुकोलागि सन् १९९१ र हालसम्म, साउथ सुडानीकोलागि सन् १९९७ र २०११ देखि हालसम्म, सुडानीकोलागि सन् १९९७ देखि हालसम्म, निकारागुवानकोलागि सन् १९९९ देखि हालसम्म, होण्डुरियालीकोलागि सन् १९९९ देखि हालसम्म ति देशका अमेरिकामा रहेका बैधानिक कागजात नभएका नागरिकहरुलाई टिपिएस (TPS) सुबिधा प्रदान गरेको छ ।

TPS beneficiary data source: Migration Policy Institute (MigrationPolicy.org)

TPS beneficiary data source: Migration Policy Institute (MigrationPolicy.org)

यो टिपिएस (TPS) सुबिधा अन्तर्गत राष्ट्रिय महाबिपत्तीका बेला बैधानिक कागजात नभएको कारण स्वदेश फर्कन असमर्थ अमेरिकामा रहेका बिदेशी नागरिकहरुलाई ६ देखि १८ महिनासम्मको अस्थाई बसोबास गर्ने बैधता (कानूनी मान्यता) दिईन्छ । र त्यो समयभित्र आफ्नो देश फर्किन र फेरी अमेरिका फर्किने ट्राभल डकुमेण्ट प्रदान गरिन्छ । तर देशको अवस्थामा सुधार नआएको अवस्थामा यो सुबिधालाई लम्ब्याईएको उदाहरण माथी उल्लेखित तथ्याङ्कले देखाउँछ ।

-Pradeep Thapa Magar in New Jersey. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-TPS (Temporary Protected Status) was granted to Nepalese in the USA

-अमेरिकि नेपालीकोलागि टिपिएस (TPS) रिजुलुसन जर्सी सिटी काउन्सिलद्वारा पारित, अमेरिकामा ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध, नेपालीले पनि पाउलान् ?

--TPS Resolution passed by City of Jersey City, N.J., USA for Nepalese-American. Will we get TPS Status?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.