Inside

All Time Top 50 News

"ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन": सन्दर्भ: नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 20 March 2016 01:53

Exclusive: 12 photos: न्यू योर्क- "The sun never sets in British Empire" अर्थात "ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन" भन्ने उखान तेसै चलेको हैन । बेलायती राजकुमार ह्यारीको शनिवारदेखि शुरु भएको पाँचदिने नेपाल भ्रमणका बेला एक पटक आधुनिक बिश्वमा अस्ताउँदै गएको ब्रिटिश साम्राज्यको सुनौलो बिगतको स्मरण गर्नु मुनाशिव हुन्छ । यो उक्तिसंग गोर्खाली सेनाको असली बहादुरी र समर्पणको गौरवशाली ईतिहास जोडिएको छ । प्रथम विश्व युद्ध (सन् १९१४-१९१८) का बिच झन्डै २ लाख गोर्खालीहरु ब्रिटिश सेनामा भर्ती भएर विश्व युद्धमा होमिएका थिए भने लगभग ५ हजार मारिएका र १५ हजार घाइते भएका थिए। दोश्रो विश्व युद्ध (सन् १९३९-१९४५) का बिच झन्डै २ लाख ५० हजार युद्धमा खटिएका थिए भने साढे सात हजारभन्दा बेशी मारिएका थिए भने २४ हजार घाइते भएका थिए।* ब्रिटिश साम्राज्यलाई हरतरहले बिश्वभर फैलाउन लाखौं गोर्खाली सेनाको रगत, पसिना, बहादुरी र जवानी खर्चिएको कुरा वीरताको ईतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।

 

Victoria Cross (VC) winner Gurkhas:

Rifleman Kulbir Thapa Magar, 3rd Gurkha Rifles, 1915; Rifleman Karanabahadur Rana Magar, 3rd Gurkha Rifles, 1918; Subedar Lalbahadur Thapa Magar, 2nd Gurkha Rifles, 1943; Havildar Gaje Ghale Gurung, 5th Royal Gurkha Rifles, 1943; Rifleman Ganju Lama, 7th Gurkha Rifles, 1944; Lt (Hon) Tul Bahadur Pun Magar, 6th Gurkha Rifles, 1944; Subedar Netrabahadur Thapa Magar, 5th Royal Gurkha Rifles, 1944;
Naik Agansing Rai, 5th Royal Gurkha Rifles, 1944; Rifleman Thaman Gurung, 5th Royal Gurkha Rifles, 1944; Rifleman Bhanbhagta Gurung, 2nd Gurkha Rifles, 1944; Rifleman Lachhiman Gurung, 8th Gurkha Rifles, 1944; Rifleman Sher Bahadur Thapa Chhetri (Photo not available), 9th Gurkha Rifles, 1944; Lance Cpl Rambahadur Limbu, 10th Gurkha Rifles, 1965.

"The Victoria Cross (VC) is the highest military decoration awarded for valour "in the face of the enemy" to members of the armed forces of various Commonwealth countries, and previous British Empire territories."
Source: https://en.wikipedia.org/wiki/Victoria_Cross

Photo courtesy: All Gurkha VCs images Gurkha Museum Winchester, ayo-gorkhali.org


UK's Prince Henry D Harry visiting Nepal. Photo courtesy: Stefan Postles, Getty Images

गोर्खालीको नाम सुन्दा जब बैरीको मुटु थर्किन्छ

"म मेरा प्यारा सैनिकहरुलाई संसारका कुनै सेनासंग लडाउन डर मान्दिन तर गोर्खा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ"- यो चार्चित भनाई हो प्रथम विश्व युद्धको बेला जर्मन सम्राट कैसर विलियमको । गोर्खालीहरुले बहादुरी र बफादारीकोलागि विश्व बिख्यात नाम कमाएको प्रथम र दोश्रो विश्व युद्दमा बिरतापूर्वक लडेर देखाएको अदम्य साहस र पराक्रमको कारण हो। तर गोर्खालीको बिरता त्यतिकै स्थापित भएको होइन। त्यसकालागि उनिहरुले आफ्नो ज्यानको बाजी लगाएका छन्। त्यो बिरताको लडाईं लड्दा हजारौंले आफ्नो खसमलाई बिधवा बनाएकाछन्, छोराछोरीलाई टुहुरो पारेका छन् र बुढेस लागेका आमा-बुवालाई बिबश पारेका छन्।

ब्रिटिश सेनाको सर्बोच्च बहादुरी युद्द पदक 'भिक्टोरिया क्रस (भिसी)' प्राप्त गर्न १३ जना गोर्खालीहरु सफल भएका थिए। ति गोर्खालीहरु राइफलम्यान कुलबिर थापा मगर (प्रथम विश्व युद्ध, सन् १९१५, फ्रान्स), राइफलम्यान कर्णबहादुर राना मगर (प्रथम विश्व युद्ध, सन् १९१८, प्यालेस्टाइन), सुबेदार लालबहादुर थापा मगर, नेपाल तारा (दोश्रो विश्व युद्ध, सन् १९४३, ट्युनिशिया), हबिल्दार गजे घले गुरुङ, नेपाल तारा, (दोश्रो विश्व युद्ध, सन् १९४३, बर्मा), राइफलम्यान गन्जु लामा (दोश्रो विश्व युद्ध, सन् १९४४, बर्मा) राइफलम्यान तुलबहादुर पुन मगर (दोश्रो विश्व युद्ध, सन् १९४४, बर्मा), जमदार नेत्रबहादुर थापा मगर (दोश्रो विश्व युद्ध, सन् १९४४, बर्मा), नाइक अगम सिंह राई (दोश्रो विश्व युद्ध, सन् १९४४, बर्मा), राइफलम्यान शेरबहादुर थापा छेत्री (दोश्रो विश्व युद्ध, सन् १९४४, इटाली), राइफलम्यान थमन गुरुङ (दोश्रो विश्व युद्ध, सन् १९४४, इटालि), राइफलम्यान भानुभक्त गुरुङ, नेपाल तारा (दोश्रो विश्व युद्ध, सन् १९४५, बर्मा), राइफलम्यान लछिमन गुरुङ (दोश्रो विश्व युद्ध, सन् १९४५, बर्मा) र लान्स कर्पोरल रामबहादुर लिम्बु (बोर्नियो युद्ध, सन् १९६५) हुन्। यि मध्ये भिसी बिजेताहरु सुबेदार लालबहादुर थापा मगर र हबिल्दार गजे घले गुरुङलाई तत्कालिन नेपाल सरकारले "नेपाल तारा" द्वारा सम्मान गरेको थियो।

गोर्खालीहरु अहिले बेलायतमा पहिलो र दोश्रो रोयल गोर्खा राइफल्स पल्टनको नाममा झन्डै ३४ सय गोर्खाली सेवारत छन्। त्यसैगरी सिंगापुर पुलिस फोर्समा झन्डै १ हजार जना र भारतीय सेनामा ६० हजारभन्दाबेशी सेवारत छन्। आधुनिक विश्वमासमेत बिरताको त्यो अदम्य साहस र पराक्रम देखाउने गोर्खाली नेपालीहरुले आफूले जेजस्तो कस्ट र त्याग गर्नु परेपनि तपाईं हाम्रो शीर ठाडो पार्न कहिल्यैपछि परेका छैनन्।

"वीरहरुका पनि वीर महावीर"

प्रथम बिश्व  युद्धमा तेश्रो गोर्खा राइफल्ससंगै युद्धमा होमिएका बृटिश नागरिक प्रोफेसर राल्फ टर्नरले गोर्खालीहरुको प्रसंशा गर्दै कवितात्मक शैलीमा भनेका थिए- "Bravest of the Brave, most generous of the generous, never had a country, more faithful friends than you." अर्थात "वीरहरुका पनि वीर महावीर, उदारमा अत्यन्त उदारमना, तपाईहरुभन्दा असल मित्र हाम्रो देशले कहिल्यै पाएन ।"

यो हो गोर्खालीको पहिचान । बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणका बेला यती सन्दर्भ उप्काउनु हाम्रा पुर्खाहरुको बहादुरी, त्याग र बलिदानी प्रति सच्चा कदर हुनेछ । अन्यथा गोर्खाली वीरताको बिरासतमा उभिएको बेलायती बर्तमान मुलुकको प्रसंशामा शब्द खर्चिनु फगत बफादारी हुनेछ ।

यसअघी, बेलायती राजकमार चाल्सले २४ माघ २०५४ मा नेपालको भ्रमण गरेका थिए भने राजकमार फिलिपले २९ कार्तीक २०५७ मा विश्व वन्य जन्तु कोषको कार्यक्रममा सहभागी हुन आउने क्रममा नेपालको चारदिने भ्रमण गरेका थिए । बेलायती महारानी एलिजावेथ द्धितीयले २०१८ र २०४३ सालमा गरी दई पटक नपालको औपचारिक भ्रमण गरेकी थिईन् भने बेलायती राजकुमारी डायनाले १९ फागुन २०४९ मा नेपालको चारदिने औपचारिक भ्रमण गरेकी थिईन् । सन् १८५२ मा नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले पहिलो पटक बेलायतको भ्रमण गरेका थिए ।

सन् १८१५ को मैइ १५ तारिख ब्रिटिश जनरल अक्टरलोनी र पश्चिमी क्षेत्रका नेपाली कमाण्डर अमरसिंह थापा मगरबिच भएको एक सम्झौतापछि पहिलो पटक औपचारिक रुपमा नेपाली युवाहरुलाई ब्रिटिश सेनामा भर्ती गर्न थालिएको थियो । यो सैन्य र दौत्य सम्बन्धले अहिले २ सताब्दी पुरा गरेको छ ।

* श्रोत: 'वीरहरुका पनि वीर महावीर'- प्रदीप थापा मगर, सन् २०००, 'नेपालको सैनिक ईतिहास', शाही नेपाली जङ्गी अड्डा, बिसं २०४९ र British Medals & Gurkhas, CB Gurung, 1998

-Pradeep Thapa in New York. Comments? 917-570-1098, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Exclusive on www.usnepalonline.com//ayo-gorkhali/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.