Inside

All Time Top 50 News

अमेरिकाको वासिङ्गटन डिसीमा 'तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' आगामी नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Tuesday, 19 November 2013 03:34

Exclusive: 4 photos: भर्जिनिया, अमेरिका- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितीको आयोजनामा अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' को आयोजना आउँदो नोवेम्बर ३० र डिसेम्बर १ तारिख गरिने भएको छ।


The 3rd International Nepali Literary Convention is being held in Virginia between November 30 and December 1, 2013.

नोबेम्बर १८ तारिख आयोजित समुदाय तथा पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका सदस्य तथा कार्यक्रम संचालक प्रकाश नेपालले नेपाल, जापान, बेलायत, पोर्तुगल, क्यानाडाआदि देशहरुबाट पनि सहभागी हुने निश्चित भएको जनाउदै अनेसासले हरेक दुई बर्षमा प्रदान गरिने पुरस्कारको राशी करिब सात हजार डलर रहेको र १८ जनालाई पुरस्कृत गरिने जानकारी गराए ।

Meet the press by the 3rd International Nepali Literary Convention organizers in Virginia. Photos: eNepalese.com

सम्मेलन संयोजक सिता पाण्डेले वयस्क कविता वाचन हुनुकोसाथै बालबालिकाहरुकोलागि पनि कविता प्रतियोगिता गरिने र डिसी महानगर क्षेत्रमा बिभिन्न बिद्यालयमा अध्ययनरत नेपाली मूलका ३ वटा प्रतिभाशाली बिद्यार्थीहरुलाई पनि बोल्न अवसर दिईने बताउदै समुदायले बिचार राख्न र पोख्न पाउने छ भन्दै सहभागिताकोलागि दर्ता गर्न आग्रह गरिन्।

यसैबीच, "नेपाली भाषा, साहित्य, सँस्कृतिकालागि यो दुई दिने सम्मेलन एउटा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको' बताउँदै संयोजक पाण्डेले जारी प्रेस बिग्यप्तीमा उल्लेख गरेकिछिन्- "नेपाली भाषा, साहित्य र सँस्कृतिका विभिन्न विधामा विभिन्न कार्यक्रमहरु सम्मेलनका दौरान आयोजना हुनेछन् । यसकासाथै विभिन्न बिषयमा विशिष्टता हासिल गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित र गौरवान्वित गर्ने विभिन्न विधाका १० जना नेपालीहरु र नेपाल र नेपालीहरुलाई विशेष सहयोग गर्ने तथा योगदान दिने ३ जना विदेशीलाई पनि यस अवसरमा सम्मान गरिने कार्यक्रम रहेको छ ।

Convention Coordinator Sita Pandey. Photo courtesy: INLS.org

यसरी यो सम्मेलनमा नेपाली साहित्यकोलागि मात्र नभई कला, सँस्कृति, खेलकुद, गायन, पत्रकारिता, पर्यटन व्यवसायआदि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने "अन्तर्राष्ट्रिय नेपाली हिरो" हरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ । साहित्यलाई समाजका विभिन्न पक्षसित सधैंसँगै आवद्ध गरिरहने उद्देश्यबाट पहिलो पटक यस्तो प्रकारको कार्यक्रमको आयोजना गरिन लागेको हो । साथै, यस अबसरमा खेलकुद प्रदर्शनी, युवा कविता गोष्ठी, रक्तदान, नेपाली प्रतिभाशाली युवाबाट प्रस्तुति, विभिन्न विधाका महत्वपूर्ण साहित्यक पुरस्कारहरु वितरण, बृहत कविता गोष्ठी, विभिन्न साहित्यिक विधामा कार्यपत्र प्रस्तुति तथा बिबिध सांस्कृतिक कार्यक्रम हुनेछ । यो सम्मेलन "म नेपाली हुँ र नेपाललाई माया गर्छु" भन्ने सबैकालागि हो ।"

त्यसैगरी, अनेसासका संस्थापक तथा उपन्यासकार होमनाथ सुबेदीले सम्मेलनबाट 'डाइसपोरा प्राज्ञिक अध्ययन ''जस्ता नारालाई अगाडी बढाई रहेको बताएका छन् ।

कार्यक्रममा परिचयात्मक कार्यक्रम राखिएको, दुई दिने कार्यक्रम दर्ता शुल्क $ ५० राखिएको जानकारी गराईयो । यसकोसाथै १४ बर्षदेखि २१ बर्ष मुनिका बालबालिकाहरुको कविता वाचन राखिएकोले साहित्यमा सहभागी नहुने बालबालिकाहरु सांस्कृतिक कार्यक्रममा सहभागी हुनकोलागि सबैमा आग्रह कवियत्री तथा संस्थाकी आजीवन सदस्य बिमला निरौलाले गरिन्।

कार्यक्रममा डिसी दूताबासका उपनियोग प्रमुख नारायण मैनालीले सम्मेलनको सफलताकोलागि शुभकामना दिदै नयाँ पुस्तालाई भाषा तथा संस्कृतिको स्थान्तरण गर्नु पर्ने अपरिहार्य भएकोले यस्तो कार्यक्रममार्फत उनीहरुलाई समाहित गर्नु पर्ने बताए ।

आयोजक समितीका सदस्य तथा संचार निर्देशक खेम भट्टचनले 'सामाजिक नायक मुल्यांकन समिति' संयोजक राजा घले, उक्त समितिका सदस्य हार्वर्ड बिश्वबिद्यालयका सह-प्राध्यापक डा. शिव गौतमलगायतको सकृय भूमिका रहेको जानकारी दिए।

सम्मेलन वासिङ्गटन डि.सी मेट्रो एरियाको मेरियोट होटलमा हुनेछ । सम्मेलनमा भाग लिनकालागि  www.convention.inls.org नामक वेबसाइटमा नाम दर्ता गर्न सकिन्छ। अन्य जानकारीकालागि सम्मेलन संयोजक सिता पाण्डेको इमेलः This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा संपर्क गर्न सकिन्छ। सम्मेलन स्थल: Tysons Corner Marriott, 8028 Leesburg Pike, Tysons Corner, VA 22182, USA

-Bijay Thapa in Virginia

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका लागि अध्यक्ष गीता खत्रीको सन्देश

अनेसासका सम्पूर्ण ट्रस्टीहरू, आजीवन सदस्यहरू तथा नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई माया गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु,

यहि आउदो नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा वाशिंगटन डीसी स्थित मेरियट होटेलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेन सम्पन्न हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । उक्त सम्मेलनमा अनेसास सर्वोत्कृष्ठ पुस्तक पुरस्कार वितरण समारोह, अनेक डायस्पोराका कार्यपत्रहरु, बृहद कविगोष्ठी, भानुवर्ष २०१३ महोत्सव लगायत बिबिध आकर्षणका कार्यक्रमहरु रहेकोले उक्त सम्मेलनमा सहभागी भै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बर्धन र विश्वबिस्तारमा सहयोग गर्नु हुन सादर अनुरोध गर्दछौँ ।

INLS president Gita Khatri. Photo courtesy: INLS.org

तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनको संयोजक श्रीमती सीता पाण्डेजीको नेतृत्वमा सम्मलेनको तयारी अन्तिम अबस्थामा पुगेको छ । उक्त सम्मलेनमा उपस्थित भएर डायस्पोरामा नेपाली भाषा र साहित्यको बिकास एबं विस्तार गर्ने काममा सक्दो सहयोग गरी यो सम्मलेनलाई भब्यताकासाथ सफलपारि दिनु हुन सबै अनेसासका च्याप्टरहरु तथा अन्य संघ संस्थाका सबै पदाधिकारीज्यूहरु सबैमा हार्दिक अनुरोध गर्दछौँ । आर्थिकरुपमा सहयोग गर्न चाहनु हुने निकाय तथा महानुभावहरुले अनेसासको वेबसाइट (www.inls.org), सम्मेलनको वेबसाइट (www.convention.inls.org), अनेसासको बैंक खाता वा सिधै पत्राचार गरी सहयोग गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौँ ।

सादर,
गीता खत्री,
अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
केन्द्रीय कार्यसमिति
Tel: 347 421 6013
www.inls.org

बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुबेदीको आह्वान

यहाहरुसित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सहभागी बन्न र यसलाई डोनेसन दिएर सहयोग गर्न गराउन हामी आह्वान गर्दछौं ।

आप्रवासबाट नेपाली भाषा साहित्यको सेवामा समर्पित यो अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यसको विधानले विश्वभरका नेपालीलाई सदस्य बनाउन र च्याप्टर खोल्न ढोका खोलेको छ । ऐले सम्म ७५भन्दा बढी च्याप्टरले विश्वमा काम गरिरहेका छन् भने प्रत्येक आजीवन सदस्यले यसको साधारण सभामा डीसीमा आउन पाउने प्रावधान राखेको छ । यसको अभ्यास विभिन्न कोणबाट भैरहेको छ । यसै कारण अनेसासले गरेका अन्तर्राष्ट्रिय सम्मेलनका विविध प्रकार छन् । तीमध्ये होटल र वाशिङ्गटन डीसी बाहिर भएका स्थलगत यस्ता सम्मेलनको छुट्टै महत्व छ । ती कन्भेशनमध्ये पहिलो २००९ मा न्युयोर्कमा भएको थियो, २०११मा दोश्रो लन्डन कन्फेन्स भयो र तेश्रो फेरि ऐले वाशिङ्गटन डीसीमा यो हुन गइरहेको छ । यीमध्ये पहिलोको कन्भेनर भारती गौतम, दोश्रोको जया लक्ष्मी राई, र ऐले तेस्रो कन्भेसनकी कन्भेनर पनि कवयित्री सीता पाण्डे रहनुभएको छ । यो यौटा उल्लेखनीय संयोग पनि हो डायस्पोरामा भएका यी तिनै कन्भेन्सनका कन्भेनर कवयित्री महिला साहित्यकार नै रहनु भएको छ । पहिलो र दोस्रो जस्तै तेस्रो यो सम्मेलन पनि उल्लेखनीय हुनेछ:

Diaspora Fair of Nepali Languages, Literature & Culture

“डायस्पोरामा नेपाली साहित्यको विकास: हाम्रो गरिमा, चुनौती र सत्प्रयास” यो लक्ष्य बोकेर यो सम्मेलन तपाई हाम्रो अगाडि आएको छ। अमेरिका, एसिया, युरोप र ओसेनिया जहाँ भए पनि हामी सब नेपाली हौँ। नेपाली र नेपालका भाषा साहित्य, कला र संस्कृतिको कार्यक्रम हो। जहाँ बसेको भए पनि सबैले यसको लागि सहभागी भएर डोनेसन दिएर जे जसरी तपाईहरुले सहयोग गर्न सक्नुहुन्छ गरेर यसलाई सफल बनाउन साथ दिनुहोला भन्ने हामीले विश्वाश गरेका छौं ।

INLS Board of Trustee chair Homnath Subedi. Photo courtesy: INLS.org

यसै बेला देवकोटा जयन्ती, भानु बर्ष २०१३ महोत्सव, बीपी शतवार्षिकी, सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह र अनेक डायस्पोराको साहित्य सम्मेलन, गजल गोष्ठी, वाल कविता गोष्ठी र बृहद कवि गोष्ठी र गीत र नृत्यको प्रदर्शन पनि हुदै छन्। मौकाले आउने हो सेराटन होटेलमा भएको सम्मेलनमा आएर वाशिंगटन डीसीको दृश्यावलोकन पनि गर्ने हो। तपाइँ आउनुहोस। हामी पनि तपाइकहाँ आउँला। सम्मेलन सबैको हो। आउनुहोस, आउन न सके त्यहीबाट डोनेसन दिएर सहयोग गर्नुस। हामी त्यो गिन्तीमा राखौंला।

अनेसास सबैको हो, हामी तपाइकै हूँ, अनेसासका भगिनी संगठनहरु पनि हाम्रै हुन्, हामी पनि तपाईहरुकै हौँ। समग्रमा नेपाली डायस्पोराको उत्थान तपाइँ हामी भित्र बाहिर सबै नेपालीको पहिचानलाई दिगो र जीवन्त राख्ने मेरुदण्ड हो । त्यसको लागि गरिएको यो एकताको अन्तर्राष्ट्रीय नेपाली साहित्य सम्मेलनलाई सफल बनाउन सहयोग गर्नुहुन हामी विनम्र अनुरोध गर्दछौं।

यदि मसित कुनै प्रश्न भए जानकारी चाहिएमा ७०३ ४९१ १०१४ वा ७०३ ८६४ ४४६१ मा फोन गर्नुहोला। इमेल गर्नु परेमा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it स्काइपमा home.nath.subedi सम्पर्क गर्नु होला। कन्भेनर र आयोजकहरु तपाईहरुको सेवाको लागि सदा तत्पर हुनुहुन्छ । आउनुहोस अमेरिकाको राजधानीमा हामी तपाईको स्वागत सत्कार गर्न आतुर छौं। समय थोरै छ। न सोच्नुहोस न पर्खिनुहोस। आउनुहोस, हामी एरपोर्टमा लिन आउन तयार छौं।

दीपावलीको शुभकामना सहित।

होमनाथ सुबेदी

सभापति

बोर्ड अफ ट्रस्टी, अनेसास केन्द्र,

वाशिंगटन डीसी, संयुक्तराज्य अमेरिका

१०/२०/२०१३

Read related news:

-http://www.usnepalonline.com/inls/

-न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न

-बेलायतको रेडिंगमा २०० औं भानुभक्त जयन्ती समारोह सम्पन्न

-न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न

-अनेसास (INLS) को नब निर्बाचित केन्द्रिय कार्यसमितीलाई पद हस्तान्तरण तथा १९९ औं भानु जयन्ती सम्पन्न

-अनेसास (INLS) को चुनावमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी !
साहित्यकार गीता खत्रीले पहिलो महिला अध्यक्ष बनेर ईतिहास रचिन्

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.