Inside

All Time Top 50 News

अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससमा अगस्त २७ मा हुने 'तीज महोत्सव' को भब्य तयारी, १३ संस्था, १३ मिडिया पार्ट्नर सहभागि PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rishiram Khanal   
Wednesday, 24 August 2011 18:21

बोस्टनमा अगस्ट २६ मा, न्यू योर्कमा अगस्ट २७ र २८ मा हुँदै
Special: भर्जिनिया, अमेरिका- सपनाको संसार भनिने अमेरिकामा बस्ने नेपाली महिलाहरुले रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली, श्रृंगारसहित तीजको गीतमा छमछमी नाच्दा अनि बारुले कम्मर भाँच्दा कस्तो होला ?


 

Teej celebration is being prepared in Manassas, VA on August 27, 2011. Similar Teej celebrations are scheduled in Boston on August 26th and New York on August 27th & 28th. Photos courtesy: Rishiram

हजुर, यस्तै हुँदैछ यस पटक अमेरिकामा पनि ! अमेरिकाको राजधानी वासिङ्गटन डि.सी.बाट २५ माइलको दुरीमा रहेको भर्जिनिया राज्यको पुरानो र ऐतिहासिक शहर मनाससमा यस पटक ऐतिहासिक रुपमा ‘तीज महोत्सव’ मनाइँदै छ । अन्तराष्ट्रिय कलाकार मञ्चको आयोजना र अमेरिकामा रहेका अन्य १३ वटा संस्थाहरु सह–आयोजक रहेको उक्त ‘तीज महोत्सव’अमेरिकाकालागि नेपाली राजदूत डा. शंकर शर्माले अगस्त २७ दिउसो १ बजे मनाससको स्टोनवाल मिडिल स्कूलको विशाल सभा कक्षमा उद्घाटन गर्दै हुनुहुन्छ ।

उक्त ‘तीज महोत्सव’का सह–आयोजक संस्थाहरुमा नेपाल एजुकेशनल एण्ड कल्चरल सेन्टर (पशुपति बुद्ध मन्दिर), डि.सी. नेपाली समाज, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), अन्तराष्ट्रिय नेपाली साहित्य समाज डि.सी., ह्यूरोन, हेम-सरिता पाठक प्रतिष्ठान, अमेरिका नेपाल महिला संघ, नेपाली महिला विश्वव्यापी सञ्जाल, नेपाली अमेरिकन महिला सहयोगी हातहरु, नासो, इन्टरनेशनल मिडिया हाउस, अमेरिका नेपाल चौपारी र थकाली समाज अमेरिका छन् ।

“डि.सी., मेरिल्याण्ड, भर्जिनिया तीनवटा राज्यबाट नेपालीहरु सहभागी हुने उक्त तीज महोत्सवको तयारी लगभग पूरा भएको र यस पटकको तीज महोत्सव ऐतिहासिक र भव्य हुँदैछ” भन्नुहुन्छ प्रमुख आयोजक संस्था अन्तराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवं लोक तथा दोहोरी गायक रामप्रसाद खनाल ।



अध्यक्ष खनालकाअनुसार यस पटक महिला तीज नृत्य प्रतियोगिता, पुरुषहरुको पनि साथ र सहयोगकालागि पुरुष तीज नृत्य एवं बालबालिकाकालागिसमेत छुट्टै प्रतियोगिता आयोजना गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण महिलाहरुको तीज नृत्य प्रतियोगिता नै हुनेछ । यस पटक नेपाली चलचित्र जगतका चर्चित नायिका एवं लोकप्रिय नृत्यंगनाहरु सारंगा श्रेष्ठ, अनुपमा प्रसाईसहित अन्य थुप्रै अमेरिकामा रहेका कलाकारहरुदेखि अन्य सहभागी दिदीबहिनीसम्म सवैको जोडदार प्रस्तुती रहने र आएका सवै नाचेर जाने, सवैले पूर्ण मनोरञ्जन र असवर पाउने व्यवस्था गरिने खनालले बताउनु भयो ।

सह-आयोजक संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज डि.सी. च्याप्टरका अध्यक्ष प्रकाश नेपालले “यो तीज महोत्सव अत्यन्त महत्वपूर्ण हुने र यसले अमेरिकामा नेपाली संस्कृतिको पहिचानमा मद्दत पुग्नुको साथै काममा व्यस्त र थकित दिदीबहिनी, दाजुभाईलाई एकै छिन दुःख विर्सेर नाचगान गर्न, रमाईलो गर्न, नेपालमा भए जसरी यो पर्व संझिन सहयोग पुग्ने” बताउनु भयो ।

“हामी यसपटक बाल्टिमोरबाट पनि ब्यापक रुपमा सहभागी हुँदैछौं तीज महोत्सवमा, यस कार्यक्रमले हाम्रो नेपाली समाजमा नौलो छाप छोड्ने छ” भन्नुहुन्छ बानाका महासचिव प्रभु थापा ।

डि.सी. नेपाली समाजका महासचिव कमल पोखरेल र अध्यक्ष अरुण रुपाखेतीले पनि “यो तीज महोत्सवलाई हर तरहले सफल पार्न आफ्नो संस्था र आफूहरु लागेको बताउनुहुन्छ ।

मंचका अध्यक्ष खनालकाअनुसार कार्यक्रममा केही विशिष्ट योगदान पुर्याउने कलाकार तथा व्यक्तित्वहरु सारंगा श्रेष्ठ, अनुपमा प्रसाई, प्रेमराजा महत, हेम पाठक, राजदूत डा. शंकर शर्मालाई अभिनन्दन प्रदान गर्ने, अमेरिकामा रहेर नेपाली समुदायकालागि क्रियाशिल केही संचार माध्यमहरुलाई सम्मान, अन्य योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम छ । यसका अलावा यस पटक तीज नृत्यमा प्रथम, दोश्रो, तेश्रो हुने, त्यसै गरी उत्कृष्ठ हुने प्रतियोगीलाई पदक, ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत गरिने छ । खनाल भन्नुहुन्छ- “यो पटक हामी सवैलाई नचाउछौं, सवैलाई यो कार्यक्रम हाम्रो हो भन्ने बनाउछौं, अमेरिकामा पनि तीजको महत्व दर्शाउदै समुदायलाई मनोरञ्जन दिन्छौं । जो कार्यक्रममा उपस्थित हुनुहुन्छ वहाँहरुकालागि यो ऐतिहासिक हुनेछ भने उपस्थित हुन नसक्नेले हामीले धेरै ‘मिस’गर्यौं भनेर पछि पछुताउनु पर्नेछ, हामीलाई साथ दिनुहोस, कार्यक्रममा उपस्थित भई मनोरञ्जन हासिल गर्नुहोस ।”

कार्यक्रममा सगरमाथा टेलिभिजन, नेपाल होराइजन्स, डि.सी. नेपाल, नेपाल मदर, युएस नेपाल अन्लाईन डटकम, विश्व परिक्रमा पाक्षिक, विश्व सन्देश पाक्षिक, निष्पक्ष राष्ट्रिय साप्ताहिक, एभरेष्ट टाइम्स पत्रिका, हाम्रो समाज, ग्लोब नेपाल डट कम , जनपुकार, विश्वन्यूज डक कमले मिडिया पार्टनरका रुपमा र यसका अलावा नेपाल मिडिया क्याफे र नेपाली पोष्ट आदिले पनि सुचना र समाचार सम्प्रेसण गर्दै ‘तीज महोत्सव’लाई सफल पार्न सहयोग गरिरहेका छन् । कार्यक्रमकाबारेमा विस्तृत जानकारी सवै मिडियाहरुमा, त्यसैगरी हरेक दिनका अपडेट नेपालमदर डट कममा हेर्न सकिन्छ ।

आयोजक अन्तराष्ट्रिय कलाकार मञ्च र सह-आयोजक सवै १३ वटा संस्थाहरुले सामूहिक रुपमा उक्त ‘तीज महोत्सव’मा सहभागी हुन अमेरिकाको डि.सी., मेरिल्याण्ड र भर्जिनियामा रहेका सवै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा दिएका छन् । कार्यक्रममा प्रवेश निःशुल्क र कम पैसामा नेपाली खाना उपलब्ध गराउने ब्यवस्था गरिएको छ ।

स्मरणीय कुरा के छ भने अमेरिकामा अन्तराष्ट्रिय कलाकार मञ्चले हरेक वर्ष यस प्रकारको तीज विशेष कार्यक्रम गर्दै आएको छ र अन्य संस्थाहरुले अन्तराष्ट्रिय कलाकार मञ्चलाई साथ दिँदै आएका छन् । नेपाली राजदूतावास वासिंगटन डि.सी.ले पनि मञ्चलाई आर्थिकरुपमा सहयोग गर्न नसके पनि अन्य प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेको छ र यसपटक पनि राजदूताबासको सहयोग छ । राजदूत डा. शंकर शर्माले यस प्रकारका सांस्कृतिक, नेपाल र नेपालीकालागि गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ ।

‘तीज महोत्सव’सम्बन्धि निमन्त्रणा र विस्तृत जानकारी यहाँ तल प्रस्तुत छ  :

Date : 08/27/2011
Time : 1:00 PM
Venue : 10100 Lomond Drive, Manassas, VA 20109
(Stonewall Middle School's Hall)

हाम्रो यस पटकको थप आकर्सण :
-महिला ग्रुप तीज न्रित्य प्रतियोगिता ,
-पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता
-ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ ।
-उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ ।
-प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन् ।

आयोजक :  
अन्तराष्ट्रिय कलाकार मँच


सह-आयोजक:
नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका)
डिसी नेपाली समाज
BANA (Baltimore Association of Nepalese in America)
अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC
Nepali woman's Global Network
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी
हेम सरिता पाठक प्रतिस्ठान
अमेरिका नेपाल चौपारी
नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो)
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands   
International Media House
Human Rights organization of Nepalese of America


Teej Mahotsab's  Media Partners (in alphabetical order):  

www.dcnepal.com
Everest Times Patrika Patrika (everesttimesnews.com)
www.hamrosamaj.net
www.janapukar.com
www.nepalhorizons.com
www.nepalmother.com
www.nepalmanch.com/globenepal
www.nispakshyanationalwekkly.blogspot.com
Sagarmatha Television (sagarmathatv.us)
www.usnepalonline.com
Viswa Parikrama Pachhik Patrika (vpknews.com)
Vishwa Sandesh Pachhik Patrika (vishwanews.com)


भबदीय

रामप्रसाद खनाल
अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
703-419-0924

-Rishiram Khanal in Virginia

Read our related news:

-न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित

-बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

-न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

-न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै

-न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.