Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूडमा तीज पर्व २०१३ मनाइयो, पहिलो सासू-बुहारी जुवारी गीत प्रस्तुत PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 07 September 2013 15:40
Article Index
न्यू योर्कको रिज्वूडमा तीज पर्व २०१३ मनाइयो, पहिलो सासू-बुहारी जुवारी गीत प्रस्तुत
More photos of Teej celebration in Ridgewood, NY 2013
All Pages

Special: 29 photos: न्यू योर्क- रिज्वूड नेपालीज सोसाइटीले नेपाली नारी पर्व तीज धुमधामसंग मनाएको छ। उक्त अबसरमा पहिलो सासू-बुहारी जुवारी (दोहोरी) खेलिएको छ।


Teej duet (Dohori) song being performed during Nepalese women's festival Teej by Ridgewood Nepalese Society in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com

सेप्टेम्बर ६ तारिख शुक्रबार न्यू योर्कको रिज्वूड शहरमा मनाइएको उक्त तीज पर्बमा रिज्वूड शहरमा बसोबास गर्ने नेपाली दिदिबहिनीहरुको जमघट भएको थियो।

तीजको बिभिन्न भाखामा दिदिबहिनीहरु खुब नाँचेका थिए भने बसन्ती त्रिपाठीद्वारा रचित सासू-बुहारीको जुवारी तीज गीत प्रस्तुत गरिएको थियो:

राम्रो कुरा गर्छौं हामी नभन्नुस् है फोहोरी
सासू बुहारी भाई आज खेल्छौं दोहोरी

बुहारी : बानी बिग्रियो यो बच्चाको मसंगै उठ्ने भो
झ्याप्पै निदाएछु फेरी ट्रेन छुट्ने भो

Nepalese women dancing at Teej celebration by Ridgewood Nepalese Society in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com

सासू: कहिल्यै पनि छैन तेरो प्रभु जप्ने चाहना
संधै ढीलो उठ्छेस अल्छि, गर्छेस् बहाना

बुहारी : बिहान बिहान निहूँ नखोज रीसले सीमा छुनेछ
काम र पार्टी जान्छु भरे ढिला हुनेछ

सासू: घरका कामले म बुढीका सिद्धै हड्डी खिएर
पार्टी भन्छेस् आउँछेस् रातमा रक्सी पिएर

बुहारी : तासमा बास्सा हान्यो भने एक्का हान्नु पर्छ नि
अमेरिका आएपछि जिउन जान्नु पर्छ नि

सासू: भोली नेपाल थाहा पाए हुनेछ नि बेइजत
अमेरिका आएँ भन्दै, नफाल इज्जत

बुहारी : नातीलाई खाजा बनाई टिफिनमा भर्दिनु
मेरा कपडा मैला भा'छन् लण्ड्री गर्दिनू

Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com

सासू: अमेरिका बसी खाइछ गाउँमा गफ ला'की छ
यहाँ हेर नोकर्नीको दर्जा पा'की छ

बुहारी : अमेरिका ल्याइ दिएर खान बस्न दिदा नि
झगडा हुन्छ जैले पनि लिन्न लिन्न बिदा नि

सासू: घुमाउन ल्याए झैं कति ठुली भा'कि होस्
बेबी सिटरको पैसा जोगाउन ल्याकी होस्

बुहारी : कुरा लगाउँछ्यौ छोरालाई मैले काममा घोटा झैं
हेर हेर मोटाएकी भाईभैंसी मोटा झैं

सासू: हान्छौ छड्के लाउँछौ बचन मुटु नै फुटाउँछौ
रेस्टुरेन्ट खान जाँदा मलाई छुटाउँछौ

बुहारी : बेइजत गर्छौ खान आउन्न चपस्टिक र काँटाले
चम्चा बाहिर फाली ग्वाम्म ग्वाम्म खान्छेउ हातले

सासू: भो भो धेरै नखोक तैले आफ्नो सही कुरा झैं
थुतुनो नि कस्तो यस्तो लाउनी छुरा झैं

Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com

बुहारी: अरुका त असल सासू बस्छन् घर सजाउँदै
हाम्री जान्छिन् कुरा काट्न डोरबेल बजाउँदै

सासू: खान्न मैले माछा मासु चाहिदैन मलाई घीउ
तेरा कुरा काट्न पा'सी बल्ल लाग्छ जीउ

बुहारी : हेर हेर यो बुढीले आफ्नो इज्जत केलाउनी
कहिले होला यो बुढीलाई नेपाल पठाउनी

सासू: सम्झाउन खोजे पनि यो सम्झिने भईन
म मरे नि तँलाई सुख दिने छैन

बुहारी : नेपालको गाउँमा बस अमेरिका कटाउँछु
महिनाको दुई हजार पैसा पठाउँछु

सासू: नेपालको सम्पत्ती लेख्छु छोरी जमाईको
एउटा धजो चाया'छैन तेरा कमाईको

बुहारी : तिमीले ल्याएको गुन्द्रुक पनि गयो क्यारे ढुडीलाई
ब्यहोर्न म सक्दिन है यस्ती बुढीलाई

Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com

सासू: म बुढीलाई रुवाइस् तैले छि:छी गरिस् मर्मान्त किन
तँ पनि त सासू होलिस आउला तेरा दिन

बुहारी : मलाई मन कहाँ छ र तिम्रो चित्त दु:खाउन
तिमीले पनि जान सासू मन फुकाउन

सासू: बस्नु पर्छ भन्छु म नि जे छ त्यही खाएर
तैले पनि नबोल नत बचन लाएर

बुहारी : सासूले नि हुन्न है त रुखो बचन लगाउन
बुहारीले जान्नु पर्छ घर चलाऊन

रचना, भाखा: बसन्ती त्रिपाठी, रिज्वूड, न्यू योर्क

नोट: लेखिकासंग अनुमति लिएर प्रकासित।

Teej dohori song lyricist Basanti Tripathi dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com

सोसाइटीले मनाएको  २०१२ (हेर्नुहोस्), २०११ (हेर्नुहोस्), २०१० (हेर्नुहोस्) र २००९ (हेर्नुहोस्) तीज कार्यक्रमको समाचार पढ्नुहोस्।

झन्डै १६०० नेपालीहरुको बस्ती रहेको नेपालीहरुको अमेरिकि गाउँ भनेर चर्चित न्यू योर्क महानगरकै अर्को शहर रिज्वूडका नेपालीहरुको साझा संस्था 'रिज्वूड नेपालीज सोसाइटी' ले नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ५ हजार स्क्वायर फिट रहेको जग्गा ४ लाख १९ हजार डलरमा खरिद गरिसकिएको छ। उक्त जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। सोसाइटीको गतिबिध बारे बिशेष रिपोर्टिङ पढ्नुहोस्:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कको रिज्वूडमा तीज पर्व २०१३ मनाइयो, पहिलो सासू-बुहारी जुवारी गीत प्रस्तुत
More photos of Teej celebration in Ridgewood, NY 2013
All Pages
Page 1 of 2

Teej celebration in Ridgewood, New York:

2012: न्यू योर्कको रिज्वूडमा नेपाली नारीले सन् २०१२ को तीज यसरी मनाए

2011: न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

2010: न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

2009: न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो


Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com





Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com





Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com





Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com







Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com




Nepalese women dancing at Teej celebration in Ridgewood, New York on September 6, 2013. Photos: eEyeCam.com

न्यू योर्कको रिज्वूडमा तीज पर्व २०१३ मनाइयो, पहिलो सासू-बुहारी जुवारी गीत प्रस्तुत
More photos of Teej celebration in Ridgewood, NY 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.