Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 31 August 2011 23:32

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ
न्यू योर्क- Exclusive: 1 video; 7 photos:
अमेरिका नेपाली गाउँ भनेर चिनिने झन्डै १२ सय नेपाली बसोबास रहेको न्यू योर्कको रिज्वूड शहरमा रिज्वूड नेपालीज सोसाइटीको आयोजनामा हरेक बर्ष मनाइदै आएको तीज पर्ब यस बर्ष पनि धुमधामसंग मनाइएको छ।

Teej celebrated by Ridgewood Nepalese women in Ridgewood, New York on August 28, 2011. Photos: eEyeCam.com

सोसाइटीले गत शनिबार आयोजना गरेको उक्त तीज महोत्सब कार्यक्रममा रिज्वूडबासी नेपाली दिदि-बहिनीहरु तीजको गीतमा रमे भने मीठो नेपाली खानामा पाहुनाहरु दङ्ग परेको देखिन्थे।



हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त तीज कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Teej celebration in Ridgewood, NY, August 28, 2011



नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

उता तीज महोत्सब शुरु हुनु केही समय अघी न्यू योर्कमा कृयाशिल नेपाली-अमेरिकन पत्रकारहरुलाई नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिन लागेको जग्गा 1647 Hancock Street, Ridgewood मा निम्त्याई उक्त जग्गाकोबारेमा जानकारी गराइयो।

उक्त जग्गामा L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि पुग्न सकिन्छ।

This 5000 SFT vacant land located at  1647 Hancock Street Ridgewood is being purchased by Ridgewood Nepalese Society. Photo: eEyeCam.com

सोसाइटीका अध्यक्ष श्री पराजुलीले उक्त जग्गा ५ हजार स्क्वायर फिट रहेको र जग्गाको मूल्य ४ लाख १९ हजार डलर पर्ने बताउनु भयो। उक्त जग्गा खरिदको प्रकृया अघी बढी सकेको बताउँदै उहाँले ५० हजार डलर बैना स्वरुप जग्गा धनीलाई दिइसकिएको जानकारी गराउनु भयो। आगामी अक्टोबर २५ मा जग्गाको बाँकी रकम चुक्ता गरी खरिद बिक्री सम्झौतालाई अन्तिम रुप दिने सहमति भएको पनि अध्यक्ष पराजुलीले जानकारी गराउनु भयो।

View enlarged map of proposed Nepali Mandir & Nepali Community Hall in Ridgewood, New York


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि गत बर्ष अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्ट)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको छ। (हेर्नुहोस्)

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 





Shree Parajuli, President, Ridgewood Nepalese Society. Photos: eEyeCam.com




Photos: eEyeCam.com

 

Read related news about Ridgewood Nepalese Society:

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-About Ridgewood Nepalese Society

 

Read our Teej related news:

-बोस्टनमा हिमालयन लायन्स क्लबद्वारा तीज कार्यक्रम सम्पन्न, डा. बिद्या रन्जित र न्रित्याङ्गना देबी थापा ओली सम्मानित

-हरिकेन इरेनको कारण अमेरिकामा आयोजित तीज कार्यक्रमहरुलाई असर, बोस्टनको अगस्ट २६ को कार्यक्रम यथावत

-बोस्टनमा अगष्ट २६ मा तीज महोत्सव तथा हिमालयन नारी सम्मान हुने

-अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससमा अगस्त २७ मा हुने 'तीज महोत्सव' को भब्य तयारी, १३ संस्था, १३ मिडिया पार्ट्नर सहभागि

-न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित

-बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

-न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

-न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै

-न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.