न्यू योर्कको बहुचर्चित तीज उत्सबमा दिदिबहिनीहरुद्वारा कम्मर मर्काउँदै दर खाँदै नेपालको बाढी पहिरो पिडितको लागि ३ हजार डलर संकलन Print
Share
User Rating: / 0
PoorBest 
Thursday, 24 August 2017 19:08

Special: 1 video; 60 photos: न्यू योर्क- विगत १० वर्षदेखि न्यू योर्क न्यू जर्सी नेपाली महिला समूहद्वारा न्यू योर्क शहरमा मनाईदै आएको नेपाली महिलाहरुको बहुचर्चित तीज पर्व यो वर्ष अगस्ट २३ तारिख बेलुकी न्यू योर्कको ज्याक्सन हाईट्सस्थित सत्य नारायण मन्दिरमा मनाईएको छ । तीजका लोकप्रिय गीतहरुमा कम्मर मर्काउँदै र दर खाँदै भेला भएका सयौं दिदिबहिनीहरुले नेपालको बाढी पहिरो पिडितको लागि ३ हजार डलर संकलन गर्न सफल भएका छन् । आयोजना खर्च कटाएर बचेको पन्ध्र सय डलरमा 'अधिकार' संस्थाले म्याचिङ फण्ड प्रदान गरेपछि ३ हजार डलर नेपाल पठाउन सफल भएको हो ।

NY/NJ Nepali Women Group celebrated Teej festival in New York on August 23, 2017. Photos: Pradeep Pariyar Thapa


विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली दिदिबहिनीहरु खुब नाँचे । चर्चित नृत्याङ्गना श्रुती रिभरको सुन्दर नृत्यलाई चुनौती दिन थुप्रै दिदिबहिनीहरु कम्मर मर्काउन कस्सिएका थिए भने संचारकर्मी योगेस आदिले शलिना श्रेश्ठ र कन्चन बस्नेत केसीसंग नाँचेको बेजोड युगल नृत्यमा जिब्रो टोक्नेहरु मनग्गे थिए । समूहकि संस्थापक सदस्य नर्वदा छेत्रीले प्रायोजक, सहयोगी र उपस्थित दिदिबहिनीहरुलाई मनकारी आभार व्यक्त गरिन् ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

NY/NJ Nepali Women Group celebrated Teej festival in New York on August 23, 2017. Photos: Pradeep Pariyar Thapa

NY/NJ Nepali Women Group celebrated Teej festival in New York on August 23, 2017. Photos: Pradeep Pariyar Thapa

NY/NJ Nepali Women Group celebrated Teej festival in New York on August 23, 2017. Photos: Pradeep Pariyar Thapa

NY/NJ Nepali Women Group celebrated Teej festival in New York on August 23, 2017. Photos: Pradeep Pariyar Thapa


Comments

Please login to post comments or replies.