Inside

All Time Top 50 News

न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१४ सम्पन्न, ३ ब्यक्तित्व सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 05 January 2014 11:17
Article Index
न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१४ सम्पन्न, ३ ब्यक्तित्व सम्मानित
More photos of New York Tamu Lhochhar 2014
All Pages

गायकद्वय प्रकाश गुरुङ, ज्योति गुरुङ, फोटोपत्रकार आङकामी शेर्पा सम्मानित
Special: 38 photos:
न्यू योर्क- दि गुरुङ (तमू) सोसाइटी अफ अमेरिका इङ्क युएसए, न्यू योर्कको आयोजनामा गुरुङ जातिको महान पर्ब ल्होछार-२०१४ भब्यतापूर्वक सम्पन्न भएको छ। उक्त अबसरमा गायकद्वय प्रकाश गुरुङ, ज्योति गुरुङ, फोटोपत्रकार आङकामी शेर्पालाई बिशेष सम्मान गरिएको छ।


Honoring the Talents (L to R): singers Jyoti Gurung, Prakash Gurung, Chief Guest and H.E. ambassador Durga P. Bhattarai and Ang Kami Sherpa after receiving Society's Commendation letter from the Chief Guest at Tamu Lhochhar 2014 in New York on January 4, 2014. Photos: eEyeCam.com

जनवरी ४ तारिख शनिबार फाइब स्टार रेस्टुरेन्ट हल, अस्टोरियामा सम्पन्न उक्त उक्त ल्होछार पर्ब साँस्कृतिक कार्यक्रमको उद्घाटन सोसाइटीका जेष्ठ सदस्य ७३ बर्शिय रिखीप्रशाद गुरुङले महामानब गौतम बुद्धको प्रतिमूर्तीमा आराधाना र दीप प्रज्वलन गरी गरे भने नेपालको राष्ट्र गानबाट कार्यक्रमको शुरुवात गरिएको थियो ।


Tamu Society's senior citizen Rikhiprasad Gurung, 73, inaugurating the Gurung (Tamu) Lhochhar 2014 in New York on January 4, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

प्रमुख अतिथी संयुक्त राष्ट्रसंघकालागि नेपालका स्थायी प्रतिनिधी महामहिम राजदूत दुर्गाप्रशाद भट्टराईले सम्मानित ब्यक्तित्वहरुलाई परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरे।

यस अघी ल्होछार साँझ २०१३ मा डा. तोबी भोक्मान, न्रित्य निर्देशक धरमवीर लामा र गायक राजेश थापा मगरलाई बिशेष सम्मान गरिएको थियो भने ल्होछार साँझ २०१३ का संयोजक तथा युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम न्यू योर्कका पूर्व अध्यक्ष टेक गुरुङलाई "प्रेसिडेनसियल अवार्ड २०१३" द्वारा सम्मान गरिएको थियो। (पढ्नुहोस्); त्यसैगरी, ल्होसार साँझ २०११ मा ल्होसार साँझ २०१० का संयोजक सुजन गुरुङलाई 'प्रेसिडेन्ट अवार्ड' द्वारा सम्मान गरिएको थियो। (पढ्नुहोस्)


The Gurung (Tamu) Society of America Inc., USA, New York president Mekh Gurung speaking at the Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com

सोसाइटीका अध्यक्ष मेख गुरुङ को सभापतित्वमा आयोजित उक्त साँझमा स्वागत ल्होछार संयोजक एबं सोसाइटीका प्रथम उपाध्यक्ष अर्जुन घलेले गरेका थिए भने तमु ल्होछारबारे सल्लाहकार हर्क जङ गुरुङले प्रकाश पारेका थिए।

सोसाइटीका नयाँ आजीवन सदस्यहरुलाई परम्परागत खादा र प्रमाण पत्रद्वारा स्वागत गरिएको थियो।

The society's new life members at Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com

उद्घाटन सत्रको सन्चालन सोसाइटीका दोश्रो उपाध्यक्ष टिकाराम गुरुङले गरेका थिए।

ल्होछार साँस्कृतिक साँझ २०१४

नयाँ बर्ष सन् २०१४ को आगमनसंगै ट्ल्हो ल्होछार साँस्कृतिक साँझ २०१४ कार्यक्रमको शुरुवात सामूहिक गुरुङ स्वागत गीतबाट गरिएको थियो। उक्त स्वागत गीतमा गायकहरु प्रकाश तमु, ज्योति तमु, शिक्षा तमु र राजेश थापा मगरको गायनमा जय तमु, गौतम तमु, राज कपूर र बिष्णु पुन मगरले संगित प्रस्तुत गरेका थिए।

Singers Rajesh Thapa Magar, Prakash Gurung, Jyoti Gurung and Shikshya Tamu performing welcome song at Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com

उक्त ल्होछार साँझमा गुरुङ जातिको रोधी लोकगीत प्रस्तुत गरिएको थियो। कलाकारहमा तुल्सी गुरुङ, जीत गुरुङ, चन्द्रकाशी गुरुङ, इन्दिरा गुरुङ र हमकुमारी गुरुङले रोधी लोकगीत संगित प्रस्तुत गरेका थिए।

The artists performing Gurung Rodhi song at Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com

अन्य गायक गायिकाहरु जीत गुरुङ, यशोदा खालिङ राई र अन्जना गुरुङ थिए।

Artists Amir Gurung and Sunita Gurung performing Nepali dance at Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com

लोक न्रित्य प्रस्तुत कलाकारहरु सुप्रिम तमु, छिरिङ्ग लामा, जिमी तमु, कुन्साङ् तमु, सोनाम डेचेन, प्रशान तमु, ओम तमु, सोनु तमु, पासाङ् लामा, शशी गुरुङ, शिक्षा गुरुङ, आङ निमी लामा, साङ्गे डोल्मा, रमेश तमु, देबिजङ्ग तमु, चन्डु तमु, अमिर गुरुङ, सुनिता गुरुङ, शशी गुरुङ, छोतेन शेर्पा, करुणा लामा, पासाङ् पाख्रिन, आईतिमाया गुरुङ, चन्दा गुरुङ, रुकु राना मगर र चिनु घले थिए।

The Society members and the artists at Tamu Lhochhar 2014 in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com)

बसन्त डान्स सेन्टरका न्रित्य निर्देशक बिजयमान नकर्मी  र झन्कार डान्स सेन्टरका न्रित्य निर्देशक धरमबीर लामाको कोरियोग्राफि रहेको थियो।

ल्होछार साँस्कृतिक साँझको सन्चालन प्रेम गुरुङ र श्रुती गुरुङले गरेका थिए।

उक्त कार्यक्रमको युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१४ सम्पन्न, ३ ब्यक्तित्व सम्मानित
More photos of New York Tamu Lhochhar 2014
All Pages
Page 1 of 2

Read update at: http://usnepalonline.com/gurung/

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१३ भब्यतापूर्वक सम्पन्न, ४ ब्यक्तित्व सम्मानित
-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१२ यसरी मनाईयो

-न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न

-न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो

The artists performing Gurung folk dance. Photos: Ang Kami Sherpa (PhotoHera.com)

Tamu Lhochhar 2014 Coordinator Arjun Ghale speaking at the Lhochhar program in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com)

The Society's adviser Harka Jung Gurung. Photos: eEyeCam.com


The Society's 2nd VP Tika Gurung.



Singer Jyoti Gurung receiving commendation letter from Chief Guest and H.E. ambassador Durga P. Bhattarai at Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com



Singer Prakash Gurung receiving commendation letter from Chief Guest and H.E. ambassador Durga P. Bhattarai at Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com


Photojournalist Ang Kami Sherpa receiving commendation letter from Chief Guest and H.E. ambassador Durga P. Bhattarai at Tamu Lhochhar 2014 in New York. Photos: eEyeCam.com


Emcees Prem Gurung and Shruti Gurung. Photos: eEyeCam.com


Gurung women at Tamu Lhochhar 2014 in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com)

न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१४ सम्पन्न, ३ ब्यक्तित्व सम्मानित
More photos of New York Tamu Lhochhar 2014
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.