Inside

All Time Top 50 News

तमु (गुरुङ) ल्होछारको आँशिमाला ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bishnu Gurung 'Ekata'   
Thursday, 26 December 2013 22:02

तमु ल्होछार के हो र किन मनाईन्छ?
Special: 2 photos:
क्यालिफोर्निया- सगरमाथा, गौतम बुद्ध, अनुपम कला र सुन्दर बहु संस्कृतिहरु नेपाल र नेपालीलाई विश्वसामू चिनाउने बिशिष्ठ साथै स्थापित माध्यमहरु हुन्। नेपालको विभिन्न राष्ट्रिय चाड पर्वहरु दशैं, तिहार, छट, सकेला, ल्होसार जस्तै तमू (गुरुङ) हरुको महान पर्व 'ल्होछार' परम्परागतरुपमा मनाउँदै आईरहेको तमु संस्कृतिमा आधारित पर्व हो। तमु ल्होछार बिशेष गरी नेपाली पात्रोअनुसार पुष १५ का दिन मनाउने चलन छ।

Tamu (Gurung) 12 Lhos are named after 12 animals such as Garuda, Serpent, Horse, Sheep, Monkey, Bird, Dog, Deer, Mouse, Cow, Tiger, and Cat. Photo courtesy: bishnugurung.blogspot.com

तमु ल्होछार के हो र किन मनाईन्छ?

तमू भाषामा ल्हो (बर्ग) र छार (नयाँ) भन्ने जनाउँदछ। पुरानो बर्गलाई बिदाई गर्दै नयाँ ल्हो (बर्ग) को आगमनको उपलक्ष्यमा नयाँ बर्षकोरुपमा यो चाड मनाईन्छ। तमूहरुको यस महान चाड ल्होछारको उपलक्ष्यमा तमूहरुले एक अर्काप्रति "आँशिमाला" (शुभकामना) आदानप्रदान गर्ने चलन छ।

तमुहरुमा कुन सालमा जन्मेकोभन्दा पनि कुन ल्हो हो भन्ने कुरामा उमेरको गन्ति गर्दछ साथै बिबाह, शुभ कामहरुको थालनी गर्दा पनि प्रायजसो ल्हो नै हेराएर गरिन्छ।

ग्रह, राशि, तिथि, नक्षेत्र आदिमा ज्योतिषशाश्त्र आधारित भए जस्तै सांकेतिकरुपमा बाह्र थरिका विभिन्न पशुपन्छीको नाउँबाट नामकरण गरिएको तमू बर्गचक्र (ल्होकोर) मा तमू क्यालेन्डर आधारित छ। १२ बर्षमा एक बर्गचक्र पुरा हुन्छ। १२ ल्होहरु गरुड-गिद्ध (मुप्रील्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) बर्ग छन्।

तमू क्यालेन्डरअनुसार प्रत्येक बर्ष पौष १५ मा वर्ग परिबर्तन हुन्छ। तमूहरु समूदायमा बस्ने र प्राकृतिक स्वाभावको भएकोले ल्होछार पनि सामुहिकरुपमा मिलेर मनाउँछन्। बिशेष गरि पौष १४, १५ र १६ तिन दिनसम्म समाजघर अथवा कुनै फराकिलो ठाउँमा सामुहिकरुपमा खाना खाने, तमू मौलिक सांस्कृतिक नाँचगान, खेलकूद गर्ने, समाजका मान्यजनहरुबाट आशिर्बाद लिने, समाजका युवाबर्गलाई हौसला बढाउँने साथै समाज र राष्ट्रप्रति योगदान पुर्याउँने व्यक्तिहरुलाई राम्रो कामको प्रसंसा गर्दै सम्मान गरिन्छ। नेपालमा यसरि धुनधामकासाथ ल्होछार मनाउने चलन छ भने विदेशतिर समय अनुकुल पारेर एक दिन विभिन्न सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउने गरिन्छ।

Author Bishnu Gurung 'Ekata'. Photo courtesy: author's facebook profile

ल्होछार तमूहरुले राष्ट्रव्यापी सर्बमान्यरुपमा मनाउने तमू  सांस्कृतिक र मौलिक पर्व हो। ल्होछारलाई नेपाल सरकारले २०६४ सालमा राष्ट्रिय पर्वकोरुपामा घोषणा गरिसकेको छ।

ल्होछारलगायत बिबिध संस्कृतिहरुको मिश्रणबाट नै नेपाली संस्कृति बनेको छ र संस्कृतिको धनि राष्ट्र नेपाल भनेर विश्वले चिन्ने गर्दछ। त्यसैले हाम्रा कुनै पनि जातिमा आधारित संस्कृति हाम्रो राष्ट्रिय सम्पदा हो। हामी सबैले सबै संस्कृति, सांस्कृतिक पर्वहरु प्रति बराबर सम्मान, ईज्जत साथै प्राथमिकता दिएर हाम्रो संस्कृतिहरुको जगेर्ना गरौं, हाम्रा गहन संस्कृतिहरु प्रति हामी गर्व गरौं। अन्तमा, तल्हो ल्होछारको पवन अवशरमा सम्पूर्ण तमू (गुरुङ) परिवारलगायात नेपालीहरुमा सद्भाव, माया र सुश्वाश्य रहोस आँशिमाला (शुभकामना) छ।

-बिष्णु गुरुङ "एकता"
क्यालिफोर्निया, अमेरिका

-Bishnu Gurung 'Ekata' in California

Read related news:

http://usnepalonline.com/gurung/

-न्यू योर्कमा गुरुङ (तमू) सोसाइटी अफ अमेरिकाले वनभोज र अधिबेसन सम्पन्न

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१३ भब्यतापूर्वक सम्पन्न, ४ ब्यक्तित्व सम्मानित
(डा. तोबी भोक्मान, टेक गुरुङ, धरमवीर लामा र राजेश थापा मगर सम्मानित)

-बोस्टनमा ११ औं वार्षिक तमु (गुरुङ) ल्होछार-२०१३ सम्पन्न

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१२ यसरी मनाईयो

-बोस्टनमा दशौं वार्षिक गुरुङ (तमु) ल्होछार सम्पन्न

-न्यू योर्कमा गुरुङहरुको पितृ पूजा (खेमा) सम्पन्न

-New Leadership of Gurung (Tamu) Society of USA

-न्यू योर्कमा नेपालका प्रधान सेनापति छ्त्रमान सिंह गुरुङको भब्य स्वागत

-न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा

-न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.