Inside

All Time Top 50 News

न्यू योर्कमा तामाङ युवाहरुद्वारा संरासंको १२ औं विश्व युवा सम्मेलनमा सहभागी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 07 August 2013 15:09

Special: 7 photos: न्यू योर्क- तामाङ सोसाइटी अमेरिकाको युवा बिभागका तामाङ युवाहरुले संरासं मुख्यालय न्यू योर्कमा अगस्ट ७ देखि ९ बिच हुने १२ औं विश्व युवा सम्मेलनमा भाग लिएकाछन्।


Tamang Youth participating 12th Annual UN Youth Assembly at the UN Headquarters, New York on August 7, 2013. Photo courtesy: Barsha Moktan's fb profile

उक्त सम्मेलनमा भाग लिनु अघि अगस्ट ६ तारिख सोसाइटीको कार्यालय ज्याक्सन हाइट्स न्यू योर्कमा डाकिएको पत्रकार सम्मेलनमा उक्त सम्मेलनमा भाग लिने तामाङ युवाहरुको टोलीका अगुवा लुइसाङ् वाइबाले तामाङ युवाहरुले अमेरिकामा रहेका नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने जानकारी गराए।

सोसाइटीको बाह्य बिभाग संयोजक वाइबाले आफूहरुले पहिलो पटक भाग लिन लागेकोले विश्वका युवा अगुवा प्रतिनिधीहरुबाट आफूहरुले नयाँ कुरा सिक्ने र आफ्ना कुराहरु बाँड्ने जानकारी दिए।

उक्त पत्रकार सम्मेलनलाई सोसाइटीका पूर्व अध्यक्ष ईन्द्रबहादुर तामाङ, 'युएस नेपाल स्पोर्टस एन्ड डेभ्लप्मेन्ट एन्ड कल्चर इङ्क' का महासचिब छेमाङ दोर्जे लामा, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका केशबराम राई, सोसाइटीका युवा बिभाग प्रमुख अमर तामाङ र युवा प्रतिनिधी मन्डलकि सदस्य बर्षा मोक्तानले सम्बोधन गरेका थिए।


Tamang Society of America's Tamang youths at the press meet in New York on August 6, 2013. Photo: eEyecam.com

उक्त विश्व युवा सम्मेलनमा १६ जना तामाङ युवाहरुले भाग लिएकाछन्: बर्षा मोक्तान, बन्दना मोक्तान, गङ्गा, ईन्द्रजित गुरुङ, इन्दिरा लामा, करुणा लामा, लक्ष्मी पाख्रिन, प्रेरणा वाइबा, प्रसान्त, सिद्धार्थ, शिला लामा, शुसिल पाख्रिन, शिसिर थोकर, समीर थोकर र टाशी श्याङ्बो छन्।

बर्षा मोक्तान पूर्व मिस नेपाल युएस प्रतिस्पर्धी र फि थेता कप्पा अनर सोसाइटी (Phi Theta Kappa Honor Society) सदस्य डेन्टल विद्यार्थी हुन् भने शुसिल पाख्रिन पनि डेन्टल पढ्दैछन्।

इन्दिरा लामा सन् २००८ मा नेपालमा हस्पिटालिटी बिषयमा ब्याचलर्स डिग्री टपर गोल्ड मेडलिस्ट र अमेरिकामा हस्पिटलिटीमा ग्रेयाजुएट् हुन्। प्रेरणा वाइबा त्रिभुवन विश्वबिद्यालयबाट एमए गरेकी कोर्नेल नेपाल स्टडी फेलो हुन्। उता सिद्दार्थ तामाङ ब्रान्डाइज विश्वबिश्यालयमा बायोकेमिस्ट्री बिषयका फुलब्राइट स्कलर विद्यार्थी हुन्। करुणा लामा नेसनल अनर सोसाइटी विद्यार्थी हुन्।

ईन्द्रजित गुरुङ-तामाङ सिटी युनिभर्सिटी अफ न्यू योर्कका कम्प्युटर साइन्स बिषयका विद्यार्थी हुन् भने शिला लामा र लक्ष्मी पाख्रिन नर्सिङ विद्यार्थी हुन्।

शिसिर थोकर करातेमा ब्ल्याक बेल्ट र न्यू योर्क राज्य स्तरीय प्रतियोगितामा दुई वटा गोल्ड मेडलिस्ट हुन् भने समीर थोकर युएस ओपन च्याम्पियन्शिपमा तेश्रो पदक बिजेता ब्लेयाक बेल्ट कराते खेलाडी हुन्। प्रशान्त तामाङ तेक्वान्डो खेलाडी हुन् ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/tamang/

-न्यू योर्कमा २८४९ औं डु ल्हो तामाङ सोनाम ल्होछार (२०१३) सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिकाद्वारा स्यान्डी हुरिकेन पिडितकालागि सहयोग हस्तान्तरण

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यालय उद्घाटन

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा २८४८ औं सोनाम ल्होछार (डुकन्हो) (2012) सम्पन्न



Tamang Youth participating 12th Annual UN Youth Assembly at the UN Headquarters, New York on August 7, 2013. Photo courtesy: Barsha Moktan's fb profile


Tamang Society of America's former president Indra B tamang speaking at the press meet in New York on August 6, 2013. Photo: eEyecam.com



Tamang Society of America's Youth Department Coordinator Amar Tamang speaking at the press meet in New York on August 6, 2013. Photo: eEyecam.com



Tamang Society of America's External Department Chief and Team Leader speaking at the press meet in New York on August 6, 2013. Photo: eEyecam.com



Barsha Moktan speaking at the press meet in New York on August 6, 2013. Photo: eEyecam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.