Inside

All Time Top 50 News

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा 'फण्ड एन्ड फन साँझ', भवन निर्माण गर्न ट्रस्टको निर्माण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 13 October 2013 20:17
Article Index
न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा 'फण्ड एन्ड फन साँझ', भवन निर्माण गर्न ट्रस्टको निर्माण
More photos of TSA Fund n Fun Nite 2013
All Pages

'इन्करेज योर किड्स २०१३' का बिजेता बालबालिकाहरु सम्मानित
Special: 24 photos:
न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिकाद्वारा 'फण्ड एन्ड फन साँझ' सम्पन्न भएको छ। उक्त अबसरमा हालसालै सोसाइटीद्वारा स्थापित "तामाङ साँस्कृतिक केन्द्र निर्माण ट्रस्ट" का संयोजक एबं सोसाइटीका पूर्व अध्यक्ष ईन्द्रबहादुर तामाङलाई 'सिड मोनी' (seed money) स्वरुप ११ हजार अमेरिकि डलरको चेक हस्तान्तरण गरियो।

 

Tamang Society of America (TSA) acting president Furba Tamang handing over $11,000 check to Tamang Cultural Center Construction Committee Trust coordinator & TSA ex-president Indra B. Tamang in New York on October 12, 2013. Photos: eEyecam.com

"तामाङ साँस्कृतिक केन्द्र" को निर्माण गरिने

सेप्टेम्बर १२ तारिख शनिबार आयोजित उक्त कार्यक्रममा सोसाइटीले ५ बर्ष भित्र न्यू योर्क शहरमा निर्माण गर्ने लक्ष राखेको उक्त "तामाङ साँस्कृतिक केन्द्र" कोलागि ५ बर्ष भित्र ५ हजार डलर आर्थिक अनुदान दिने प्रतिबद्धता जाहेर गरिएको १ लाख २० हजार डलर रकम मध्येबाट उठेको अनुदान रकम ११ हजार डलर ट्रस्टका संयोजक तामाङलाई ट्रस्टको छुट्टै बैंक खातामा दाखेला गर्न उक्त रकम प्रदान गरिएको सोसाइटीका कार्यबाहक अध्यक्ष फूर्बा तामाङले जानकारी गराए।

Tamang Cultural Center Construction Committee Trust coordinator & TSA ex-president Indra B. Tamang speaking at the TSA Fund and Fun Nite in New York on October 12, 2013. Photos: eEyecam.com

सो अबसरमा ट्रस्टका संयोजक एबं सोसाइटीका पूर्व अध्यक्ष ईन्द्रबहादुर तामाङले सम्बोधन गर्दै आफूले उक्त जिम्मेवेरीलाई सहर्स स्विकार गर्दै निर्माण गर्ने कार्यमा सहयोग गर्न सबै तामाङ बन्धुहरुलाई अपील गरे।

सोसाइटीका अर्का पूर्व अध्यक्ष राम तामाङले ट्रस्टले गर्ने भावी योजनाहरुकोबारे संयोजक तामाङले पेश गरेको प्रतिबेदन पढेर सुनाएका थिए।

सोसाइटीको कार्य समितीले संयोजक तामाङले पेश गरेको ट्रस्टको प्रस्तावित प्रतिबेदन बैठकमा छलफल गरी अनुमोदन गरेपछि ट्रस्टमा ५ हजार डलर तिर्ने र तिर्न प्रतिबद्धता जनाउने ट्रस्टीहरु मध्येबाट बोर्ड अफ ट्रस्टी समितीको निर्माण गरिने जनाइएको छ।

'इन्करेज योर किड्स २०१३' का बिजेता बालबालिकाहरु सम्मानित

उक्त साँझमा सोसाइटीले वार्षिकरुपमा आयोजना गर्दै आएको 'इन्करेज योर किड्स' (Encourage Your Kids) प्रतियोगिताका यो बर्षका बिजेता बालबालिकाहरुलाई ट्रफी र कदर पत्रद्वारा सम्मान गरिएको छ।

Tamang Society of America (TSA) acting president Furba Tamang honoring with trophy Encourage Your Kids 2013 winner Nevin Lama in New York on October 12, 2013. Photos: eEyecam.com

यो बर्ष सम्मानित बिजेता बालबालिकाहरुमा न्रित्यतर्फ प्रथम सृस्‍टि तामाङ, दोश्रो स्वर्णिम श्रेष्ठ, तेश्रो रिज्चेन योन्जन र छिरिङ्ग ल्हामु भएका थिए। म्यूजिकतर्फ बिजेता नेबिन लामा, गायनतर्फ बिजेता रिया तामाङ, चेसतर्फ प्रथम आशिस मोक्तान, दोश्रो नेबिन लामा, तेश्रो अनिश मोक्तान भएका थिए।

Encourage Your Kids 2013 winners at TSA Fund and Fun Nite in New York on October 12, 2013. Photos: eEyecam.com

त्यसैगरी, स्पेलिङ बि उमेर ६-८ तर्फ प्रथम नेबिन लामा, उमेर १२-१४ तर्फ प्रथम दावा शेर्पा, चित्र (ड्रईङ) तर्फ अपर एज ग्रुपतर्फ प्रथम मारिना तामाङ, दोश्रो टेर्चेन जि लामा, तेश्रो अस्मिता लामा, मिडल एज ग्रुपतर्फ प्रथम सेरिना थोकर, रिया तामाङ, तेश्रो नेबिन लामा, टिनेज ग्रुपतर्फ प्रथम अमिश लामा, दोश्रो अलिस्का लामा र तेश्रो भिक्टोरिया फाख्रिन भएका थिए।

Tamang women who completed CPR Training by American Red Cross at the TSA Fund and Fun Nite in New York on October 12, 2013. Photos: eEyecam.com

उक्त साँझमा अमेरिकन रेडक्रस सोसाइटीद्वारा प्रदान गरिएको सिपीआर तालिम पुरा गरेका महिलाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। उक्त साँझको सन्चालन सोसाइटीका सचिब अमरसिंह लामाले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा 'फण्ड एन्ड फन साँझ', भवन निर्माण गर्न ट्रस्टको निर्माण
More photos of TSA Fund n Fun Nite 2013
All Pages
Page 1 of 2

Read our related news about TSA activities:

-http://www.usnepalonline.com/tamang/

-न्यू योर्कमा तामाङ युवाहरुद्वारा संरासंको १२ औं विश्व युवा सम्मेलनमा सहभागी

-न्यू योर्कमा २८४९ औं डु ल्हो तामाङ सोनाम ल्होछार (२०१३) सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिकाद्वारा स्यान्डी हुरिकेन पिडितकालागि सहयोग हस्तान्तरण

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यालय उद्घाटन

TSA president Furba Tamang. Photos: eEyecam.com

 


TSA Secretary Amar Singh Tamang.

Photos: eEyecam.com

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा 'फण्ड एन्ड फन साँझ', भवन निर्माण गर्न ट्रस्टको निर्माण
More photos of TSA Fund n Fun Nite 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.