Inside

All Time Top 50 News

न्यू योर्कमा सुम्निमा साँझ-७ सम्पन्न, सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राई सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 21 December 2015 14:11

सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राई सम्मानित
Special: 25 photos, 1 video:
न्यू योर्क- किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-७ भब्यताकासाथ सम्पन्न गरिएको छ। उक्त साँझमा सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राईलाई सम्मान गरिएकोछ।

Kirat Rai Society of America (KRSA) hosted Sumnima-7 cultural night in New York on December 20, 2015. Photos by Pradeep Thapa Magar

आईतबार डिसेम्बर २० तारिख न्यू योर्कको कुइन्स उडसाइडस्थित कुईन्स प्यालेसमा आयोजना गरिएको उक्त साँझमा सम्मानित कलाकारहरुलाई प्रमुख अतिथी नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पुन: दोश्रो पटक निर्बाचित अध्यक्ष लुइसाङ् वाइबा तामाङले बिशेष कदर पदक र परम्परागत खादाद्वारा सम्मान गरेका थिए।

FIPNA President Luisang Waiba Tamang inaugurating Sumnima Saanjh-7 in New York on December 20, 2015. Photos by Pradeep Thapa Magar

सुम्निमा साँझ-७ को उद्घाटन प्रमुख अतिथी फिप्ना अध्यक्ष लुइसाङ् वाइबाले पानसमा दीप प्रज्जवलन गरी गरेका थिए।

Journalist and film maker Jas Kumar Rai receiving an honor from the Chief Guest Waiba at Sumnima-7 cultural night in New York on December 20, 2015. Photos by Pradeep Thapa Magar

Prominent Nepalese singer Ram Krishna Dhakal receiving an honor from the Chief Guest Waiba at Sumnima-7 cultural night in New York on December 20, 2015. Photos by Pradeep Thapa Magar

यस अघि सोसाइटीले सन् २०१४ मा कलाकरहरु गायक राजेन्द्र राई, गायक सुमन बुढा मगर, गायक तिलक श्रेष्ठ, गायिका पबिता परियार, गितकार पद्मा लिंखा मगर र प्रतिभाशाली बालिका खेलाडी फर्चुन राईलाई (हेर्नुहोस् सुम्निमा साँझ-६), सन् २०१३ मा न्यू योर्कमा ४ सयभन्दा बेशी स्टेजमा न्रित्य गरिसकेकी न्रित्याङ्गना बसन्तीदेवि राई, न्यू योर्ककि गायिका एबं न्रित्याङ्गना यशोदा खालिङ राई र नेपालका चर्चित गायक एबं नायक यश कुमार (हेर्नुहोस् सुम्निमा साँझ-५), सन् २०१२ मा युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, सितोरियो कराते खेलाडीहरु समरबहादुर गोले, टाशी टि शेर्पा, पर्खि राई, अरुण राई, दिपक राई र बाल गायिका एन्जिला राई (हेर्नुहोस् सुम्निमा साँझ-४) र सन् २०१० मा गायिका सपना श्री र विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक बिजय पौडेललाई(हेर्नुहोस् सुम्निमा साँझ-२) सम्मान गरिसकेको छ।

सोसाइटीका न्यू योर्क च्यापटर अध्यक्ष खगेन्द्र राईको सभापतित्वमा सम्पन्न उक्त साँझमा स्वागत मन्तब्य केन्द्रिय बोर्ड अध्यक्ष मणी बाङ्देलले गरेका थिए भने धन्यवाद ज्ञापन उक्त साँझकि संयोजक प्रताप राईले गरेका थिए।

उक्त साँझमा प्रमुख अतिथी वाइबाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

उद्घाटन सत्रको सन्चालन बिजेन्द्र राईले गरेका थिए।

सुम्निमा साँझ-७

नेपाली राष्ट्र गानबाट शुरुवात गरिएको थियो उक्त साँझ पुर्बी नेपालमा बसोबास गर्ने आदिबासी जनजाति किराती राई जातिको लोकप्रिय चन्डी साकेला नाँच प्रस्तुत गरिएको थियो ।

Prominent Nepalese singer Ram Krishna Dhakal and Basanti Rai performing Sumnima-7 cultural night in New York on December 20, 2015. Photos by Pradeep Thapa Magar

उक्त साँझमा गायक रामकृष्ण ढकाल, संगिता थापा मगर, राजेन्द्र राई, बिमल डाँगी, पूर्ण राई, एन्जिला राई, बसन्ती राई, तिलक श्रेष्ठ, र मार्कस राईले आ-आफ्नो सुमधुर गीत प्रस्तुत गरेका थिए भने नायिका मीरा गुरुङ, यशोदा खालिङ राई, पासाङ शेर्पालगायत ले नृत्य प्रस्तुत गरेका थिए ।

उक्त साँझको सन्चालन जसकुमार राईले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Actress Meera Gurung performing Sumnima-7 cultural night in New York on December 20, 2015. Photos by Pradeep Thapa Magar

सुम्निमा साँझ-७ को न्यू योर्कमा भव्य मन्चनSumnima Saanjh-7 hosted in New York by Kirat Rai Society of America (KRSA)....

Posted by USNepalOnline.com on Sunday, December 20, 2015

सोई ढोले सोई अर्को ढोले खोई ? न्यू योर्कमा किराती राईहरुको रमझम hosted by Kirat Rai Society of America (KRSA)

Posted by USNepalOnline.com on Sunday, December 20, 2015

Related news of KRSA and UKROA:

-http://usnepalonline.com/rai/

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिकाद्वारा सुम्निमा साँझ-६ सम्पन्न, ६ ब्यक्तित्वहरु सम्मानित (2014)

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-५ सम्पन्न, ३ कलाकारहरु सम्मानित (2013)

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ सम्पन्न, ७ ब्यक्तित्वहरु सम्मानित (2012)

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न (2011)

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न (2010)

-न्यू योर्क शहरमा सुम्निमा साँझ-१ सम्पन्न: किराती राइहरुको महान पर्ब साकेलाको रमझम (2009)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.