Inside

All Time Top 50 News

न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 06 August 2010 12:38

प्रबचनबाटै नेपाली समाजकोलागि ८ अर्ब रुपैयाँ उठाउन सफल पंडित पोख्रेलले न्यू योर्कमा नेपाली घर र दुर्गा मन्दिर निर्माण गर्न प्रबचन गर्ने
Exclusive:
न्यू योर्क- प्राचिन हिन्दू धार्मिक ग्रन्थ बेद, पुराण, रामायाण र महाभारतका कथालाई बर्तमान परिबेशमा अत्यन्त रोचक तरिकाद्वारा प्रस्तुत गर्न माहिर नेपालका बहुचर्चित पंडित दीनबन्धु पोख्रेलले आगामी अगस्ट ९ देखी १५ सम्म न्यू योर्क शहरको कुइन्स, उडसाइडस्थित सगरमाथा रेस्टुरेन्टको सगरमाथा हलमा सप्ताहब्यापी श्रीमद् भागवत कथा बाचन गर्न आइतबार न्यू योर्क आइ पुग्ने आयोजक संस्था रिजवुड नेपालीज सोसाइटीले जनाएको छ।


Pandit Dinbandhu Pokhrel. Photo courtesy: Dinbandhu Pokhrel's facebook profile photo.

सोसाइटिका अध्यक्ष श्री पराजुलिकाअनुसार पंडित पोख्रेल धार्मिक भिशा (R) अन्तर्गत न्यू योर्क आउन लागेका हुन्। यसको मतलब उनले धार्मिक कृयाकलाप गर्न छुट पाउँनेछन्।

किन सप्ताहब्यापी प्रबचन?

न्यू योर्क शहरको ब्यस्त जीवन जिउन वाध्य नेपाली समुदायमा एक हप्तासम्म लगातार धार्मिक सप्ताह लगाउनु आँफैमा एक चुनौती हो। तर यस्तो दुरुह कार्य गर्नुको पछाडि यिनै ब्यस्त अमेरिकि नेपालीहरुको संस्क्रितीको जगेर्णा र हीतको सम्बर्धन गर्न श्रिमद् भागअवत महापुराण सप्ताह आयोजना गर्न लागिएको कुरा सोसाइटीका अध्यक्ष पराजुलिले युएस नेपाल अनलाइनसंगको वार्तामा बताउनु भयो।

सोसाइटीले पंडित पोख्रेलको सप्ताहब्यापी कथा बाचनबाट भक्तालुहरु र सह्रिदयी नेपाली र अमेरिकिहरुबाट दक्षिणा स्वरुप नेपाली सामाजिक भवन र दुर्गा मन्दिर निर्माण गर्न लाग्ने झन्डै १६ लाख अमेरिकि डलर संकलन गर्ने योजनामा ठुलो हिस्सा उठ्ने अपेक्षा राखेको छ।

View enlarged map of proposed Nepali Mandir & Nepali Community Hall in Ridgewood, New York


गत अप्रिलमा सम्पन्न सोसाइटीको साधारण सभामा अध्यक्ष पराजुलीले प्रस्तावित दुर्गा मन्दिर तथा नेपाली सामुदायीक भवनको रेखाङ्कन सहीत वृहद कार्ययोजना र श्रोत परिचालन सम्बन्धि विवरण प्रस्तुत गर्दै जग्गा खरीदको निम्ती $ 450,000 र भवन निर्माणको निम्ती $ 12,000,000 को अनुमानीत बजेट प्रस्तुत गर्नु भएको थियो। (यस सम्बन्धी थप समाचार पढ्नुहोस्)

यतिका रकम कसरी उठ्छ त?

न्यू योर्क शहरबाट ३० बर्से रिण अनुदान स्वरुप ४ लाख माग गरिएको र सप्ताहबाट १० लाख उठाउने लक्ष्य राखिएको कुरा अध्यक्ष पराजुलिले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भयो।

उसो त गत अप्रिलमा सम्पन्न साधारण सभामा एकै छिन्मा ९७ हजार डलर अनुदान उठेको थियो। अहिलेसम्म उक्त अनुदान रकममा सवा लाख डलर उठिसेकेको कुरा सोसाइटिले जनाएको छ।

सप्ताहको तयारी कस्तो छ?

सगरमाथा हलमा ४५० भक्तालुहरु एकै साथ कथा श्रवण र भजनमा सहभागी हुन सक्नेछन्। उक्त सप्ताहको तयारी र प्रचार प्रसार बिगत केही महिनादेखी गरिदै आएकोमा आयोजकहरु अन्तिम प्रचारमा जुटेकाका छन्।

भवनको प्रबेशद्वार र प्रबचन हल बिशेष रुपमा नेपालका चर्चित चित्रकार तथा प्राज्ञ रविन कोइरालाको संयोजनमा तयार पारिएका धार्मिक चित्रहरुको पेन्टिङले सजाइने छ।

Some of the paintings which will be decorated the discourse hall is coordinated by Rabin Koirala & Krishna P. Shah.

नेपाली मिडियाहरुले यस कार्यमा निशुल्क प्रसार प्रचार गर्न सघाएकाछन्। युएस नेपाल अनलाइनले बिगत दुई महिनादेखी सप्ताहको डिजिटल काउन्ट डाउन नै शुरु गरेको छ भने यस अभियानमा समाचार सम्प्रेसण गर्ने अन्य नेपाली मिडियाहरुमा प्रेस चौतारी डट कम, विश्व सन्देश, एभ्रेस्ट टाइम्स, हिमाली स्वरहरु, कान्तिपुर, नेपाल मदर डट कम, डिसी नेपाल डट कम र ग्लोब नेपाल डट कम आदी रहेको अध्यक्ष पराजुलिले बताउनु भएको छ।

युएस नेपाल अनलाइनले उद्घाटन समारोहको केहीबेर प्रतक्ष प्रसारण गर्ने छ तर पुरा प्रबचन सुन्न चाँही तपाईं सगरमाथा हलमा आउनु पर्ने छ। ७ नम्बरको ट्रेन लिएर ६१ स्ट्रिट उडसाइडमा ओर्लेपछि सोही स्टेसनको बगल मै प्रबचन भवन रहेको छ। प्रबचन अगस्ट ९ देखी १५ तारिखबिच हरेक दिन ३ बजेदेखी ९ बजे बेलुकीसम्म चालु हुनेछ।

सबैको साझा हीतकोलागि सहभागीता र सहयोगको अपिल

भक्तालुहरुबाट सातै दिनको हल, सातै दिनको खाजा-पानी र रात्री भोजको प्रायोजन भएको उक्त सप्ताह सफल पार्न अध्यक्ष पराजुलीले न्यूर्योकलगायत अमेरीकामा रहेका सम्पूर्ण नेपालीजनहरुलगायत बिभिन्न नेपाली र अमेरिकि संघसंस्थाहरुसंग अपिल गरी कार्यक्रम भव्यताकासाथ सफल पार्न आव्हान गर्नुभएको छ।

अब तपाईं पनि पंडित पोख्रेलको चमत्कारिक प्रबचन सुन्न जाने होइन त? अनि चित्त बुझ्यो र मन लाग्यो भने गच्छेअनुसारको दक्षिणा पनि दिंदा आफ्नै समाज पनि पोसिने, होइन त?

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news:

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-About Ridgewood Nepalese Society

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.