Inside

All Time Top 50 News

न्यू योर्कमा आयोजित श्रीमद् भागवत सप्ताहमा ५ लाख २५ हजार अमेरिकि डलर दक्षिणा संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 15 August 2010 23:38

Exclusive: 5 photos: न्यू योर्क- रिजवूड नेपालीज सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ अगस्ट ९-१५ सम्म आयोजना गरेको महापुराण सप्ताहको सातौं अर्थात अन्तिम दिनसम्म ५ लाख २५ हजार अमेरिकि डलर दक्षिणा संकलन भएको छ।


Famous Nepali Pandit Deen Bandhu Pokhrel delivering his discourse at Shrimad Bhagabad Saptah in New York on August 9, 2010. Photos: Pradeep Thapa

नेपालका चर्चित २९ बर्शिय पंडित दीनबन्धु पोख्रेलद्वारा बाचन गरिएको सप्ताहमा न्यू योर्क शहरका मात्र होइन, न्यू जर्सी, वासिङ्गटन डिसी, भर्जिनिया, बोस्टोनलगायतका राज्य र शहरहरुबाट अमेरिकि नेपालीहरु आएका थिए ।

सप्ताहको पहिलो दिन सोसाइटीका अध्यक्ष श्री पराजुलीद्वारा २० हजार २२२ अमेरिकि डलर दान प्रदान गरिएपछि दान गर्नेहरुको होड नै चलेको थियो ।


Ridgewood Nepalese Society President Shree Parajuli speaking at Shrimad Bhagabad Saptah in New York on August 9, 2010. Photos: Pradeep Thapa

पंडित पोख्रेलले ५ हजार डलरबेशी दान दाताहरुलाई मन्चमा नाच्न लगाउने गरेका थिए । तर नाँच हेरेपछिको ठट्यौलीले भने दाताहरुलाई आच्छु आच्छु पारेको हेर्दाको रमाइलो अनुभब अर्कै छ। किनकि पंडित पोख्रेलले नाँचपछि भन्ने गरेका छन्- "नाँच भयो दश हजारको, दान भो पाँच हजारको, अब कसरी मिलाउने?" अब भएन फसाद ! तर दाताहरुले अमेरिकामा नेपाली एकता र संस्क्रिती जोगाउने स्तुत्य कार्यकालागि मन खोलेर दान गर्न पछि हटेनन्।


Six month old Alwin Bhandari as Lord Krishna at Shrimad Bhagabad Saptah in New York on August 12, 2010. Photos: Pradeep Thapa

चौथो दिनको सप्ताह्मा श्री कृष्ण भगवानको जन्म कथामा आधारित प्रबचनको क्रममा अनु भण्डारी र श्याम भण्डारीका ६ महिनाका छोरा अल्विनलाई बालक श्री कृष्ण बनाएर नेपथ्यबाट मन्चमा ल्याउँदा भक्तालुहरुले साक्षात भगवान मानेर ढोग्ने मात्र गरेनन् बल्की डलर चढाएर आ-आफ्नो मनोकाङ्क्षा पुरा गर्ने कामना गरेका थिए । पंडित पोख्रेलले फेरी उहीं रसिलो पारामा घोषणा गरे- "फल फूलले होइन डलरले जति पूजा गरेपनि हुन्छ।"

Sample Durga Mandir and Nepali Community Center building map by Ridgewood Nepalese Society (RNS)

This 5000 SFT vacant land located at 1647 Hancock Street Ridgewood which was purchased by Ridgewood Nepalese Society (RNS). Map courtesy: RNS

रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिएको उक्त जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। उक्त जग्गामा L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि पुग्न सकिन्छ।

सोसाइटीका अध्यक्ष श्री पराजुलीले उक्त जग्गा ५ हजार स्क्वायर फिट रहेको र जग्गाको मूल्य ४ लाख १९ हजार डलरमा खरिद गरिएको बताए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.