Inside

All Time Top 50 News

न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा ग्यल्बो ल्होसार २१४१ साँस्क्रितिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lhakpa Gelu Sherpa   
Friday, 28 March 2014 23:07
Article Index
न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा ग्यल्बो ल्होसार २१४१ साँस्क्रितिक कार्यक्रम सम्पन्न
More photos of Sherpa Lhosar 2014
All Pages

Special: 23 photos: न्यू योर्क- शेर्पा किदुग अमेरिकाद्वारा बौद्दमार्गीहरूको महान पर्ब ग्यल्बो ल्होसार २१४१ साँस्क्रितिक कार्यक्रम २०१४ सम्पन्न गरिएको छ।

The 2141st Sherpa Lhosar celebrated in New York by United Sherpa Association USA (Sherpa Kyidug) in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

मार्च २२ तारिख न्यू योर्कको कुइन्सस्थित दा मिकेल लाजिओको पार्टी हलमा बिबिध साँस्क्रितिक कार्यक्रमको साथ ल्होसर पार्टी आयोजना गरिएको हो।

कार्यक्रमको प्रमुख आतिथि संयुक्त राष्ट्रसंघकालागि नेपाल नियोगका स्थाई प्रतिनिधि एबं राजदूत दुर्गाप्रसाद भट्टराई रहेका थिए भने अन्य आतिथिहरूमा नेपालबाट आएका 'झस्केर दुख्छ...' गीतका ख्याती प्राप्त गायक लाक्पा शेर्पा र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निर्देशक एबं गायक शेर्पाकि श्रीमती ल्हाक्पा पुटी शेर्पा, शेर्पा समुदायका धर्मगुरुहरू, न्यू योर्क बिभिन्न नेपाली संघसंस्थाका प्रमुख एबम प्रतिनिधिहरू रहेका थिए।

The guests at Sherpa Lhosar in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

नेपाली तथा अमेरिकन राष्ट्रिय गान र बौद्दमार्गीहरूले कुनै पनि शुभ कार्य गर्दा नचाउने "सिङ्गी" नाचबाट शुरु गरिएको औपचारिक कार्यक्रममा शेर्पा किदुग अमेरिकाका संरक्षक समितिका संयोजक छोङ्बा लामा शेर्पाले स्वागत मतब्य ब्यक्त गरेका थिए।

United Sherpa Association USA Patron Committee Coordinator Chhongba Lama Sherpa at the Lhosar program in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

किदुगका महासचिब सांङ्गे शेर्पाद्वरा कार्यक्रमको बारेमा उल्लेख गर्दै सन्चालित उक्त कार्यक्रममा किदुग अध्यक्ष आङ गेल्जेन शेर्पाले शेर्पा किदुगको गतिबिधी र भाबी कार्य योजनाहरूकोबारेमा बताएका थिए।

United Sherpa Association USA President Ang Gyaljen Sherpa speaking at the Lhosar program in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

अध्यक्ष शेर्पाले शेर्पा किदुग भवनको पब्लिक एसेम्ब्लीलगायत सम्पुर्ण महत्वपुर्ण कानुनी कागजहरू प्राप्त भईसकेको र भवन निर्माणकोलागि सदस्यहरूबाटै लिएको ॠण पनि सबै चुक्त गरिसकेको जानकारी दिदै निकाट भबिस्यमै शेर्पा विलेज निर्माण गर्नकोलागि प्रयाश गरिने, नेपालमा प्रत्येक बर्ष जेहेन्दार र आर्थिक अवस्था कम्जोर भएका तीन जना शेर्पा बिद्यार्थीहरूकोलागि बर्षिक $४,५०० डलरको शैक्षिक छात्रवृत्ति प्रदान गरिने र भबिस्यमा छात्रवृत्तिको कोष बढेमा अमेरिकामा $५,००० डलर बराबरको एक जनालाई छात्रवृत्ति दिने कुरा बताए।

कार्यक्रमका प्रमुख अतिथि राजदूत भट्टराईले आफ्नो शुभकामना मन्तब्यसहित शेर्पा किदुगले अमेरिकामा नेपाली समुदाय र अन्य समुदायकोलागि गरेको समाजसेवाका कार्यहरूको प्रंशसा गर्दै किदुगद्वारा आयोजना गरिने ल्होसार कार्यक्रमले नयाँ पुस्तामासमेत आफ्नो परम्परा र संस्कृति सिक्ने मौका पाउने कुरा उल्लेख गर्दै कार्यक्रममा सहभागी हुन पाएकोमा धन्यवाद दिएका थिए ।

The Chief Guest Ambassador Durga P. Bhattarai speaking at the Lhosar program in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

कार्यक्रममा शेर्पा किदुग संस्थाकोलागि महत्वपुर्ण योगदान दिनु हुने लोपेन ग्युर्मे छोड्रक, निमा शेर्पा, कल्सङ छिरिङ, गायक लाक्पा शेर्पा र नेपाली समाजमा महत्वपुर्ण योगदान पु-याउने अधिकार संस्थाका निर्देशक लुना रन्जितलाई बिशेष सम्मान प्रदान गरिएको थियो।

The Honorees at the Lhosar program in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

सोही कार्यक्रमामा गत मार्च १६ तारिखमा न्यू योर्कमा आयोजना गरिएको ल्हाप्सो कार्यक्रमबाट सबै खर्च कटाइ बाँकी रहेको $९,००० (नौ हजार डलर) ल्हाप्सो आयोजक समितिका सदस्यहरूकोतर्फबाट किदुगलाई हस्तान्तरण गरिएको थियो। उक्त रकम किदुगले नेपालको छात्रब्रित्ती कोषमा जम्मा गरिने कुरा किदुगका अध्यक्ष आङ गेल्जेन शेर्पाले बताए।

Singer and musician Dendi Sherpa with his troupe at the Lhosar program in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

दोस्रो चरणको बिबिध साँस्क्रितिक कार्यक्रममा बालबालिकाहरूले बिशेष स्यब्रु निर्त्य, नेपाली र अंग्रेजी गीतहरुमा निर्त्य प्रस्तुत गरेका थिए। गायक देन्डी शेर्पा, दावा ल्हामु शेर्पा र पासाङ छिरिङ शेर्पाले बालबालिकाहरूको स्यब्रु निर्त्य कोरिओग्राफ गरेका थिए भने नेपाली गीतहरूको निर्त्यको कोरिओग्राफ बसन्त श्रेष्ठले गरेका थिए।

Singer Lakpa Sherpa at the Lhosar program in New York on March 22, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

नेपालका चर्चित गायक लाक्पा शेर्पाले आफ्नो सुमधुर गीतहरु प्रस्तुत गरेका थिए। गायक सानु शेर्पाले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। शेर्पा कलाकारहरू देन्डी शेर्पा, रिन्जि शेर्पा, दावा शेर्पा, दावा ल्हमु शेर्पा र ल्हाक्पा तेन्जी शेर्पाले कार्यक्रमको बिशेष प्रस्तुति" नासम तोङ" नामक सन्देश मुलक नाटक प्रस्तुत गरेका थिए।

-Lhakpa Gelu Sherpa in New York

न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा ग्यल्बो ल्होसार २१४१ साँस्क्रितिक कार्यक्रम सम्पन्न
More photos of Sherpa Lhosar 2014
All Pages
Page 1 of 2

Read related news:

-http://usnepalonline.com/sherpa/

-न्यू योर्कमा शेर्पा किदुगको आयोजनामा पट्लक पिक्निक र बिबिध खेलहरुको प्रतियोगिता सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुगको आयोजनामा गोल्फ खेल प्रतियोगिता सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा २५५७ औं बुद्ध जयन्ती सम्पन्न

-न्यू योर्कमा समाजसेवी एबं राजनीतिक बिशेषज्ञ सोनाम छिरिङ्ग शेर्पासंग बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न

-Sherpas, the Mountain Shepherd: What's the issue of Highest Altitude Fight ?

-न्यू योर्कमा शेर्पा किदुग युएसएद्वारा २१४० औं छुमो डुल्लो ग्याल्पो लोसार-२०१३ सम्पन्न

-न्यू योर्कको बाल्देनमा शेर्पाहरुद्वारा ल्हप्सो पुजा २०१३ भब्यतापूर्वक सम्पन्न

-न्यू योर्कमा २१३८ औं शेर्पा ल्होसार सम्पन्न

-न्यू योर्क शहरद्वारा शेर्पा किदुगलाई ल्होसारको अबसरमा सम्मान

-न्यू योर्कका शेर्पाहरुद्वारा सगरमाथाको पहिलो द्वार भनेर चिनिने नाम्चे बजारमा एक जना पनि शेर्पा छैन भनेकोमा आपत्ति

-अमेरिका जाने नेपाली महिलालाई काठमाडौं एयरपोर्टमा १ लाख १० हजार घुस माग्ने कर्मचारी निलम्बनमा परे

-न्यू योर्कमा हिमाल बचाउ अभियानकालागि गायक गम्बु शेर्पा साँझ सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुकद्वारा चौथौ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना

-न्यू योर्कको चौंथो डान्स परेडमा नेपाली शेर्पाहरुको सहभागिता

-न्यू योर्कमा शेर्पाहरुको जागरण गोस्ठी "Awareness Matters" सम्पन्न

-शेर्पा किदुग अमेरिकाद्वारा हाइटीको लागि राहत प्रदान

-न्यू योर्कमा शेर्पा किदुगद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न

-शेर्पा किदुग अमेरिकाद्वारा नेपाल सरकार र कान्तिपुर पत्रिकाको भत्सर्ना

-आठ हजार मिटरभन्दा बढी उचाईका विश्वका १४ वटै हिमशिखर चढी नयाँ कीर्तिमानी मिङ्गमा शेर्पा र प्रधानमन्त्रीबिच भेट

-न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं

-World Cyclist Furtemba Sherpa after 47,000 miles of Bycycle ride, what next?

-न्यू योर्कमा शेर्पाहरुद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-Greetings from United Sherpa Association (Sherpa Kyidug)

-न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा

न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा ग्यल्बो ल्होसार २१४१ साँस्क्रितिक कार्यक्रम सम्पन्न
More photos of Sherpa Lhosar 2014
All Pages
Page 1 of 2


Singer Sanu Sherpa. Photos: Ang Kami Sherpa (PhotoHera.com)

Tenzing Sherpa & Miss Sherpa 2012, Chimi Sherpa, Nepal Tourism Goodwill Ambassador. Photos: Ang Kami Sherpa (PhotoHera.com)

Sangay Sherpa, General Secretary of the United Sherpa Association. Photos: Ang Kami Sherpa (PhotoHera.com)

Actress Meera Gurung. Photos: Ang Kami Sherpa (PhotoHera.com)

न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा ग्यल्बो ल्होसार २१४१ साँस्क्रितिक कार्यक्रम सम्पन्न
More photos of Sherpa Lhosar 2014
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.