Inside

All Time Top 50 News

न्यू योर्कमा शेर्पा किदुगको आयोजनामा पट्लक पिक्निक र बिबिध खेलहरुको प्रतियोगिता सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lhakpa Gelu Sherpa   
Monday, 02 September 2013 10:04

भलिबल खेलतर्फ मगर संघ अमेरिकाको टिमले प्रथम, फुटबल खेलतर्फ ग्याल्सोम्दो सेवा संस्थाको टोली बिजयी
Special: 5 photos:
न्यू योर्क- युनाइटेड शेर्पा एसोसियसन (शेर्पा किदुग) को आयोजनामा पट्लक पिक्निक र बिबिध खेलहरुको प्रतियोगिता सम्पन्न गरिएको छ।

The Volleyball sport competition winner Magar Association USA Team at Sherpa Kyidug USA summer pot-luck picnic in New York's Queens Bridge Park on September 1, 2013. Photos courtesy: United Sherpa Association

सेप्टेम्बर १ तारिख आईतवार आयोजित उक्त कार्यक्रममा भलिबल र फुटबल खेलको अतिरिक्त बालबालिकाहरुकोलागि स्पून रेस, बस्केटबल, रिले जस्ता खेलहरु पनि समाबेश गरिएका थिए।

किदुगले हरेक बर्ष न्यू योर्कमा क्रियाशिल बिभिन्न नेपाली संघसंस्थाहरुमा आबद्द नेपालीहरुबीच परिचय, एकता, भाइचाराको बिकास र नेपालीहरुमा खेलप्रतीको अभिरुची बढाउनकोलागि बिबिध खेलहरु सम्मिलित ग्रिस्मकालिन खेलकुद प्रतियोगिता आयोजना गरिदै आएको छ।


The Football (Soccer) sport competition winner Gyalsumudo Sewa Sanstha Team at Sherpa Kyidug USA summer pot-luck picnic in New York's Queens Bridge Park on September 1, 2013. Photos courtesy: United Sherpa Association

अत्यन्त प्रतिस्पर्धात्मक १० वटा टिम रहेको भलिबल खेलतर्फ मगर संघ अमेरिकाको टिमले प्रथम स्थान हासिल गरी ३५ सय अमेरिकि डलर बराबरको रनिङ शिल्ड जितेको थियो भने ९ वटा टिम रहेको फुटबल खेलतर्फ ग्याल्सोम्दो सेवा संस्थाको टोलीले जितेको थियो।

भलिबल खेलतर्फ मगर संघ अमेरिकाले न्यू योर्क नेपाली क्लबलाई तीन र २ गेमको फरकमा हराएका थिए । भलिबलमा मेन अफ दि म्यचको उपाधी मगर संघ अमेरिकाका खेलाडी पासाङ नुर्बु लामाले प्राप्त गरेका थिए।

त्यस्तै, फुटबल खेलतर्फ ग्याल्सोम्दो सेवा संस्थाले खेलाडीहरुको संस्था युएस नेपाल स्पोटर्स एण्ड कल्चर डेभलपमेन्ट इन्कलाई २ गोलले हराएका थिए । फुटबलको तेस्रो स्थानमा न्युयोर्क नेपाली युथ क्लब (एनवाइएफसी) भएका थिए।

The Soccer second Place winner Us Nepal Sports and Culture Development Inc. Team. Photos courtesy: United Sherpa Association

न्यू योर्कको विभिन्न समुदायकोवीच सम्पन्न फुटबल खेल प्रतियोगितामा ग्याल्सोम्दो सेवा संस्था, एभरेष्ट समिटर, किरात राई सोसाइटी अफ अमेरिका (KRSA), शेर्पा किदुग, दि गुरुङ (तमु) सोसाइटी अफ अमेरिका, युएस नेपाल स्पोटस एण्ड कल्चर डेपलपमेन्ट, एनवाइएफसी नेपाली फुटबल क्लब र नेपाल आदिबासी जनजाति महासघ अमेरिका (फिप्ना) ले भाग लिएका थिए।

त्यस्तै, भलिबल खेल प्रतियोगितामा शेर्पा किदुग, सिनर्जी खुम्बु, हिमालयन यति क्लब, मगर संघ अमेरिका, रिज्वूड नेपालीज सोसाइटी २ टोली, नेपाने युथ क्लब खोरिया, च्याङमितेङ, न्युयोर्क नेपालिज टिम र कनेटिकेट भलिबल टिम रहेका थिए। भलिबल प्रतियोगिताका प्रथम हुने समुहलाई ३,५०० डलर बराबर राशी भएको शिल्ड, प्रमाण पत्र, मेडल र ६०० डलर नगद पुरस्कार र दोस्रो हुने समुहलाई ट्रफी, प्रमाणपत्र, मेडल र ३०० डलर   नगद पुरस्कार प्रदान गरिएको थियो।

The Volley Ball Second Place winner New York Nepalese Youth Club. Photos courtesy: United Sherpa Association

त्यसैगरी, फुट्बल खेल प्रतियोगितामा प्रथम हुनेलाई शेर्पा किदुग कप, प्रमाणपत्र, मेडल र ६०० डलर नगद पुरस्कार र दोस्रो हुनेलाई ट्रफी, प्रमाणपत्र, मेडल र ३०० डलर नगद पुरुस्कार  प्रदान गरिएको थियो।

बालबलिकाहरुकोलागि आयोजना गरेको बिबिध खेल प्रतियोगिताका बिजय खेलडीहरुलाई पनि प्रमाणपत्र, मेडल र नगद पुरुस्कार प्रदान गरिएको थियो।

विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म भएको खेलकूद प्रतियोगितामा फुटबलतर्फ स्याकी शेर्पा, पासाङ शेर्पा र साङ्बु शेर्पाले रेफ्री गरेका थिए भने भलिबलतर्फ कर्मा शेर्पा र छेवाङ लामाले रेफ्री गरेका थिए। किदुगले खेल संयोजाक रिन्जी शेर्पाको संयोजाक्त्वमा खेल आयोजनाकोलागि पाँच सदस्यीय: कर्मा गेल्जेन शेर्पा, छिरिङ नम्गेल शेर्पा, निमा शेर्पा, ल्हाक्पा रिन्जी शेर्पा र आङ छिरिङ शेर्पा सम्मिलित खेलकुद आयोजक समिती गठन गरेको थियो।


The Sherpa Kyidug Volleyball Running Shield Trophy and other trophies. Photos courtesy: United Sherpa Association

सन् २००७ देखि शुरु गरिएको शेर्पा किदुग भलिबल रनिङ शिल्डको हालसम्मको बिजेताहरुमा हिमालयन कम्युनिटी (२००७); एती क्लब (२००८) र (२००९), शेर्पा किदुग (२०१०); एनवाइएनसी (२०११); शेर्पा किदुग (२०१२) र मगर संघ अमेरिका (२०१३) छन्। उक्त रनिङ शिल्ड आफ्नो स्वामित्वमा लिनकोलागि लगतार तीन पटकसम्म जित्नु पर्ने हुन्छ। उक्त भलिबल शिल्डको मुल्यकोलागि सन् २००७ मा किदुगका भुपु अध्यक्ष र संरक्षक सदस्य कर्मा गेल्जेन शेर्पाले १००० डलर, संरक्षक सदस्य मिङ्मार शेर्पाले १५०० डलर, संरक्षक सदस्य आङ छिरिङ शेर्पाले ५०० डलर र संरक्षक सदस्य गम्बु शेर्पाले ५०० डलर प्रदान गरी स्थापना गरेका थिए भने किदुगको २००७ को बोर्डका सदस्यहरुले शिल्डको प्रायोजन गरेका थिए।

-Lhakpa Gelu Sherpa in New York

Read related news:

-http://usnepalonline.com/sherpa/

-न्यू योर्कमा शेर्पा किदुगको आयोजनामा गोल्फ खेल प्रतियोगिता सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा २५५७ औं बुद्ध जयन्ती सम्पन्न

-न्यू योर्कमा समाजसेवी एबं राजनीतिक बिशेषज्ञ सोनाम छिरिङ्ग शेर्पासंग बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न

-Sherpas, the Mountain Shepherd: What's the issue of Highest Altitude Fight ?

-न्यू योर्कमा शेर्पा किदुग युएसएद्वारा २१४० औं छुमो डुल्लो ग्याल्पो लोसार-२०१३ सम्पन्न

-न्यू योर्कको बाल्देनमा शेर्पाहरुद्वारा ल्हप्सो पुजा २०१३ भब्यतापूर्वक सम्पन्न

-न्यू योर्कमा २१३८ औं शेर्पा ल्होसार सम्पन्न

-न्यू योर्क शहरद्वारा शेर्पा किदुगलाई ल्होसारको अबसरमा सम्मान

-न्यू योर्कका शेर्पाहरुद्वारा सगरमाथाको पहिलो द्वार भनेर चिनिने नाम्चे बजारमा एक जना पनि शेर्पा छैन भनेकोमा आपत्ति

-अमेरिका जाने नेपाली महिलालाई काठमाडौं एयरपोर्टमा १ लाख १० हजार घुस माग्ने कर्मचारी निलम्बनमा परे

-न्यू योर्कमा हिमाल बचाउ अभियानकालागि गायक गम्बु शेर्पा साँझ सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुकद्वारा चौथौ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना

-न्यू योर्कको चौंथो डान्स परेडमा नेपाली शेर्पाहरुको सहभागिता

-न्यू योर्कमा शेर्पाहरुको जागरण गोस्ठी "Awareness Matters" सम्पन्न

-शेर्पा किदुग अमेरिकाद्वारा हाइटीको लागि राहत प्रदान

-न्यू योर्कमा शेर्पा किदुगद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न

-शेर्पा किदुग अमेरिकाद्वारा नेपाल सरकार र कान्तिपुर पत्रिकाको भत्सर्ना

-आठ हजार मिटरभन्दा बढी उचाईका विश्वका १४ वटै हिमशिखर चढी नयाँ कीर्तिमानी मिङ्गमा शेर्पा र प्रधानमन्त्रीबिच भेट

-न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं

-World Cyclist Furtemba Sherpa after 47,000 miles of Bycycle ride, what next?

-न्यू योर्कमा शेर्पाहरुद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-Greetings from United Sherpa Association (Sherpa Kyidug)

-न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.