Inside

All Time Top 50 News

न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा २५५७ औं बुद्ध जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lhakpa Gelu Sherpa   
Thursday, 30 May 2013 12:57

Special: 1 photo: न्यू योर्क-  शान्ति, अहिंसाका अग्रदुत, नेपालीहरुका गौरव, नेपालका राष्ट्र विभूती र विश्वकै तारा भगवान गौतम बुद्धको २५५७ औं बुद्ध जयन्ती तथा साकादावा पूजा कार्यक्रम शेर्पा किदुग अमेरिकाले बिभिन्न कार्यक्रमकासाथ आयोजना सम्पन्न गरेको छ।

Sherpa Kyidug USA celebrated 2557th Buddha Jayanti at its own Gumba building in Jackson Heights, New York on May 25, 2013. Photo courtesy: Ngawang Sherpa facebook profile

किदुगले आफ्नै भवनमा मे २५ मा र लङआइलेन्डस्थित नोर्जङ कटरिङ्गमा मे २६ मा आयोजना गरिएको उक्त कार्यक्रमहरुमा बौद्द परम्पराअनुसार लामा गुरुहरुबाट विश्व शान्ति र सम्पूर्ण प्राणी जगतको कल्याणकोलागि पूजा पाठ र बुद्धको सम्झनामा बुद्ध प्राथना गरिएको थियो।

मे २६ मा आयोजित कार्यक्रममा शेर्पा किदुग अमेरिकाका संस्कृतिक बिभाग अन्तर्गतका शेर्वी रिग्स्युङ लोप्टाका गुरु ग्युमे छोड्रकबाट बुद्ध धर्म र साकादावाको महत्वबारे शेर्पा भाषामा प्रबचन दिनु भएको थियो। उहाँको प्रबचनलाई नेपालीमा किदुगका भुपु महासचिब उर्गेन शेर्पाले नेपालीमा र बर्तमान महासचिब साङगे शेर्पाले अङ्रेजीमा उल्था गरेका थिए।

कार्यक्रममा रिग्स्युङ लोप्टामा विद्यार्थीहरुले बुद्दप्रती समर्पित सामुहिक बुद्ध प्राथना र भजन बाचन गरेका थिए।

विश्व शान्तिका अग्रदुत भगवान गौतमको जिबनीका तीनवटा महत्वपूर्ण तिथिहरु जन्म, बुद्धत्व प्राप्त र देहबसन (महापरिनिर्वान) तिब्बती बौद्ध पात्रोअनुसार प्रत्येक बर्षको चौथो महिनाको पुर्णिमाका दिन पर्ने भएकोले बौद्दमार्गीहरुले यस महिनाको पहिलो दिनदेखि १५ दिन अर्थात (पुर्णिमा) सम्मलाई नै पवित्र महिना अथवा साकादावाको पर्बकोरुपमा मनाउदै आएको छ। साकादावाका दिनहरुमा गरेका पुन्य कार्यहरु अन्य दिनहरुमा गरेकोभन्दा करोडौ गुणा बढी हुने विश्वाश गरिन्छ।

किदुगका प्रमुख लामा स्यारे टुल्कुज्यु र अन्य लामा गुरुहरुको उपस्थितीमा र न्यू योर्क र असपासका क्षेत्रमा बसोबस गर्ने शेर्पाहरुको प्रायोजनमा शेर्पा किदुगद्वरा आयोजना गरिएको उक्त कार्यक्रममा सेप्टेम्बर २३, २००७ मा शेर्पा किदुग गुम्ब निर्माणकोलागि गठित २१ सदस्यीय संरक्षक समितीका सदस्यहरुले शेर्पा किदुग गुम्ब निर्माणमा पु-याएको योगदानको कदरस्वरुप प्रंशसापत्र र खादा लगाइ बिदाइ गरियो।

सोही अवसरमा शेर्पा किदुगको कार्यसमितिका गत मे १९, २०१३ मा बसेको बैठक निर्णयअनुसार संरक्षक सदस्यहरु मध्यबाट किदुगको बिधान २०१२ अनुसार ९ नयाँ जना संरक्षक समितिमा चयन गरिएको सदस्यहरुलाई स्वागत गरियो। नयाँ संरक्षक समितिका सदस्यहरुमा छोङ्बा लामा शेर्पा (लाप्चे), छोङबा शेर्पा (बगम), जिकु लामा(जम्बुक), आङ दावा शेर्पा (चिवङ), ल्हाक्पा नुरु शेर्पा (थामे), सांगे शेर्पा (दोलखा), दानु लामा (जम्बुक), छिरिङ शेर्पा (तातोपनी) र श्रीमती ङिमा दिकी शेर्पा (दर्जिलिङ) रहेका छन्।

किदुगका अध्यक्ष आङ गेल्जेन शेर्पाले किदुगले हालसम्म गरिएका कृयाकलाप र भाबी योजनाहरुहरुकोबारेमा जानकारी गराएका थिए। आफ्नो आगामी योजनाहरुमा किदुगलाई हरेक तवरमा ब्यबस्थित गर्ने, किदुगका सम्पूर्ण सदस्यहरुलागि महत्वपूर्ण एबम उपयोगी सभा, सेमिनार एबम गोस्ठीहरु संचालन गर्ने, नि:शुल्क स्वास्थ्य परिक्षण एबम स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने, ब्लड डोनेसनलगायत अन्य मानबिय सेवाका कार्यक्रमहरु गर्ने, जिईडी (GED) का कक्षाहरु संचलान गर्ने, बालबालिकाहरुकालागि अफ्टर स्कुल कक्षाहरु संचालन गर्ने, शेर्पा भाषा र नेपाली भाषाका कक्षाहरु संचालन गर्ने, धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु संचालन गर्ने, शिक्षाको बिकासकोलागि नेपालमा शेर्पा किदुग छात्राब्रिती कोषको खडा गर्ने र कालन्तरमा न्यू योर्क शहरदेखि केही टाढाको स्थानमा शेर्पाहरु आफ्नै बस्ती बसाल्न पहल गर्ने रहेका छन्।

शेर्पा किदुगका महासचिब साङगे शेर्पाद्वारा संचालित कार्यक्रममा शेर्पा सेवा केन्द्रका सल्हकार तथा सस्थापक महासचिब र बरिस्ठ समाजसेबी सोनाम छिरिङ शेर्पाले नेपालबाट धेरै टाढा अमेरिकामा आएर पनि शेर्पाहरुले आफ्नो धर्म, संकृतिको संरक्षण र सम्बर्द्वन पु-याएको योगदनको प्रंसशा गर्नु भएको थियो। साथै उहाँले शेर्पा किदुग अमेरिका पनि नेपालको शेर्पा सेवा केन्द्र जस्तै नमुना संस्था भएको र किदुगले गरेका हरेक कृयाकलापहरु अत्यन्त प्रसंसानीय रहेको कुरा पनि बताउनु भएको थियो।

शेर्पा किदग अमेरिकाले मे २४, २०१३ मा न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा हरेक बर्ष मनाउदै आएको अन्तरराष्ट्रिय बुद्ध जयन्ती कार्यक्रममा पनि किदुगका पदधिकारी र किदुगका धार्मिक लामागुरुहरु संयुक्त राष्ट्र संघकोलागि नेपाल नेपाल नियोगमार्फत समाबेश भई बुद्द जयन्ती मनाएका छन्।

यस बर्ष संयक्त राष्ट्र संघमा श्रीलंकाले बुद्ध जयन्ती मनाएका थिए। सन् १९५० मा श्रीलंकामा भएको विस्व बौद्द सम्मेलनबाट बैसाक पुर्णिमाकै दिन   अन्तरराष्ट्रियरुपमा बुद्द जयन्ती मनाउने भनी घोषणा गरिएको थियो। सन् १९९९ देखि संयुक्त राष्ट्र संघको मुख्य कार्यलयमा हरेक बर्ष विश्वका भिबिन्न बौद्द धर्मवलम्बीहरुको देशहरुको आयोजनामा र प्रत्येक देशका राष्ट्र संघ शाखा कार्यालयहरुमा बुद्द जयन्ती मनाउदै आएको छन्। नेपालको आयोजनामा सन् २००५, मे २४ मा संयुक्त राष्ट्र संघको मुख्य कार्यालयमा बुद्द जयन्ती मनाएका थिए। संयुक्त राष्ट्र संघका महासचिबले प्रत्येक बर्ष बुद्द जयन्तीको अवसरमा आयोजना गरिने कार्यक्रममा संबोधन गर्दै आएका छन्।

-Lhakpa Gelu Sherpa in New York

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.