Inside

All Time Top 50 News

'नेपाल डे परेड' बारे शेर्पा किदुग अमेरिकाको धारणा: बुद्ध जयन्ती या पहिलो सगरमाथा आरोहण दिन में २९ का दिन नभए सहभागी नहुने, वहिस्कार हैन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by United Sherpa Association USA   
Wednesday, 06 April 2016 20:19

Exclusive: न्यू योर्क- शेर्पा किदुग अमेरिकाले 'नेपाल डे परेड' बारे आफ्नो धारणा स्पस्ट पार्दै एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ: "नेपाली मिडियामा शेर्पा किदुगले बहिस्कार गरेको भन्ने समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। त्यो बहिस्कार नभै हामीले उठाएका कुराहरु सुनिएन भने सहभागी हुन नसक्ने जानकारी गराएको हो।" किदुगले "बुद्ध जयन्तीलाई संयुक्त राष्ट्र संघले हरेक बर्ष बेशक डे को रुपमा मनाउँदै आएको अवस्थामा हामी नेपालीहरु बुद्ध नेपालमा जन्मेको हो भनी कराई रहंदा किन बुद्ध जयन्तीलाई नेपाल डे परेडको रुपमा नमनाउने ? सगरमाथाबाट बार्षिक रुपमा करोडौंको राजश्व उठाउँदा मे २९ लाई किन नेपाल डे परेडको रुपमा नमनाउने ?" भन्दै बिज्ञप्तिमा "शेर्पा किदुग अमेरिका बुद्ध जयन्ती वा र मे २९ लाई नेपाल डे परेडको रुपमा मनाउनु पर्दछ भन्ने धारणा राख्दै यी दुई दिनलाई उच्च महत्व नदिएमा शेर्पा किदुग अमेरिका मे २२,२०१६ को दिन तय भएको नेपाल डे परेडमा सहभागी नहुने सबैमा जानकारी गराउँदछौं" भन्ने उल्लेख गरेको छ ।

 

Nepal Day Parade being held in New York on May 22, 2016

प्रेस बिज्ञप्ति

पत्रकार मित्रहरु
आदरणीय जनसमुदायहरु

शेर्पा किदुग एउटा यस्तो संस्था हो जसले कसैको नकारात्मक टिका टिप्पणी गर्दैन, आरोप प्रत्यारोप गर्ने काम गर्दैन र कसैको पक्ष पोषण गर्दैन, सबैप्रति समान ब्यबहार र सबैको सम्मान गर्दछ। तर नेपाल डे परेडको सम्बन्धमा आफ्नो धारणा स्पस्ट रुपमा राखेको हो। नेपाली मिडियामा शेर्पा किदुगले बहिस्कार गरेको भन्ने समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। त्यो बहिस्कार नभै हामीले उठाएका कुराहरु सुनिएन भने सहभागी हुन नसक्ने जानकारी गराएको हो। नेपाल डे परेडको अवधारणा ल्याउनु स्वागत योग्य कुरा हो र यसलाई भव्य र सभ्य रुपमा मनाउनु हामी सबै नेपालीहरुको कर्तब्य हो । ३ करोड नेपाली र राष्ट्रको प्रतिष्ठासँग गांसेको नेपाल डे परेड मनाउने सम्बन्धमा अमेरिकामा रहेको सबै नेपाली संघ संस्थाहरुको माझ वृहद छलफल र गृहकार्य नै नगरी ३ वटा संस्थाको अध्यक्षले मात्र आफूखुशी निर्णय गरी मे २२,२०१६ मा नेपाल डे परेड बिश्वको राजधनीको रुपमा लिईने न्यू योर्क शहरमा मनाउने कुरा गत अप्रिल ३,२०१६ मा गरिएको पत्रकार सम्मेलनबाट जानकारी भएको हुंदा धेरै जस्तो नेपाली संघसंस्थाहरुले प्रश्न उठाउन थालिएको छ । प्रत्यक्ष रुपमा नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको कार्यक्रम यति छोटो समय र हल्का रुपमा जिम्मेवारी लिनु तीन वटा संस्थाको अध्यक्षलाई कसले अधिकार दिएको छ? पर्याप्त गृहकार्य विना आवश्यक सरसल्लाह नगरिकन गर्न खोजिएको नेपाल डे परेड असफल भै नेपाल र नेपालीको बेइज्जत भएमा त्यसको जिम्मेवारी कसले लिने आदि ईत्यादि कुराहरु उठ्न थालिएको छन् । धेरै नेपाली संघ संस्थाहरुले नेपाल सरकारको प्रतिनिधि महावाणिज्यदूत न्यूयोर्कको अगुवाईमा सबै नेपाली संघ संस्थाहरुको सहभागितमा एक मुल आयोजक समिति बनाई उपयुक्त दिनको छनौट गरी नेपाल डे परेड अयोजना गरेमा विवाद रहित र भव्यताको साथमा सम्पन्न हुनेमा कसैको दुई मत हुन सक्दैन। साथै एनआरएन को सहभगिता पनि हुनु पर्दछ।मे २२,२०१६ को दिन तय भएको नेपाल डे परेडलाई कसरी नेपालको नेशनल डे को रुपमा लिने? ६ दशक भित्र ३/४ वटा फरक फरक नेशनल डे को रुपमा आएको तपाई हामी सबैले देखेका छौं । नेपालमा एक पक्षले वर्तमान संबिधानलाई स्वीकार नगरेको, केही पक्षहरु संविधान संशोधनको कुराहरु गरिरहेको र कोही अान्दोलन गरिरहेको पनि हाम्रो सामू छर्लंग छ । त्यस आवस्थामा भोलिका दिनहरुमा अर्कै दिनमा पनि नेशनल डे हुन सक्दछ।देशको नेशनल डे त्यस्तो होस् जो स्थिर होस जसमा सबै नेपालीहरुको सहभगिता हुने वातावरण होस जसले नेपालको शान र राष्ट्रियता झल्कियोस, बिश्व सामु नेपाल र नेपालीको शीर उच्च पार्न सकियोस र हामी सबैले नेपाली हुनुमा गौरव गर्न सकियोस् भन्ने अर्थमा नेपाल डे परेड हरेक वर्षको बुद्ध जयन्तीको दिनलाई अथवा सगरमाथामा पहिलो मानव पाइला टेकेको दिनलाई नेपाल डे परेडको रुपमा मनाउनु पर्दछ । बुद्ध जयन्तीलाई संयुक्त राष्ट्र संघले हरेक बर्ष बेशक डे को रुपमा मनाउँदै आएको अवस्थामा हामी नेपालीहरु बुद्ध नेपालमा जन्मेको हो भनी कराई रहंदा किन बुद्ध जयन्तीलाई नेपाल डे परेडको रुपमा नमनाउने ? सगरमाथाबाट बार्षिक रुपमा करोडौंको राजश्व उठाउँदा मे २९ लाई किन नेपाल डे परेडको रुपमा नमनाउने ? बुद्ध र सगरमाथालाई नेपाल सरकार, राजनीतिक दल र अन्य संघसंस्थाहरुले किन बिश्वसामू संधै मागी खाने भांडोको रुपमा मात्र प्रयोग गर्न खोज्छ । शेर्पा किदुग अमेरिका बुद्ध जयन्ती वा र मे २९ लाई नेपाल डे परेडको रुपमा मनाउनु पर्दछ भन्ने धारणा राख्दै यी दुई दिनलाई उच्च महत्व नदिएमा शेर्पा किदुग अमेरिका मे २२,२०१६ को दिन तय भएको नेपाल डे परेडमा सहभागी नहुने सबैमा जानकारी गराउँदछौं ।

धन्यवाद।

अध्यक्ष
दावा जाङ्बु शेर्पा
शेर्पा किदुग अमेरिका
न्यू योर्क

'नेपाल डे परेड' बारे शेर्पा किदुग अमेरिकाको धारणा: बुद्ध जयन्ती या पहिलो सगरमाथा आरोहण दिन में २९ का दिन नभए सहभागी नहुन...

Posted by Pradeep Pariyar Thapa on Wednesday, April 6, 2016

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.