Inside

All Time Top 50 News

न्यू योर्कमा KRSA द्वारा कुइन्स ब्रिज पार्कमा 'साकेला उभौली-२०१३ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Manu Lohorung Rai   
Sunday, 16 June 2013 16:33
Article Index
न्यू योर्कमा KRSA द्वारा कुइन्स ब्रिज पार्कमा 'साकेला उभौली-२०१३ सम्पन्न
More photos of Sakela New York by KRSA 2013
All Pages

Special: 31 photos: न्यू योर्क- किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) न्यू योर्क च्याप्टरद्वारा हरेक बर्ष मनाउँदै आएको 'साकेला उभौली' यो बर्ष पनि न्यू योर्क शहरको क्विन्स ब्रिज पार्कमा भव्यताकासाथ सम्पन्न गरिएको छ।


 

Kirat Rai Society of America (KRSA) hosted Sakela (Chandi) celebration in New York on June 15, 2013. Photos: eEyeCam.com

जुन १५ तारिख शनिबार आयोजित उक्त साकेला उभौली भेला संस्थाका बोर्ड अफ डाईरेक्टर तथा च्याप्टर कार्यबाहक अध्यक्ष भारती राईको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका बिसेष सल्लाहकार थानेश्वर राई प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।

संस्थाका सदस्य वृन्दा राईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य दिँदै किराँती इतिहासअनुसार किराँतीहरु ढुंगे युगदेखि कृषियुगमा प्रवेश गर्न थालेपछि आफूले लगाएको बाली नाली सप्रियोस् र आफूलाई खाध्यान्न पुगी सरी आओस भनेर प्रत्येक बर्ष बाली लगाउन शुरु गर्ने बेलामा पूजा गर्ने प्रचलन रहेको साथै यही पौराणिक संस्कारलाई निरन्तरता दिनका निमित्त र नयाँ पुस्ताले पनि जानी राखोस् भन्ने उदेश्यले यो 'उभौली पूजा' केआरएसले हरेक बर्ष बाहिर खुल्ला पार्कमा गर्ने गरेको कुरा जानकारी गराएकी थिईन्।

Kirat Rai Society of America (KRSA) hosted Sakela (Chandi) celebration in New York on June 15, 2013. Photos: eEyeCam.com

संस्थाका केन्द्रिय बोर्ड चेयर मणि बांग्देलले केआरएसएका सदस्य शिली माङ्पा (मूल पूजारी) सुरेन्द्र राईलाई फेटा लगाएर सम्मान गरी सकेपछि कार्यक्रमको विधि साकेला पूजा र शिली नाचा शुरु गरिएको थियो।

उक्त कार्यक्रममा अन्य बिभिन्न अमेरिकि राज्यहरु मेरील्याण्ड, नेब्रास्का, मसाच्युसेट, केन्टुकीबाट पनि किराँतीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै सदस्य र आफन्तहरुको भेटघाटमा रमाईलो गर्ने उदेस्यले बार्बीक्यु गरी बिभिन्न रमाईला किसिमका खेलहरु पनि खेलाईएको थियो । बिङ्गो खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिएको थियो भने मार्बल अनुमान संख्या बिजेतालाई पुरस्क्रित गरीएको थियो।

Air India Airlines Regional Direcotr for Americas, Riwo Norbhu announcing sponsorship of 2 round trip air tickets for JFK-New-Delhi-Kathmandu at Sakela celebration in New York on June 15, 2013. Photos: eEyeCam.com

आगामी सम्निमा साँझ-५ मा २ वटा 'न्यू योर्क- नयाँ दिल्ली- काठमाडौं' राउन्ड ट्रिप एयर टिकेट प्रायोजन

उता एयर इन्डिया एयर्लायन्सका अमेरिकि क्षेत्रीय प्रबन्धक रिबो नोर्भुले आगामी डिसेम्बरमा हुने केआरएसए (KRSA) को वार्षिक साँस्कृतिक सम्निमा साँझ-५ मा सन्चालन गरिने राफलमा प्रथम पुरस्कार बिजेतालाई २ वटा 'न्यू योर्क- नयाँ दिल्ली- काठमाडौं' राउन्ड ट्रिप एयर टिकेट प्रायोजन गरिएको घोषणा गरेका थिए।

उक्त कार्यक्रमको औपचारिक खण्ड वाकाशा वान्तवाले संचालन गरेकी थिईन् भने सभापति भारती राईले कार्यक्रम समापन गरेकी थिईन् ।

-Manu Lohorung Rai in New York

Related news of KRSA and UKROA:

-http://usnepalonline.com/rai/

-न्यू योर्कमा किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) को तेश्रो अधिबेशन सम्पन्न, नयाँ केन्द्रीय कार्य समितिको निर्वाचन

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ सम्पन्न, ७ ब्यक्तित्वहरु सम्मानित

-किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) को न्यू योर्क च्याप्टर अधिबेशन सम्पन्न, चौँथो सुम्निमा साँझ डिसेम्बर २२ तारिख गरिने

-न्यू योर्कमा घन्केको सकेला उभौलीको त्यो शिली !

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न

-न्यू योर्कमा KRSA द्वारा साकेला पर्बको रमाइलो

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न

-अमेरिकाको कोलोराडोमा किरात साकेला पर्ब मनाइयो

-अमेरिकाको डेनभरमा किरात राईहरु साकेला मनाउँदै

-न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम


Kirat Rai Society of America (KRSA) hosted Sakela (Chandi) celebration in New York on June 15, 2013. Photos: eEyeCam.com











Kirat Rai Society of America (KRSA) hosted Sakela (Chandi) celebration in New York on June 15, 2013. Photos: eEyeCam.com



Kirat Rai Society of America (KRSA) hosted Sakela (Chandi) celebration in New York on June 15, 2013. Photos: eEyeCam.com

न्यू योर्कमा KRSA द्वारा कुइन्स ब्रिज पार्कमा 'साकेला उभौली-२०१३ सम्पन्न
More photos of Sakela New York by KRSA 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.