Inside

All Time Top 50 News

न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 10 June 2012 16:46
Article Index
न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे
More photos of Worm Move World Record by Rohit Timilsina
All Pages

Exclusive: 1 video, 29 photos: न्यू योर्क- न्यू योर्क शहरको ब्रूक्लिन ब्रिजमा १ सय ७३ फिट ३ इन्च दूरीको जुका हिडाई (Furthest Worm Move) कायम गरी नेपाली छोरो रोहित तिमल्सिनाले गिनिस विश्व रेकर्ड जितेकाछन्। यस अघी सन् २००७ मा क्यानाडाका जेम्स रुबेकले टोरन्टोको रोजर्स सेन्टरमा १०८ फिट ९ इन्च दुरीको जुका हिडाई पार गरेर विश्व रेकर्ड बनाएका थिए जुन तिमिल्सिनाद्वारा सजिलै तोडियो।


The 4th times Guinness World Records holder Rohit Timilsina set his 5th world records by doing Furthest Distance Travelled by Worm Move in Brooklyn Bridge, Manhattan, New York on June 10, 2012. He travelled 173.3 ft by worm move and broke the previous record of 108.9 ft. by Canadian citizen James Rubec in 2007. Photos: eEyeCam.com

"बुद्ध नेपालमा जन्मेका हुन्" (Buddha Was Born in Nepal) भन्ने सन्देश लिएर गरिएको यो सबैभन्दा लामो दुरीको जुका हिडाई (Furthest Distance Travelled by Worm Move) रेकर्डसहित रोहित तिमिल्सिनाले ५ वटा गिनिस विश्व रेकर्ड कायम गरेकाछन्।

सबैभन्दा लामो दुरीको जुका हिडाई विश्व रेकर्डको आयोजना रिज्वूड नेपालीज सोसाइटीले गरेको थियो भने प्रायोजन वकिल थोमस मुनगोभनले गरेका थिए। सोसाइटीका अध्यक्ष श्री पराजुलीले विश्व रेकर्ड कायम गर्न सफल भएकोमा तिमिल्सिनालाई बधाई दिदै सहयोगइगी सबैलाई धन्यवाद दिएका थिए।

Rohit after successfully travelling 173.3 ft by worm move in Brooklyn Bridge, Manhattan, New York on June 10, 2012. Photos: eEyeCam.com

रोहितले छिट्टै न्यू योर्कको स्वतन्त्रताकि प्रतिमूर्ती मानिने "स्ट्याचु अफ लिबर्टी" (Statue of Liberty) मा विश्व रेकर्ड कायम गर्ने योजना बनाएको खुलाशा गरे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Furthest Distance Worm Move Guinness World Records by Rohit Timilsina in Brooklyn Bridge, Manhattan, New York, June 10, 2012



गिनिस बुक अफ रेकर्ड कम्पनीले उक्त विश्व रेकर्डको जर्जहरुमा वकिल खगेन्द्र जिसी, वकिल थोमस मुनगोभन, वकिल बासुदेब फुलारा, कोरियोग्राफर बिजयमान नकर्मी र निमा शेर्पालाई तोकेको थियो।

४ वटा गिनिस विश्व रेकर्ड

रोहितले यस अघि १ मिनेटमा ११६ जना (त्यस मध्ये २० प्रतिसत एड्स पीडित) किशोरहरुलाई गालामा चुम्बन गरेर, २३ वटा गल्फ बललाई एउटा हातको पन्जामा ३ मिनट ५२ सेकेन्डसम्म राखेर र भाई सन्तोषसंग मिलेर लगातार १९ घण्टा ३५ मिनेटसम्म हात मिलाएर विश्व रेकर्ड कायम गरिसकेका छन्।

Rohit Timilsina greeted by Shree Parajuli, president of Ridgewood Nepalese Society after he set new world records on worm move on June 10, 2012. Photos: eEyeCam.com

गत बर्ष सन् २०११ को जनवरी १६ तारिख रोहित र उनको सहोदर भाई सन्तोष तिमिल्सिनाले न्यू योर्कको म्यान्हट्टन शहरको टाइम्स स्क्वायरमा ३३ घण्टासम्म लगातार हात मिलाएर विश्व रेकर्ड कायम गर्न गरेको प्रतिस्पर्धामा न्यू जिल्यान्ड समूहसंग आइतबार ५:१५ बजे एकै चोटि प्रतिस्पर्धालाई अन्त्य गरेर दुई समूह नै विश्व रेकर्ड हाँसिल गर्न सफल भएका थिए।

उक्त अन्तिम प्रतियोगितामा रोहित र उनका साख्खै भाई सन्तोष र न्यू जिल्यान्डका अलस्टेयर गाल्पिन र डन पुर्डोनबिच कडा प्रतिस्पर्धा भएको थियो। जनवरी १४ तारिख बेलुकी ८:१५ मा शुरु भएको उक्त प्रतियोगितामा भाग लिएका ७ समूहमध्ये बाँकी रहेका यि दुई समूहबिच प्रतिकूल मौसम (माइनस ४ डिग्री) को बाबजूद कडा प्रतिस्पर्धा भएको थियो । (हेर्नुहोस् युएस नेपाल अनलाइनको उक्त रिपोर्ट)

Rohit Timilsina with Nepalese and American friends after setting up new worm move record. Photos: eEyeCam.com

रोहित को हुन्?

काठमाडौं धर्मस्थली निवासी रोहितकी आमा स्व. पम्फा तिमिल्सिना र बुवा बलबहादुर तिमिल्सिना हुन् भने उनकी श्रीमती बिन्तिका र साढे ५ बर्शिय छोरा श्रीअंश छन्। उनी ५ दाजु भाईमा जेठो हुन्। उनीसंग हात मिलाउने प्रतियोगितामा भाग लिन आएका सन्तोष काँइला भाई हुन्।

Santosh Timilsina (left), younger brother of Rohit. Photos: eEyeCam.com

सन्तोषले टाइम्स स्क्वायरमा हात मिलाएर विश्व रेकर्ड जितेपछि लगत्तै नेपाल फर्केको डेढ महिनापछि एसएलसि (SLC) परिक्षा दिएका थिए। दाजु रोहितको जुका हिडाई विश्व रेकर्डकोलागि न्यू योर्क आएका सन्तोषले आफू एसएलसिमा फार्स्ट डिभिजनमा पास भएको सुखद खबर युएस नेपाल अनलाइनलाई सुनाए।

सन्तोषले ग्राम सेवा उच्च माबि धर्मस्थली, काठमाडौंबाट एसएलसि दिएका हुन्। उनी टाइम्स स्क्वायरमा शान्तीकोलागि विश्व रेकर्ड कायम गर्न आउँदा सेन्ट अप परिक्षा छुटेको तर शिक्षा मन्त्रालयको बिशेष तजबिजमा एक्लै जाँच दिने ब्याबस्था मिलाएको र त्यसमा पास भएपछि एसएलसी दिन सफल भएको कुरा रोहितले बताए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-हात मिलाउनेमा विश्व रेकर्ड कायम गर्न प्रतिस्पर्धा गरेका नेपाली र न्यू जिल्यान्डको दुई समूह नै बिजयी !

-२८ घण्टा प्रतिस्पर्धा पुरा, तेन्जिङ र हिलारीको देशकाबिच लामो जुधाइ

-24 Hours Handshaking & still going strong !

-Nepalese Brothers Making History in Times Square, New York

-न्यू योर्कमा हात मिलाउदै विश्व रेकर्ड कायम गर्न दुई नेपाली आइ पुगे, प्रतियोगिता जारी

Rohit Timilsina cheering up with Nepalese and American friends after setting up new worm move record. Photos: eEyeCam.com

Dr. Tara Niraula presenting statue of Lord Buddha to Rohit Timilsina. Photos: eEyeCam.com

Rohit Timilsina after setting up new worm move record at the Brooklyn Bridge, Manhattan, New York. Photos: eEyeCam.com











Rohit Timilsina taking rest after setting up new worm move record at the Brooklyn Bridge, Manhattan, New York. Photos: eEyeCam.com

न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे
More photos of Worm Move World Record by Rohit Timilsina
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.