Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूड नेपालीज सोसाईटीका अध्यक्ष ज्ञवालीद्वारा राजिनामा, दोश्रो श्रीमद भागवद सप्ताह स्थगित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 21 July 2014 16:46

Exclusive: 2 documents: न्यू योर्क- नेपालीहरुको गाउँकोरुपमा चर्चित झन्डै १५ सय नेपालीहरु बसोबास गर्ने रिज्वूड शहरस्थित 'रिज्वूड नेपालीज सोसाईटी' द्वारा यही जुलाई २७ देखि अगस्ट ३ तारिखबीच आयोजना गरिन लागेको दोश्रो श्रीमद भागवद ज्ञान महायज्ञ सप्ताह ब्रिहस्पती अस्तको बेला आयोजना गर्दा पूजा गर्ने भक्तालुलाई अशुभ हुने भएको कारण स्थगित गरिएको छ। यसैबीच, सो सोसाइटीका अध्यक्ष मोहन ज्ञवाली र सप्ताह आयोजक समितिका संयोजक जनक भण्डारीले कार्य समितिलाई जानकारी नदिई सप्ताहको शुभारम्भ हुने दिन जुलाई २७ मा आयोजना गरिन लागेको 'शान्ती र्‍याली' मा भाग लिन भन्दै नेपालबाट मान्छे झिकाउन खोजिएको तथ्य बाहिर आएपछि राजिनामा दिएकाछन्।

 

The press release issued by Ridgewood Nepalese Society (RNS) on July 21, 2014.

रिज्वूड नेपालीज सोसाईटीले जुलाई छ तारिख जारी प्रेस बक्तब्यमा भनेको छ-

"...महायज्ञका माध्यमबाट अझै सतमार्गमा लाग्न टेवा पुगोस र संकलित रकमबाट दूर्गा मन्दिर तथा साँस्कृतिक केन्द्र निर्माणमा सहयोग पुगोस भन्ने हेतुले शास्त्रले वताए वमोजिका कुराहरु गर्न यस राज्यमा बसेर अतिनै कठिन हुने कुरालाई हृदयङगम गरी त्यसको सट्टा स्कूलका वाल वालीकाहरुको छुट्टी भएको बेला, जाडो नभएको बेला, नेपालीहरुको महान चाड दशै तथा तिहार अगाडीको बेला, धेरै जस्तोले छुट्टी मिलाई घुमफिर गर्ने बेलालाई शुभ मुहर्त मानी कार्य समितीको स्वीकृतीबाट मिति तय गरी यहि आउदो July 27 देखी August 3 तारीक शुरु हुन गइरहेको दोस्रो वृहत श्रीमदभागवत ज्ञान महायज्ञको संघारमा आई विभिन्न संञ्चार माध्यमद्घवारा यस समयमा महायज्ञ लगाउन नमिल्ने तथा दान दिए लिए श्रीमान श्रीमती तथा कर्तालाई नै पिर्ने भन्ने समाचार प्रवाह भएपछि हामीले सर्वहितका लागी गर्न लागीएको यस महायज्ञमा अरुको व्यक्तिगत जीवनमा वेचइन नआओस भनी ज्योतिषी शास्त्रबाट अर्को उपयुक्त तिथी, मिती, समय नआउन्जेल सम्मका लागी कार्यक्रम स्थगीत भएको व्यहोरा सहस्र जानकारी गराउदछौं । अतः यसबाट हाम्रा धर्मपरायण नेपाली तथा बिदेशी दाजुभाई तथा दिदीबहिनीहरुमा पर्न गएको असुबिधा प्रति रिजउड नेपाली समाज क्षमा प्रार्थी छौ ।"

The scan copy of invitation letter sent by Ridgewood Nepalese Society President Mohan Gyawali to Mohan Bahadur Silwal in Nepal.

त्यसैगरी, सोसाइटीले अध्यक्ष ज्ञवालीको राजिनामाबारे भनेको छ-

"आयोजक समितीका अध्यक्ष मोहनबहादुर ज्ञवाली तथा आयोजक समितीका संयोजक जनक भण्डारीले कार्यसमितीको स्वीकृती विना केहि व्यक्तिहरुलाई नेपालबाट अमेरिका आउन निमन्त्रणा तथा अमेरिकन एम्बेसी, नेपालमा भिसाको लागि अनुरोधको चिट्ठी पठाएको कारण उत्पन्न समस्याबाट कार्य समितीलाई परेको अप्ठेरोबाट सहज स्थिती बनोस भनी, अध्यक्ष मोहन बहादुर ज्ञवाली र संयोजक तथा कार्य समिती सदस्य जनक भण्डारीले उहाँहरुको पदबाट यस संस्थालाई राजिनामा दिनुभएको व्यहोरा जानकारी गराउदछौ । अव उपरान्त उहांहरुका प्रसंग जोडी आउने कुनैपनि कुरा, संस्थासंग सम्बन्ध नहुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौ ।"

यसैबीच, सोसाइटीको निबर्तमान अध्यक्ष श्री पराजुलीलगायत ६५ जना सोसाइटीका पूर्व पदाधिकारी र कृयाशील सदस्यहरुले जुलाई २१ तारिख एक संयुक्त प्रेस बक्तब्य जारी गर्दै "अध्यक्ष मोहन ज्ञवाली नेतृत्वको बोर्डले संस्थाको आधिकारीक लेटर प्याडको दुरुपयोग गरी महायज्ञका नाममा नेपाल र भारतका विभिन्न शहरबाट आफन्तहरु र मोटो रकम लिएर केही व्यक्तिहरुलाई अमेरीका ल्याउन पत्र पठाएको भनि विभिन्न संचारमाध्यममा पत्रको प्रमाणसहित समाचार प्रकाशित भएको घटनाप्रती हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ" भन्दै "...धार्मिक कार्यको नाममा भएको यस खालको घृणित कार्यले संस्थाको मान मर्दन भएको ठहर गर्दै हामीले संस्थाका अध्यक्ष मोहन ज्ञवालीलगायतको कार्यसमितीलाई गल्ति स्विकार गर्दै सामुहिक राजिनामा दिन पनि आग्रह गर्दछौ" भनिएको छ।

रिजउड नेपाली समाजको बिज्ञप्ती

आदरणिय दाजुभाई तथा दिदी बहिनीहरु,

विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा आई आफ्नो व्यस्त जीवन विताईरहनु भएका तमाम नेपाली तथा विदेशी दाजुभाई तथा दिदी बहिनीहरुलाई श्रीमदभागवत ज्ञान महायज्ञका माध्यमबाट अझै सतमार्गमा लाग्न टेवा पुगोस र संकलित रकमबाट दूर्गा मन्दिर तथा साँस्कृतिक केन्द्र निर्माणमा सहयोग पुगोस भन्ने हेतुले शास्त्रले वताए वमोजिका कुराहरु गर्न यस राज्यमा बसेर अतिनै कठिन हुने कुरालाई हृदयङगम गरी त्यसको सट्टा स्कूलका वाल वालीकाहरुको छुट्टी भएको बेला, जाडो नभएको बेला, नेपालीहरुको महान चाड दशै तथा तिहार अगाडीको बेला, धेरै जस्तोले छुट्टी मिलाई घुमफिर गर्ने बेलालाई शुभ मुहर्त मानी कार्य समितीको स्वीकृतीबाट मिति तय गरी यहि आउदो July 27 देखी August 3 तारीक शुरु हुन गइरहेको दोस्रो वृहत श्रीमदभागवत ज्ञान महायज्ञको संघारमा आई विभिन्न संञ्चार माध्यमद्घवारा यस समयमा महायज्ञ लगाउन नमिल्ने तथा दान दिए लिए श्रीमान श्रीमती तथा कर्तालाई नै पिर्ने भन्ने समाचार प्रवाह भएपछि हामीले सर्वहितका लागी गर्न लागीएको यस महायज्ञमा अरुको व्यक्तिगत जीवनमा वेचइन नआओस भनी ज्योतिषी शास्त्रबाट अर्को उपयुक्त तिथी, मिती, समय नआउन्जेल सम्मका लागी कार्यक्रम स्थगीत भएको व्यहोरा सहस्र जानकारी गराउदछौं । अतः यसबाट हाम्रा धर्मपरायण नेपाली तथा बिदेशी दाजुभाई तथा दिदीबहिनीहरुमा पर्न गएको असुबिधा प्रति रिजउड नेपाली समाज क्षमा प्रार्थी छौ ।

आयोजक समितीका अध्यक्ष मोहनबहादुर ज्ञवाली तथा आयोजक समितीका संयोजक जनक भण्डारीले कार्यसमितीको स्वीकृती विना केहि व्यक्तिहरुलाई नेपालबाट अमेरिका आउन निमन्त्रणा तथा अमेरिकन एम्बेसी, नेपालमा भिसाको लागि अनुरोधको चिट्ठी पठाएको कारण उत्पन्न समस्याबाट कार्य समितीलाई परेको अप्ठेरोबाट सहज स्थिती बनोस भनी, अध्यक्ष मोहन बहादुर ज्ञवाली र संयोजक तथा कार्य समिती सदस्य जनक भण्डारीले उहाँहरुको पदबाट यस संस्थालाई राजिनामा दिनुभएको व्यहोरा जानकारी गराउदछौ । अव उपरान्त उहांहरुका प्रसंग जोडी आउने कुनैपनि कुरा, संस्थासंग सम्बन्ध नहुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौ ।

सहकुल खत्री
सचिव
रिजउड नेपाली समाज, न्यूयोर्क

सोसाइटीको निबर्तमान अध्यक्ष श्री पराजुलीलगायत ६५ जना सोसाइटीका पूर्व पदाधिकारी र कृयाशील सदस्यहरुद्वारा जारी प्रेस बक्तब्य

संयुक्त विज्ञप्ती


२०१४ जुलाई २१

रिजउड नेपाली समाजले जुलाई २७ मा न्युयोर्कको रिजउडमा आयोजना गर्न लागेको श्रीमद् भागवत ज्ञान महायज्ञमा संस्थाका अध्यक्ष मोहन ज्ञवाली नेतृत्वको बोर्डले संस्थाको आधिकारीक लेटर प्याडको दुरुपयोग गरी महायज्ञका नाममा नेपाल र भारतका विभिन्न शहरबाट आफन्तहरु र मोटो रकम लिएर केही व्यक्तिहरुलाई अमेरीका ल्याउन पत्र पठाएको भनि विभिन्न संचारमाध्यममा पत्रको प्रमाणसहित समाचार प्रकाशित भएको घटनाप्रती हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ ।

महायज्ञजस्तो पवित्र कार्यमा भएको यसप्रकारको घटनाले रिजउड नेपाली समाजमा आवद्ध हामी सवै नेपालीलाई दुखी मात्र तुल्याएको छैन् यस्तो घृणित कार्यले हाम्रो शिर समेत झुकेको हामी सवैलाई महसुस भएको छ ।
संस्थाले आयोजना गर्न लागेको महायज्ञबाट उठेको रकमले न्युर्योकमा दुर्गा मन्दिर निर्माण तथा नेपाली सांस्कृतिक भवन निर्माणको पवित्र उद्देश्य राखिएको र त्यसै अनुसार सवै नेपाली दाजु भाईहरुको समेत सहयोग रहेको अवस्थामा संस्थाकै मुख्य नेतृत्वकै संलग्नतामा भएको यस्तो घृणित कार्यले हामी सवै रिजउडवासी नेपालीलाई दुखी बनाएको छ ।

सुरुमा संस्थाले महायज्ञको लागी भनेर नेपालबाट कुनै पनि व्यक्तिका लागी आमन्त्रण पत्र नलेख्ने भनेपनि पछि शान्ती¥यालीमा भाग लिनका लागी भन्दै आमन्त्रणपत्र संस्थाका अध्यक्ष मोहन ज्ञवालीकै हस्ताक्षरमा  काठमाण्डौस्थित अमेरीकी दुतावासलाई लेखिएको पत्र सार्वजनिक हुनुले पनि संस्थाका जिम्मेवार व्यक्तिले नै पदको दुरुपयोग गरेको घटना पुष्टि भइसकेको छ ।

संचार माध्यममै संस्थाका पदाधिकारीले व्यक्त गरेको फरक –फरक अभिव्यक्तिले पनि नेपालबाट अमेरीकामा मान्छे झिकाउनकै लागी संस्थाका जिम्मेवार व्यक्तिले पदको दुरुपयोग गरेको पुष्टि भएको पनि हामीलाई महसुस भएको छ ।

अतः धार्मिक कार्यको नाममा भएको यस खालको घृणित कार्यले संस्थाको मान मर्दन भएको ठहर गर्दै हामीले संस्थाका अध्यक्ष मोहन ज्ञवालीलगायतको कार्यसमितीलाई गल्ति स्विकार गर्दै सामुहिक राजिनामा दिन पनि आग्रह गर्दछौ । साथै,संस्थाको दुरुपयोग गर्ने कार्यमा संलग्न सवै पदाधिकारी तथा कार्य समिती सदस्यलाई कार्वाही गर्न पनि हामी माग गर्दछौ ।  

वर्तमान रिजउड समाजको कार्यसमितीले संस्थाको गरिमा र उचाईलाई कायम राख्न नसकेको र यस्तो घृणित कार्यमा संलग्न भएका संस्थाका पदाधिकारीलाई नैतिक रुपमा पनि पदमा बसिराख्ने कुनै पनि अधिकार नभएकोले संस्थालाई अघि बढाउन  र यसको गरिमालाई कायम राख्न पनि संस्थाको साधारणसभा बोलाउन पनि हामी जोडदार माग गर्दै तपसिलका सदस्यहरुले यो वक्तव्य जारी गर्दछौ ।   

१.श्री पराजुली निर्वतमान अध्यक्ष
२.मिलन शाही निर्वतमान उपाध्यक्ष
३.रवि कोइराला भुतपुर्व उपाध्यक्ष
४.सुमन शाह भुतपुर्व उपाध्यक्ष
५.सतेन्द्र शाह भुतपुर्व कोषाध्यक्ष
६.सुनिल पौडेल निर्वतमान कार्यसमिती सदस्य
७.अमीत शाह निर्वतमान कार्यसमिती सदस्य
८.कृष्ण विष्ट निर्वतमान कार्यसमिती सदस्य
९.अनीकेत शाह निर्वतमान कार्यसमिती सदस्य
१०.मिना श्रेष्ठ  निवर्तमान सल्लाहकार
११.मिठु थापा  निर्वतमान कार्यसमिती सदस्य
१२.हरीप्रसाद काफ्ले निर्वतमान कार्यसमिती सदस्य
१३.जनक खत्री निवर्तमान कार्यसमिती सदस्य
१४.दिनेश मल्ल निर्वतमान सल्लाहकार
१५.जगन्नाथ पराजुली
१६.रामकृष्ण पाण्डे
१७.कमल अर्याल
१८.बावुराम ढुङगाना
१९.प्रकाश शर्मा
२०.दिपक पाण्डे
२१.सुवोध घिमिरे
२२.पवन राना
२३.नारायण तिमिल्सेना
२४.कल्पना पहारी
२५.चिन बहादुर केसी
२६.हरी तिमिल्सीना
२७.कुमार तिमिल्सीना
२८.दुर्गा सुब्बा
२९.झविन्द्र खरेल
३०.निराजन गौतम
३१.बासु पोख्रेल
३२.सुशिल भुसाल
३३.अमु बस्नेत
३४.राहुल बस्नेत
३५.वेगम पण्डित
३६.नारायण गुरुङ
३७.राम तिमिल्सीना
३८.केदार पहारी
३९.मनीता विष्ट
४०.थम्मन बस्नेत
४१.रामकृष्ण पाण्डे
४२.जनक पराजुली
४३.सुवास घिमिरे
४४.सन्दिप पौड्याल
४५.शिवहरी संन्ज्याल
४६.दिपेन्द्र पौड्याल
४७.दिपक पाण्डे
४८.रञ्जित मल्ल
४९.भुपेन्द्र उलक
५०.गोपालहरी रंजित
५१.किशोर काफ्ले
५२.किरन काफ्ले
५३.कृष्णप्रसाद सिग्देल
५४.नबिन ढकाल
५५.बिनोद पोख्रेल
५६.दिपक भण्डारी
५७.कृष्ण पन्थ
५८.गणेश लम्शाल
५९.तिलक श्रेष्ठ
६०.नबिन थापा
६१.यज्ञमुर्ती आर्चाय
६२.शारदा आर्चाय
६३.सुर्य आर्चाय
६४.विष्णु अधिकारी
६५.दिलासा थापा

Exclusive news about Ridgewood Nepalese Society's activities:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं पर्बको अबसरमा साँस्कृतिक साँझ सम्पन्न

-न्यू योर्कको रिज्वूड नेपालीज सोसाइटीमा भाँडभैलो, दुई पक्षबीच आरोप प्रत्यारोप

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीको नयाँ नेत्रित्वमा संस्थापक अध्यक्ष मोहन ज्ञवाली पुन: निर्बाचित

-न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा नेपाली नारीले सन् २०१२ को तीज यसरी मनाए

-न्यू योर्कमा नेपालीहरुद्वारा महारुद्री पूजा सम्पन्न

-न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे

-न्यू योर्कमा २५ बर्शिय स्वर्गिय भेषराज पाण्डेको भावपूर्ण श्रद्दान्जली र दाह संस्कार सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न

-न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

-न्यू योर्कको रिज्वूडमा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिजउडमा ३६ नेपालीले रक्तदान गरे

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-न्यू योर्कको रिजवूडमा नेपालीहरुद्वारा रक्तदान

-न्यू योर्कको रिजउडमा नेपालीहरुले धुमधामसंग दशै मनाए

Visit for more info: http://rnsociety.org

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.