Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूड नेपालीज सोसाइटीमा भाँडभैलो, दुई पक्षबीच आरोप प्रत्यारोप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 03 September 2013 10:23

Exclusive: 14 photos: न्यू योर्क- झन्डै १६०० नेपालीहरुको बस्ती रहेको नेपालीहरुको अमेरिकि गाउँ भनेर चर्चित न्यू योर्क महानगरकै अर्को शहर रिज्वूडका नेपालीहरुको साझा संस्था 'रिज्वूड नेपालीज सोसाइटी' मा संस्थाको काम कुरालाई लिएर भाँडभैलो मच्चिएको छ।


Rigdewood Nepalese Society's current executive committee: President Mohan Gyawali, VP Milan K Shahi, Secretary Sahakul Khatri, and Treasurer Satendra Shah. Photos courtesy: RNSociety.org

सन् २००३ मा बिधिबत स्थापना गरिएको सोसाइटीको संस्थापक अध्यक्ष मोहन ज्ञवाली गत जुलाई २८ मा सम्पन्न अधिबेशनबाट ज्ञवाली र अध्यक्ष श्री पराजुलीको समूहबीच सहमतिपछि ज्ञवाली सर्बसम्मत पुन: अध्यक्ष बनेका थिए। सेप्टेम्बर १ तारिख बसेको सोसाइटिकोको पछिल्लो बैठकमा दुई पक्षबीच बैठकको प्रकृयालाई लिएर भनाभन भएपछि रडाको चर्किन गएको हो।


Executive Members: Saroj Shrestha, Janak Bhandari, Krishna B Bista, Radhika Tamang and Sunil Poudyal. Photos courtesy: RNSociety.org

निबर्तमान अध्यक्ष श्री पराजुली समूहबाट सर्बसम्मत निर्बाचित उपाध्यक्ष मिलनकुमार शाही, कोशाध्यक्ष सतेन्द्र शाह, सदस्य द्वय सुनिल पौडेल र कृष्ण बिष्टले आफूहरुलाई अध्यक्ष ज्ञवालीले बैठक अघि नै बैठक पुस्तिकामा थप ४ जना मनोनित सदस्यहरु र ५ जना सल्लाकारहरुको नाम लेखेर आफूहरुलाई सहि गर्न दबाब दिएको र संस्थाको बिगतको कार्य समितीले गरेको ईतिहासलाई नामेट पार्ने दुस्प्रयास गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरी आफ्नो जिकिर पेश गरेका छन्। (तल हेर्नुहोस् प्रेस बिज्ञप्ती)

Ridgewood Nepalese Society's immediate past President Shree Parajuli and immediate past Vice President Ravikiran Koirala. Photos: eEyecam.com

तर अध्यक्ष ज्ञवालीले युएस नेपाल अनलाइनसंग बिशेष टेलिफोन वार्ता गर्दै आफूले बैठकमा उपस्थितीमा सहि गराएको र त्यसको मुनितिर थप ४ सदस्यहरुको नाम प्रस्ताव स्वरुप पेश गरेको दाबी गरेकाछन्। प्रस्तावित नामहरु राजेश भट्ट, तुल्सिराम आचार्य, डिल्ली सिवाकोटी र भुवनेश्वर अधिकारी भएको अध्यक्ष ज्ञवालीले जनाएकाछन्।

उता उपाध्यक्ष मिलन शाहीको नेत्रित्वमा जारी प्रेस बिज्ञप्तीमा सोसाइटीले निर्माण गर्न लागेको दुर्गा मन्दिर निर्माण समितीको अध्यक्षमा गत अधिबेशनले रबिकिरण कोइरालालाई चुनेको तर अध्यक्ष ज्ञवालीले बोर्डले स्विकार नगरेको भन्दै मान्यता नदिएकोमा आपत्ति जनाएको छ। यो आरोपको जवाफमा अध्यक्ष ज्ञवालीले सोसाइटीको बिधानमा समानान्तर दुई वटा अध्यक्ष रहने ब्यबस्था नभएको बताउँदै मन्दिर निर्माण समितिको संयोजक भनेमा आफूलाई आपत्ति नहुने युएस नेपाल अनलाइनलाई जानकारी गराए।

Ridgewood Nepalese Society's founding and current president Mohan Gyawali. Photo: eEyeCam.com

त्यसैगरी, सेप्टेम्बर १ तारिखको बैठकमा भनाभन हुँदा "अध्यक्ष मोहन ज्ञवालीले कोषाध्यक्ष सत्येन्द्र शाहलाई यो मधेश होइन भनी धम्काउदै जातीय र क्षेत्रीय विभाजनको परीवेश सृजना गर्दै रिजउर्ड नेपाली समाज म एकलैले चलाउन सक्छु तिमीहरु कोही चाहीदैन भन्ने धक्की पुर्ण भाषा प्रयोग गर्नु भयो" भनी उपाध्यक्ष मिलन शाहीको नेत्रित्वमा जारी प्रेस बिज्ञप्तीमा गंभिर आरोप लगाइएको छ।

तर युएस नेपाल अनलाइनले अध्यक्ष ज्ञवालीलाई यो आरोपबारे प्रश्न गर्दा त्यस्तो कुनै शब्द प्रयोग नगरेको दाबी गरेकाछन्। उनले आफूहरुबीच झगडा बनाउने र एकतालाई टुक्रेयाउने नियतले अर्को समूहले यो चालचालेको प्रतिआरोप लगाएकाछन्।

कसरी मिलाएर लैजानु हुन्छ त? भन्ने प्रश्नको जवाफमा अध्यक्ष ज्ञवालीले ४ जना बोर्ड सदस्य साथीहरुलाई पनि आगामी बैठकमा बोलाइने बताए। तर उनले यसो पनि भने- "४ जना मध्ये मिलन जि राम्रो हुनुहुन्छ, अरु तीन जना चाँही लडाकू, दादागिरी छन् र समाजलाई भत्काउन खोज्नु भएको छ, कुर्चिले हान्ने, टेबुल ठोक्ने र माइन्यूट च्याट्ने काम गर्नु भएको छ। आफू पनि नगर्ने, अरुलाई पनि गर्न नदिने, बाँदरे चाला त गर्नु नभएन नि"

हेर्नुहोस् उपाध्यक्ष मिलन शाहीको नेत्रित्वमा जारी प्रेस बिज्ञप्ती:

प्रेस विज्ञप्ती

आदर्णीय पत्रकार मित्रहरु,

संयुक्त राज्य अमेरिकामा रहेको नेपालीहरुको सामाजिक संस्था रिजउड नेपाली समाज नेपाली दाजुभाई दिदिबहिनीहरुको एकताको प्रतीक र नेपाली संस्कृती अभिवृद्धि गर्ने संस्थाको रुपमा परीचीत रही आएको सबैमा विदीतै छ । संस्थाको यसै मूल आधारलाई टुट्न नदिने अभिप्रायले गत जुलाई महिनामा भएको साधारण सभाले सहमतीको आधारमा संस्थालाई बिकास गराउदै लैजाने उद्देश्यका साथ निर्विरोध ९ समितिको कार्य समिति गठन गरी बाकी ४ जना सदस्य निर्वाचित कार्यसमितिले सहमतीमा मनोनित गर्ने साधारण सभाको निर्णय भयो । सोही बमोजिम दुर्गा मन्दिरमा समितिको अध्यक्षमा श्री रवि किरण कोइरालाज्यूलाई चयन गरीएको विषय सबैमा जाहेर छ । तर कार्य समिति निर्माण भई सकेपछि साधारण सभामा भएका सबै सहमतिका विषयहरुलाई पाखा लगाई मनोमानी निर्णय गर्ने प्रक्रियाको थालनी गरीयो ।

१. साधारण सभाबाट निर्विरोध निर्वाचीत पदाधिकारी र सदस्यहरु मध्ये उपाध्यक्ष श्री मिलन कुमार शाही, कोषाध्यक्ष श्री सत्येन्द्र शाह, सदस्य श्री कृष्ण विष्ट र सदस्य श्री सुनील पौडेललाई संस्थाबाट गरीने विविध कृयाकलापबाट अनभीज्ञ राख्ने काम गरीयो ।


२. विगतको कार्य समितिले संस्थाको निम्ती निर्माण गरेको महत्वपूर्ण इतिहासलाई मेटाउने दुस्प्रयास गर्दै खरीद गरीएको जमीन उपयूक्त छैन भन्ने भ्रामक विचारहरु समाजमा फैलाउने प्रयास गरीयो ।

३. मिति सेप्टेमबर १, २०१३ का दिन बसको वैठकमा मनोनीत गर्नुपर्ने सदस्य ४ जनाको नाम र ५ जना सल्लाकारहरुको नाम छलफलमा नै नलाई पहिले नै माइन्यूटमा लेखी दस्तखत गर्न भनीयो । उपाध्यक्ष श्री मिलन कुमार शाही, कोषाध्यक्ष श्री सत्येन्द्र शाह, सदस्य श्री कृष्ण विष्ट र सदस्य श्री सुनील पौडेलले छलफल नै नगरी कसरी प्रस्तावको निर्णय हुन सक्छ, छलफल गरी सहमतीको आधारमा जाउ भन्दा अध्यक्ष श्री मोहन ज्ञवालीले छलफल भईसकेको छ सही गर्नुस भनी दवाव दिदा हामीले अस्वीकार गरेपछि बैठक स्थलबाट हामी ४ जनालाई बाहिर निकालीयो । बैठक स्थलमा केही वेर भनाभन हुदा अध्यक्ष मोहन ज्ञवालीले कोषाध्यक्ष सत्येन्द्र शाहलाई यो मधेश होइन भनी धम्काउदै जातीय र क्षेत्रीय विभाजनको परीवेश सृजना गर्दै रिजउर्ड नेपाली समाज म एकलै ले चलाउन सक्छु तिमीहरु कोही चाहीदैन भन्ने धक्की पुर्ण भाषा प्रयोग गर्नु भयो ।

४. साधारण सभामा नयाँ कार्यसमितिले अविलम्व मन्दिर निर्माणको लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाइएपनी हालसम्मको ३ वटा बैठक पूरा भएपनि मन्दिर निर्माणबारे भावी योजनाको कुनै विषय प्रवेश गर्न सकेन ।

५. साधारण सभावाट सर्वसम्मत चयन भएका मन्दिर समितिका अध्यक्ष श्री रवि किरण कोइराला लाई वोर्डले गरेको छैन । साधारण सभाले अध्यक्ष बनाएर हुदैन भन्ने गैर जिम्मेबार अभीकारी मोहन ज्ञवालीले व्यक्त गर्नु भयो । जसबाट रिजउड नेपाली समाजमा तमाा साधारण र आजीवन सदस्यहरुको अभिमत माथि अध्यक्षले कुठाराघात गर्ने दुस्प्रयास गर्नु भएको छ ।

अध्यक्ष श्री मोहन ज्ञवालीबाट प्रर्दशीत उल्लेखीत व्यवहार र कृयाकलापबाट समाजलाई सहमती र एकताको दिशामा अगाडी लैजाने सोच संकटमा पर्दैजान लागेको अवस्थामा समाजमा सम्पूर्ण साधारण र आजीवन सदस्यहरुलाई संस्थाको मजवुत एकताको पक्ष प्रतिवद्ध रहन हामी आव्हान गर्दछौ ।

सेप्टेम्बर ०२, २०१३

................
उपाध्यक्ष                                     
मिलनकुमार शाही

................
कोषध्यक्ष
सत्येन्द्र शाह

................
सदस्य
सुनील पौडेल

................
सदस्य                                         
कृष्ण विष्ट

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिर बिबादको भुङ्ग्रोमा?

निबर्तमान अध्यक्ष श्री पराजुलीको कार्य समितिको सकृयतामा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि  ५ हजार स्क्वायर फिट रहेको जग्गा ४ लाख १९ हजार डलरमा खरिद गरिसकिएको छ। उक्त जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। तर आज त्यही जग्गा र कस्को नेत्रित्वमा मन्दिर निर्माण गर्ने भन्ने महत्वाकाँक्षाका कारण भाँडभैलो श्रीजना भएको मानिन्छ।

This 5000 Sq. Ft. land is purchased by Ridgewood Nepalese Society to build Dugrga Mandir and Nepalese Community Center which is located at 1647 Hancock Street, Ridgewood. Photo: eEyeCam.com

 


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि सन् २०१० अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरेको थियो।। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको थियो।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Exclusive news about Ridgewood Nepalese Society's activities:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीको नयाँ नेत्रित्वमा संस्थापक अध्यक्ष मोहन ज्ञवाली पुन: निर्बाचित

-न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा नेपाली नारीले सन् २०१२ को तीज यसरी मनाए

-न्यू योर्कमा नेपालीहरुद्वारा महारुद्री पूजा सम्पन्न

-न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे

-न्यू योर्कमा २५ बर्शिय स्वर्गिय भेषराज पाण्डेको भावपूर्ण श्रद्दान्जली र दाह संस्कार सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न

-न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

-न्यू योर्कको रिज्वूडमा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिजउडमा ३६ नेपालीले रक्तदान गरे

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-न्यू योर्कको रिजवूडमा नेपालीहरुद्वारा रक्तदान

-न्यू योर्कको रिजउडमा नेपालीहरुले धुमधामसंग दशै मनाए

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.