Inside

All Time Top 50 News

न्यू योर्कमा रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 18 April 2011 20:55
Article Index
न्यू योर्कमा रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न
More photos of Nepali New Year 2068 celebration in Ridgewood
All Pages

नयाँ कार्य समितीका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन
Special: 1 video, 26 photos:
न्यू योर्क- रिज्वुड नेपालीज सोसाइटीद्वारा शुक्रबार साँझ नेपाली नयाँ बर्ष २०६८ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रमकासाथै सोसाइटीको सन् २०११-१३ कालागि नब निर्बाचित कार्य समितीका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोह सम्पन्न गरिएको छ ।



Newly elected executive committee members taking oath during swearing-in-ceremony in Ridgewood, New York on April 15, 2011. Photos: eEyeCam.com


सोसाइटीको अध्यक्षमा श्री पराजुली पुन: निर्बाचित हुनुभएको छ। त्यसैगरी, उपाध्यक्षमा रबिकिरण कोइराला, सचिबमा गजेन्द्र बुढाथोकी, कोशध्यक्षमा मिलन कुमार शाही पनि पुन: निर्बाचित हुनुभएको छ। नब निर्बाचित सदस्यहरुमा तुल्सिराम आचार्य, राजेश भक्त, दुर्गा निरौला, अनिकेत शाह र सेलिना सिंह हुनुहुन्छ।

Re-elected President of Ridgewood Nepalese Society, Shree Parajuli. Photos: eEyeCam.com

उक्त पदस्थापन समारोहमा सोसाइटीद्वारा स्थापित दुर्गा मन्दिरका पूजारी पन्डित मतिराज शर्मा शास्त्री भुसालद्वारा नब निर्बाचित कार्य समितीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो।

समारोहको प्रमुख अतिथी सोसाइटीका संस्थापक सल्लाहकार यादब गौतम हुनुहुन्थ्यो।

समारोहमा उपाध्यक्ष रबिकिरण कोइरालाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सचिब गजेन्द्र बुढाथोकीले सोसाइटीको वार्षिक प्रतिबेदन र कोशध्यक्ष मिलन शाहीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो।


Artists performing Nepalese folk dance. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Ridgewood Nepalese Society's Nepali New Year 2068 Nite, NY, April 15, 2011



समारोहलाई नब निर्बाचित अध्यक्ष पराजुली र प्रमुख अतिथी गौतमले सम्बोधन गर्दै नेपाली नयाँ बर्षको अबसरमा शुभकामना ब्यक्त गर्नुभयो।
अध्यक्ष पराजुलीले सोसाइटीद्वारा निकट भबिस्यमा निर्माण गरिन लागेको नेपाली दुर्गा मन्दिर तथा सामुदायीक भवनको निर्माणकालागि चन्दा प्रदान गर्ने दाताहरुलाई आभार ब्यक्त गर्दै सबैलाई उक्त अभियानलाई सफल पार्न अपील गर्नुभयो।

स्मरण रहोस्, सोसाइटीले झन्डै १६ लाख अमेरिकि डलरको लागतमा दुर्गा मन्दिर तथा सामुदायीक भवन निर्माण गर्ने महत्वाकाँक्षी योजना बनाएको छ। उक्त अभियानकालागि सोसाइटीले गत बर्ष अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई लाई निम्त्याएर श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ।  उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्ट)

उक्त पदस्थापना समारोहको सन्चालन सबिता श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रमको दोश्रो भागकोरुपमा नेपाली नयाँ बर्षको अबसरमा बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।


Pop singer Nalina Chitrakar. Photos: eEyeCam.com

उक्त साँगितिक साँझमा गायिकाहरु नलिना चित्रकार, अन्जना गुरुग, गायकहरु कन्हैया सिंह, अभय ढुङ्गेल, तिलक श्रेष्ठ, सुनिल बुढाथोकी र सुरेश श्रेष्ठले आ-आफ्नो गीतहरु प्रस्तुत गर्नु भएको थियो भने गायक पवन ओली र गीता बुर्लाकोटीद्वारा प्रस्तुत दोहोरी गीतमा उपस्थित पाहुनाहरु रमाइ रमाइ नाँचेको देखिन्थ्यो।


Dohori singer Pawan Oli, Gita Burlakoti and other artists performing dohori. Photos: eEyeCam.com

स्थानीय नेपाली कलाकारहरुद्वारा बिबिध न्रित्यहरु पेश गरिएको उक्त साँझको सन्चालन प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान एलुङ राइले गर्नुभएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read exclusive news about Ridgewood Nepalese Society's activities:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिजउडमा ३६ नेपालीले रक्तदान गरे

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

 


Singer Anjana Gurung. Photos: eEyeCam.com


Singer Kanhaiya Singh. Photos: eEyeCam.com


Advvisor Yadav Gautam. Photos: eEyeCam.com







Emcee Sabita Shrestha.



VP Rabikiran Koirala.



Treasurer Milan Shahi.



Scretary Gajendra Buthathoki. Photos: eEyeCam.com


Singers Abhay Dhungel and Gita Burlakoti.


 

रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न
More photos of Nepali New Year 2068 celebration in Ridgewood
All Pages

 

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.