Inside

All Time Top 50 News

न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 16 April 2012 17:17
Article Index
न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न
More photos of RNS Nepali New Year 2069 celebration
All Pages

Special: 3 videos, 36 photos: न्यू योर्क- रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रमको सफल मन्चन गरिएकोछ।


Ridgewood Nepalese Society (RNS) celebrated Nepali New Year 2069 in Ridgewood, New York on April 14, 2012. Photos: eEyecam.com

अप्रिल १४ तारिख आयोजित उक्त नयाँ बर्ष कार्यक्रममा सोसाइटीका अध्यक्ष श्री पराजुलीले बिशिश्ठ अतिथी मिनिस्टर कन्सुलर अमृत राई र उनको परिवारलाई पुष्प गुच्छाद्वारा स्वागत गरेका थिए।

कार्यक्रममा सोसाइटीका उपाध्यक्ष रबिकिरण कोइरालाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको शुरुवात नेपाली राष्ट्र गानबाट गरिएको थियो।

Chief Guest Minister Councilor Amrit Rai, his wife and daughter being welcome by RNS president Shree Parajuli. Photos: eEyecam.com

नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माण गर्ने अभियान

कार्यक्रममा अध्यक्ष श्री पराजुलीले आफू र आफ्नो संस्था नेपाली भाषा, धर्म र संस्क्रितीको संरक्षण गर्न प्रतिबद्द रहेको उल्लेख गर्दै
सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माण गर्न रिज्वूड शहरस्थित 1647 Hancock Street मा रहेको ५ हजार स्क्वायर फिट रहेको जग्गा खरिद गरिएको जानकारी गराएका थिए।

अध्यक्ष पराजुलीले उक्त जग्गाको मूल्य ४ लाख १९ हजार डलर र सरकारी दर्ता दस्तुरसहित ४ लाख २३ हजार ६३८ डलरमा जग्गा सोसाइटीको नाममा गत बर्ष नोबेम्बर २७ मा खरिद गरिएको जानकारी गराए। उनले यो पनि बताएकी नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ सन् २०१० को अगस्ट ९-१५ बिच आयोजना गरेको भागवत महापुराण सप्ताहमा दान कबुल गरिएको ५ लाख ९९ हजार २३१ डलर मध्ये ३ लाख ८१ हजार १४८ उठिसकेको र उठ्न बाँकी २ लाख १८ हजार ०८३ रहेको जानकारी गराए ।

This 5000 SFT vacant land located at 1647 Hancock Street Ridgewood is being purchased by Ridgewood Nepalese Society. Photo: eEyeCam.com

सोसाइटीले सदस्यहरुबाट २ लाख २२ हजार ५७५ डलर रिण सापटी लिएर दर्ता प्रकृया पुरा गरेको बताउँदै उक्त बाँकी अनुदान रकम प्रदान गर्न ढिलाई नगर्न सम्बन्धित अनुदानदाताहरुलाई अपिल गर्दै सबैले सक्दो सहयोग गर्न आग्रह गरे।

RNS president Shree Parajuli. Photos: eEyecam.com

कार्यक्रममा बिशिस्ट अतिथी राई, एनआरएन अमेरिका कोशाध्यक्ष डा. बिनोद शाह, संस्थापक अध्यक्ष मोहन ज्ञवाली, महासचिब गजेन्द्र बुढाथोकीले सम्बोधन गरेका थिए।
कोशाध्यक्ष मिलन शाहीले कार्यक्रमको सन्लाचन गर्नुकासाथै सोसाइटिको आर्थिक तथा वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Nepali New Year 2069 celebration in Ridgewood, NY, April 14, 2012 Part-I




बिबिध साँस्कृतिक कार्यक्रमको भब्य मन्चन

उता दर्शकहरुले न्यू योर्कका नेपाली कलाकारहरुद्वारा प्रस्तुत गरिएको सुमधुर गीत, न्रित्य र प्रहसनको भरपुर मनोरन्जन लिन सफल भएको देखिन्थ्यो।

उद्घोषक तथा गायक राजेश थापा मगरले दर्सकहरुलाई आफ्नो रसिलो उद्घोषण कला र सुमधुर लोक गीतहरुबाट दर्शकहरुलाई तताउन सफल भए भने उनकी सहकर्मी उद्घोसिका माधुरी बिष्टले आफ्नो टेलिभिजनको ब्याबसायिक उद्घोषणा कलाबाट प्रसंशा बटुल्न सफल भइन्।

Singer and emcee Rajesh Thapa Magar and emcee Madhuri Bista. Photos: eEyecam.com

Folk singer Suman Budha Magar entertaining the audience. Photos: eEyecam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Nepali New Year 2069 celebration in Ridgewood, NY, April 14, 2012 Part-II




न्यू योर्कमा जमेका कलाकारहरु गायिका पबिता परियार, गीता बिर्लाकोटी, राजेन्द्र राई र उनकी ५ बर्शिय छोरी एन्जिला राई, यशोदा खालिङ राई, तिलक श्रेष्ठ र अभय ढुङ्गेलको प्रस्तुती मनमोहक रहेको थियो।

उता नेपालका चर्चित लोक गायक सुमन बुढा मगरले आफ्नो बहुचर्चित लोक गीत "पोइल जान पाम भन्नेलाई मैले लान पाम" गीत गाएर दर्श्कहरुलाई नचाउन सफल भए।

Singer Pabita Pariyar. Photos: eEyecam.com

न्रित्यतर्फ ५ बर्शिय सिम्रन अधिकारीको मनोमोहक लोक न्रित्यलाई दर्शकहरुले खुब प्रसंशा गरे।

हेर्नुहोस् सिम्रन अधिकारीको न्रित्य (भिडियो) रिपोर्ट:

Beautiful dance by 5 year old Simran Adhikari at Nepali New Year 2069, Ridgewood, NY, April 14 2012

उता याशोदा खालिङ राई, बसन्ती राई, सरिता श्रेष्ठ, अस्टमाया कोइराला, प्रिया शाही र रोजिना लामिछानेको एकल न्रित्यले दर्शकलाई अझ हेरुहेरु बनायो भने सामुहिक न्रित्यतर्फ सम्झना कार्की, सलीना राई, प्रितीजा गौतम, रन्जु सापकोटा, समिक्षा सापकोटा, धरमबीर लामा, अमिर गुरुङ, ओम गुरुङ, प्रसान गुरुङ, सोनु गुरुङ, यशी शेर्पा, हिसी वोङ्मु र डोल्मा लामाको न्रित्यले कार्यक्रमलाई थप रौनकता थपेको थियो।


Dancer and singer Yashoda Khaling Rai. Photos: eEyecam.com


उता तुल्सीराम आचार्यले प्यारोडी गीत "पासपोर्ट बेचें, गाडी किनें, मैले के बिराएँ" मा नेपालको ६०१ सभासदहरुको कालाकर्तुतहरुलाई ब्यङ्ग गर्ने न्रित्य र अभिनयले दर्शकहरुलाई हँसाउन मात्र होइन मर्मान्त पार्न सफल भए।

Comedian Tulsiram Acharya. Photos: eEyecam.com

कार्यक्रमको अन्तमा हलबाट बाहिरिदै गरेका एक रिज्वूडबासी नेपालीले युएस नेपाल अनलाइनसंग आफ्नो हर्श यसरी पोखे- "साँस्कृतिक कार्यक्रम असाध्यै रमाइलो लाग्यो, नेपालको झक्लो र तिर्सना मेटाउन सफल भयो।"

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive news about Ridgewood Nepalese Society's activities:

-न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

-न्यू योर्कको रिज्वूडमा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिजउडमा ३६ नेपालीले रक्तदान गरे

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-न्यू योर्कको रिजवूडमा नेपालीहरुद्वारा रक्तदान

-न्यू योर्कको रिजउडमा नेपालीहरुले धुमधामसंग दशै मनाए

Singer Gita Birlakoti. Photo: eEyeCam.com


Singer Suman Budha Magar. Photo: eEyeCam.com



Minister Councilor Amrit Rai.

RNS founding president Mohan Gyawali. Photo: eEyeCam.com


RNS Treasurer Milan Shahi.





RNS VP Rabikiran Koirala. Photo: eEyeCam.com

न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न
More photos of RNS Nepali New Year 2069 celebration
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.