Inside

All Time Top 50 News

न्यू योर्कमा मेगास्टार गायक राजेश पायल राईले दर्शकहरूलाई खुब नचाए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 20 November 2016 13:45

Exclusive: 7 photos, 1 video: न्यू योर्क- नेपालका बहुचर्चित गायक राजेश पायल राईले फेरी दर्शकहरूलाई खुब नचाए।सन् २०१४ मा अमेरिकामा पहिलो पटक आफ्नो एकल सांगितिक यात्रामा निस्केका गायक राईले न्यू योर्क, डिसि, टेनेसी, पेन्सेल्भानिया र नर्थ डाकोटा लगायतमा ११ वटा शोहरु गरेर रेकर्ड कायम गरेका थिए भने यो पटक फेरी न्यू योर्कका नेपालीहरूलाई धितमरून्जेल नचाउन सफल भए।


Prominent Nepali singer Rajesh Payal Rai performing live in concert in New York on November 19, 2016. Photo: Pradeep Pariyar Thapa for USNepalOnline

'फैलियो माया दुबो सरी', 'सागर सरी चोखो माया', 'दर्शन नमस्ते' जस्ता दर्जनौं लोकप्रिय गीतहरुका बहुचर्चित गायक राजेश पायल राईले झण्डै ५ हजार गीतहरु गाईसकेका छन् भने ५ सयभन्दा बेशी नेपाली चलचित्रहरुमा गाईसकेकाछन् । नेपाली चलचित्रको संख्या झण्डै ९ सय रहेको छ र गायक राईले झण्डै ६० प्रतिशत चलचित्रमा गाउन सफल भएकाछन्।

आधुनिक, लोक पप, फ्यूजनलगायत बिबिध गायन पक्षमा गीत गाउन सक्ने भर्साटाइल क्षमताका कारण गायन क्षेत्रमा शिखर चुम्न सफल भएका गायक राईले नेपाली श्रोताहरुलाई आफ्नो सफलताको श्रेय दिन्छन्।

गिती एल्बमहरु

गायक राजेश पायल राईका हालसम्म १७ वटा गिती एल्बम प्रकाशित भैसकेकाछन् । उनको मुर्छना (१९९५), पूर्वमा रंग छाडेछ (१९९५), जस्ट फर यू (१९९७), निगाह (१९९७), लब लेटर (१९९८), बैगुनी रैछौ मायालु (१९९९), जदौ (२००४), कामना (२००६), जदौ-२ (२००८), दर्शन नमस्ते (२००९), राई इज किङ्ं (२०१०), तिमी नहुँदा (२०१०), जदौ-३ (२०११), मेड इन नेपाल (२०११), मुर्छना-२ (२०११), आसेवारो (२०११) र दर्शन नमस्ते-२ (२०१३) एल्बमहरु प्रकाशित छन् ।

Music album covers of singer Rajesh Payal Rai. Photos compiled for USNepalOnline.com

पुरस्कार, सम्मानहरु

तेह्र बर्सको उमेरमै रेडियो नेपालको भ्वाइस टेस्ट पास गरेका प्रतिभाशाली गायक राईले सन् १९९५ मै रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए भने बिभिन्न रेडियो-एफएमहरुबाट ८ पटक उत्कृस्ट बर्ष गायक (Best Singer of the Year) उपाधी जित्न सफल भएकाछन् । उनी नारायण गोपाल युवा संगित पुरस्कार, छिन्नलता युवा संगित पुरस्कार जस्ता दर्जनौं पुरस्कारद्वारा सम्मानित युवा गायक पनि हुन् ।

गायक राजेश पायल राई को हुन् ?

सन् १९७५ को सेप्टेम्ब र ३० मा पूर्वी नेपालको खोटाङ जिल्ला, बुईपा गाउँमा जन्मेका गायक राई सन् १९९२ देखि गायन क्षेत्रमा निरन्तरलागि परेकाछन् । बृटिस गोर्खाली (१/६ जिआर) लाहुरे बुवा रत्न राई (७६) र आमा सन्तलखी राई (६६) का काईलो छोरो गायक राईका ३ दाजू, १ दिदी र १ भाई छन् । उनका बुवा-आमा अहिले युके (बेलायत्) मा बसोबास गर्दछन् । उनका बुवा खोटाङ जिल्लाका पूर्व जिल्ला बिकास समिती सभापती पनि हुन् ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा बहुचर्चित गायक राजेश पायल राईको एकल साँगितिक साँझ सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.