Inside

All Time Top 50 News

न्यू योर्कमा वरिस्ठ कवि तुलसी दिवसद्वारा एकल कविता वाचन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 13 July 2013 02:00

Exclusive: 8 photos, 1 video: न्यू योर्क- नेपालका सुप्रसिद्ध कवि तुलसी दिवसद्वारा 'श्रृजनाका यात्राहरु' को ४३ औं श्रृङ्खलामा आफ्ना अजम्बरी कविताहरु वाचन गरिएको छ।


Prominent Nepalese poet Tulasi Diwas (Joshi) reciting his poems at the 43rd episode of Srijanaka Yatraharu in New York on July 12, 2013. Photos: eEeycam.com

जुलाई १२ तारिख शुक्रबार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित ओम मन्दिरमा आयोजित उक्त कविता वाचन कार्यक्रममा कवि दिवसले आफ्ना अजम्बरी कविताहरुको पृष्‍ठभूमिसहित वाचन गरेका थिए भने नेपाली साहित्य र कविता लेखनबारे आफ्नो प्रखर बिचार ब्यक्त गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Prominent Nepalese poet Tulasi Diwas (Joshi) solo Poetry Recitation, New York, July 12, 2013




उक्त एकल कविता वाचन कार्यक्रममा नेपाली साहित्य एकेडेमी उत्तर अमेरिकाका अध्यक्ष एबं कवि बसन्त श्रेष्ठले कवि दिवसको जिवनी र नेपाली साहित्यमा उनको योगदानबारे प्रकाश पारेका थिए।

सोही एकेडेमीका उपाध्यक्ष कवि बिनोद रोकाले श्रृजनाका यात्राहरुकोतर्फबाट कवि दिवसको स्वागत गरेका थिए भने साहित्यकार एबं रेडियोकर्मी सहदेब पौडेलले कार्यक्रमको सन्चालन गरेका थिए।

को हुन् कवि तुलसी दिवस ?

पुर्बि नेपालको धनकुटा जिल्लामा सन् १९४१ को जुलाई ४ तारिख जन्मेका तुलसी जोशी नै आजका बरिस्ठ कवि तुलसी दिवस हुन्।

तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिस्ठानमा सन् १९७४ मा प्राज्ञ बनेका कवि दिवसका विश्वका २५ वटा भाषामा कविताहरु अनुबादित भएकाछन्।

"...रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया आक्काका सान्नानी..."


यो चर्चित लोक गीतको रचनाकार यिनै कवि दिवस हुन्।


Prominent Nepalese poet Tulasi Diwas (Joshi) reciting his poems at the 43rd episode of Srijanaka Yatraharu in New York on July 12, 2013. Photos: eEeycam.com

कवि दिवस भन्छन्- "मान्छेको मन भनेको हाम्रो ढोका जस्तो हुन्छ, जहाँ अँध्यारो र उज्यालो देख्ने भनेको मान्छेको आँखा हो। मान्छेको मनको कोठाको झ्यालको ढोका भनेको मान्छेको आँखा हो। र मान्छेको त्यो आँखाबाट मान्छे भित्र के छ भन्ने देख्न सकिन्छ। ओंठले कहिले काहीं अभिनय गर्न सक्छ तर आँखाले अभिनय गर्न अत्यन्त मुश्किल पर्दछ।"

उनको एक अजम्बरी कविताको एउटा टुक्रा यस्तो छ:

"जिन्दगी लुगा भए फुकालेर झुन्ड्याई दिन हुन्थ्यो कोठाको किलामा
र एकछिन् हेरी रहनु हुन्थ्यो आफू झुन्डिरहेको आफ्नै कोठाको किलामा"


कविता सबैले बुझ्छन् भन्ने सोंच्नु नहुने ठान्ने कवि दिवस कविले इमान्दार भएर लेख्नु पर्ने बताउँछन्।

उनको बुझे जस्तो लाग्ने तर बुझेर पनि बुझी नसक्नुको अर्को एउटा मार्मिक कविता यस्तो छ:

"हिड्दा हिड्दै मोडमा हिंडेको बाटो नै मोडिएपछि
हिंड्नेको पनि केही लाग्दो रहेनछ
तेर्सिदा तेर्सिदै तेर्सोमा तेर्सिएको बाटो नै उक्लिएपछि
तेर्सिनेको पनि केही लाग्दो रहेनछ
उक्लदा उक्लदै उकालोमा उक्लेको बाटो नै ओर्लेपछि
उक्लिनेको पनि केही लाग्दो रहेनछ
ओर्लादा ओर्लदै फेरी ओर्लेको बाटो नै उक्लेपछि
ओर्लनेको पनि केही लाग्दो रहेनछ"


कवि दिवसले जाँदाजाँदै आफूले एक समय लोक संगित सम्बन्धी उच्च शिक्षा हाँसिल गर्न आएको अमेरिकामा फेरी आएर नेपाली साहित्यानुरागी नेपालीहरुबिच अमिट छाप छोड्न सफल भएकाछन्।


Prominent Nepalese poet Tulasi Diwas with Nepalese writers in New York on July 12, 2013. Photos: eEeycam.com

कवि दिवस अत्यन्त मिजासिला छन्। कहिल्यै पहिले नभेटका ब्यक्तीलाई पनि उनी बर्सौं अघि परिचित जस्तो गरी स्नेहले सम्बोधन गरेर बोलाउँछन्: "तिमीलाई कस्तो छ?" एक पटक भेटेपछि उनको चोटिला कविता मात्र होइन, उनको ब्यक्तित्व, बिचार र सामिप्यतालाई मन नपराउने को होला?

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it





Prominent Nepalese poet Tulasi Diwas being welcome by poet Binod Roka in New York on July 12, 2013. Photos: eEeycam.com







Prominent Nepalese poet Tulasi Diwas receiving appreciation letter from poet Binod Roka in New York on July 12, 2013. Photos: eEeycam.com

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न
(पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्यसंग अन्तरंग)

--न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न
(अमेरिकि लेखक प्रोफेसर निकोलस हरशनसंग अन्तरंग)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.