Inside

All Time Top 50 News

अमेरिकाको बोस्टनमा प्रसिद्ध गजलकार रवि प्राञ्जल एकल गजल वाचन कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Tuesday, 10 June 2014 02:10

Special: 6 photos: बोष्टन- अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन अमेरिका च्याप्टरको आयोजनामा नेपालका प्रसिद्ध गजलकार रवि प्राञ्जल एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ।

Prominent Gajal writer Ravi Pranjal was honored in Boston, USA by INLS Boston Chapter at his solo recitation night on June 9, 2014. Photos by Pratha Magar for USNepalOnline

जुन ९ तारिख बोस्टनको मेडफोर्डस्थित टर्फ विश्व बिद्यालयको बार्नुम एकेडेमिक हलमा आयोजित उक्त गजल साँझमा नेपाली गजल आकाशका एक चम्किला नक्षत्र, नेपाली साहित्यको गीत, गजल तथा कविताको क्षेत्रमा सशक्त कलम चलाउने रवि प्राञ्जलले आफ्नो करिब करिब डेढ दर्जन चर्चित गजलहरु वाचन गरेका थिए:

"फुल थियो त्यो हातमा छुरि थिएन
स्विकार गर्न कसैलाई मञ्जुरी थिएन"
xxx
"खुसी थोरै दियो ऊस्ले पिडा धेरै दियो
बिर्से पनि ऊस्ले मलाई ऊ त मेरै थियो"
xxx
"दिन ऊस्तै रात ऊस्तै ऊस्तै बिहान हुन्छ भने
मान्दिन म भोली फेरी ऊस्तै बिहान हुन्छ भने"
xxx
"कुन साइतमा हिडे यो बाटो, जलेर सुर्य भएन रातो
त्यो जुन देख्यौ त्यो फुल देख्यौ, देखेनौ प्रिय रगतको टाटो"
xx


उनले आफ्नो गजल एल्बम 'प्यालामा आँसु' लाई पनि आफैद्वारा सार्वजनिक गरे।

सोही साँझमा नेपाली गजललाई बर्तमान पुनर्जागरण कालसम्म ल्याइपुराऊन महत्वपुर्ण योगदान पुराऊने गजलकार प्राञ्जललाई अभिनन्दन गरियो । अनेसास बोष्टनमा अध्यक्ष हरि काफ्ले, ग्रेटरबोष्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन गुरुङ र वाक फर नेपालका प्रमुख शैलेश गँगोलले गजलकार प्राञ्जललाई बिशेष सम्मान पत्र प्रदान गरेका थिए ।

Prominent Gajal writer Ravi Pranjal released his own music album in Boston, USA at his solo recitation night on June 9, 2014. Photos by Pratha Magar for USNepalOnline

अमेरिकामै संभवत: पहिलो पटक एकल नेपाली गजल वाचन कार्यक्रम आयोजना गरिएको भन्दै कार्यक्रम सँचालक गजकलार डा. मबि सिँले गजल बिधाकोबारेमा जानकारी गराएका थिए भने कार्यक्रमका सँयोजक सुरेश वाग्लेले सबैलाई स्वागत गरेका थिए ।

Prominent Gajal writer Ravi Pranjal at his solo recitation night on June 9, 2014. Photos by Pratha Magar for USNepalOnline

बिदेशमा काम गर्दा गर्दै दिक्क हुनुपर्ने साथै नेपाल र नेपाल आमाको पक्षमा चाहना भएर पनि केहि गर्न नभ्याऊने, खुसी साटन नपाऊने सन्दर्भमा "जहा मनोरँजन त्यहि रञ्जन" भन्ने कार्यक्रमका सँचालकको भनाईसगै स्टेजमा बोष्टन लोक सुसेली समुहका कलाकार रञ्जन बुढाथोकी देखिएपछि उनको गितार, नन्दु शँकरको तबलामा कर्णप्रिय स्बरका धनि मणि लामिछानेले आफैले हारमुनिय बजाइ रबि प्राञ्जलका मार्मिक गजल "सबै बेहोसी नशा पिएर, बिना पिएरै बेहोस छु म...", "बित्यो जिबन आधा रहरै रहरमा" गित गाऊदा दर्शकहरु भाव बिभोर भएका थिए ।

Boston Lok Susheli artists performing gajal songs by Prominent Gajal writer Ravi Pranjal in Boston, USA at his solo recitation night on June 9, 2014. Photos by Pratha Magar for USNepalOnline

उक्त साँझमा जिबिएनसिका अध्यक्ष मिलन गुरुङ, पशुपतिनाथ बुद्द फाऊण्डशनका अध्यक्ष बिष्णुमणि आचार्य, एनडब्लुजिएनकि अध्यक्ष रुक्मणी कार्की, एड्वनकि सँस्थापक डा. बिष्णुमाया परियार, नेपालको युवाका प्रमुख शैलेश गँगोल, युनाइटेड किरात राइ अर्गनाइजेशनका अध्यक्ष बिष्णु राई, बोष्टन लोक सुसेली समुहका प्रमुख धनकुमार गुरुङ, अनेसास बोस्टन च्याप्टरकी पुर्ब अध्यक्ष भारती गौतम, हार्बर्ड युनिभर्सिटिका प्रोफेशर डा. शिव गौतम, लगायत हिमालयन लायन्स क्लव हफ न्यु ईङलैण्ड, बोष्टन तमु समाज, मगर समाज, बोष्टन थकाली समाज, बोष्टन तामाङ समाज, सिर्जना ऊत्सब आदी नेपाली सँघसँस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

Prominent Gajal writer Ravi Pranjal with Nepalese in Boston, USA at his solo recitation night on June 9, 2014. Photos by Pratha Magar for USNepalOnline

छलफल बोष्टनको प्रायोजन रहेकाले गजल साँझमा प्रबेश नि:शुल्क थियो भने समोसा पकौडालगायतका खानेकुराको पनि ब्यबस्था थियो । भिडियोग्राफीमा शिबनेपाल डट कमका शिव मिश्र खटेका थिए भने युएसअनलाईनका डट कमका प्रधान सम्पादक पत्रकार प्रदिप थापा मगरले बिभिन्न अनलाइन मेडियाहरुमार्फत प्रतक्ष्य प्रसारणको चाजोपाजो मिलाएका थिए ।

Prominent Gajal writer Ravi Pranjal was honored in Boston, USA by INLS Boston Chapter at his solo recitation night on June 9, 2014. Photos by Pratha Magar for USNepalOnline

उक्त गजल साँझको समापन गर्दै अनेसास बोष्टनकाका अध्यक्ष हरि काफ्लेले नेपाली गजल अशिष्टबाट शिष्ट भाषामा सुन्दर लय र तालमा समाज, राष्टलाई ब्यङ्ग गर्ने स्थितिसम्म ल्याईपुराऊनमा गजलकार प्राञ्जलको योगदान रहेको चर्चा गर्दै सहभागी सबैलाई धन्यबाद दिएका थिए ।

उक्त गजल साँझमा वाचित गजलबाट

"हट्छ बादल खुल्छ आकाश
रवि तेरै गुनलाई सँझि
रात रुन्छ जुनलाई सँझि
रुन्छु म त ऊनलाई सँझि ।।"

-Yem Poudel in Boston

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.