Inside

All Time Top 50 News

न्यू योर्कमा वर्षकै उत्कृश्ट नेपाली चलचित्र "प्रेम गीत" अप्रिल २३ तारिख प्रदर्शन गरिंदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 07 April 2016 18:53

Exclusive: 4 photos, 4 music videos: न्यू योर्क- युवापुस्तालाई लक्षित गर्दै निर्माण गरिएको बहुचर्चित नेपाली चलचित्र "प्रेम गीत" न्यू योर्क शहरमा अप्रिल २३ तारिख प्रदर्शन गरिने भएको छ । "प्रेम गीत" ले पछिल्लो पटक नेपालमा ५१ दिन मनाउन थोरै सफल चलचित्रहरुको लहरमा उभ्याउन सफल भएकोछ । माघ २९ गतेदेखी देशव्यापी रुपमा प्रदर्शन भएको चलचित्र "प्रेम गीत" मा प्रदिप खड्का, पूजा शर्मा, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना मगर, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ । न्यू योर्कमा प्रदर्शन पछि उक्त चलचित्रमा बुवाको भूमिकामा खेलेका अभिनेता सरोज खानेलले न्यू योर्कका दर्शकहरु माझ भलाकुशारी गर्नेछन् । यसअघि, लूट, नाई नभन्नु ल २ (२०१४), कोहिनूर (२०१४), नोवेम्बर रेन, भैरब (२०१५), सायद (२०६९), टिचर, चपली हाइट, आफ्नो मान्छे, हामी तीन भाई, मुग्लान, ए मेरो हजुर, कहाँ भेटिएला, शिलशिला, वडा नं. ६, परदेशी, सन्तान, कुसुमे रुमाल, दक्षिणा, दर्पण छाया, प्रेम पिण्ड, मनकामना लगायत नेपाली चलचित्रहरुले ५१ दिन मनाउन सफल भएका थिए ।

Nepali film Prem Geet being screened in New York on April 23, 2016. Photos courtesy: Saroj Khanal

जोमसोम, कागवेनीको मनमोहक दृश्यले दर्शकहरुको मनलाई रोमान्चित बनाउँछ । अत्याधुनिक प्रबिधिको प्रयोगबाट "प्रेम गीत" चलचित्रलाई कलिवूड स्तरबाट बलिवूड स्तरको बनाएको कुरा प्रशिद्द हाँस्य अभिनेता हरिबंश आचार्यले "प्रेम गीत" हेरेपछि मिडियालाई बताएका थिए ।


अर्जुन पोखरेलको संगित रहेको "प्रेम गीत" चलचित्रको गीतहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त, पशुपतिर शर्मा, सन्तोश लामा, सुबानी मोक्तान, पूर्णकला बिसी र स्वेच्छा ठकुरीको स्वर रहेको छ । "प्रेम गीत" चलचित्रका निर्देशक सुदर्शन थापा हुन् भने निर्माता सन्तोष सेन हुन् ।

Nepali film Prem Geet being screened in New York on April 23, 2016. Photos courtesy: Saroj Khanal

"प्रेम गीत" चलचित्रको कथाबस्तु अनुसार बाल्यकालमै बाबु गुमाएका पोखराको 'प्रेम' (प्रदिप खड्का) र आमा गुमाएकी काठमाण्डुकी ‘गीत’ (पूजा शर्मा) दुवैलाई आ-आफ्नो परिवारले बिहेको दबाब दिन्छन् । बिहेको दवाबका बाबजूद एक्लो यात्रामा हिंडेका उनीहरुको संयोगवश मुक्तिनाथ जाने क्रममा भेट हुन्छ । त्यहीं यात्रामा उनीहरुबिच प्रेम अंकुरण हुन्छ तर उनीहरुको परिवारले त्यो अस्वीकार गर्दछ । तर उनीहरु अमर बाँच्छन् उनीहरुको प्रेममा, समर्पाणमा ।

अप्रिल २३ तारिख न्यू योर्कमा प्रदर्शन गरिने वर्ष कै उत्कृश्ट नेपाली चलचित्र "प्रेम गीत" हेर्ने होईन त ?

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it



Nepali Film - Prem Geet
नेपाली चलचित्र - 'प्रेम गीत'

"One of the best Nepali films on 2016 !"

A Aasusen Films Production film
Featuring: Pooja Sharma, Pradeep Khadka, Saroj Khanal, Rupa Rana Magar, Laxmi Giri, Rajaram Poudel
Singers: Sugam Pokhrel, Anju Panta, Sworoop Raj Acharya, Pashupati Sharma, Santosh Lama, Subani Moktan, Purnakala BC, Swechchha Thakuri
Director of Choreography: Renasha Bantawa Rai
Screenplay & Dialogue: Ramsaran Pathak
Director of Photography: Rajesh Shrestha
Editor: Surendra Paudel
Music Direcctor: Arjun Pokharel
Art Director: Menuka Rai
Publicity Design: Anand Maharjan
Brand Manager: Atul Mainali
Chief Asst. Director: Basanta Adhikari
Assistant Director: Sishir Chalise
Color Grading: Renish Phago
Background Score: Alish Karki
5.1. Mixing: Mukesh Shah
VFX: Ananta Ghimire
Costume: KDA Fashion Home & Yubi Thapa
Production Manager: Dambar Bikram (Milan) Sen Thakuri
Production Controller: Nabin Puri
Post Production: Kindle Cine Studio
Produced by: Santosh Sen
Story & Directed by: Sudarshan Thapa

New York Show Media Partner: www.usnepalonline.com

|| PREM GEET || "प्रेमगीत " || Ma Yasto Geet Gauchhu || Anju Panta | Sugam Pokharel


|| PREM GEET || JABA PUGCHHU RIVERSIDE || "जब पुग्छु रिवरसाईड"


MAILE SOCHEKO JASTAI || PREM GEET || New Nepali Movie Song 2016 | Pradeep Khadka | Pooja Sharma


MATA ALAPATRAI || मत अलपत्रै || Prem Geet Ft. Anju Panta & Swaroop Raj Acharya

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.