Inside

All Time Top 50 News

पूर्व प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालको हर्ट अट्याकबाट असामयिक निधन; न्यू योर्क घुम्दाको सम्झना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 19 November 2017 01:05

Exclusive: 6 photos: न्यू योर्क / काठमाण्डौं- पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल उर्फ  प्रचण्डका एक मात्र ३९ वर्शीय छोरा प्रकाश दाहालको हर्ट अट्याकबाट नोबेम्बर १९ तारिख आईतवार काठमाण्डौंस्थित नर्भिक अस्पतालमा असामयिक निधन भएको छ । पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको जन्म सन् १९७८ को फेब्रुवरी ४ तारिख चितवनमा भएको थियो । स्व. दाहालले सार्वजनिक रुपमै अत्यधिक मध्यपान गरेर आफ्नो व्यक्तिगत जीवन छाताछुल्ला पारेपछि नेपाली मिडियाले उनको नकारात्मक समाचार प्रवाह गर्दै आएको थियो ।

Prakash Dahal, 39, only son of  former Prime Minister of Nepal, Prachanda, died of cardiac arrest (heart attack) in Kathmandu on November 19, 2017. Photo courtesy: Late Dahal's facebook profile

उनका पिता पूर्व प्रधानमन्त्री प्रचण्ड नेकपा मावोवादी केन्द्रका अध्यक्ष हुन् भने स्व. दाहाल उक्त पार्टीको केन्द्रीय सदस्य थिए । उनकी आमा सीता दाहाल हुन् भने उनकी तीन दिदि-बहिनीहरु छन् । उनकी शृमती बिना मगर हुन् जो हाल प्रतिनिधि सभाकोलागि कन्चनपूर क्षेत्र नं १ कि साझा बाम उम्मेदवार हुन् । उनकी दिदी रेणु दाहाल चितवनको भरतपूर नगरपालिकाको मेयर छिन् भने पिता प्रचण्ड चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार छन् । स्व. दाहालको यस अघी प्रभा बोगटी र सृजना पाठक संग बैबाहिक सम्बन्ध कायम भएको थियो भने सृजना र बिनाबाट दुई सन्तान छन् ।


Prakash Dahal (left) at the reception of then Prime Minister Pushpa Kamal Dahal aka Prachanda hosted by H.E. Ambassador Madhuraman Achardya, Permanent Representative of Nepal to the United Nations. Photos: Pradeep Pariyar Thapa

तत्कालिन प्रधानमन्त्री प्रचण्ड सन् २००८ को सेप्टेम्बरमा संयुक्त राश्ट्र संघको ६३ औं जेनेरल एसेम्बलीमा भाग लिन न्यू योर्क भ्रमणमा आउँदा प्रकाश दाहाल पनि संलग्न थिए । यो पंक्तिकार प्रधानमन्त्री प्रचण्ड न्यू योर्कको बिश्व प्रसिद्द स्ट्याचू अफ लिबर्टीको भ्रमण गर्दा र न्यू योर्कको सबवे ट्रेन चढ्दासंगै रहेको थियो ।

Statue of Liberty Tour 2008: Prime Minister Pushpa Kamal Dahal aka Prachanda in front of the Statue of Liberty on the ferry with his wife Mrs. Sita Dahal, Son Prakash Dahal (far left), Sudhir Bhattarai (2nd from L), first Secretary, Permanent Mission of Nepal to the United Nations, Madhuban P. Paudel, Deputy Permanent Representative, Permanent Mission of Nepal to the United Nations (far right), Dr. Geeta Sharma Acharya, wife of H.E. Ambassador Madhuraman Acharya (2nd from R). Photos: Pradeep Pariyar Thapa

प्रकाश उतिसारो बोल्थेनन् तर उनले चिरोट चाँहीं पटक पटक खुब खान्थे । यो समाचारसंगै उतिबेलाको भ्रमणको बेला युएसनेपालअनलाईनको लागि यो पंक्तिकारले खिचेका केही फोटोहरु यो समाचारसंगै पुन: प्रकाशित गरिएको छ । स्व. दाहालको आत्माको चीर शान्तिको कामना !

Prime Minister Prachanda, Mrs. Sita Dahal and Prakash Dahal (opposit) riding New York City subway train on September 28, 2008. Photos: Pradeep Pariyar Thapa

सूचना: अन्य मेडिया या फेसबुकमा आफ्नो वालमा ति फोटोहरु प्रकासन गर्दा युएसनेपालअनलाईनबाट साभार उल्लेख गरिदिनुहोला ।

-Pradeep Pariyar Thapa in New York. Bindu Pariyar Thapa in Kathmandu

Read related news:

-प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यू योर्कको 'सब वे त्रेन' चढे: "मोहनी लाग्ला है गाउँलेको भाकाले..."

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.