Inside

All Time Top 50 News

प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यू योर्कको 'सब वे त्रेन' चढे: "मोहनी लाग्ला है गाउँलेको भाकाले..." PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 28 September 2008 23:54

Exclusive: 6 photos: न्यू योर्क- प्रधानमन्त्री प्रचन्ड आज (सेप्टेम्बर २८ तारिख) न्यू योर्क समयअनुसार बेलुकी ९ बजे लुफ्थान्सा एयरबाट युरोप-बैङ्कक हुँदै नेपालकोलागि उडे। प्रधानमन्त्री, प्रधानमन्त्री पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल लगायतका नेपाली प्रमण्‍डललाई संरासंकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य, उहाकी पत्नी गीता शर्मा आचार्य र नेपाल मिसनका अन्य सदस्यहरुले जोन एफ. केनेडि एयरपोर्टमा भाबपूर्ण बिदाइ गरेका थिए

 



Prime Minister Pushpa Kamal Dahal aka Prachanda in front of the Statue of Liberty on the ferry with his wife Mrs. Sita Dahal, Son Prakash Dahal (left), Sudhir Bhattarai (2nd from L), first Secretary, Permanent Mission of Nepal to the United Nations, Madhuban P. Paudel, Deputy Permanent Representative, Permanent Mission of Nepal to the United Nations (far right), Dr. Geeta Sharma Acharya, wife of H.E. Ambassador Madhuraman Acharya (2nd from R). Photos: eEyeCam

प्रधानमन्त्री संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभामा भाग लिन यही २२ सेप्टेम्बर बिहान न्यू योर्क आइ पुगेका थिए। प्रधानमन्त्रीले सेप्टेम्बर २५ तारिख सहस्राव्दी विकास लक्ष्य (UN Millennium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेचमा र सेप्टेम्बर २६ तारिख बिहानको General Assembly सेसनमा संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गरेका थिए।

सात दिनको बसाइको क्रममा बिभिन्न मुलुकका राष्ट्र प्रमुख, मन्त्री, ब्यापारिहरुको समुहलाई भेटी नेपाललाई हरतरहले सहयोग गरी नयाँ नेपालको बिकास र दिगो शान्ती कायम राख्न मद्घत गर्न अपिल गरेका थिए।



Prime Minister Prachanda with the USA, Canadian and Nepalese business representatives today . Photos: eEyeCam

आजै बिहान प्रधानमन्त्रीले न्यू योर्क शहरस्थित ABC Carpet Homes को मुख्य सोरुममा गएर नेपाली गलैचा ब्यापारको बस्तुस्थिती बुझे भने दिउसो नेपाल उध्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशिले आयोजना गगरेको Luncheon Meeting मा सरीक हुँदै नेपालको हाइड्रो पावरकोलागि अनुरोध गर्दैगर्दा SCP Hydro International,Canada का Jean Mark Carpentier ले नेपालको निती, नियम, कानुनको पालना र शान्ती कायम रही बैदेसिक निती स्पस्ट बन्न सके आफूहरुले जल बिद्युत उत्पादनकालागि लगानी गर्न तयार रहेको बताएका थिए।


Prime Minister Pushpa Kamal Dahal aka Prachanda inspecting Nepalese carpets on display at the ABC Carpet Home in New York City . Photos: eEyeCam

प्रधानमन्त्रीले दिउसो २:३० देखी ५:०० बिच हतारमा न्यू योर्क, म्यानहटन शहरको छेउमा रहेको विश्व चर्चित स्वतन्त्रताकि पर्तिमूर्ति Statue of Liberty को अबलोकन गरे । सौभाग्यबश, युएस नेपाल अनलाइनकोतर्फबाट यो पंक्तिकारलाई प्रधानमन्त्री प्रचन्डको त्यो अबिस्मरणीय भ्रमणलाई क्‍यामेरामा कैद गर्न उनीसंगै यात्रा गर्ने मौका जुर्यो।

प्रधानमन्त्री प्रचन्डले उनको सुरक्षा यात्रा ब्यबस्था (cavalcade) मिलाई रहेका अमेरिकि सुरक्षाकर्मिहरुलाई चकित र हस्याँङफस्याँङ पार्दै सरकारी गाडी नचढी न्यू योर्कका सर्ब साधारण जनताले चढ्‍ने 'सब वे त्रेन' चढेर आफू बसेको होटल हयात रेजिडेन्सीमा जाने निधो गरिदिएका थिए।


Prime Minister Prachanda and Mrs. Sita Dahal riding New York City subway train. Photos: eEyeCam

यो पन्क्तिकारले 'प्रधानमन्त्री ज्यू जनताको छोरो भा' काले होला सब वे चढ्‍नु'भा' भन्ने प्रश्न गर्दा 'यो सबैले प्रयोग गर्ने सवारी साधन भएकोले आफूले चढ्‍ने निश्चय गरेको हुँ" भने।
स्मरणीय छ, न्यू योर्कका खर्बपति धनाढ्‍य मेयर मैकेल ब्लुम्बर्ग पनि सब वे चढ्‍ने गर्छन् र बर्षको एक डलर मात्र मेयरकोरुपमा तलब लिन्छन्‌।


Prime Minister Prachanda with Nepalese from USA and Canada. Photo courtesy: Shailesh Shrestha

उता हिजो साँझ सेप्टेम्बर २७  तारिख प्रधानमन्त्री प्रचन्डले गणतन्त्रमा विश्वाश राख्ने प्रगतिशिल बिचारधाराका बिभिन्न ब्यवसाय गरी अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपालीहरुको न्यू योर्क शहरमा आयोजित एक भेलालाई सुरक्षा र ब्यस्त कार्यक्रमको घेरा तोडी २, ४ ब्लक गल्ली पैदल हिंडेरै भेटघाट गरेका थिए। भेटमा कमरेड प्रचन्डले शुभचिन्तकहरुले गरेको 'ब्रिफिङ' को बडो ध्यान दिएर सुनेको सहभागि एक विश्वशत सुत्रले युएस नेपाल अनलाइनलाई बताए।

यता आजै बिहान प्रधानमन्त्रीले युएस नेपाल अनलाइनसँग बिशेष भेटबार्तागरे


H.E. Ambassador to UN Madhuraman Acharya, Rt. Hon. Prime Minister Pushpakamal Dahal 'Prachanda' and USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar. Photo by Ang Kami Sherpa (PhotoHera.Com)

युएस नेपाल अनलाइनकोतर्फबाट प्रधानमन्त्रीलाई उनले सेप्टेम्बर २५ तारिख सहस्राव्दी विकास लक्ष्य (UN Millennium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेचमा सम्बोधन गर्दै गर्दा अनलाइनले खिचेको बिशेष फोटो (हेर्नुहोस्) र अनलाइनले बिगत १० महिनामा उहाँबारे प्रकासित गरेको चुनिएका फिचर समाचारहरुको सङ्ग्रह कपी प्रदान गरिएको थियो।

प्रधानमन्त्रीले अमेरिकामा कृयाशिल प्रिन्ट र अनलाइन मिडियाका अन्य केही प्रतिनिधिहरुलाई पनि भेटगरेका थिए।

यो पन्क्तिकारले सङ्युक्त राष्ट्र संघ महासभा बैठक र न्यू योर्क शहरमा भएका बिभिन्न कार्यक्रममा प्रधानमन्त्रीलाई पछ्‍याउँदा, पछ्‍याउँदा आज साँझ बिदाइको बेलामा भनेको थियो- "आइटी र पत्रकारिताको मान्छे हुँ, तपाईंहरुले देश बनाए पनि, नबनाए पनि स्वदेश त आइन्छ नै। तर तपाईंलाई सफलताको शुभ-कामना छ" भनेर बिदा हुँदा प्रधानमन्त्रीले भनेका थिए- "जरुर आउनुहोस्, देश त हामी बनाएरै छाड्‍छौं, ढुक्क हुनुहोस्।"

साँच्चै हाम्रा प्रधानमन्त्रीको आश्वासनलाई विश्वाश गर्न सकिन्छ त? त्यो चाँही भबिश्यले नै बताउला तर यो पन्क्तिकारले न्यू योर्कमा भेटेको नयाँ नेपालको नयाँ प्रधानमन्त्री चाँही साँच्चिकै करिस्माटिक लाग्यो । गीतै छ नी- "मोहनी लाग्ला है गाउँलेको भाकाले..."


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.