Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको नेपालीहरुद्वारा स्वागत, उनले यसरी मन जिते PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 28 September 2014 22:23

"किन सङ्का गर्नु हुन्छ ? किन अहिले नै सम्बिधान जलाउने कुरा गर्नु हुन्छ ? अहिले पोसिटिभ कुरा त गरौं" -प्रधानमन्त्री सुशिल कोईराला
डा. सिके राउतको रिहाईको माग

Updated: Exclusive: 25 photos, 1 video:
न्यू योर्क- न्यू योर्कमा बिभिन्न नेपाली संघ संस्थाहरुले संयुक्तरुपमा आफ्नो निम्ति आयोजना गरेको स्वागत कार्यक्रममा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाले मन जितेरै छाडे । उनले स्वागत समारोहमा आफ्नो मागलाई सम्बोधन नगरे प्रतिबाद गर्ने मनस्थितिमा उपस्थित बिशेश गरी १७ वटा जनजातीय संघ संस्थाहरुको महासंघ फिप्नाका प्रतिनिधिहरुलाई आश्वस्त पार्दै भने- "अहिले जनजाति आदिबासी, महिला, दलित, अल्पसंख्यक, पिछडिएका बर्ग, मुसल्मान सारा आफ्नो हक अधिकारको निम्ति, आफ्नो परिचयको निम्ति, आइडेण्टिटीको निम्ति, आफ्नो सांस्कृतिक मान्यताको निम्ति, धार्मिक मान्यताको निम्ति, भाशाको निम्ती सारा यत्रो जागरणा भएको छ । अब यो कहाँ पछि पर्छ ? किन सङ्का गर्नु हुन्छ ? किन अहिले नै सम्बिधान जलाउने कुरा गर्नु हुन्छ ? अहिले पोसिटिभ कुरा त गरौं ।" उक्त समारोहमा नेपालको आगामी सम्बिधानमा नेपालको मधेश (तराई) भागलाई अलग देश बन्ने अधिकारको ब्याबस्था हुनु पर्छ भन्ने माग गर्ने डा. सिके राउतलाई नेपाल प्रहरीले पक्राउ गरी हिसासतमा राखेकोमा एशोसिएसन अफ नेपालिज तराईयन इन अमेरिका (एन्टा) का प्रतिनिधिहरुले अबिलम्ब रिहाईको माग गर्दै ब्यानरसहित नाराबाजी गरेका थिए ।

 

Nepalese Prime Minister Sushil Koirala speaking at his reception by Nepalese organizations in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

सेप्टेम्बर २७ तारिख न्यू योर्कको कुइन्स सनिसाइडमा आयोजित उक्त स्वागत समारोहको सभापतित्व एनआरएन अमेरिका प्रेसिडेण्ट खगेन्द्र जिसिले गरेका थिए भने स्वागत मन्तब्य अधिकार संस्थाकि नर्बदा क्षेत्रीले गरेकी थिईन् ।

समारोहलाई परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डे, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) प्रेसिडेण्ट लुईसाङ वाइबा तामाङ, नेपाली जनसम्पर्क समिति अमेरिका प्रेसिडेण्ट बिष्णु सुबेदी, सिंधु-युएसए वेल्फेयर सोसाइटी प्रेसिडेण्ट बंशलाल तामाङ र आर्या बारालले सम्बोधन गरेका थिए ।

Nepalese Prime Minister Sushil Koirala and Foreign Minister Mahendra Bahadur Pandey at the reception by Nepalese organizations in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

प्रधानमन्त्री सुशिल कोईरालाले सबै जात, जाति, बर्ग, लिंगको हक अधिकार नेपालको नयाँ बन्ने संबिधानमा समेटिने कुरामा ढुक्क हुन आग्रहा गर्दै भनेका थिए- "अधिकारको बारेमा किन संका गरेको, तेही अधिकारको बारेमा त हामी जिन्दगी भर लडेको हो नि ।  किन राणा, पञ्चायत र राजा हटाउनु पर्‍यो ? यो जुन ऐतिहासिक परिवर्तन भएको छ यो लरोतरो परिवर्तन होईन । नेपालमा संघीय लोकतान्तृक गणतन्त्र र समाबेसी चाहिएको छ । यत्रो त्याग तपस्या र बलिदानपछि आएको छ । यसलाई बचाउनु पर्‍यो सबैले । अहिले जनजाति आदिबासी, महिला, दलित, अल्पसंख्यक, पिछडिएका बर्ग, मुसल्मान सारा आफ्नो हक अधिकार को निम्ति, आफ्नो परिचयको निम्ति, आइडेण्टिटीको निम्ति, आफ्नो सांस्कृतिक मान्यताको निम्ति, धार्मिक मान्यताको निम्ति, भाशाको निम्ती सारा यत्रो जागरणा भएको छ । अब यो कहाँ पछि पर्छ ? किन सङ्का गर्नु हुन्छ ? किन अहिले नै सम्बिधान जलाउने कुरा गर्नु हुन्छ ? अहिले पोसिटिभ कुरा त गरौं ।"

Nepalese Prime Minister Sushil Koirala greeted by Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

उनले नयाँ बन्ने संबिधानमा संघीयता नै नरहने शंका नगर्न र अहिले नै संबिधान जलाउने कुरा नगर्न आग्रह गर्दै अगाडी भने- "हामी सबै मिलेर सम्बिधान बनाउने हो । कहाँबाट संघीयता खोसिन्छ ? संघीयताको निम्ती यत्रो संघर्श भएको छ । तेल्लाई बचाउने हो । संघीय, लोकन्त्र, गणतन्त्र र समाबेशिता जुन नेपाल मा ऐतिहासिक परिवर्तन भएको छ । यलाई जोगाउने हो भने सब भन्दा पहिला मुलुकमा अमन चयन हुनु पर्‍यो । सम्बिधान जलाएर के गर्नु हुन्छ । तपाइहरुको माग पुरा हुन्छ ? नजलाउने स्थितिको पो सृजना गर्नु पर्‍यो । किन संका गर्नु हुन्छ ?"

हेर्नुहोस युएस नेपाल अनलाईनले तयार पारेको प्रधानमन्त्री कोईरालाको सम्बोधन:



प्रधानमन्त्री कोईरालाले थपे- "संबिधानकोबारेमा अनेक कुराहरु हुन्छ । यो सम्बिधान आउँदैन । कस्तो आउँछ । जनजातिहरुलाई छोडेर आउँछ । संगीयता आउँदैन, फलानो हुँदैन । यि सब बेकार फजुलको कुरा हो । आफूलाई बिश्वास हुनु पर्‍यो नि हामीलाई कि हामी सम्बिधान ल्याउँछौं । एउटा लोकतान्तृक सम्बिधान ल्याउँछौं । तेसमा सबै जनजाति आदिबासी, दलित, महिला, पिछडिएका बर्ग, मुसल्मान साराको हक अधिकार सम्बिधानमा हुन्छ, ल्याउँछौं, त्यो पो त भन्ने हो । उत्तेजनामा आउने कुरा नगरौं ।"

"अब पनि द्वन्द र बिध्वंसले नेपाल बाँच्दैन" भन्ने चेतावनी दिंदै उनले अभिभाबकको शैलीमा भने- "तपाईहरुको हक अधिकार कसैको पनि बाँच्दैन । हामी तलवारको धारमा छौं । अहिले बल्ल सकारात्मक बातावरणमा गएको छ मुलुक । ...आज ६५ बर्स भो । राणालाई किन हटाउनु भो ? पन्चायतलाई किन हटाउनु भो ? के का लागि ? किन राजा हटे ? किन माओबादीहरु पनि लोकतन्त्रको मुलधारमा आउनु भाको छ ? त्यो हामीले पसोटिभले हेरौं न यल्लाई । संधै भरी नेगेटिभ, जहिले पनि डर, धाक, कर काप किन हामी ? अहिले हेर्नुस अब नेपाल बिकासतिर अग्रसर भएको छ । त्यो हुन्छ हुन्छ ।"

नेपाल प्राकृतिक सम्पदामा धनी मुलुक भएपनि त्यसको उपायोग हुन नसकेकोमा दुखेसो पोख्दै प्रधानमन्त्री कोईरालाले यसो भने- "हामी बडो थोत्रो गौरब गर्दछौं । थोत्रो गौरबमा बस्दछौं । हामिले अरुलाई भन्छौं- हामी त ब्राजिल पछि जलश्रोतमा धनी छौं तर हाम्रो पानी बगिराखेको छ । पानी बग्नु भनेको के हो, डलर बगिरहेको छ ।"

प्रधानमन्त्री कोईरालाले सिके राउतको मुद्दामा अदालतद्वारा न्याय दिलाईने कुरामा बिश्वस्त हुन आग्रह गर्दै आफू स्वयम नेपालमा मात्र होईन भारतको जेलमा समेत ३ बर्स बिन कसुर बन्दी बनाईएको प्रसंग उल्लेख गर्दै भने- "हामीहरु पनि त पर्यौं नि जेलमा । हामीहरुले त कुनै अपराध गरेका थिएनौं । म त ३ बर्स भारतको जेलमा परें, आफ्नो देशको जेलमा भन्दा पनि । तेसपछि नेपालको जेलमा परियो । तेसैले यसलाई के के न अपराध भयो भनेर हेर्ने कुरा छैन । न्यायालय छ, कानून छ, हेरेर टुङ्गो लाग्छ । हेर्नुहोस न, नेताहरु के कारणले जेल पर्नु भयो । के अपराध गरेका थिए बिपी कोइरालाले ? किन आठ आठ बर्स जेल नेल जानु पर्‍यो ? किन गणेश मान जि, किसुन जि, मनमोहन जि, गिरिजाबाबुहरु तेत्रो नेताहरु किन जेल जानु पर्‍यो ? तेस कारण घबाराउनु पर्ने कारण छैन ।"

Foreign Minister Mahendra Bahadur Pandey speaking at the reception by Nepalese organizations in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

उता परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेले नेपाल बिबिध जाति, भाशा, संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै संयुक्त राश्ट्र संघको रोज (गुलाफ) गार्डनको उदाहरण पेश गरे । उनले उक्त गार्डनमा बिश्वभरका बिबिध रंगको गुलाबहरुको रंगिचंगी फूलहरुले त्यो बगैंचा सुन्दर बनेको भन्दै नेपालको जातीय बिबिधता नेपालको सम्पत्ती र सुन्दरता झल्काउने आधार भएको बताए । उनले प्रजाअतन्त्रमा बिश्वस गर्नेले जनताले मत नदिए हार स्वीकार गर्न सक्नु पर्ने बताउँदै जसरी पनि जित्नु पर्छ भन्ने मानसिकताले तानाशाह जन्माउने बताए ।

Nepali Janasamparka Samiti New York Chapter handing over Rs. 1,33,084 check to PM Koirala at the reception by Nepalese organizations in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

सो समारोहमा जनसम्पर्क समिति न्यू योर्क च्याप्टर र लस एन्जेलस च्याप्टरले अलग अलगरुपमा नेपाल बाढी पिडितको सहयोगकोलागि १ लाख ३३ हजार ८४ रुपैंयाँको चेकलाई हस्तान्तरण गरेको थियो ।

उता नेपाल क्लाइम्बर्स एशोसियसनले प्रधानमन्त्री कोईरालाको स्वागत गरेको थियो भने र हार्टबिट नेपालले ज्ञापन पत्र बुझाएको थियो ।

कार्यक्रम अघिको तनाव

नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समितिले आफ्नो पार्टी सभापती प्रधानमन्त्री भएको मौकामा आफूहरुले कार्यक्रम संचालन गर्न पाउनु पर्छ भन्ने अड्डी लिएपछि सन् २००८ देखि हरेक प्रधानमन्त्री न्यू योर्क आउँदा अन्य सामाजिक संघसंस्थाहरुसंग मिलेर कार्यक्रम आयोजना गर्दै आएको जनजाति महासंघ (फिप्ना) पाखा लागेको थियो ।

Nepalese Prime Minister Sushil Koirala interacting with Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

तर महासंघले प्रधानमन्त्री कोईरालाले आफ्नो हक अधिकारबारे सम्बोधन नगरे बिरोध जनाउन आफ्नो मतहतका १७ वटा संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराएको थियो । समारोह हल ६० देखि ७० प्रतिशत सहभागी आदिबासी जनजाति संघसंस्थाका ब्यक्तिहरुले भरिएको थियो । फिप्ना प्रेसिडेण्ट लुईसाङ वाइबा तामाङले लामो समय लिएर आदिबासी जनजातिको हक अधिकार नेपालको नयाँ बन्ने संबिधानमा सुनिश्चित गर्न माग गर्दै त्यसो नगरिए नयाँ सम्बिधान जनताले जलाउन बाध्य हुने चेतावनी दिएका थिए । उनले तराईबासी नेपाली अमेरिकनहरुको मागलाईसमेत अगाडी सार्दै सिके राउतको बिना शर्त रिहाईको माग गरेका थिए । उनको मन्तब्य लगत्तै नेपालको आगामी सम्बिधानमा नेपालको मधेश (तराई) भागलाई अलग देश बन्ने अधिकारको ब्याबस्था हुनु पर्छ भन्ने माग गर्ने डा. सिके राउतलाई नेपाल प्रहरीले पक्राउ गरी हिसासतमा राखेकोमा एशोसिएसन अफ नेपालिज तराईयन इन अमेरिका (एन्टा) का प्रतिनिधिहरुले अबिलम्ब रिहाईको माग गर्दै ब्यानरसहित नाराबाजी गरेका थिए ।

Nepalese Terain demanding the release of Dr. CK Raut at PM Koirala reception Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

सुस्त तर दुरुस्त आई पुगेका प्रधानमन्त्री कोईरालाले फिप्ना प्रेसिडेन्टको मागहरुलाई सम्बोधन गर्दै दोहोर्याएरै नयाँ सम्बिधानमा संघीयता र जनजाति आदिबासीलगायत सम्पूर्ण बर्ग, लिङ्ग र समुदायको हक अधिकार सुनिश्चित गरिने र त्यो गराउने हामी सबैको दायित्व भएको भन्दै हलमा उपस्थित सबैको वाहवाही र ताली पाउन सफल भएका थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:

-न्यू योर्कमा प्रधानमन्त्री कोईरालासंग एनआरएन अमेरिका, जनसंपर्क समिति र आदिबासी जनजाति महासंघका प्रतिनिधीहरुबीच भेटघाट, प्रमको स्वास्थ्य लाभको कामना

-न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग दुई पेचिलो अन्तरकृया र स्वागत कार्यक्रम सम्पन्न

-न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग नेपाली-अमेरिकन पत्रकारहरुको जम्काभेट

- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !

-ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो

-प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यू योर्कको 'सब वे त्रेन' चढे: "मोहनी लाग्ला है गाउँलेको भाकाले..."

-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन


Narbada Chhetri speaking at PM Koirala reception Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

Khagendra GC speaking at PM Koirala reception Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

Luisang Waiba Tamang speaking at PM Koirala reception Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

Bishnu Subedi speaking at PM Koirala reception Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline





Banshalal Tamang speaking at PM Koirala reception Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

Arya Baral speaking at PM Koirala reception Nepalese in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline







Nepalese at PM Koirala reception by Nepalese organizations in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline






PM Koirala being see off by Nepal Mission staffs on September 28, 2014. Photo courtesy: Prabin Bhattarai

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.