Inside

All Time Top 50 News

न्यू योर्कबाट नेपाल फर्किदैं "पिपुल्स सर्भेण्ट" उपवाणिज्यदूत प्रविण भट्टराई, किन भनिए 'जनताका सेवक' ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 24 September 2016 20:39

Special: 6 photos, 1 video: न्यू योर्क- न्यू योर्कमा नेपाल सरकारको उपवाणिज्यदूतको रुपमा सेवारत प्रविण भट्टराई आफ्नो ४ वर्शे कार्यकाल पूरा गरी भोली बिहान सेप्टम्वर २५ तारिखको फ्लाईटबाट नेपाल फर्किदैछन् । युएसनेपालअनलाईनले उपवाणिज्यदूत भट्टराईलाई गत वर्शको डिसेम्बरमा आफ्नो ८ औं वार्शिकोत्सव समारोहमा "पिपुल्स सर्भेण्ट"(जनताको सेवक) भन्दै "गेस्ट अफ अनर" द्वारा सम्मान गरेको थियो । न्यू योर्कका नेपालीहरुलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपि) बारे सुबिधा पुर्याउने कार्य होस या अन्य कुनै सेवा, नेपालबाट आएका प्रधानमन्त्री, मन्त्री, सांसद होस या नेपाल जान ईच्छुक अमेरिकन सबैलाई आफ्नो पाउँदार बिदासम्म नभनी खटेर सेवा पुर्याएका उनलाई उनको त्यो निस्वार्थ सेवाका लागि सराहना गर्दै न्यू योर्कका थुप्रै संघसंस्थाहरुले कदर गरेकाछन् ।

Deputy Consul Prabin Bhattarai returning to Nepal on September 25, 2016, speaking at the 8th Anniversary of USNepalOnline.com in New York on December 6, 2015. Photo: Manoj Khanal

समाजमा नेपाल सरकारको उच्च छवि राख्न दिन रात खटेका उपवाणिज्यदूत भट्टराईले आफ्नो पद र मर्यदा भन्दामाथि उठेर जनताको साँचो अर्थमा सेवा गरेका कारण उनी "पिपुल्स सर्भेण्ट"(जनताको सेवक) को रुपमा न्यू योर्कका नेपालीहरु बिच प्रिय भएका हुन् । उनको बिदाईपूर्व न्यू योर्क बसाईका दौरान मित्र बन्न पुगेका दर्जनौं नेपालीहरुले गह्रुङ्गो मन लिएर बिदाई गरेकाछन् । यो पंक्तिकारसंग टेलिफोनमा वार्तालाप गर्दै फेरी भेट्ने बाचा मार्दानमार्दै उनको गला अबरुद्ध हुन पुज्ञो । उनी भन्दै थिए- "मैले जे जति सेवा गर्नु सकें आफ्नो बलबूता र समयले भ्याउन सक्ने जति गरें । काठमाण्डौंमा आउनुहुँदा यहाँहरुको सेवामा हाजिर हुनेछु । नबिर्सनु होला ।"

Guest of Honor 2015 !

उपवाणिज्यदूत प्रविण भट्टराईद्वारा जारी बिज्ञप्तिको पूर्ण पाठ:

न्यू योर्क, न्यू जर्सी तथा कनेक्टिकटमा बसोबास गर्नुहुने सबै नेपाली दाजु भाई दिदी बहिनीहरु
सबै नेपाली कम्यूनिटी लिडर्स, अटर्नीज्यूहरु,
पत्रकार महोदय
मित्रहरु
नमस्कार ।

न्यू योर्कस्थित नेपाली महाबाणिज्यदूतावासको सम्मान र गौरव बढाउने क्रममा शुरुका दिनमा मलाई त्यसपछि टीम नेपाल नारायण मैनाली सर, कृसु सर र पुष्प सरलाई सहयोग गर्नु हुने तपाईहरु सबैलाई म आज औपचारिक रुपमा अन्तिम पटक सम्बोधन गर्दैछु । यस अवसरमा म आफ्नो, आफ्ना परिवार र समग्रमा कन्सुलेटको तर्फबाटसमेत एकमुष्ट धन्यवाद प्रकट गर्न चाहन्छु ।



यो अवसरमा म परराष्ट्र मन्त्रालय, वाशिंगटनस्थित नेपाली राजदूतावास, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग तथा न्यू योर्क, न्यू जर्सी र कनेक्टिकट तीनै राज्यमा रहेका नेपाली संघ संगठनहरु, अटर्नीज्यूहरु, पत्रकारज्यूहरु,  महोदयलाई म मनै देखि धन्यवाद दिन चाहन्छु । खुशी र दुख दूवै समयमा उहाँहरुको साथ नभएको भए म आज खुशीका साथ यो भन्ने र लेख्ने अवस्थामा हुने थिईन ।

म प्रति व्यक्त गर्नु भएका सदभावहरु, प्रशंशाका शव्दहरुका, म आफै अलि माझिनु पर्ने सुझावहरु लागि मनै देखि धन्यवाद । तर संस्था नभएको भए म पनि हुने थिईन, व्यक्ति भन्दा संस्था ठूलो हुन्छ । अत: म धन्यवादको एउटा सानो पात्र मात्र हुँ र टिम नेपाल अर्थात कन्सुलेट जनरल अफ नेपाल, न्यू योर्क मुख्य पात्र हो ।

Deputy Consul Prabin Bhattarai with other Guest of Honor and Youth Recognition Award recipients at the 8th Anniversary of USNepalOnline.com in New York on December 6, 2015. Photo: Sita Pariyar

मलाई विश्वास गरेर शूरुका दिनमा जिम्मेवारी दिने परराष्ट्र मन्त्रालयका आदरणीय सरहरुलाई पनि आज धन्यवाद दिन चाहन्छु र म खुशीका साथ भन्न चाहन्छु तपाईहरुले दिएको जिम्मेवारीको भारी आज मैले विसाए । आफ्नो वुद्धि, विवेक र अनुभव अनि नियम कानून परिधिभित्र रहेर मैले काम गर्ने कोशिस गरे । समग्रमा नतिजा राम्रै भएको प्रतिक्रियाहरु पाएको छु ।



गत १ वर्ष एता कन्सुलेटमा वाणिज्यदूत कृसु क्षेत्री, का.वा. महाबाणिज्यदूत नारायण मैनाली सर र नारायण सर रिटाएर भएपछि केहि महिना एता पुष्पराज भट्टराई सर का.वा.महाबाणिज्यदूतको रुपमा आउनु भएको छ । उहाँहरुसँग मैले काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको छु ।  मेरो ठाउँमा श्री शोभा डुम्रेजी आउँनु भएको छ । मलाई जुन रुपमा यहाँहरुले सहयोग गर्नु भयो, शोभाजीलाई पनि उक्त सहयोग निरन्तर रहोस भन्ने म आग्रह गर्न चाहन्छु ।

यी चार वर्षमा मैले दजर्नौ पटक तपाईहरुसँग सहकार्य गर्ने मौका पाए । कार्यालयमा एक्लै हुँदा कार्यबोझले कहिलेकाही मैले यहाँहरुलाई सम्मान गर्न चुके भने त्यो भूलवश भएको संझी विर्सीदिनु हुन अनुरोध गर्न चाहन्छु । साथै, मैले कुनै महान काम गरेको नठानी दिनु होला । मैले केवल काम मात्र गरे, डयूटी पुरा गर्ने कोशिस गरेः हप्तामा सातै दिन । म विहान ८ बजे कार्यालय गएर ९ बजे साँझ घर पुग्थे । मेरी सानी छोरी मुन जसलाई कैयौ दिन भेट्ने मौका  मिल्दैनथ्यो ।

Deputy Consul Prabin Bhattarai with other guests and organizers at the 8th Anniversary of USNepalOnline.com in New York on December 6, 2015.

न्यू योर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा कार्यरत रहँदा पनि मैले आफूले पाएको दोहोरो जिम्मेवारी पुरा गरेको थिए । खाश गरी नेपालमा गएको महाभूकम्प र त्यस पछिको समयमा मैले नेपाली समुदायमा दुख बाड्ने कोशिस गरेको थिए । त्यसका लागि नेपाली समुदाय, मेयरको कार्यालय, न्यूयोर्कस्थित विभिन्न मित्र राष्ट्रका कन्सुलेट जनरलका कार्यालयहरुमा आयोजना हुने फन्ड रेजिड. प्रोग्राममा गई राहत संकलन गरेर रकम नेपाल पठाएको व्यहोरा तपाईहरु सबैलाई अवगतै छ । न्यू योर्कको टाईम्स स्क्वाएर, रिजवुड, ज्याक्सन हाईट, लंग आईलैण्ड, कनेक्टिकटको स्टामफार्ड, ब्राण्डफोर्ड, हार्डफोर्ड तथा न्यू जर्सीमा समेत पटक पटक पुगरे मशिन रिडेवल राहदानीको कार्यक्रम तथा भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा बसोबास गर्ने नेपाली दाजु भाई तथा दिदी वहिनीहरुलाई उपलव्ध गराएको टिपिएस कार्यक्रममा सक्रिय उपस्थिति जनाई आफूले सकेको सहयोग पुरयाएको व्यहोरा समेत यहाँहरु सबैलाई अवगतै छ ।

अन्तमा, मैले यहाँहरु कसैको पनि नाम लिन सकिन, किनकी मैले त्यसो गर्दा कसैको नाम छुट्यो भने त्यो अर्को मलाई पीडा हुनेछ । किनकी न्यू योर्क, न्यू जर्सी र कनेक्टिकट मात्र नभई अमेरिकाका अन्य राज्यहरुमा बसोबास गर्नुहुने मेरा मित्रहरु र उहाँका आफन्तहरु मेरा लागि प्रिय तथा आदरणीय हुनुहुन्छ, उहाँ सबैलाई एकमुष्ट नमस्कार भन्दै यसै २५ सेप्टेम्बरको विहान नेपाल फर्कर्ने र यहाँहरुसँग नेपालमा पुनः भेट्ने वाचा गर्दै  ।

सबैको जय होस ।

प्रवीण भट्टराई,
उप-वाणिज्यदूत
नेपाली महाबाणिज्यदूतावास, न्यू योर्क
२४ सेप्टेम्बर २०१६

शुभ यात्रा प्रविण सर, यहाँलाई हामी संधै सम्झिरहनेछौं । यहाँको अझ उन्नती र छिट्टै पदोन्नती होस् ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब सम्पन्न, ८ ब्यक्तित्वहरु र 'एनआरएन युएसए' संस्था सम्मानित, प्रधानमन्त्री ओलीद्वारा शुभकामना ब्यक्त

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.