Inside

All Time Top 50 News

अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनको साधारण सभा सम्पन्न, नेपाली घर बनाउने अभियान तीब्र PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Tuesday, 08 April 2014 20:31

Special: 7 photos: बोष्टन- अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्द स्तुपासहित नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियानमा लागिपरेको नेपाली सँस्था 'पशुपतिनाथ बुद्द फाऊण्डेशन' को प्रथम साधारण सभा सम्पन्न भएको छ।

Members of Pashupatinath Buddha Foundation of new England USA in Boston, USA on April 7, 2014. Photo: Bimal Nepal

अप्रिल ७ तारिख  बोष्टन समरभिलको मसाला रेष्टुरेष्टको सभा हलमा आयोजित उक्त भेलामा सभाले फाऊण्डेशनका हालसम्म गरेका काम सँयुक्त भैलीधौसी, सँस्था दर्ता, कार्यकारिणि समिति अन्य समिति एवँ नरऊड र समरभिलमा सब-कमिटि गठन, बिधान निर्माण, बैँक खाता सँचालन, बेवसाइड निर्माण, ब्रुसर प्रकाशन, पे-पल एकाऊण्ट जस्ता सम्पन्न भएका कार्य प्रगति बिबरण र फाऊण्डेशनको आर्थिक प्रतिबेदनलाइ पास गरेको छ भने सेक्रेटेरियट रिपोर्टमा समाबेश सँस्थाको आगामी कार्यक्रमलाईसमेत पास गरेको छ । साथै फाऊण्डेशनको लेखा परिक्षकमा पुष्कर न्यौपानेलाई सर्बसम्मतिले नियुक्त गरेको छ ।

Chair Person Milan Gurung of Pashupatinath Buddha Foundation of new England USA in Boston, USA on April 7, 2014. Photo: Suresh Wagle

साधारण सभामा ऊपस्थित महानुभाव मध्ये सँस्थाका बोर्ड अफ डाइरेक्टर जालप्रसाद घिमिरेले माइक चलाऊनभन्दा पनि कामकालागि हात चलाऊन मन लाग्छ भन्दै $२,०१६ डलर प्रतिबद्दता जनाए।, समरभिल सब-कमिटिकी ऊपाध्यक्ष निर्मला शेरचनले ढिलो दिए पनि चाडो दिए पनि दिनै पर्छ कार्यक्रम सहि छ भन्दै $६,००० डलर दिने बचनबद्दता ब्यक्त गरेका थिए। आख्यानकार हरि थापाले नेपाली मन नेपाली भएर बाच्नु पर्ने धारणा राख्दै $१,१११ डलर प्रदान गर्ने जनाए। अप्थल्मोलोजिमा अध्ययनरत राम केसीले सबैकोसाथ रहोस भन्दै $५०१ डलर प्रदान गरे। यसरी जम्मा फाऊण्डेशनको कोषमा $९,६२८ थपियो । बिगतदेखि बिभिन्न महानुभावबाट बोलिएको रकम करिब ३ लाख सँस्थाको 501(C)3 आऊनासाथ ऊठाऊन शुरु गरिने कुरा जानकारी गराईयो।

फाऊण्डेशनका चेयर पर्सन मिलन गुरुङको सभापतित्वमा सम्पन्न साधारण सभामा महासचिव त्रय महेश्वर पन्तले सभाको पहिलो चरणलाई सँचालन, बिरोचन नेपालले सेक्रेटेरियट रिपोर्ट प्रस्तुत, ध्रुब घिमिरेले पछिल्लो छलफल सेसन (ओपन फ्लोर) सँचालन गरेका थिए ।

President Bishnumani Acharya of Pashupatinath Buddha Foundation of new England USA in Boston, USA on April 7, 2014. Photo: Suresh Wagle


फाऊण्डेशनका सिनियर भाइस प्रेसिडेन्ट बिष्णु कार्कीले छोटोमिठो स्वागत मन्तब्य गरेका थिए । सचिब हरि काफ्लेले पशुपतिनाथ र बुद्दको महिमा, ओमको महत्वबारेबारे चर्चा गर्दै ऋषिमुनि हुदै गुप्त दानदेखि महादानसम्मका धार्मिक महत्वका कुराहरुबारे प्रकाश पारेका थिए ।

सँस्थाका कोष प्रमुख भुवन गुरुङले हालसम्मको जम्मा खर्च $२८,०७.३५ कटाई बचत $५१,१६६.६५ रहेको कोष सम्बन्धि प्रतिबेदन पेश गरेका थिए। सिनियर भाइस प्रेसिडेन्ट राम थापाले आ-आफ्नो ठाऊबाट सहयोग गर्न सबै समक्ष आग्रह गरेका थिए।



सल्लाहकार अच्युत अधिकारीले घरघरमा हुने सु:खद कार्यक्रमबाटसमेत फाऊण्डेशनलाई बजेट छुट्याऊन सल्लाह दिएका थिए। सल्लाहकार बिष्णु धौरालीले ट्रान्सपरेन्सि, पोलिसि र प्रोसिड्युर क्लियर हुनपर्नेबारे सल्लाह दिएका थिए।

सभाका टिप्पणीकर्ता मेडिया चिफ यम पौडेलले सबै रिपोर्टिङ फाऊण्डेशनको वेब साईडमा हेर्न आग्रह गरेका थिए। भाईस प्रेसिडेन्ट धनकुमार गुरुङले पर्दा भित्र तथा बाहिरबाट सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

साधारण सभामा फाइव 501(C)3 स्टाटस ढिला भएकोबारे प्रष्टयाऊदै फाऊण्डेशनको कानुनी प्रक्रियातर्फ पुर्ण सहयोग गरिआएका पुष्कर न्यौपानेले अव तिन चार महिनामा सो आइपुग्ने बताऊदै फाऊण्डेशन पब्लिक च्यारिटेबल अर्गनाइजेशनकोरुपमा दर्ता भएकाले सो आऊनु अगाबै सहयोग सँकलन गर्नमा कुनै कानुनी कठिनाई नहुने बारे प्रष्ट्याए । उनीद्वारा फ्लोरबाट ऊठेका केहि कानुनी सवालहरुको जवाफ दिने कामसमेत भएको थियो ।

सभामा समरभिल सब-कमिटिका अध्यक्ष राधेश्याम श्रेष्ठले जसरि पनि फाऊण्डेशनको कार्यक्रम सफल पार्न आग्रह गरेका थिए। सचिब प्रेम पौड्यालले फाऊण्डेशन सफल हुन सके बोष्टनबासी नेपाली सफल हुने बिचार ब्यक्त गरेका थिए। नरऊड मेट्रो सब-कमिटिका अध्यक्ष सुरेश ढकालले नरऊडका साथीहरु फाऊण्डेशनको काम छिटो सम्पन्न गर्न ऊत्साही भएको प्रसँङग उल्लेख गरेका थिए।

किरात राई अर्गनाइजेशनका अध्यक्ष बिष्णु राईले सबै नेपाली सँघ सँस्थालाई समेटदै जान आग्रह गरेका थिए।

Dr. Bishnu Maya Pariyar speaking at the meeting of Pashupatinath Buddha Foundation of new England USA in Boston, USA on April 7, 2014. Photo: Suresh Wagle

एडबिनकि अध्यक्ष डा. बिष्णुमाया परियारले फण्डराईजिङबारे आफुलाई राम्रो अनुभव भएकाले त्यसतर्फ आफुले सहयोग गर्न सक्ने राय ब्यक्त गरेकी थिईन्।

फाऊण्डेशनका न्यु ह्याम्सायर प्रतिनिधि तथा त्यहास्थित नेपाली कम्युनिटिका सचिब सोम गुरुङले आफुहरुकोतर्फबाट सक्दो सहयोग गर्ने बचनबद्दता ब्यक्त गरेका थिए।

अर्लिङटनबासि गोपाल कडेलले सुपथ मुल्यको घरजग्गा खोजि अगाडि बढदा के हुन्छ भन्ने राय ब्यक्त गरेका थिए। समरभिल सब-कमिटिका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले पहिला मन्दिर बनाएर काम गर्दै जादा राम्रै हुने तर्क ब्यक्त गरेका थिए। मेडिया डाइरेक्टर बिमल नेपालले भैलीधौसीमा फुल लगाएको पैसा कसरि सँयोजन हुन्छ भन्ने जिज्ञासा राखेका थिए। सिपिए रँजित कोइरालाले फाऊण्डेशनलाई दिने समयलाई योगदानमा कन्भर्ट गरि कसैले पनि डोनेशन गर्न सक्ने राय दिएका थिए ।

त्यसैगरी, आइन्दा हुने भैलिधौसीमा नाच्नेलाई फुल लगाऊदा टिपोर्टकर्तालाई रकम टिपाएर मात्र फुल लाऊदा राम्रो हुने कुरा धेरै जनाबाट दोहोरयाईयो । साधारण सभामा आफ्नो घरमा हुने कार्यक्रमबाट जति बचत हुन्छ फाऊण्डेशनलाई छुट्याऊने राम धिताल जस्ता महानुभावलाई सम्झना गरिएको थियो ।

Members of Pashupatinath Buddha Foundation of new England USA in Boston, USA on April 7, 2014. Photo: Suresh Wagle

सभामा ऊठेका सबै सबालको जबाफ दिदै फाऊण्डेशनका अध्यक्ष बिष्णुमणि आचार्यले आफुहरु काम सँयोजनकोलागि पदमा भएपनि सबै नेपालीको हैसियत फाऊण्डेशनमा समान हुने र यस सँस्था पदाधिकारीको हैन डोनरको हुनेछ भन्दै नेपाली पहिचानका खातिर आफुहरुले पशुपतिनाथ र बुद्दस्तुपासहितको कम्युनिटि सेन्टर बनाऊन लागेको बताए ।

सभामा कलाकारहरु मिन के.सि, रञ्जन बुढाथोकी, धनकुमार गुरुङ लगायतका कलाकार टिमको योगदान फाऊण्डेशनकालागि अतुलनिय रहेको कुरा गर्दा तालीको गडगडाहटले कलाकारको स्वागत सम्मान गरिएको थियो । अध्यक्ष आचार्यले 'पशुपतिनाथको मुर्ति नेपालमा बनिसकेको, ग्रेटर बोष्टनस्थित सिटिका मेय हरुसँग भेटने कार्यक्रम रहेकोबारे बताऊदै फाऊण्डेशन सुतेको छैन, ऊठेको छ । असम्भव केहि छैन, दृढ सँकल्पसहित अगाडि बढेको' कुरा जानकारी गराए।

Members of Pashupatinath Buddha Foundation of new England USA in Boston, USA on April 7, 2014. Photo: Suresh Wagle

कार्यक्रमको अन्तमा साधारण सभाको सभापति एवँ फाऊण्डेशनका चेयर पर्शन मिलन गुरुङले 'देशदेखि धेरै टाढा छौं, मित्रहरु ! अलिकति हात देऊ अलिकति साथ देऊ' भन्ने मार्मिक कबिताका शब्दसहित फाऊण्डेशनको पक्षमा साथ दिने सबैलाई धन्यबाद दिए । फाऊण्डेशनलाई सबल पार्न कमिकमजोरी देखिए प्रश्न गर्दै सजग गराऊन र ठोस काममा सहयोग गर्दै ऊत्प्रेरणा जगाऊन सबैलाई आव्हान गर्दै सभाको बिसर्जन भएको थियो ।

सभामा न्यु ह्याम्सायरदेखि केपकटसम्मका नेपाली सहभागी थिए । केप एण्ड आइल्याण्ड नेपलिज कम्युनिटिका ईच्छा खडकासमेतका चार जना साथीहरु सभामा आएका थिए । सँस्थाको बिभिन्न पदमा रहेका, सहयोग गरेका वा शुभचिन्तक नेपालीहरुको साथै ग्रेटर बोष्टनस्थित एनआरएन, बोष्टन तमु समाज, राई समाज, न्यु ह्याम्पसायर नेपाली समाज, बोष्टन मगर समाज, अनेसास, एनडब्लुजिएन, इडिडब्लुएन, थकाली समाज बोष्टन, तामाङ समाज बोष्टनका पदाधिकारीका अतिरिक्त नेपालबाट आएका रामप्रसाद अधिकारी, मुकुन्दप्रसाद खनाल, आर्मि क्याप्टेन लव अधिकारी आदिकोसमेत समुपस्थित रहेको थियो ।

यसरी सम्पन्न साधारण सभालाई बोर्ड अफ डाइरेक्टर सुरेश वाग्ले तथा बोष्टन थ्रेडिङले स्टेज ब्यानर, महासचिब महेश्वर पन्तले कुकिज तथा चिया, नरऊड सब-कमिटिका अध्यक्ष सुरेश ढकालले पानी सौजन्य गरेका थिए ।

सभामा भिडियोग्राफि र फोटोग्राफितर्फ मेडिया डाइरेक्टरहरु शिव मिश्र र बिजय नेपाल एवँ सचिव किरण खडका खटेका थिए ।

For more details, visit:
Pashupatinath Buddha Foundation of new England USA
http://pashupatinathbuddhafoundation.org

-Yem Poudel in Boston

Exclusive reporting on Boston Area & Greater Boston Nepalese Society (GBNC):

-http://usnepalonline.com/boston/

-ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसि) ले सन् २०१२-२०१३ मा सम्पन्न गरेका कार्यहरुको लेखाजोखा

-बोस्टनमा 'नेपाली महिला आवाज, युएसए' द्वारा अन्तररश्ट्रिय नारी दिवस-२०१४ सम्पन्न

-बोस्टनमा एनडब्लुजीएनद्वारा अन्तर्राष्ट्रिय नारी दिवस-२०१४ सम्पन्न

-अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनको भैलीधौसी- २०१३ बाट नेपाली कम्युनिटी भवन निर्माणार्थ २६,२५९ डलर संकलन

-ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी) व्दारा 'बिजया दशमी प्रोग्राम-२०१३' रमाइलोसँग सम्पन्न

-बोस्टनमा आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम सम्मानित

-बोस्टनमा जिबिएनसिद्वारा नेपाली समर पिकनिक तथा खेलकूद प्रतियोगिता सम्पन्न

-बोस्टनमा लोक दोहोरी गायक मिन केसीको 'बिदेश बसेको' लोकगिती एल्बम बिमोचित

-अमेरिकामा के गर्दैछिन् नेपालकि पहिलो ब्याचको मोडेल मिलन थापा पौडेल?

-अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्ध फाऊण्डेशनव्दारा रमाईलो नेपाली जमघट

-अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान

-बोस्टनमा नेपाली नेताहरुद्वारा हार्वार्ड विश्वबिद्यालयका नेपाली विद्यार्थीहरुसंग छलफल

-बोस्टनमा नेपालीहरुले मनाए "बैशाखी साँझ २०७०"

-बोस्टनबासी नेपालीहरु साझा "नेपाली घर" बनाउन कस्सिए, डेढ लाख डलरभन्दा बेशी संकलन

-अमेरिकाको बोष्टनमा नेपाली महिलाहरु द्वारा पहिलोपटक १०२ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-बोष्टनमा पशुपतिनाथ बुद्ध फाउन्डेशनको स्थापना, नेपाली कम्युनिटि सेन्टर बनाउने तयारी

-पशुपतिनाथ बुद्ध फाउन्डेसनको बोष्टन टाऊन हल मिटिङ फेब्रुवरी ११ तारिख हुने

-बोष्टनमा नेपाली नयाँ बर्षको ऊपलक्ष्यमा अप्रिल १५ तारिख "बैसाखी साँझ" को आयोजना गरिने

-बोस्टनमा ११ औं वार्षिक तमु (गुरुङ) ल्होछार-२०१३ सम्पन्न

-बोष्टनमा सँयुक्त धौसि-भैलोको तेश्रो दिन $८,०५४ संकलन, कूल रकम $२१,७२७ डलर उठ्यो, अझै दुई दिन खेलिने

-अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी

-बोस्टनमा बडा दशैं साँस्कृतिक साँझसंगै जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठन

-बोष्टनमा प्रथम "नेपाल मेला" को भब्य मन्चन, नेपाली र बिदेशी हुरुक्कै

-अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन

-बोस्टनमा बडा दशैं कार्यक्रम सम्पन्न, जिबिएन्सी (GBNC) को नयाँ कार्य समिती निर्बाचित (2011)

-बोस्टनमा नेपालीहरुद्वारा CNN Hero अनुराधा कोइरालाको भब्य नागरिक अभिनन्दन

-बोस्टनमा नेपाली महिलाहरुद्वारा तीज कार्यक्रमको आयोजना सम्पन्न

-बोस्टनमा हिमालयन लायन्स क्लबद्वारा तीज कार्यक्रम सम्पन्न, डा. बिद्या रन्जित र न्रित्याङ्गना देबी थापा ओली सम्मानित

-बोस्टनमा अगष्ट २६ मा तीज महोत्सव तथा हिमालयन नारी सम्मान हुने

-बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न

-बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

-Nepali Women's festival Teej Celebrated in Somerville, 2 Nepali women honoured

-ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) को नयाँ कार्य समिति गठन (2010)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.