Inside

All Time Top 50 News

न्यू योर्कमा GFIPN को अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न: माओवादीलाई हेर्ने अमेरिकी नीति परिवर्तन ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Sunday, 25 November 2007 11:27

न्यू योर्क- ग्लोबल फेडेरेसन अफ ईण्डिजिनियस पिपल्स अफ नेपाल (GFIPN) युएसएद्वारा नेपालका साँसदहरुसंग न्यू योर्क शहरमा अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न भएको छ ।

 


Global Federation of Indigenous Peoples of Nepal (GFIPN) interaction in New York. Photos: Pemba Gyalzen Sherpa

नेपालका दलका नेताहरुसँगको भेटकाक्रममा अमेरिकी पूर्व राष्ट्रपति एवम् कार्टर सेन्टरका अध्यक्ष जिमी कार्टरले माओवादीलाई अमेरिकाले हेर्ने नीति परिवर्तन भइसकेको कारणले नै यतिबेला माओवादी डेप्युटी कमान्डरसमेत अमेरिकामा घुमिरहेको चर्चा गरि रहनु भएका बेला न्यू योर्कमा माओवादीलगायतका नेपालका ब्यवस्थापिका संसदका सदस्यहरुको उपस्थितीमा नेपालको समसामयिक राजनितिक विषयमा  एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।


न्यू योर्क शहरका नेपाली जनसमुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको आयोजना संयुक्त रुपमा ग्लोबल फेडेरेसन अफ ईण्डिजिनियस पिपल्स अफ नेपाल (GFIPN), युनाईटेड नेप्लिज डेमोक्र्याटिक फोरम (UNDF) तथा एलाएन्स फर डेमोक्र्यासि एन्ड ह्युमन राईट्स इन नेपाल-युएसए (ADHRN) जस्ता नेपाली सँस्थाहरुले गरेका थिए ।

 

उक्त अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्र संघको ६२ औं महासभाको कार्यक्रममा भाग लिन आउनु भएका ब्यावस्थापिका संसदका सदस्य केशव थापा क्षेत्रि, भूतपूर्ब राज्यमन्त्रि गोबिन्दबहादुर शाह (ने.का.), रत्नप्रसाद शर्मा (नेकपा एमाले), सार्वजानिक लेखा समितिका सभापति तथा सांसद परि थापा (सँयुक्त बाममोर्चा), लिलामणि पोख्रेल (जनमोर्चा नेपाल), सुनिल प्रजापति (नेमकिपा), नेकपा माओवादी संसदिय दलका सचेतकसमेत रहनु भएका माओवादी जनसेनाका डेपुटी कमान्डर जनार्दन शर्मा 'प्रभाकर' र नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) का संस्थापक महासचिब तथा आन्तरिम ब्यावस्थापिकामा माओवादीतर्फका संसदका सदस्य सुरेश आले मगरले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो।

बोल्ने क्रममा नेपाली काँग्रेसका साँसदहरुले भर्खरै संसदमा भएको खिचलोमा नेपाली कांग्रेसको कमीकमजोरीहरूको बचाउ गर्दै माओबादीको दोहोरो चरित्र तथा वाईसिएलका कार्यकर्ताहरूको अराजक क्रियाकलापहरूको आलोचना गर्नु भयो भने माओवादीतर्फका सांसदहरुले काँग्रेसीहरुको दोषारोपणको खण्डन गर्दै आफ्ना कमीकमजोरीहरूको बचाउ गर्नमा भरमग्दुर प्रयास गर्नु भयो । भाषणवाज कहलिएका सांसद लिलामणि पोख्रेलले सरकारले उचित समयमा शिबिरमा रहेका माओवादी जनसेनालाई सुबिधा र तलबहरु उपलब्ध नगराएर नेतृत्व तह र जनसेनाविच सम्बन्ध चिस्याउने कार्य गरेको आरोप लगाउनु भयो ।

उता विविध उत्सुकतापूर्वक सोधिएका प्रश्नहरुको उत्तर दिने क्रममा साँसद आले मगर र प्रभाकरले 'जब जब बिचारहरूलाई हतियारले दबाईन्छन् त्यस अवस्थामा हतियारकै साहाराले नै विश्वको धेरै राष्ट्रहरूमा परिवर्तन भएका' उदाहरणहरू प्रस्तुत गरेर प्रश्नकर्ता नेपालीहरुलाई शान्त पार्ने प्रयास गर्नुभएको थियो । उहाँहरुले 'आफुहरू आमूल परिवर्तनकै पक्षधर रहेको र प्रजातान्त्रिक प्रतिश्पर्धामा विश्वास राखेर नै हतियार त्यागी स्पष्टरूपमा राजनैतिक मुलधारमा प्रवेश गरि सकेको र पुन: जंगल नफर्कने' कुरालाई पनि सबैसामू प्रष्ट पार्नु भएको थियो।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष मिङमार शेर्पा, नर्बदा क्षेत्रि, एसोसिएसन अफ नेपालीज तराइयन इन अमेरिका (ANTA) का अमितप्रताप शाहले स्थानीय वक्ताहरुकारुपमा बोल्नुभएको थियो । GFIPN का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले सभापतित्व, UNDF का अध्यक्ष टेक गुरुङले स्वागत मन्त्यब्य र ADHRN का अध्यक्ष अनिल शाहीले  धन्यवाद ज्ञापन गर्नु भएको थियो भने पत्रकार प्रदिप थापा मगरले कार्यक्रमको चुस्त सन्चालन गर्नुभएको थियो।

यसैबिच, GFIPN ले आईतबार छुट्‍टै कार्यक्रमको आयोजना गरी नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) का संस्थापक महासचिब सुरेश आले मगरलाई एल्मर्ष्टस्थित संस्थाको कार्यालयमा बिशेष अभिनन्दन गर्‍यो । वहांको साथमा ८ जना ब्यावस्थापिका संसदका सदस्यहरु तथा संयुक्त राष्ट्र संघकालागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत मधुरमण आचार्य पनि उपस्थित हुनु हुन्थ्यो ।

-Nagendra Ingnam 'Atharaili' in New York


Suresh Ale Magar, MP, Nepal Communist Party (Maoist), founding Gen. Sect. Nepalese Federation of Indigenous Nationalities (NEFIN)., Janardan Sharma aka Prabhakar, MP, Deputy Comandar, Jana Sena, Nepal Communist Party (Maoist), Govindbahadur  Shah, MP, former State Minister, Nepali Congress.



Pari Thapa, MP, Nepal Cmmunist Party (Ekikrit),  Chairman, Sarbajanik lekha Samiti,Lilamani Pokhral, MP, Vice-President, Jana Morcha Nepal, Ratnaprasad Sharma, MP, Nepal C0mmunist Party (UML)



Sunil Prajapati, MP, Nepal Majdoor Kisan Party, Keshav Thapa, MP, Nepali Congress, Narbada Chhetri, Humana Rights Activist.



Amit P. Shah, Association of Nepalese Terai in America (ANTA), Anil Shahi, President, Alliance for Democracy and Human Rights in Nepal, USA (ADHRN), Karma G. Sherpa, Chairman, Global Federation of Indigenous People of Nepal USA (GFIPN).




Photos: Pemba Gyalzen Sherpa

The guest during the reception of NEFIN founding General Secretary Suresh Ale Magar. Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.