Inside

All Time Top 50 News

कसलाई भोट हाल्ने ? लौ चिन्नुहोस्: एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा २२६ उम्मेदवारहरु मध्ये ११९ प्रतिस्पर्धी, १०७ जना निर्विरोध निर्वाचित, सेप्टेम्बर ५ र ६ तारिख अनलाईनबाट मतदान हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 04 September 2017 22:21

Exclusive: न्यू योर्क- गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को निर्वाचन सन् २०१७-२०१९ को लागि सेप्टेम्बर ५ र ६ तारिख हुन लागेको चुनावमा २२६ उम्मेदवारहरु मध्ये ११९ अमेरिकी नेपालीहरु प्रतिस्पर्धामा उत्रेका छन्, जस मध्ये १०७ जना निर्विरोध निर्वाचित भएका छन् । एनआरएन अमेरिकाको निर्वाचन आयोगले  प्रकासित गरेको सूची अनुसार युएसनेपालअनलाईन र एनआरएन ईलेक्सन डट कम (NRNElection.com) ले तयार पारेको डाटा तालिका रिपोर्टका अनुसार उक्त कुरा सार्वजनिक गरिएको हो । उक्त सूचीअनुसार राष्ट्रिय अध्यक्षमा ४ जना प्रतिस्पर्धी छन्- डा. केशव पौडेल, कृष्ण पोख्रेल, रबिना थापा र राम सि पोख्रेल । अध्यक्ष पदका चर्चित उम्मेद्वार गौरी जोशीको उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन परिणामको घोशणा मतदानको ३ दिन भित्र गरिने निर्वाचन आयोग ले जनाएको छ ।



राष्ट्रिय समितिमा प्रतिस्पार्धी अन्य उम्मेदवारहरुमा वरिश्ठ उपाध्यक्षमा गजेन्द्र अर्याल, सुनिल शाह र तेम्बा नुर्बु शेर्पा छन् भने क्षेत्रिय उपाध्यक्षहरुमा साउथ रिजनल उपाध्यक्षमा भुवन आचार्य, जेदु पोख्रेल र केमिका भण्डारी-पौडेल, नर्थ ईस्ट रिजनल उपाध्यक्षमा हरिशचन्द्र हमाल, रामकुमार सुबेदी, सन्जिव श्रेष्ठ र सुमन बुढा मगर, मिड वेस्ट रिजनल उपाध्यक्षमा पुरुषोत्तम बोहरा र राधा के पौडेल, वेस्ट रिजनल उपाध्यक्षमा नारायण बन, सर्वज्ञ वाग्ले र उमा कार्की थापा रहेकाछन् ।



त्यसैगरी, राष्ट्रिय महासचिव पदमा प्रतिस्पर्धीहरुमा बाबुराम लामा, महेश के मल्ल, पूर्णचन्द्र बानिया र सूर्य (सल) लम्साल छन् भने राष्ट्रिय सचिव पदका उम्मेदवारहरुमा होमनाथ गौतम, प्रकाश बस्नेत, रेवोतीराज अधिकारी र टेकबहादुर लामा छन् । राष्ट्रिय कोशाध्यक्ष पदका प्रतिस्पर्धीहरुमा गोविन्द श्रेष्ठ, प्रकाश अर्याल, रबिनराज बज्राचार्य र सतेन्द्रकुमार शाह छन् भने राष्ट्रिय सह-कोशाध्यक्ष पदका उम्मेदवारहरुमा विश्वमान आङदेम्बे र पवन योन्जन छन् ।

उता राष्ट्रिय महिला संयोजल लक्ष्मी खरेल थापा (गौतम) र ईन्दिरा तृपाठी प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय युवा संयोजक स्वराज खाती भने निर्विरोध निर्वाचित बनेकाछन् ।



राष्ट्रिय समितिको ११ जना बोर्ड अफ डाईरेक्टर पदको लागि ३३ जना प्रतिस्पर्धी रहेकाछन्, जस अनुसार प्रतिस्पर्धीहरुमा अमृत बाबु कट्टेल, आङ निमा गेल्जे शेर्पा, अर्जुन बन्जाडे, बासुदेब खनाल, भबिन्द्र सेर्पुन्जा मगर, बिन्दु साप्कोटा निरौला, बिनोद चन्द्र घिमिरे, विश्व सुबेदी, दिब्या केसी ओली, गोपेन्द्रराज भट्टराई, गुन्जना पाण्डे, कर्ण बि चन्द, खमलाल भट्ट, खिम बिक्रम भट्टराई, कृष्ण जिसि, कृष्ण पि लामिछाने, मन मोहन वाईवा, निर्पेन्द्र धिताल, नवराज केसी, पुरुषोत्तम भण्डारी, पशुपती (राज) पाण्डे, प्रकाश शर्मा, प्रकाश (राज) सर्राफ, पृतिसागर खाति, पुष्पलता के भण्डारी, सबिन्द्र थापा, संगिता मुखिया छोचून, सन्जय थापा, सुबर्ण पोख्रेल, सुरज घिमिरे, सुशील छेत्री, थलाराज शर्मा, तृश्णा शर्मा र विश्णुबहादुर शाह छन् ।

उता आईसिसी ८ पदका लागि ११ जना प्रतिस्पर्धीहरु छन्- बलराम थापा, बन्दना कोईराला, बनिता कतिला, बेदराज बस्नेत, बिश्णु प्रधान, धर्म भट्टराई, डिल्लीराम भट्टराई, गोमा सेन, लोकनाथ तिवारी, प्रकाश साप्कोटा, शंकर खड्का र सुशील रेग्मी छन् ।

राज्य च्याप्टरहरुमा को को निर्विरोध निर्वाचित भए ?

उम्म्दवारी परेका राज्यहरु २० छन्- न्यू योर्क, न्यू जर्सी, विस्किन्सन, वासिङ्गटन, भर्जिनिया, टेक्सास, ओहायो, ओरेगन, न्यू ह्याम्पसायर, मासाचुसेट्स, नर्थ क्यारोलिना, मिचिगन, म्यारिल्याण्ड, केन्टकी, ईण्डियाना, ईलिनोई, जर्जिया, कनेक्टिकट, क्लोराडो र क्यालिफोर्निया । जस मध्ये न्यू योर्क राज्य, टेक्सास, विस्किन्सन, नर्थ क्यारोलिना, कनेक्टिकट,  क्लोराडो, क्यालिफोर्निया राज्यको प्रेसिडेण्ट पदमा प्रतिस्पर्धा रहेको छ भने अन्य राज्यहरुमा अध्यक्ष पद लगायत अधिकांश पद निर्बिरोध निर्वाचित भएको छ ।



निर्विरोध निर्वाचित राज्य च्याप्टर प्रेसिडेण्टहरुमा नविन खनाल (वासिङ्गटन), गोविन्द सुबेदी (भर्जिनिया), गोविन्द पौडेल (ओहायो), सम्मर बहादुर बुढाथोकी (न्यू जर्सी), डम्बर बि कडरिया (न्यू ह्याम्पसायर), जगनलाल श्रेष्ठ (मिचिगन), दुर्गाप्रशाद श्रेष्ठ (मेरिल्याण्ड), दिल्लुराम पराजुली (केन्टुकी), राजिव श्रेष्ठ (ईण्डियाना), सत्य एन चौधरी (ईलिनोई), महेन्द्र बस्नेत ( आयोवा), बिश्णु के कार्की (मासाचुसेट्स्) र दिवाकर महर्जन (ओरेगन) छन् ।



न्यू योर्क राज्य च्याप्टमा निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष विश्णु राना मगर, सचिव महेशकुमार खड्का र युवा संयोजक बिजय गुरुङ छन् भने प्रस्तिर्पर्धामा अध्यक्षमा विबेक पौडेल, केशबराम राई र रामहरी अधिकारी छन् । त्यसैगरी, कोशाध्यक्षमा अनु खड्का र सुबर्णकुमार शाक्य, महिला संयोजकमा कन्चन बस्नेत र मुना भण्डारी प्रतिस्पर्धी रहेकाछन् ।

-Pradeep Pariyar Thapa in New York. Comments? 918-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read exclusive news on NRN USA:

-http://www.usnepalonline.com/nrnusa/

-पहिले र अहिले (Before & After): एनआरएन अमेरिका पोलिटिक्स

-न्यू योर्कमा एनआरएन अमेरिकाका अध्यक्ष बाहेकका उम्मेदवारहरुको अन्तरकृया जुलाई २९ तारिख हुँदै

-एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुने

-एनआरएन अमेरिका निर्वाचन-२०१७ को निर्वाचन कार्यतालिका

-एनआरएन अमेरिकाको कूल सदस्य संख्या विश्वमै सबैभन्दा बढी- १६ हजार ८८१ सदस्य, ६६ उम्मेदवार चुनावी मैदानमा

-एनआरएन अमेरिकाको सदस्य संख्या १५ हजार १७१ सदस्य (मार्च १८ तारिख, ११ बजे रातिसम्म), ६६ उम्मेदवार चुनावी मैदानमा, न्यू योर्कका ४ हजार शेर्पाहरु मध्ये जम्मा २११, किन उत्साह जागेन?

एनआरएन अमेरिकाको सदस्यता नविकारण गर्ने दिन अब ५ दिन बाँकी, ५५ उम्मेदवार चुनावी मैदानमा, ४ हजार ८६६ सदस्य (मार्च ११ तारिख)

-एनआरएन अमेरिकाको न्यू जर्सी च्याप्टरको गठन

-एनआरएन अमेरिकाको चुनावी प्रकृयालाई लिएर फेरी भाँड्भैलो, रडाको केका लागि ?

-एनआरएन अमेरिकाको अध्यक्षमा डा. केशब पौडेल बिजयी, राश्ट्रिय समितीको २५ पदमा निर्वाचित अगुवाहरु को को हुन् ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.