Inside

All Time Top 50 News

विश्वभर एनआरएनएद्वारा 'अतिथि देवो भवः' अभियानको थालनी, न्यू योर्कमा नेपाल प्रबर्धन गर्ने 'नेपाल डे परेड' मे २२ तारिख मन्चन हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 21 May 2016 00:26

Exclusive: 6 photos: न्यू योर्क- प्रवासमा रहेका नेपालीहरु जहाँ रहेपनि नेपाल र नेपालीको उन्नतिको खातिर निरन्तर प्रतिबद्द रहन्छन् भन्ने कुरा नेपालमा गैरआवासीय नेपाली संघ (एनआरएनए आईसिसी), नेपाल पर्यटन बोर्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त आयोजनामा मे १७ तारिख विश्वव्यापी 'अतिथि देवो भवः' अभियान थालनी भएबाट र न्यू योर्कमा ३४ वटा नेपाली संघ संस्थाहरुद्वारा मे २२ तारिख नेपाल डे परेड आयोजना भएबाट पुन: प्रमाणित भएको छ ।



विश्वव्यापी 'अतिथि देवो भवः' अभियान

गैरआवासीय नेपाली संघ (एनआरएनए आईसिसी), नेपाल पर्यटन बोर्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा अतिथि देवो भवः मन्त्रलाई आत्मसात् गर्दै आधिकारिक, कार्यगत र संगठित रूपमा अघि बढाउन एनआरएनए आईसिसी केन्द्रीय उपाध्यक्ष भवन भट्टको अध्यक्षतामा Tourism Promotion Nepal Committee गठन गरिएको छ ।

NRNA ICC VP Bhaban Bhatta with Nepal Tourism Board Executive Officer Dipak Raj Joshi at Atithi Dewo Bhawa global campaign launching program in Kathmandu on May 17, 2016. Photos courtesy: NRNA ICC

अतिथि देवो भवः अभियानको मुख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु रहेको छ । यसका मुख्य उद्देश्य र कार्यान्वयनका प्रक्रिया निम्न छन् :

- नेपालभित्र राष्ट्रियस्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याउने र आतिथ्यलाई क्रियाकलापमा परिवर्तन गर्ने किसिमका कार्य गर्ने
- पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने र आन्तरिक पर्यटन बृद्धी गर्ने

- विदेशमा नेपालका पर्यटकीय क्षेत्र तथा आतिथ्यको ७५ मुलुकमा रहेको एनआरएनए नेटवर्क प्रयोग गरी त्यहाँका सरकारी निकायका साथै नेपालीको सहयोगमा NRNA र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा विभिन्न कार्यक्रम गरी अतिथि देवो भवः अभियान विदेशमा पनि प्रचार–प्रसार गर्ने । सो कार्यलाई विश्वस्तरमा परिणाममुखी बनाउन एनआरएनएका ७५ देशका एनसिसी अध्यक्षलाई सद्भावनादूत (Goodwill Ambassador) बनाउने तथा Reward तथा Recognition कार्यक्रम ल्याउने
- नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरूलाई पनि भ्रमणका लागि सिफारिस गर्न प्रेरित गर्ने

न्यू योर्कमा नेपाल प्रबर्धन गर्ने 'नेपाल डे परेड' मे २२ तारिख

यता न्यू योर्कको म्यान्हटन शहरमा मे २२ तारिख नेपाल प्रबर्धन गर्ने 'नेपाल डे परेड' आयोजना गरिएको छ । उक्त परेड न्यू योर्कको म्यान्हटन शहरको २९ स्ट्रीटदेखि १८ स्ट्रीट ब्रडवेमा दिनको १२ बजेदेखि ४ बजे बिच हुनेछ । न्यू योर्कका ३४ वटा नेपाली संघ संस्थाहरुद्वारा आयोजना गरिन लागेको उक्त 'नेपाल डे परेड' मा गुरुङ जातिको सोरठी, तामाङ जातिको झाँक्री तथा डम्फू, नेवार समुदायको लाखे र धिमे, राई जातिको साकेला, बाल्टिमोर समाजको पन्चे बाजा, मगर जातिको कौरा, लिम्बु जातिको च्याब्रुंग, घ्याल्सुम्दो समुदायको झाँकी, एन्टाबाट घाघरा-चोली र रिजवुड नेपाली समाजको भजन प्रस्तुत गरिनेछ ।

Nepal Day Parade 2016 will be held in New York on May 22, 2016.

'नेपाल डे परेड' २०१६ को आयोजक संस्थाहरुमा Federation of Indigenous Peoples of Nepal in America (FIPNA); Nepali Public Relations Committee, America, Overseas Nepali Forum America; Association of Nepali Teraian in America (ANTA); Ridgewood Nepalese Society; Nepalese American Artists Association; Federal Socialist Society America; Gurung (Tamu) Society USA; Ghyalsumdo Sewa Sanstha USA; Hyolmo Society of America; Kirat Rai Society of America; Magar Association USA; Manang Samaj USA; Mustang Kyidug USA; New York Newah Guthi; Newah Nakha New York; Sunuwar Society of America; Tamang Society of America; United Kirat Rai Organization of America; Walung Community of North America; NRNA USA New York Chapter; NRNA USA New Jersey Chapter; Blood Donor Association New Jersey Chapter; Nepali Public Relations Committee New Jersey Chapter; Connecticut Nepalese Society; Long Island Nepalese Society; US-Nepal Chambers Association; New Jersey Nepali Samaj; International Nepalese Literary Society, New York Chapter; United Nepalese Immigrant Society USA; Baltimore Nepali Society; Nepali Youth Relation Committee America; Association of Nepali Physicians in America र  NRNA NCC of USA छन् । यो परेडलाई नेपाल सरकारको नेपाली महावाणिज्य दूतावास न्यू योर्कद्वारा समर्थन प्राप्त छ ।

नेपाल डे परेड २०१६ को कार्य सम्पादनकोलागि गठित समितिहरु निम्नानुसार रहेको छ:

स्टेयरिङ्ग समितिका सदस्यहरु

• Luisang Waiba, Convenor of the Nepal Day Parade, representing the Federation of Indigenous Peoples of Nepal in America (FIPNA).
• Anand Bist, Co-convener, representing Nepali Public Relation Committee, America (NPRCA).
• Sanjay Thapa, Co-convener, representing Overseas Nepali Forum, America (ONFA).
• Satendra Sah, Co-convener, representing Association of Nepali Terain in America (ANTA).
• Mangal D. Shrestha, member of the steering committee as one of the key initiators.
• Suvas Lama, member of the steering committee as one of the key initiators.
• Rabi Kiran Koirala, member of the steering committee, representing Ridgewood Nepali Society (RNS).
• Manu Lohorung Rai, member of the steering committee representing women in the Nepalese diaspora.
• Temba Sherpa, member of the steering committee representing Non-Resident Nepalese Association, USA (NRNA-USA).

उपसमितिका सदस्यहरु

• Financial Committee: Coordinator, Mangal D. Shrestha (Members-Sanjeev Shrestha/Satendra Shah)
• Publicity Committee: Coordinator, Pawan Yonjan Tamang (Member-Pradeep Pariyar Thapa)
• Volunteer Committee: Coordinator, Durgesh Karki
• Organizations Relation Committee: Coordinator, Keshab Ram Rai
• Guest Welcome Committee: Coordinator, Manu Lohorung Rai
• Tourism Promotion Committee: Coordinator, Rabin Bajracharya (Member-Pradip Shrestha)
• Jhanki Demonstration Committee: Coordinator, Suvash Lama
• Rally Management Committee: Coordinator, Man Rana Magar

अतिथि देवो भवः अभियानको प्रेस विज्ञप्ती

गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त 'अतिथि देवो भवः' अभियान मन्त्रलाई आत्मसात् गर्दै आधिकारिक, कार्यगत र संगठित रूपमा अघि बढाउनुपर्ने देखिएकाले NRNA का केन्द्रीय उपाध्यक्ष भवन भट्टको अध्यक्षतामा रहेको Tourism Promotion Nepal Committee ले यो अभियान सुरु गर्ने दृढता लिएको हो ।

NRNA ICC VP Bhaban Bhatta with Nepal Tourism Board Executive Officer Dipak Raj Joshi at Atithi Dewo Bhawa global campaign launching program in Kathmandu on May 17, 2016. Photos courtesy: NRNA ICC

नेपाली समाजमा अतिथिलाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ । सानै उमेरदेखि नै अतिथिलाई कस्तो व्यवहार गर्ने भनेर अतिथि देवो भवः अर्थात् अतिथि देवता हुन् भनी घरका साथै विद्यालयमा पनि सिकाइन्छ । त्यही अतिथि देवो भवः लाई अबको समयमा नेपाली समाजमा पुनःस्थापित गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालमा पर्यटनसम्बन्धी अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा हुँदाहुदै पनि पर्यटक आगमनलाई सन्तोषजनक अनुपातमा बढाउन सकिएको छैन । त्यसका धेरै कारण होलान् तर ती कारणले हाम्रो उद्देश्य प्रभावित हुनु हुँदैन । तसर्थ, अतिथि देवो भवः भन्ने मन्त्रलाई आत्मसात् गर्दै आधिकारिक, कार्यगत र संगठित रूपमा अघि बढाउनुपर्ने देखिएकाले NRNA का केन्द्रीय उपाध्यक्ष भवन भट्टको अध्यक्षतामा रहेको Tourism Promotion Nepal Committee ले यो अभियान सुरु गर्ने दृढता लिएको हो । विभिन्न कार्यक्रमलाई एकै मञ्चबाट सञ्चालन गर्दा बढी प्रभावकारी हुने भएकाले नेपाल पर्यटन बोर्डलाई अनुरोध गरियो । बोर्डले यसलाई अझ बढी प्रोत्साहन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा विश्वव्यापी बनाउन सहकार्य गर्ने निर्णय भयो ।

अतिथि देवो भवः अभियान समग्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा कार्यान्वयन हुँदैछ, जसका लागि NRNA र नेपाल पर्यटन बोर्डबीच यो हस्ताक्षर समारोह आयोजना गरिएको हो । अतिथि देवो भवः यस्तो अभियान हो, जसको मुख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु हो । यसका मुख्य उद्देश्य र कार्यान्वयनका प्रक्रिया निम्न छन् :
- नेपालभित्र राष्ट्रियस्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याउने र आतिथ्यलाई क्रियाकलापमा परिवर्तन गर्ने किसिमका कार्य गर्ने
- पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने र आन्तरिक पर्यटन बृद्धी गर्ने
- विदेशमा नेपालका पर्यटकीय क्षेत्र तथा आतिथ्यको ७५ मुलुकमा रहेको NRNA नेटवर्क प्रयोग गरी त्यहाँका सरकारी निकायका साथै नेपालीको सहयोगमा NRNA र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा विभिन्न कार्यक्रम गरी अतिथि देवो भवः अभियान विदेशमा पनि प्रचार–प्रसार गर्ने । सो कार्यलाई विश्वस्तरमा परिणाममुखी बनाउन NRNA का ७५ देशका NCC का अध्यक्षलाई Goodwill ambassador बनाउने तथा Reward तथा Recognition का कार्यक्रम ल्याउने
- नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरूलाई पनि भ्रमणका लागि सिफारिस गर्न प्रेरित गर्ने

Atithi Dewo Bhawa global campaign launching program in Kathmandu on May 17, 2016. Photos courtesy: NRNA ICC

यसका लागि कार्यगत तहमा सुरक्षा (Safety), सुविधा (Convenience) तथा सहर्षका (Delight) क्षेत्रमा व्यापक ATL र BTL स्तरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रम गरी सन् २०१८ सम्ममा अन्तरराष्ट्रिय पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढाउने लक्ष्य यो अभियानले लिएको छ । यस अभियानका तीन पक्षले संयुक्त रूपमा जिम्मेवार पक्षमध्ये NRNA को जिम्मेवारी भनेको यो पूरा अभियानलाई सञ्चालन गर्ने हो, पर्यटन बोर्डको जिम्मेवारी भनेको यो अभियानलाई आवश्यक समग्र सहजीकरण र प्रबर्दन गर्नु हो । पर्यटन मन्त्रालयको जिम्मेवारी अभियानको सफलताको मूल्यांकन गर्ने तथा स्वदेश र विदेशमा यो अभियानलाई आवश्यक पर्ने सरकारी सहयोग उपलब्ध गराउनु हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेलको उपस्थिति थियो । NRNA का केन्द्रीय उपाध्यक्ष तथा Tourism Promotion Nepal Committee का अध्यक्ष भवन भट्ट तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले MOU मा हस्ताक्षर गर्नुभएको छ । साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम आचार्यले साक्षीको रूपमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा मन्त्रालयका सचिव प्रेमकुमार राई अतिथिको रूपमा उपस्थित भई अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.