Inside

All Time Top 50 News

एनआरएनए आईसिसी अध्यक्षमा जापानका व्याबसायी भवन भट्ट विजयी, अमेरिका संयोजकमा गौरी जोशी निर्वाचित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 16 October 2017 18:37

Exclusive: न्यू योर्क / काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) आईसिसीको अध्यक्षमा जापानका चर्चित व्याबसायी भवन भट्ट विजयी भएका छन् । अध्यक्ष शेष घलेको विश्वासपात्र र उत्तराधिकारी भनेर चिनिएका आईसीसि उपाध्यक्ष भट्टलाई अध्यक्ष घलेले समर्थन नगरे पछि उपाध्यक्ष भट्ट अध्यक्ष घले समूहको समर्थनमा उम्मेद्वार बनेकी अध्यक्ष शेष घलेकै श्रीमति जमुना गुरुङ घलेको बिरुद्धमा प्रतिस्पर्धामा खडा भएका थिए । अक्टोबर १४-१७ बिच ८ औं एनआरएनए विश्व सम्मेलनमा ७६ देशका १८५४ प्रतिनिधीहरुबाट भट्टले १११७ मत लिएर बिजयी भए भने उनका प्रत्यासी गुरुङले ५८४ मत प्राप्त गरेकि थिईन् ।

 

Newly elected NRNA ICC executive committee 2017-2019. Photos courtesy: fb profiles.

गोरखा जिल्लामा जन्मिएका भट्ट जापानमा झण्डै दुई सय रेस्टुरेण्ट सन्चालनमा रहेको टिबिआई ग्रुप अफ कम्पनिजका अध्यक्ष हुन् । नेपालमा कारोबार दैनिक, स्टार बियर, धुलीखेल रिसोर्ट लगायत दर्जनौं ब्याबसायका सफल ब्याबसायी भट्टले शुरुवाती दिनमा आफूले जापानमा विध्यार्थी हुँदै रेस्टुरेण्टको वेटर भएर काम गरेको सुनाउँन र आफू दोहोरी गायक भन्न रुचाउँछन् । उता पराजित जमुना गुरुङ अस्ट्रेलियाकै धनाड्य ब्याबसायीमा गनिन्छिन् । उनी खासमा आफ्ना श्रीमान शेष घले भन्दा धनी छिन् ।

त्यसैगरी, दुई आईसिसी उपाध्यक्ष पदमा जर्मनीका कुमार पन्त र यूकेका कुल आचार्य विजयी भएका छन् भने आईसिसी महिला उपाध्यक्षमा रसियाकी शपिला राजभण्डारी विजयी भएकी छिन् । आईसिसी महासचिवमा रसियाका डा. बद्री केसी पुनः निर्वाचित भएका छन् भने सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भएका छन् । आईसिसी कोषाध्यक्षमा नाईजेरियाका  हिक्मत थापा पुनः विजयी भएका छन् भने सहकोषाध्यक्षमा डेनमार्कका सोमनाथ सापकोटा विजयी भएका छन् ।

उता महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन् भने युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन् ।

अमेरिकाको क्षेत्रीय संयोजकमा गौरीराज जोशी विजयी भएका छन् भने अमेरिका क्षेत्रीय उपसंयोजकमा नवीन शेरचन विजयी भएका छन् । यसैगरी, अमेरिकाको क्षेत्रीय महिला संयोजकमा डा. वर्शा मोक्तान तामाङ र क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचितभएका छन् ।

अप्डेट जारी छ ।

-Pradeep Pariyar Thapa in New York & Sapana Pariyar in Kathmandu

Read related news at:

-http://www.usnepalonline.com/nrn/

-http://www.usnepalonline.com/nrnusa/

-www.nrnelection.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.