Inside

All Time Top 50 News

न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गंगाराज राईको स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Man B Rana Magar   
Friday, 20 December 2013 20:48

Special: 6 photos: न्यू योर्क- गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाले एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गंगाराज राईको प्रमुख आथित्यमा बिशेष अन्तरक्रिया र स्वागत कार्यक्रम सम्पन्न गरेको छ।


NRN USA president Shiva K. Rai (L) and NRNA Americas Deputy Regional Coordinator Sonam Lama (R) welcoming NRNA Asia Regional Coordinator Gangaraj Rai in New York on December 16, 2013. Photos: Man B. Rana Magar

डिसेम्बर १५ तारिख आईतबार न्यू योर्कको ज्याक्सन हाईटस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएन अमेरिका अध्यक्ष शिबकुमार राई र एनआरएन उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजक सोनाम शेर्पा लामाले एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गंगाराज राईको परम्परगात खादाद्वारा स्वागत गरेका थिए।

त्यसैगरी, कार्यक्रममा १०० देशको साईकल यात्रा पुरा गरि भर्खरै अमेरिका आएका विश्व साईकल यात्री फुर्तेम्बा शेर्पालाई खादा पहिरियाएर सम्मान गरिएको थियो ।

NRN USA welcoming World Tour Cyclist Furtemba Sherpa in New York on December 16, 2013. Photos: Man B. Rana Magar

स्वागत मन्तब्य एनआरएन उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजक सोनाम शेर्पा लामाले गरेका थिए।

उपसंयोजक लामाले एनआरएन अमेरिकाको स्वतन्त्र सदस्यता वितरण, बिधान संसोधन तथा महाधिबेशनकोबारेमा चर्चा गर्दै बोर्डले यथासक्य चाडो निर्णय गरेर अघि बढ्न आबस्यक रहेको बताए ।

NRNA Asia Regional Coordinator Gangaraj Rai speaking in New York on December 16, 2013. Photos: Man B. Rana Magar

प्रमुख अतिथि एसिया प्यासिफिक क्षेत्रीय संयोजक गंगाराज राईले आफ्नो लामो अनुभब सुनाउदै स्थानिय संघसस्था, संचारकर्मी तथा नेपाल दुतावाशसंग सहकार्य गरेर एनआरएनलाई प्रभावकारी बनाउन आवस्यक रहेको बताए । उनलेसम्पूर्ण गैर आवाशीय नेपालीहरुको प्रमुख सपना नै निस्वार्थ भावनाले समृध्द नेपालकोलागि पहल गर्ने रहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमानै लगानी तथा स्रोत र साधनकोबारेमा छलफल तथा अन्तरक्रिया गर्न आवस्यक रहेको उल्लेख गरे ।

डा. तारा निरौलाले 'एनआरएन' को नेपालीमा 'गैर' भन्ने शब्दको सट्टामा 'प्रवासी' या अन्य कुनै शब्द प्रयोग गर्न उपयुक्त हुने सुझाउदै अमेरिकामा सम्पूर्ण राज्य समेट्ने गरि संघिय संरचनामा एनआरएन अमेरिकालाई अघि बढाउन सुझाउ दिए।

कार्यक्रमको सभापतित्व एनआरएन अमेरिका अध्यक्ष शिबकुमार राईले गरेका थिए भने एनआरएन अमेरिकाको सल्लाहकार बाबुराम लामाले कार्यक्रमको संचालन गरेका थिए ।

-Manbahadur Rana Magar in New York


NRN USA president Shiva K. Rai (L) welcoming NRNA Asia Regional Coordinator Gangaraj Rai in New York on December 16, 2013. Photos: Man B. Rana Magar



NRN USA president Shiva K. Rai welcoming World Tour Cyclist Furtemba Sherpa in New York on December 16, 2013. Photos: Man B. Rana Magar

Read related news:

-http://www.usnepalonline.com/nrn/

-एनआरएनएको छैंठौं गैरआवासीय नेपाली विश्व सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

-अन्तत: गैरआवासीय नेपाली संघ नेपालमा दर्ता भयो

-एनआरएन आईसिसी अध्यक्षमा अस्ट्रेलियाली नेपाली अरबपति शेश घले निर्बाचित (मत विवरणसहित)

-एनआरएन महिलाहरुको विश्व भेला र महिला संगोस्ठी सम्पन्न

-एनआरएन आईसिसीद्वारा तीन एनआरएन नेपाली महिला ब्यक्तित्वहरु सम्मानित

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.